Drupal/C3/Table-of-Fields-with-Views/Nepali
From Script | Spoken-Tutorial
| Time | Narration |
| 00:01 | Table of Fields with Views स्पोकन ट्युटोरियल मा स्वागत छ |
| 00:07 | यो ट्युटोरियलमा हामी एउटा टेबल को फिल्ड हरू सृजना गर्न सिक्ने छौं |
| 00:12 | यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दै छुँ:
उबुन्टु लिनक्स अपरेटिंग सिस्टम ड्रुपल ८ र फायरफक्स वेब ब्राउजर |
| 00:23 | तपाई आफ्नो रोजाईको कुनै पनि वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ |
| 00:27 | अब हामी फिल्डहरू सहितको टेबल को बारेमा जान्ने छौं |
| 00:31 | मानौं, हामी भावी कार्यक्रमहरू यस्तै एउटा टेबल मा सुचिकृत गर्न चाहन्छौं |
| 00:38 | यहाँ, एउटा युजरले कार्यक्रमहरुको केहि विवरणको साथै सम्बन्धित मिति पनि देख्न सक्ने छन् |
| 00:45 | यहाँ देखाइएका फिल्डहरू 'Events' Content type मा छन् |
| 00:50 | यहाँ, हामी केही कार्यक्रमहरूका केही फिल्डहरू मात्र देखाउने छौं |
| 00:55 | हामी आगामी मिति रहेका कार्यक्रमहरू मात्र देखाउने छौं |
| 01:02 | यस्ता छानिएका सामग्रीहरूको सूचीलाई अन्य प्रोग्रामहरूमा Reports वा Query Results पनि भनिन्छ |
| 01:11 | अब फिल्ड हरूको टेबल को लागि एउटा भ्यू सृजना गरौं |
| 01:16 | अब, हामीले पहिले नै सृजना गरेको हाम्रो वेबसाइट खोलौं |
| 01:21 | Shortcuts अनि Views मा गएर Add new view मा क्लिक गरौं |
| 01:28 | हामी यसलाई एउटा "Upcoming Events" को नाम दिने छौं, अब, Content of type "All" लाई "Events" मा बदलौं |
| 01:37 | हामी यसो कुनै पनि Content type – Log entries, Files, Content revisions, Taxonomy terms, Users, Custom blocks आदिमा गर्न सक्छौं |
| 01:50 | अहिलेको लागि, हामी Newest first को आधारमा क्रममा राख्ने छौं |
| 01:55 | Create a page मा एउटा ठीक चिन्ह राखौं र Display format मा "Table" of fields छानौं |
| 02:03 | Items to display मा हामी डिफल्ट मान 10 राख्ने छौं |
| 02:09 | अब हामी Use a pager र Create a menu link मा एउटा ठीक चिन्ह राख्ने छौं |
| 02:17 | Menu भित्र हामी "Main navigation" छान्ने छौं र हामी Link text लाई "Upcoming Events" नाम दिने छौं |
| 02:28 | अहिले हाम्रो मेनुहरू संगठित छैनन् तर हामी त्यो छिटै गर्ने छौं |
| 02:34 | Save and edit क्लिक गरौं |
| 02:37 | हाम्रो ५ प्रश्नहरू हेरौं
Display एउटा "पेज" हो |
| 02:42 | FORMAT मा "टेबल" छ |
| 02:45 | FIELDS मा हामीसँग "Title" छ |
| 02:48 | FILTER CRITERIA मा हामी "Upcoming events" मात्र चाहन्छौं त्यसैले हामीले त्यो परिवर्तन गर्नुपर्छ |
| 02:55 | SORT CRITERIA गलत छ किनभने हामी Published date को आधारमा नभएर Event date अनुसार क्रममा राख्न चाहन्छौं |
| 03:03 | सुरु गर्न Save क्लिक गरौं |
| 03:06 | बीचमा हामीसँग PAGE SETTINGS छ |
| 03:10 | हामीसँग Path, Menu, Access Permission छ र अब सबैले मुख्य पृष्ठ देख्न सक्ने छन् |
| 03:20 | हामी ADD बटन क्लिक गरेर एउटा HEADER वा एउटा FOOTER थप्न सक्ने छौं |
| 03:27 | हामी कुनै पनि नतिजा भएमा के गर्ने भनी थप्न सक्छौं |
| 03:31 | हामी एउटा पेज मा कति वटा सामग्रीहरू देखाउने तोक्न सक्छौं |
| 03:36 | र हामी तल एउटा पेजर भए wa नभएको View मा तल रहेको Read More link प्रयोगले गर्न सक्छौं |
| 03:44 | ADVANCED ट्याबमा रहेका सामग्रीहरू हामी यो ट्युटोरियलमा चर्चा गर्दैनौं |
| 03:50 | हामीले पहिले नै Events र User Groups लिंक गरेका छौं |
| 03:54 | त्यसैले, हाम्रो इभेन्ट प्रायोजन गरिरहेका User Groups बाट जानकारी निकाल्न सक्छौं र त्यसलाई
यो View मा राख्न सक्छौं |
| 04:03 | यसको लागि हामीले सृजना गरेका RELATIONSHIPS र CONTEXT प्रयोग गरिन्छ |
| 04:10 | अब, हाम्रो टेबल मा आवश्यक पर्ने फिल्डहरू थपौं |
| 04:15 | Add मा क्लिक गरौं र तल स्क्रोल गरी Event Date फिल्ड खोजौं |
| 04:21 | मैले Content type name प्रयोग गरी धेरै सावधानी पूर्वक फिल्डहरूको नाम दिएको छुँ |
| 04:27 | जसले गर्दा म तिनीहरूलाई सजिलै Views मा भेट्ने छुँ |
| 04:32 | Event Date मा एउटा ठीक चिन्ह राखौं र Apply क्लिक गरौं |
| 04:37 | यहाँ, केही सेटिंगहरू छान्ने छौं |
| 04:41 | अहिलेको लागि, Create a label र Place a colon विकल्पहरू छानिएका छन् |
| 04:47 | Date format लाई डिफल्ट अर्थात् "medium date" नै छोडौं |
| 04:53 | अहिले अरू केहीको चिन्ता गर्नु पर्दैन |
| 04:57 | र अन्त्यमा, Apply all displays बटन क्लिक गरौं |
| 05:02 | अहिले हामीसँग २ कोलम हरू - TITLE र EVENT DATE रहेका छन् |
| 05:08 | अर्को फिल्ड थपौं, Add क्लिक गरौं र तल स्क्रोल गरी Event Logo खोजौं |
| 05:17 | यसलाई छानी Apply क्लिक गरौं |
| 05:21 | यो पटक Create a label विकल्प अनचेक गरौं |
| 05:25 | अब, Image style मा "Thumbnail" छानौं |
| 05:30 | अनि Link image to ड्रप-डाउनमा "Content" छानौं |
| 05:36 | आगामी ट्युटोरियलहरूमा हामी यो लेआउट को लागि नयाँ ईमेज स्टाइल सृजना गर्न सिक्ने छौं, अहिले भने हामी "Thumbnail" छान्ने छौं |
| 05:45 | Apply क्लिक गरौं, हामी प्रिभ्यु मा devel ले प्रत्येक इभेन्ट को लागि सृजना गरेका थम्बनेल हरू देख्न सक्ने छौं |
| 05:55 | अगाडी फर्कौं र पून: Add मा क्लिक गरौं, यो पटक तल स्क्रोल गरी एकै चोटि एकभन्दा बढि फिल्ड हरू छानौं |
| 06:04 | Event Topics र Event Website छानौं र Apply all displays बटन क्लिक गरौं |
| 06:13 | अर्को पेजमा सम्पूर्ण कुराहरूलाई यसै छोडी Apply क्लिक गरौं |
| 06:18 | याद गरौं, हामी अब Views मा एकै पटक २ फिल्डहरू सेट गर्न सक्छौं र प्रत्येकको आफ्नै Settings स्क्रिन हुने छ |
| 06:27 | फेरि पनि, Apply all displays' मा क्लिक गरौं |
| 06:32 | अब हामीसँग EVENT TOPICS र EVENT WEBSITE छन् |
| 06:37 | हामीसँग title, date, topics र website छन्, Save मा क्लिक गरौं |
| 06:45 | आफ्नो काम बारम्बार सेभ गर्नु राम्रो बानी हो |
| 06:49 | जाँचेर हेरौं, हाम्रो डिस्प्ले एउटा पेज हो |
| 06:53 | हाम्रो FORMAT मा Table छ |
| 06:56 | हाम्रो FIELDS मा सेट छ |
| 06:59 | FILTER CRITERIA र SORT CRITERIA अझै गलत छन् |
| 07:04 | एउटा FILTER CRITERIA थप्न Add बटन थपौं |
| 07:08 | Event Date नभेटे सम्म तल स्क्रोल गरौं अनि Event Date छानौं र Apply क्लिक गरौं |
| 07:17 | यो स्क्रिन एकदमै महत्वपूर्ण छ |
| 07:20 | Operator' ड्रप डाउन भित्र हामी "Is greater than or equal to" छान्ने छौं |
| 07:26 | Value type भित्र हामीले आजको मिति राखेमा असहज हुने छ |
| 07:32 | हामीले प्रत्येक दिन नयाँ दिन राख्नु पर्ने हुन्छ तर हामी "An offset of the current time..." छान्ने छौं |
| 07:40 | र Value फिल्डमा “now” टाइप गरौं |
| 07:45 | यसको मतलब हालको समय पश्चात् का कार्यक्रमहरू मात्र देखापर्ने छन् |
| 07:51 | हालको समय भनेको हामीले यसलाई सृजना गरेको समय होइन, यो युजरले यसलाई प्रयोग गर्दाको समय हो |
| 07:59 | त्यसैले युजरले भावी कार्यक्रमहरू मात्र देख्ने छन् |
| 08:03 | Apply क्लिक गरौं |
| 08:05 | हामी देख्न सक्छौं कि devel ले सृजना गरेका काल्पनिक सामग्रीहरू ले कुनै भावी मिति दिएको छैन |
| 08:13 | त्यसैले, यसलाई View ले राम्रोसँग काम गर्ने पक्का गर्न आफैँ केही सामग्रीहरू अपडेट गरौं |
| 08:20 | केही कार्यक्रमहरू खोजौं र Event Date लाई आउँदो मितिमा परिवर्तन गरौं |
| 08:25 | Content मा जाऊ अनि Events Type ले फिल्टर गरौं |
| 08:31 | कुनै पनि इभेन्ट छानौं र Edit क्लिक गरौं, मितिलाई कुनै एउटा आगामी दिनमा बदलौं |
| 08:39 | Save मा क्लिक गरौं |
| 08:42 | ट्युटोरियल रोकौं र ६ वा ७ वटा कार्यक्रमहरू अपडेट गरौं |
| 08:49 | यति गरिसके पछि ट्युटोरियलमा फर्कनुहोस् |
| 08:53 | Shortcuts मा जाऊ, Views मा क्लिक गरौं, Upcoming Events खोजौं र Edit क्लिक गरौं |
| 09:01 | अब हामी view सम्पादन गर्न छोडेका स्थानमा फर्कने छौं |
| 09:06 | प्रिभ्यु क्षेत्रमा स्क्रोल गरौं |
| 09:10 | हामी अहिले सहि रूपमा Event Date greater than or equal to now बनाई फिल्टर गरिरहेका छौं |
| 09:17 | अर्को, हामीले SORT CRITERIA ठीक गर्नुपर्छ |
| 09:22 | डिफल्टमा, ड्रुपल ले सामग्रीहरू लेखिएको दिन अनुसार घट्दो क्रममा राख्छ |
| 09:30 | Events मा Event Date बढ्दो क्रममा हुनु उपयोगी हुने छ |
| 09:37 | यो परिवर्तन गर्न, Authored on मा क्लिक गरौं र Remove क्लिक गरौं |
| 09:44 | Add क्लिक गरौं र Event Date सम्म तल स्क्रोल गरौं |
| 09:51 | Apply क्लिक गरौं |
| 09:53 | अब, Order भित्र Sort ascending छानौं, यसले आगामी कार्यक्रमहरू क्रममा राख्छ |
| 10:03 | Apply क्लिक गरौं |
| 10:05 | अहिले हामीले हाम्रो Events अपडेट गरेका छौं र Sort Criteria सहि रूपमा सेट गरेका छौं |
| 10:11 | हामी यस्तो केही सूची देख्न सक्छौं |
| 10:16 | सम्पूर्ण आगामी कार्यक्रमहरू EVENT DATE को क्रममा सूचिकृत छन् |
| 10:23 | अगाडी बढ्नु पहिले Save क्लिक गरौं |
| 10:27 | हामी यो View को लागि एउटा विशेष कार्य गर्न जाँदै छौं |
| 10:32 | TITLE र Logo कोलम हरू सँगै राखौं र TITLE र EVENT DATE लाई क्रममा राख्न सक्ने बनाऊ |
| 10:41 | यति गरेपछि युजरले TITLE मा क्लिक गर्दा यो त्यही अनुसार क्रममा बस्ने छ |
| 10:48 | माथि स्क्रोल गरौं, FORMAT> Table खोजौं र यो सँगैको Settings मा क्लिक गरौं |
| 10:57 | Content Event Logo मा COLUMN ड्रप-डाउनलाई "Title" मा परिवर्तन गरौं |
| 11:03 | SEPARATOR मा एउटा साधारण line break मात्रै राखौं |
| 11:08 | Title र Event Date कोलमहरू लाई Ascending order मा SORTABLE बनाऊ र Apply क्लिक गरौं |
| 11:17 | अहिले हाम्रो Title र logo एकै कोलममा छन्, दुवै TITLE र EVENT DATE क्रममा मिलाउन सकिन्छ |
| 11:26 | Title शब्दलाई Event Name मा परिवर्तन गरौं |
| 11:31 | "Title" मा क्लिक गरौं अनि Label मा "Title" लाई "Event Name" मा बदलौं
अनि Apply क्लिक गरौं |
| 11:40 | प्रिभ्यु क्षेत्रमा स्क्रोल गरौं, हाम्रो Event Name र लोगो अनि मिति सबै सेट भएका छन् |
| 11:48 | आगामी ट्युटोरियलहरूमा हामी यसलाई अझै राम्रो बनाउन लोगोको नाप बदल्न सिक्ने छौं |
| 11:55 | अहिलेको लागि, Save क्लिक गरौं र हाम्रो View जाँचौं |
| 11:59 | होम पेज मा फर्कन Back to site क्लिक गरौं |
| 12:03 | Upcoming Events मा क्लिक गरौं |
| 12:06 | हामी आगामी कार्यक्रमहरू सहितको एउटा टेबल देख्ने छौं |
| 12:13 | हामी यसलाई Event Name र Event Date अनुसार क्रममा राख्न सक्ने पनि देख्ने छौं |
| 12:20 | यो सँगै हामीले हाम्रो पहिलो Table View को चर्चा सकेका छौं |
| 12:24 | संक्षेपमा हेरौं |
| 12:26 | यो ट्युटोरियलमा हामीले टेबल को फिल्डहरू सृजना गर्न सिक्यौं |
| 12:41 | यो भिडियो Acquia र OSTraining बाट साभार गरी स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी बम्बे ले संशोधन गरेको हो |
| 12:51 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस् |
| 12:58 | स्पोकन ट्युटोरियल प्रोजेक्टले कार्यशालाहरू संचालन गर्छ र प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस् |
| 13:07 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई -
NMEICT, मानव विकास संशाधन मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय, भारत सरकारको सहयोग रहेको छ |
| 13:19 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |