Firefox/C2/Firefox-interface-and-toolbars/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 मोजिल्ला फायरफक्सको इन्टरफेस र टुलबारको स्पोकन ट्यूटोरीयलमा स्वागत छ
00:05 यो ट्यूटोरीयलमा हामी फायरफक्स इन्टरफेस र टुलबारबारे सिक्ने छौं
00:11 यो ट्यूटोरीयलमा हामी उबुन्टु १०.०४मा फायरफक्स ७.० संस्करण प्रयोग गर्ने छौं
00:19 अब फायरफक्स इन्टरफेसतिर हेरौं
00:23 फायरफक्समा एउटा आधुनिक ब्राउजरमा आवश्यक सबै विशेषताहरु छन्
00:28 मोजिल्ला फायरफक्स प्रभाबकारीरुपमा प्रयोग गर्नुको लागि हामीलाई यसका हरेक विशेषताहरु थाहा हुनु पदर्छ
00:34 मोजिल्ला फायरफक्स इन्टरफेसलाई ६ अलग क्षेत्रहरूमा छुट्याउन सकिन्छ, जस्तो कि;
00:41 मेनु बार , नेभिगेसन टुलबार, बुकमार्क बार, साइड बार,स्ट्याटस बार , कन्टेन्ट एरिया
00:53 अब यी प्रत्येकलाई हेरौं र के गर्छ सिकौं ।
00:57 अब File मेनुमा क्लिक गरौं अनि New Window मा क्लिक गरौं।
01:01 एउटा नयाँ विन्डो माथि निस्कनछ
01:05 कसैलाई तिनीहरूको ब्रउजरमा सानो अक्षर हेर्न समस्या हुन सक्छ
01:08 त्यसैले View - Zoom र Zoom in मा क्लिक गरी पेजलाई ठूलो बनाउ
01:14 वैकल्पिक रुपमा Ctrl + + थिच्न सक्नु हुन्छ
01:18 यसले टेक्स्ट ठूलो बनाउछ
01:21 तपाईंले Mozilla Firefox को कुन संस्करण प्रयोग गर्दै हुनुहुन्छ भनि थाहा पाउनका लागि Help मा क्लिक गरी AboutFirefox मा क्लिक गर्नुहोस्
01:27 सामान्यतः Firefox ले homepage देखाउँछ
01:32 तर आफैले छानेको वेबपेजलाई Homepage बनाउन Edit मा क्लिक गरी Preferences मा क्लिक गर्नुहोस्
01:39 Windows प्रयोगकर्ताहरू कृपया Tools मा क्लिक गरी Options मा क्लिक गर्नुहोस्
01:42 General tab मा Home Page फिल्डमा क्लिक गरेर ‘www.yahoo.com’ अथवा आफूले छानेको कुनै वेबपेज टाईप गर्नुहोस्
01:52 अब तपाईंले तल्लो देब्रे कुनामा रहेको Close बटन क्लिक गरेर Firefox Preference विन्डो बन्द गर्न सक्नु हुन्छ
02:00 तपाईंले वेबपेज भित्र कुनै विशेष शब्दहरू खोज्न Edit मेनु प्रयोग गर्नसक्नु हुन्छ
02:05 एड्रेस बारमा ‘www.google.com’ टाईप गर्नुहोस्
02:12 Edit मा क्लिक गरी Find मा क्लिक गर्नुहोस्
02:14 ब्राउजर विन्डोको तल्लो भागमा एउटा सानो टूलबार देखिन्छ
02:19 टेक्सट् बक्समा ‘Gujarati’ शब्द टाईप गर्नुहोस्
02:23 तपाईंले पेजमा त्यो ‘Gujarati’ शब्द रंगिन भएको देख्नुहुनेछ
02:28 वेबपेजमा जब धेरै टेक्सट् भित्र खोज्न पर्छ यो फङ्सन् अत्यन्त उपयोगी हुन्छ
02:33 यसलाई बन्द गरौं
02:35 नामले भने जस्तै Navigation toolbar ले ईन्टर्नेटमा नेभिगेट गर्न मद्दत गर्छ
02:41 नेभिगेसन बार भनेको ठूलो टेक्सट् बक्स हो जहाँ तपाईं आफूलाई हेर्न मन लागेको वेबपेजको ऐड्रेस टाईप गर्नुहुन्छ
02:48 यसलाई URL bar वा Address bar भनिन्छ
02:52 URL मा क्लिक गर्नुहोस् र त्यहाँ भएको ऐड्रेस डिलिट गर्नुहोस्
02:57 अब ‘www.google.com’ टाईप गर्नुहोस्
03:02 ईन्टर कि थिच्नुहोस्,तपाईं अब googlehomepage मा हुनुहुनेछ
03:06 ब्याक एरो आइकनमा क्लिक गर्नु भएमा तपाईंलाई पहिले भएको पेजमा पुर्याोउनेछ
03:12 Googlehomepage मा फिर्ता जानको लागि forward arrow मा क्लिक गर्नुहोस्
03:17 URL बारको दाँयातिर एउटा घरको आकारको आइकन छ
03:22 यो बटनले तपाईंलाई जुनसुकै वेबपेजबाट पनि डिफल्ट होमपेजतिर फिर्ता लैजान्छ
03:28 तपाईंले विशेष साईट वा सर्च ईन्जीनबाट ब्रउज गर्दा यो फङ्सन् काम लाग्छ
03:34 Homepage बटनमा क्लिक गरौं
03:36 याद गर्नुहोस् पहिले नै हामीले home page लाई ‘www.yahoo.com’ मा परिर्वतन गर्यौं
03:42 यसैको परिणाम स्वरुप homepage बटनमा क्लिक गर्दा हामीलाई yahoohomepage मा ल्याउँछ
03:49 अब Bookmarks बार हेरौं
03:51 Bookmarks ले तपाईंलाई तपाईंले प्राय हेर्ने वा उल्लेख गर्ने पेजहरु नेभिगेट गर्न मद्दत गर्छ
03:57 URL bar मा ‘www.gmail.com’ टाईप गर्नुहोस्
04:03 एक पटक पेज लोड भएपछि URL बारको दाँयातिर रहेको तारा चिन्हमा क्लिक गर्नुहोस्
04:10 तारा पहेंलो भएको तपाईंले देख्नु हुन्छ
04:13 तारामा फेरि क्लिक गर्नुहोस्,एउटा डायलग बक्स देखापर्छ
04:17 ‘Folder’ को ड्रप डाउन मेनुबाट ‘Bookmarks toolbar’ छान्नुहोस्
04:23 यो हेर्नुहोस् कि अब Gmail bookmark, Bookmarks toolbar मा थपिएकोछ
04:28 याहु होमपेजमा जानको लागि Homepage आइकनमा क्लिक गर्नुहोस्
04:33 Gmail bookmark मा क्लिक गर्नुहोस्, यसले तपाईंलाई Gmail लगईन पेजमा लैजानेछ
04:39 तपाईंले होमपेजमा राखन नचाहने साइटहरुलाई बुकमार्क बार प्रयोग गरि हेर्न सक्नुहुन्छ
04:46 अर्को अब हामी Sidebar हेर्नेछौं
04:49 View मा अनि Sidebar मा क्लिक गरि History मा क्लिक गर्नुहोस्
04:54 तपाईंले देख्नु हुन्छ कि बाँयातिर रहेको बारमा अहिले 3 विकल्पहरु छन् - today, yesterday र older than 6 months
05:02 देखाइएका विकल्पहरु त्यो computer मा Firefox प्रयोग भएको अन्तरालका विषय हुन्
05:09 मेनु बढाउन Today आइकनको छेउमा रहेको प्लस चिन्हमा क्लिक गर्नुहोस्
05:15 Googlehomepage मा फिर्ता आउनको लागि google link छान्नुहोस्
05:19 तपाइले देख्नुभयो कि पहिले हेरीसकेको साईटमा फेरि जान कति सजिलो छ!
05:25 Sidebar मा आफ्नै खोजी गर्ने फङसन् पनि छ
05:29 तपाईंले आफूलाई खोज्न मन लागेको साईटको नाम search box मा टाईप गर्नसक्नु हुन्छ
05:34 यो पाउनको लागि यसले history भित्र खोज्दछ
05:37 search box मा ‘google’ टाईप गर्नुहोस्
05:39 Googlehomepage पहिलो नतिजाको रुपमा आउँछ
05:43 Sidebar को माथिल्लो दाहिने कुनामा रहेको सानो ‘x’ मा क्लिक गरेर Sidebar लाई हटाउन सक्नुहुन्छ।
05:51 अर्को, अब Status बारले के गर्दछ हेरौं
05:55 Status bar भनेको ब्राउजर विन्डो तल रहेको भाग हो जसले तपाईंलाई लोड भइरहेको साईटको स्थिति देखाउँछ
06:02 URL bar मा जानुहोस् र ‘www.wired.com’ टाईप गर्नुहोस् र ईन्टरकि थिच्नुहोस्
06:10 Status बारतिर झट्टै हेर्नुहोस्, त्यसले लोडिङ भइरहेको वेबपेजको स्थिति देखाउँछ
06:16 Status बारले तपाईंलाई कुनै साईट किन लोड नभएको, त्यो लोड हुन कति समय लाग्छ आदि जस्ता कुराहरु थाहापाउन मद्दत गर्छ
06:25 अन्तिममा Content area तिर हेरौं।
06:28 यहाँ तपाईंले खोलिरहनु भएको वेबपेजमा भएका कुराहरु देख्नुहुन्छ
06:33 हामी यस ट्यूटोरीयलको अन्त्यमा आइपुग्यौं
06:35 यस ट्यूटोरीयलमा, हामीले फायरफक्स इन्टरफेस र टूलबारको बारेमा सिक्यौं
06:43 यो बोध कार्य गर्नुहोस्
06:46 आफ्नो होम पेजलाई ‘www.spoken-tutorial.org’ मा परिर्वतन गर्नुहोस् र त्यसमा नेभिगेट गर्नुहोस्
06:54 त्यसपछि ब्राउजरस् Historyfunction प्रयोग गरेर ‘yahoo’ वेबसाईटमा जानुहोस्
07:00 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस
07:05 यसले स्पोकनट्युटोरीअल प्रोजेक्टको संक्षिप्तो विवरण दिन्छ
07:07 यदि तपाईंसंगराम्रो ब्याडविथ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
07:12 स्पोकन ट्युटोरीअल प्रोजेक्ट,स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
07:17 अनलाईल टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07:21 बिस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुछहोस्
07:27 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
07:31 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग सहयोग रहेको छ
07:39 यस मिशन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ
07:50 यो ट्युटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छ सहभागी हुनु भएकोमा धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble