Drupal/C2/Creating-Basic-Content/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Creating Basic Content स्पोकन ट्युटोरियल मा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं:

कन्टेन्टका प्रकारहरु एउटा आर्टिकल सृजना गर्न र एउटा आधारभूत पेज सृर्जना गर्न

00:15 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ

उबुन्टु लिनक्स अपरेटिंग सिस्टम ड्रुपल ८फायरफक्स वेब ब्राउजर

00:25 तपाई आफ्नो रोजाई को कुनै पनि ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ
00:29 पहिले, कन्टेन्ट टाइप' को बारेमा जानौं, ड्रुपलमा कन्टेन्ट टाइप'कन्टेन्ट म्यानेजमेन्ट सिस्टम को मुख्य भाग हो
00:39 यो एउटा साइटको मेरुदण्ड जस्तै हो
00:42 यो ड्रुपल CMS भन्दा फरक हुने धेरै कारणहरु मध्ये एक हो
00:48 धेरै जस्तो CMS हरुको एउटा टाइटल र एउटा बडी मात्र हुन्छ जुन अपर्याप्त हुन्छ
00:57 ड्रुपल मा प्रत्येक कन्टेन्ट सामग्रीलाई नोड भनिन्छ, प्रत्येक नोडले एउटा कन्टेन्ट टाइप जनाउँछ
01:06 अर्को, कन्टेन्ट टाइप को महत्व बुझौं, कन्टेन्ट टाइपले नोडहरुको विभिन्न डिफल्ट सेटिंगहरु परिभाषित गर्छ जस्तै
01:17 नोड स्वत: प्रकाशित हुन्छ, प्रतिक्रियाहरु दिन पाइन्छ
01:23 र हाम्रो साइट मा सामग्रीहरू कसरी थपिने, प्रत्येक कन्टेन्ट टाइप का फिल्ड हरु हुन्छन्
01:30 हामीलाई आवश्यक पर्ने जानकारीको लागि त्यसमा बस्ने कन्टेन्टको प्रकार अनुसारको फिल्ड ' हरु रहेका छन्
01:38 म यसको व्याख्या गर्ने छुँ, यो IMDb.Com हो जुन एउटा ड्रुपल साइट हुन सक्छ, यो मूभी Red को बारेमा रहेको छ
01:49 स्क्रिनमा तपाई -

एउटा पोस्टर, शिर्षक, प्रदर्शनको मिति,

01:55 प्यारेंटल रेटिंग, लम्बाई, मूभीको प्रकार
01:59 बडी अथवा मूभीको व्याख्या देख्न सक्नुहुन्छ
02:04 हामीसंग people फिल्डहरुको सेटको साथै अन्य लिंक र बटनहरु हुनेछन्
02:09 अन्य CMS हरुमा Dreamweaver जस्तै केहि प्रयोग गरी CSS मा यस्तो सृजना गर्न सकिन्छ
02:16 मानौं हामी -

२०१० का सम्पूर्ण मूभीहरुको एउटा पेज चाहन्छौं जसमा Bruce Willis छन् (ब्रुस विल्स) र जसले PG 13 प्यारेंटल रेटिंग पाएका छन्

02:28 यदि तपाई अन्य CMS प्रयोग गर्दै हुनुहुन्छ भने यसो गर्न अप्ठेरो हुन्छ तर ड्रुपलमा यसो गर्न निकै सजिलो हुन्छ
02:37 यो कन्टेन्ट टाइप को मुख्य फाईदा हो, अब केहि बिल्ट -इन् कन्टेन्ट टाइप हरुको बारेमा हेरौं
02:46 पछि, हामी नयाँ कन्टेन्ट टाइपहरु सृजना गर्न सिक्ने छौं, हामीले पहिले सृजना गरेको ड्रुपल साइट खोलौं
02:54 पहिले हामी आर्टिकल कन्टेन्ट टाइप को बारेमा जान्ने छौं, Content अनि Add content मा क्लिक गरौँ
03:04 हामीले पहिले नै एउटा आर्टिकल सृजना गरेको सम्झौं, अब हामी सम्पूर्ण एलिमेंट हरु सहितको अर्को एउटा आर्टिकल सृजना गर्ने छौं
03:13 Article मा क्लिक गरौँ, आर्टिकलमा एउटा मात्र अनिवार्य फिल्ड छ जुन Title हो
03:21 यदि हामीले body मा केहि टेक्स्ट नराखे यसमा केहि फरक पर्दैन, एउटा Article Content type मा Summary पनि रहन्छ
03:28 यदि हामीले Summary मा केहि पनि नराखे ड्रुपलले पहिलो केहि अक्षरहरु प्रयोग गरी सृजना गर्ने छ र यसलाई टिजर मोड भनिन्छ
03:38 अघि बढौं, यहाँ हामी केहि टेक्स्ट टाइप गर्ने छौं
03:43 यहाँ तपाई आफूले चाहेको कुनै पनि टेक्स्ट टाइप गर्न सक्नुहुन्छ
03:45 यो मेरो टेक्स्ट हो
03:50 यहाँ,टेक्स्ट फर्म्याट ले हामीले HTML मा राख्न पाउने एलिमेंट हरु देखाउँछ
03:56 हामीसँग Basic, Restricted Full HTML छ किनभने हामी सुपर युजर भएकोले हामी सबै देख्न सक्छौं
04:05 साधारणतया, एउटा युजर एउटा एडिटर वा प्रकाशक को रुपमा लगिन गर्दा यहाँ एउटा मात्र टेक्स्ट फर्म्याट देखापर्छ, तिनीहरुले त्यो एउटा टेक्स्ट फर्म्याट मात्र प्रयोग गर्न पाउने छन्
04:17 विस्तृत जानकारीको लागि About text formats लिंकमा क्लिक गरौँ
04:22 अहिलेको लागि Basic HTML छानौं
04:26 Basic HTML ले हामीलाई सोर्स कोड मा हेर्न को साथैं केहि बेसिक HTML एलिमेंट हरु पनि प्रयोग गर्न दिन्छ जस्तै -
04:33 एउटा प्याराग्राफ ट्याग, strong italic,
04:36 विना क्रमको सूची, क्रमानुसारको सूची र अन्य केहि
04:41 Full HTML ले हामीलाई कुनै पनि HTMLको साथै JavaScript iframesपनि इम्बेड गर्न दिन्छ
04:48 Restricted HTML मा हामीले एउटा प्याराग्राफ ट्याग वा लाइन ब्रेक हरु मात्र थप्न पाउँछौं
04:57 WYSIWYG एडिटर CKEditor हो, हामी यसको बारेमा पछि चर्चा गर्ने छौं
05:03 यहाँ हामी bold, italics, linking, unordered ordered lists, block quote इमेज देख्न सक्छौं
05:11 विभिन्न H ट्याग हरू र तिनीहरुको View Source छान्न फर्म्याटिंग ड्रप डाउन
05:18 हामीले टेक्स्ट फर्म्याट परिवर्तन गर्दा धेरै बटनहरू प्राप्त गर्छौं, हामी यसको बारेमा पछि जान्ने छौं
05:25 अहिले यसलाई Basic HTML को रूपमै छोडौं, Continue बटनमा क्लिक गरौँ
05:32 हाम्रो आर्टिकल सकौं, पुन: एकपटक ट्यागहरू प्रयोग गरौँ - "introduction" र "drupal"
05:40 हामीले अहिले ईमेज खाली छोड्ने छौं, हामीले यसले कसरी काम गर्छ हेरि सक्यौं
05:47 यहाँ दायाँमा हामी दृष्यता र प्रकाशनको सेटिंगहरू देख्छौं
05:52 यो आर्टिकल नियन्त्रण सक्रिय गर्न Create new revision चेक बक्समा क्लिक गरौँ
05:59 हामीलाई एउटा मेनु लिंकमा एउटा आर्टिकल थप्नु परेमा Provide a menu link चेकबक्समा क्लिक गरौँ, ड्रुपलले Main navigation मा एउटा मेनु आईटम थप्ने छ
06:11 यदि हामीले त्यसो गरेमा हामीले सयौं मेलहरु प्राप्त गर्ने छौं, त्यसैले ठीक चिन्ह हटाऊ
06:17 हामी कुनै पनि निश्चित नोडको लागि Comments ON वा OFF गर्न सक्छौं
06:22 यहाँ हामी URL alias दिन सक्छौं
06:26 यदि खाली छोडेमा ड्रुपल ले आफैं सृजना गर्ने छ
06:30 AUTHORING INFORMATION भित्र हामी यो नोड कहिले र कसले सृजना गरेको हेर्न सक्छौं
06:37 PROMOTION OPTIONS भित्र हामी यस्ता सेटिंगहरु राख्न सक्छौं -

यो पेज मुखपृष्ठमा पठाइने छ वा छैन र यसलाई सूचीको माथि sticky बनाएर राखिनेछ वा छैन

06:50 यी सेटअपहरु हामीले हाम्रो Content type सृजना गर्दाको हो र एडिटरले यसलाई बदल्न आवश्यक छैन
06:56 तर हामी आफ्नो प्राथमिकता अनुसार परिवर्तनहरू गर्न सक्छौं
07:00 अन्त्यमा हाम्रो नोड सेभ गर्न Save and publish क्लिक गरौँ
07:04 तुरुन्तै, नोड हाम्रो साइटमा उपलब्ध भएको देख्न सक्छौं
07:10 हाम्रो Home पेजमा क्लिक गरौँ
07:12 हामीसंग "Welcome to Drupalville" र "Drupalville's Second Article" रहेको छ
07:17 यिनीहरु टिजर मोड मा प्रकाशनको समयानुसार देखाइएको छ
07:23 यहाँ Read more Add new comment लिंक रहेको छ
07:28 Drupal शब्दसँग ट्याग भएका शब्दहरूको सूची हेर्न drupal लिंकमा क्लिक गरौँ
07:35 पून: नोडहरु प्रकाशनको मिति अनुसार देखाइएका छन्
07:40 यी Article Content type हरु हुन्
07:43 Edit लिंकमा क्लिक गरौँ
07:45 यहाँ हामीले चाहेको कुनै पनि कुरा थप्न सकिन्छ
07:48 डिफल्टमा ड्रुपल मा विभिन्न विकल्पहरू हुन्छ
07:52 Save and keep published मा क्लिक गरौँ
07:56 हामी कुनै पनि कुराको लागि कन्टेन्ट टाइप प्रयोग गर्न सक्छौं
07:58 अब अर्को आइटम थपौं, ShortcutsAdd content मा क्लिक गरौँ
08:04 Basic page छानौं, Basic page मा Title Body हुन्छ
08:10 यहाँ कुनै ट्याग वा ईमेज हरू छैनन्, डिफल्टमा यसलाई "मुखपृष्ठमा पठाइने" छैन
08:17 साथै, यसमा प्रतिक्रिया व्यक्त गर्ने व्यवस्था पनि हुदैन किनभने यो होमे पेज मा जादैन र नयाँ मेनु सृजना गर्न सजिलो हुन्छ
08:27 टाइप गरौँ: "About Drupalville"
08:30 आफूले चाहेको केही टेक्स्ट टाइप गरौँ
08:33 अब, MENU SETTINGS भित्रको Provide a menu link ठीक गरौँ
08:38 हामी Title एउटा Menu Title मा परिवर्तन भएको देख्न सक्छौं
08:43 हामी यसलाई छोट्याउन पनि सक्छौं, Main navigation मा ठीक गरौँ र अहिले को लागि Weight मा 0 राखौं
08:51 Weight सूचीमा मेनु देखापर्ने स्थानमा हुन्छ, एउटा सानो वा नेगेटिभ नम्बरले यसलाई ठूलो देखाउने छ मतलब यो माथि पुग्ने छ
09:03 अन्य सबै यसै छोडौं, मेनु लिंक मा ठीक गरौं र Save and publish क्लिक गरौं
09:11 हामी एउटा About Drupalville लिंक प्राप्त गर्ने छौं, यसले हामीलाई About Drupalville शिर्षकको नोडको Basic page Content type मा पुर्याउने छ
09:22 नोड ID ले 3 देखाउँछ, यदि तपाईले अन्य नोडहरू पनि थपेको भए तपाईको नोड ID मेरो भन्दा भिन्न हुने छ
09:32 तल बायाँ, हामी यो node ID 3 देख्न सक्छौं, हामीलाई त्यो प्राय आवश्यक पर्दैन
09:41 तथापि, यो मेनु लिंक सहितको आर्टिकलबेसिक पेज कन्टेन्ट टाइप यति नै, यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
09:50 संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं:

कन्टेन्ट टाइपहरु को बारेमा एउटा आर्टिकल सृजना गर्न र एउटा बेसिक पेज सिर्जना गर्न

10:05 यो भिडियो AcquiaOSTraining बाट साभार गरी स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी बम्बे ले संशोधन गरेको हो
10:15 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस्
10:22 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशालाहरु संचालन गर्छ र प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस्
10:30 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, मानव संशाधन विकास मन्त्रालयको साथै NVLI, संस्कृति मन्त्रालय भारत सरकारको अनुदान रहेको छ
10:44 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira