Firefox/C3/Popups/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 Setting Pop-up एण्ड Image options इन् Mozilla Firefox स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा, हामी सिक्ने छौ, पप अप र इमेज प्राथमिकताहरु सेट गर्न
00:13 टूलबार कस्टमाइज गर्न
00:15 हाम्रो अनुमति विना स्वतः देखापर्ने विन्डोलाई पप-अप विन्डो वा पप अप भनिन्छ
00:21 तिनीहरु आकारमा फरक हुन्छन् तर सामान्यतया पुरै स्क्रिन ढाक्दैनन्
00:27 केहि पप अपहरु हालको फायरफक्स विन्डोको माथि खुल्छन् जब कि अन्य फायरफक्स तल देखिन्छन् मतलब पप अन्डर
00:37 पप अप अलि रिसउठ्दो पनि हुन्छ र त्यसकारण हामी तिनीहरुलाई निस्क्रिय गर्न चाहन्छौं
00:42 यो ट्युटोरियलमा, हामी उबुन्टु १०.०४ मा फायरफक्स संस्करण ७.० प्रयोग गर्दै छौ
00:50 एउटा फायरफक्स ब्राउजर खोलौ
00:53 URL बारमा टाइप गरौ, ‘w w w dot pop up test dot com’
01:01 इन्टर थिचौं
01:03 यो साइटले तपाइलाई पप अप के हो देखाउछ
01:07 ‘multi-popup test’ भन्ने लिंकमा क्लिक गरौ
01:12 तपाईले ६ वटा पप अपहरु देख्न सक्नुहुन्छ
01:20 Back मा क्लिक गरौ
01:22 थप २ पप अपहरु देखापर्छन्, यी कति रिस उठ्दा छन् है?
01:28 फायरफक्सले तपाइलाई दुवै पप अप र पप अन्डर नियन्त्रण गर्न दिन्छ, यसो गर्न एडिट र प्रिफ्रेंसेस मा क्लिक गरौँ
01:37 विन्डोज युजरहरुले, कृपया टूल्स अनि अप्सन्समा क्लिक गरौ
01:43 विन्डोमा, कन्टेन्ट ट्याबमा क्लिक गरौ
01:48 डिफल्टमा ब्लक पप अप विन्डोज पहिले नै अन गरिएको हुन्छ
01:53 यदि छैन भने तपाईले यसमा ठिक गर्नुपर्छ
01:56 त्यसैले तपाईले यसलाई फायरफक्समा देखापर्ने पप अप रोक्न सक्रिय पार्ने सम्बन्धमा चिन्ता लिनु पर्दैन
02:02 अब तपाई क्लोज बटनमा क्लिक गरेर फायरफक्स प्रिफ्ररेन्सेस विन्डो बन्द गर्न सक्नुहुन्छ
02:09 तपाई एक्ससेप्सनहरु पनि छान्न सक्नुहुन्छ
02:12 एक्ससेप्सनहरु ती साइट हुन् जसको पपअपहरु तपाइलाई स्वीकार्य हुन्छ
02:17 एडिट अनि प्रिफ्रेन्सेजमा क्लिक गरौ
02:20 विन्डोज युजर्स, कृपया टूल्स अनि अप्सन्समा क्लिक गरौ
02:26 एक्सेप्सनहरु थप्न, फिल्ड ब्लक पपअप विन्डो सँगैको एक्सेप्सन्स बटनमा क्लिक गरौ
02:34 यसले एउटा डाइलग बक्स देखाउँछ
02:37 वेबसाइटको एड्रेस फिल्डमा टाइप गरौ: ‘w w w dot google dot com’
02:44 Allow बटनमा क्लिक गरौ
02:46 डाइलग बक्स बन्द गर्न क्लोजमा क्लिक गरौ
02:50 प्रिफ्रेन्सेस डाइलग बक्स बन्द गर्न क्लोजमा क्लिक गरौ
02:55 अब पपअपहरु google.com बाहेक सबै साइटबाट अस्वीकृत गरिनेछ
03:01 अब URL बारमा, टाइप गरौँ, ‘w w w dot pop up test dot com’ र इन्टर थिचौ
03:09 ‘multi-popup’ टेस्ट लिंकमा क्लिक गरौ
03:12 अहिले एउटा पनि पप अप देखापरेको छैन
03:15 तपाईको पप अप ब्लकर प्रभावकारी छ
03:20 इमेजहरु डाउनलोड हुन समय र ब्याण्डविड्थ लाग्छ
03:24 मोजिला फायरफक्समा इमेजहरु छानी डाउनलोड रोक्ने एउटा विकल्प छ
03:30 एडिट अनि प्रिफ्रेन्समा क्लिक गरौ
03:33 विन्डोज युजरले, टूल्स अनि अप्सन्समा क्लिक गरौ
03:39 प्रिफ्रेन्सेस डाइलग बक्समा, कन्टेन्ट ट्याब छानौ
03:44 स्वत: इमेज लोड गर्न चेक बक्स निस्क्रिय गरौ
03:49 डाइलग बक्स बन्द गर्न क्लोजमा क्लिक गरौ
03:53 अब, सर्च बारमा, टाइप गरौ, Flowers र इन्टर थिचौं
04:00 गुगल होम पेजमा, 'Images' मा क्लिक गरौ
04:04 देखिएको पहिलो इमेज लिंकमा क्लिक गर्छौ
04:08 हामी इमेज लोड नभएको देख्छौं
04:12 मोजिला फायरफक्समा टूलबारहरु अनुकूलित गर्ने बिभिन्न विकल्पहरु उपलब्ध छन्
04:18 मानौं, हामी कुनै टूलबार लुकाउन चाहन्छौ, उदाहरण मेनु बार
04:23 मेनु बारको खाली ठाउँमा राइट क्लिक गरौ
04:27 र यसलाई अनचेक गरौ
04:30 फेरि मेनुबार हेर्न, पुन: टूलबारको खाली ठाउँमा राइट क्लिक गरौ
04:36 अब मेनु बार विकल्प जाचौ
04:40 फायरफक्सले टूलबारलाई अनुकूलित गर्ने एड्भान्सड विकल्पहरु प्रदान गर्छ, तीमध्ये केहि हेरौ
04:46 टूलबारमा एउटा आइकन थपौ, जसले हामीले एकपटक क्लिक गर्दा एउटा वेबपेज प्रिन्ट गर्न दिन्छ
04:54 टूलबारको खाली ठाउँमा राइट क्लिक गरौ
04:58 कस्टमाइजमा क्लिक गरौ
05:00 कस्टमाइज टूलबार डाइलग बक्स देखिन्छ
05:04 डाइलग बक्स अन्तर्गत तपाईले प्रिन्ट आइकन देख्न सक्नुहुन्छ
05:09 आइकन टूलबारमा तान्नुहोस्
05:12 Done मा क्लिक गरेर डाइलग बक्स बन्द गरौ
05:17 टूलबारको प्रिन्ट आइकनमा क्लिक गरौ
05:21 यसले प्रिन्ट डाइलग बक्स देखाउने छ
05:25 अब हामी प्रिन्ट गर्ने छैनौ
05:28 त्यसैले डाइलग बक्स बन्द गर्न Cancel मा क्लिक गरौ
05:32 तपाई टूलबारहरु थप्न वा हटाउन पनि सक्नु हुन्छ
05:35 यसो गर्न, टूलबारमा राइट क्लिक गरौ र कस्टमाइज छानौं
05:40 एड न्यु टूलबार बटनमा क्लिक गरौ
05:44 नयाँ टूलबारको लागि एउटा नाम इन्टर गरौ, यसलाई Sample Toolbar नाम दिनुहोस्
05:50 OK बटनमा क्लिक गरौ
05:53 अब एउटा आइकन मानौं Downloads तानौं अनि Sample Toolbar मा छोडौं
06:01 ब्राउजरको न्यु टूलबार याद गरौँ
06:04 एउटा टूलबार हटाउन, रिस्टोर डिफल्ट सेट बटनमा क्लिक गरौ
06:10 कन्टेन्टस क्षेत्र बढाउन, हामी आइकनहरुको साइज घटाउन सक्छौ
06:16 Use Small icons नामक चेक बक्समा ठिक गर्नुहोस्
06:22 डाइलग बक्स बन्द गर्न Done मा क्लिक गरौ
06:27 हामी आइकनहरुको आकार सानो भएको देख्छौं
06:32 यसरी हामी ट्युटोरियलको अन्त्यमा आएका छौं
06:36 यो ट्युटोरियलमा, हामी कसरी पप अप र इमेज प्रिफ्रेन्सेस सेट गर्ने सिक्यौं
06:41 टूलबार कस्टमाइज गर्न
06:43 यहाँ तपाईको लागि एउटा कार्य छ
06:46 एउटा नयाँ मोजिला फायरफक्स विन्डो खोलौ, www.yahoo.com बाहेक सबै पपअप ब्लक गरौ, एउटा बुकमार्क्स टूलबार इन्सर्ट गरौ
06:59 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
07:02 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
07:05 यदि तपाईसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नु हुन्छ
07:10 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
07:15 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07:18 विस्तृत जानकारीको लागि, कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
07:25 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
07:29 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:38 यो मिशन सम्बन्धि थप जानकारी तल देखिएको लिंकमा उपलब्ध छ http://spoken-tutorial.org/NMEICT-Intro
07:48 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya