GIMP/C2/Adjusting-Colours-with-Curves-Tool/Nepali
From Script | Spoken-Tutorial
| Time | Narration |
| 00:24 | Meet the GIMP मा स्वागत छ |
| 00:26 | आजको ट्युटोरियल Raw कन्भर्टरको बारेमा नभएर एउटा वास्तविक शो गर्दाको नयाँ कोडिंग गर्ने बारे हो र अन्तिम ट्युटोरियलको गल्तिहरु सच्याउने हो |
| 00:40 | म तपाईलाई यो इमेजको बारेमा बताउदै छुँ |
| 00:44 | मैले शो रेकर्ड गर्दा केहि थप परिवर्तनहरु गरेको छुँ |
| 00:50 | तपाई समुन्द्र केहि अध्याँरो देख्नुहुन्छ र यो खाली ग्रे मात्रै छ र त्यति स्पष्ट छैन, जब म सि लेयर र अन्य लेयरहरुमा जानेछु, यहाँ तपाईले समुन्द्र अलि प्रष्ट देख्न सक्नुहुन्छ |
| 01:17 | र जब हामी लेयर मास्कमा हेर्नेछौं, तपाई देख्नुहुन्छ मैले लेयर मास्क प्रयोग गरेको छुँ जुन मैले देखाउन चाहेको प्राय क्षेत्रमा छ |
| 01:30 | ल, यो कार्य रिडू गरौँ |
| 01:37 | मैले सि लेयर मेटेको छुँ र पृष्ठभूमि लेयरको एउटा कपि बनाएको छुँ |
| 01:44 | मैले लेयरको नाम sea राखें र त्यो लेयर स्काईको तल र ल्याण्डको माथि छ |
| 01:57 | मैले मसँग भएको लेयरमा काम गरेको भए हुन्थ्यो तर मैले राम्रो परिणाम पाउने थिइनँ किनभने मैले समुन्द्रलाई अलि गाढा बनाउन कर्भ्स टूल प्रयोग गरेको थिएँ |
| 02:10 | र त्यो सँगै मैले लेयरमा एकदमै धेरै रंगहरुको जानकारीहरु गुमाएको छुँ र यो तरिकाले म अझ राम्रो नतिजा पाउनेछु |
| 02:24 | अब, म पुन सि लेयरमा लेयर मास्क थप्ने छुँ, म लेयरको ग्रे स्केल कपि प्रयोग गर्छु |
| 02:35 | म Show layer mask मा क्लिक गर्छु र लेयर मास्कमा सम्पादन गर्छु |
| 02:41 | म कर्भ्स टूल प्रयोग गर्नेछुँ र म यसलाई तल तानेर सोहि प्रक्रिया दोहोराउने छुँ तर म यो कर्भ माथि तान्नेछुँ |
| 03:01 | अब मसँग समुन्द्र क्षेत्रको लागि एउटा लगभग सेतो लेयर मास्क र जमिन क्षेत्रको लागि लगभग कालो छ |
| 03:12 | यहाँ केहि छुटेका संरचनाहरु सच्याउन म ब्रस टूल छान्छु र जमिन क्षेत्र कालोले पेन्ट गर्न सुरु गर्छु |
| 03:30 | म सि लेयर मा कालो रंगले पेन्ट गर्न चाहन्न त्यसैले म अग्रभूमि र पृष्ठभूमि रंग बदल्छु |
| 03:39 | र समुन्द्र क्षेत्रमा जान्छु र सेतो रंगले पेन्ट गर्न सुरु गर्छु र मलाई लाग्छ मैले यो अलि हल्का गर्नुपर्छ |
| 03:56 | यहाँको क्षेत्र मलाई ठिकै छ जस्तो लाग्थ्यो तर तपाई त्यो पनि सच्याउन सक्नुहुन्छ |
| 04:04 | त्यसैले एउटा सफ्ट ब्रस छानौं र यो धार राम्रो भएको हेरौं |
| 04:21 | जब म show layer mask निष्क्रिय गर्छु, हामी यहाँ जमिन र समुन्द्र बीचको दृश्य अलि तन्केको देख्नेछौं |
| 04:32 | इमेजमा जुम गरौं र तपाई लेयर मास्क र लेयर दुवैले काम गर्न नसक्ने स्थानमा एउटा सेतो रेखा देख्न सक्नुहुन्छ र म यसमा पछि काम गर्नेछु |
| 04:50 | shift + ctrl + E ले पूर्ण इमेजमा फर्कदैछुँ |
| 04:58 | म कर्भ्स टूल छान्छु र मसँग लेयर मास्क छानेको छ/छैन जाच्नेछुँ र म पुरै इमेज हेर्न स्काई लेयर समाबेस गर्छु र अब म इमेजमा क्लिक गर्छु र कर्भ्समा काम गर्छु |
| 05:28 | अब तपाई समुन्द्र र जमिन बीचको सेतो रेखा हराएको देख्न सक्नुहुन्छ तर समुन्द्र अझै अलि अस्पष्ट छ |
| 05:40 | तर म कर्भ यहाँ माथि तान्न सक्छु र म अब स्पष्ट समुन्द्र देख्न सक्छु |
| 05:52 | र मलाई लाग्छ मैले यसमा बढि काम गर्नु हुदैन |
| 06:07 | म समुद्रमा घाम लागेको, बादलहरुको छायाँ, बिभिन्न तरंगहरुको संरचना र समुन्द्र हुनुपर्ने जस्तै अलि निलो रंग देख्न सक्छु |
| 06:22 | आकाशको धारमा उज्यालोको अलि समस्या छ किनभने आकाश धेरै चम्किलो छ र म त्यसलाई पछिको कदममा ठिक गर्न सक्छु |
| 06:41 | ल, म ओप्यासिटि स्लाइडर मा कर्भ्स टूलको इफेक्ट मिलाउन् सक्छु र मलाई लाग्छ राम्रो इफेक्टको लागि यसलाई अलि कम गर्नुपर्छ |
| 06:58 | John Arnold ले यो भनेका छन् की हामीले सम्भावित पूर्ण परिमाणमा जानुपर्छ र स्लाइडरमा तल जानुपर्छ किनकि हामी तल गएपछि इफेक्ट हेर्न सजिलो हुन्छ |
| 07:17 | र हामी सजिलै सहि परिमाण छान्न सक्छौं |
| 07:22 | र मलाई लाग्छ मैले यो खण्डमा धेरै काम गरें, त्यसैले म स्लाइडर तल सार्छु र मलाई लाग्छ यो ठिक छ |
| 07:36 | क्षितिजमा कहाँबाट यो उज्यालो आउँछ त? |
| 07:40 | म स्काई लेयर डी-सेलेक्ट गर्छु र ठिक गर्छु तर यो यसको कारणले होइन |
| 07:46 | त्यसैले म सि लेयर डी-सेलेक्ट गर्छु र यो सि लेयरको कारणले हो |
| 07:52 | र मैले यहाँ यो भाग गाढा बनाउनु पर्छ |
| 07:55 | र त्यसो गर्न म ग्रेडीएन्ट टूल प्रयोग गर्छु |
| 07:59 | म लेयर मास्क छान्छु र टूलबक्सबाट ग्रेडीएन्ट टूल छान्छु र म जमिनको भाग सेतो बनाउन चाहन्छु र आकाशको कालो र म यहाँ बोर्डर चाहन्छु |
| 08:21 | ग्रेडीएन्ट पूर्ण सेतोमा सुरु हुन्छ र कालोमा अन्त्य हुन्छ |
| 08:29 | ल, म यो भागमा जुम गर्छु र म ग्रेडीएन्ट टूल छान्छु र यतातिर सुरु गर्छु |
| 08:38 | यो लाइन बनाउदा म एउटा सिधा लाइन प्राप्त गर्न कन्ट्रोल की र लेफ्ट माउस बटन थिचेर भित्र तान्दै छुँ र यहाँ बटन छोडौं |
| 08:53 | तपाई यो भएको देख्नुहुन्छ, क्षितिजको उज्यालो गएको छ र तपाई जमिनको लेयर मास्क पनि हराएको देख्नुहुन्छ |
| 09:06 | अब पुरा इमेजमा हेरौं र तपाई सबै सम्पादन कार्य हराएको देख्नुहुन्छ |
| 09:18 | त्यसैले यो क्षितिजमा काम गर्ने सहि तरिका होइन, त्यसैले म यो कार्य अंडू गर्छु |
| 09:27 | अब, म पहिले एउटा आयत छान्छु र लेयर मास्क छानिएको छ की जाच्छु, आकाशको खण्डमा आयत कोरौं |
| 09:41 | जब आयत कोरिन्छ म यसमा कार्य सम्पादन गर्न सक्छु र बाँकी लेयर मास्कमा कुनै असर पर्दैन |
| 09:54 | अब म पुन सोहि प्रक्रिया दोहोराउन सक्छु |
| 10:00 | यहाँ उज्यालो भागमा जुम गरौँ र लेयर मास्क छानौं |
| 10:07 | म माथि कालो र तल सेतो चाहन्छु, त्यसैले म यहाँबाट सुरु गर्छु, सिधा माथि क्षितिजमा जाउँ र तपाई अहिले समुन्द्र मात्रै सेतो र जमिन र आकाश कालो मात्रै देख्नुहुन्छ |
| 10:33 | Shift + ctrl + A, ले सबै छनोट निष्क्रिय बनाउँछ, shift +ctrl + E ले पुरा इमेजमा फर्काउछ र अहिले धेरै राम्रो छ |
| 10:52 | म ल्याण्ड लेयरमा गरेको जस्तै सम्पादन स्काई लेयरमा पनि गर्न चाहन्छु |
| 11:01 | स्काई लेयर दोब्बर गरौँ र ओभर ले मोडमा जाउँ |
| 11:08 | यो तरिकामा अलि बढि नै गर्नुपर्छ त्यसैले म ओप्यासीटि स्लाइडर अलि तल तान्छु र म स्काईमा अलि कन्ट्रास्ट पाउँछु |
| 11:22 | र मलाई लाग्छ इमेज एउटा कुरो बाहेक लगभग तयार भयो |
| 11:29 | यहाँ यो घरको भित्ता अलि गाढा छ |
| 11:33 | यो डजिंग र बर्निंगको अवस्था हो |
| 11:38 | डजिंग र बर्निंग अध्याँरो कोठासँग सम्बन्धित शब्दहरु हुन् जहाँ तपाई प्रकाशको किरणमा हात वा कागज वा अन्य केहि राखेर एउटा चित्र बनाउन सक्नुहुन्छ र बर्निंग त्यसको उल्टो हुन्छ |
| 12:02 | त्यहाँ तपाई एउटा पेपर लिनुहोस् र यसमा एउटा बिशेष आकार को प्वाल बनाउनुहोस् र इमेजको केहि प्रकाशहरु इमेजको अर्को खण्डमा सम्पादन गर्नुहोस |
| 12:15 | कुन कदम कुन समयमा गर्ने भनि पत्ता लगाउन यो प्रक्रिया अलि झन्झटिलो छ र त्यसको लागि तपाईलाई धेरै कागजको पानाहरु चाहिन्छ र जब तपाई ती प्रक्रियामा हेर्नुहुन्छ, म तपाईलाई एउटा फिल्म Well Photographer हेर्न भन्छु |
| 12:36 | यो फिल्म जेम्सको बारेमा छ र यो फिल्म एकदमै राम्रो छ |
| 12:45 | म वास्तब मै तपाईलाई त्यो फिल्म हेर्न भन्न सक्छु |
| 12:49 | अब डजिंग र बर्निंग प्रक्रिया हेरौं |
| 12:52 | हामीसँग यहाँ डज र बर्न टूल छ तर म पुन लेयरमा काम गर्न चाहन्छु |
| 13:02 | म थप एउटा लेयर थप्छु र म यसलाई सेतोले भर्न चाहन्छु |
| 13:09 | म कलर च्यानलमा जान्छु र म ग्रे मा 50% र अन्य च्यानलमा 128% राख्छु |
| 13:21 | यो ग्रे रंग 50% ग्रे छ र म लेयर मोड ओभर ले मोडमा बदल्छु र तपाई केहि नभएको देख्नुहुन्छ |
| 13:35 | अब म रंगलाई ब्ल्याक एण्ड व्हाइटमा बदल्छु र एउटा ब्रस छान्छु |
| 13:45 | यो ब्रस साइज लगभग ठिक छ तर म ओप्यासिटि टूल घटाउछुँ मानौं 30% वा त्यस्तै |
| 13:55 | अब, मैले नयाँ लेयर छानेको छुँ र अग्रभूमि रंग सेतो र पृष्ठभूमि रंग कालोमा बदल्छु र म यहाँ भित्ता पेन्ट गर्न सुरु गर्छु |
| 14:19 | र सायद तपाई क्रम्प्रेसनले आफ्नो काम गरेको देख्न सक्नुहुन्छ र भित्ताको छेऊहरु उज्यालो देखिन्छ |
| 14:36 | यो प्रक्रियालाई डजिंग भनिन्छ किनभने मैले प्रकाश फोटोग्राफिक पेपरमा राखेको भएर भित्ता चम्किलो हुन्छ |
| 14:49 | जब हामी यहाँ यो लेयरमा हेर्छौं तपाई यहाँ हामीसँग अझ सेतो क्षेत्र भएको देख्न सक्नुहुन्छ र त्यहाँ इमेजमा केहि खण्डहरु थप उज्यालो हुन सक्थे |
| 15:03 | उदाहरणको लागि समुन्द्र तट छेऊको चट्टान |
| 15:09 | सबैभन्दा राम्रो तरिका भनेको इमेजमा जूम गर्ने हो र अब म भित्ता अझ चम्किलो भएको देख्न सक्छु र संरचनाहरु JPEG कम्प्रेसनको कारणले लगभग गुमेका छन् |
| 15:25 | तर म त्यो रंग बदलेर ठिक गर्न सक्छु र त्यसको लागि सर्टकट की ‘X’ की हो र यसलाई अलि गाढा बनाऊ |
| 15:44 | मैले ओप्यासिटि स्लाइडर अलि तल सार्नुपर्छ र यो भयो |
| 15:54 | मलाई लाग्छ यो क्षितिज अलि चम्किलो भयो त्यसैले त्यो भागमा पेन्ट गर्न ब्रसको वृतको साइज मिलाउँ र इमेजको त्यो भाग गाढा बनाउन कालो रंग प्रयोग गरौँ |
| 16:34 | म रंग ‘x’ की ले बदलेर इमेजमा काम गर्न सक्छु र यसलाई अझ गाढा बनाउन सक्छु |
| 16:53 | मलाई लाग्छ त्यो अलि बढि भयो र मैले त्यहाँ के गरिरहेको छु म पक्का छैन |
| 17:00 | त्यसैले कार्य अंडू गरौँ |
| 17:03 | तपाई मैले लेयर बनाएको तरिका हेर्न सक्नुहुन्छ र यसलाई मध्यम ग्रे बनाऊ र प्रत्येक च्यानलको लागि 128% र लेयर मोडलाई ओभरले मोडमा बदलौं |
| 17:17 | Medium ग्रे र Overlay मोडले केहि फरक पार्दैन र तपाई इमेजमा सेतो वा कालोले भर्न सक्नुहुन्छ |
| 17:26 | पेन्ट गर्दा तपाई सेतो प्रयोग गरि इमेज अलि उज्यालो र कालो प्रयोग गरि अलि गाढा बनाउन सक्नुहुन्छ |
| 17:36 | अब मलाई लाग्छ की यो इमेजमा सम्पादन कार्यहरु सकियो |
| 17:42 | म यसमा तपाईहरुले मैले आज गरेको काममा केहि गल्ति औल्याउनु भयो भने मात्र काम गर्छु |
| 17:53 | मलाई लाग्छ मैले त्यो गरेको छैन र लेयरलाई dodge and burn नाम दिउँ |
| 18:10 | आजलाई यति नै |
| 18:13 | यदि तपाई कुनै प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने कृपया info@meetthegimp.org मा लेख्नुहोला र थप जानकारीको लागि http://meetthegimp.org मा जानुहोस् |
| 18:33 | म तपाईको प्रतिक्रियाको अपेक्षा गर्छु |
| 18:36 | तपाईलाई के मनपर्यो, के राम्रो हुनसक्थ्यो र भविष्यमा तपाई के देख्न चाहनुहुन्छ बताउनुहोला |
| 18:46 | स्पोकन ट्युटोरियल प्रोजेक्टको लागि मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार |