Digital-Divide/C2/Oral-Dental-Hygiene-and-Care/Nepali
From Script | Spoken-Tutorial
| Time | Narration |
| 00:02 | रामु बिहान उठेर स्कूल जाने तयारी गर्छ |
| 00:07 | उसलाई निद्रा लागे जस्तै हुन्छ तर उसले ब्रस निकाली मन्जन राखेर दाँत माझ्न थाल्छ |
| 00:12 | उसलाई स्कूल जान ढिला भएकोले उसले छिटो दाँत माझ्छ |
| 00:16 | उ कुल्ला गरेर नुहाउन जान्छ र तयार हुन्छ |
| 00:21 | रामुको आमाले उसलाई खान खान बोलाउनुहुन्छ |
| 00:25 | रामुले खाना खान्छ |
| 00:27 | खाना उसको दाँतमा अड्किन्छ र ऊ बेस्सरी चिच्याउँछ |
| 00:33 | आमाले उसलाई पानी दिनुहुन्छ र ढिलो भएकोले छिटो स्कूल जान भन्नुहुन्छ |
| 00:39 | रामुलाई दुखिरहे पनि झोला बोकेर घरबाट निस्कन्छ |
| 00:44 | उसले बाटोमा आफ्नो एउटा साथी भेट्छ |
| 00:47 | उसलाई पिडामा देखेर उसको साथी सुरेशले के भयो सोध्छ |
| 00:52 | रामुले कहानी बताउँछ |
| 00:54 | सुरेशले धैर्यतापूर्वक रामुलाई सुन्छ |
| 00:58 | अनि उसले छिमेकमा बस्ने दाँतका डाक्टर अंकलको बारेमा बताउँछ |
| 01:03 | सुरेशले रामुलाई स्कूल पछि डाक्टर अंकलकोमा लैजाने बाचा गर्छ |
| 01:09 | ब्रिजिंग डिजिटल डिभाइड स्पोकन ट्युटोरियलमा स्वागत छ |
| 01:14 | यहाँ हामी राम्रोसँग मुखको स्वास्थ्यको हेरचाह गर्ने तरिकाहरु, प्राथमिक हेरचाह र डाक्टरलाई देखाउने बारेमा चर्चा गर्ने छौं |
| 01:23 | स्कूलबाट घर फर्कदा सुरेश र रामुले डाक्टरलाई भेट्छन् |
| 01:29 | डाक्टरले रामुको दाँत जाँचेर उसको दाँतमा किरा लागेको भन्छन |
| 01:35 | अनि उनले तिनीहरुलाई किरा लाग्नुको कारणहरु बताउछन् |
| 01:40 | दाँतबिच अड्केका खानेकुराहरु |
| 01:42 | दाँत सहि तरिकाले नमाझेकोले |
| 01:46 | साइट्रीक एसिडको मात्रा रहेको पेय पदार्थहरु |
| 01:50 | डाक्टरले अनि दुखाई कम हुने तरिकाहरु बताउँछन् |
| 01:57 | खनिज र क्याल्सियम धेरै भएका खानाहरु खाने |
| 02:01 | दाँत सहि तरिकाले माझ्ने |
| 02:03 | दिनको दुइपटक दाँत माझ्ने |
| 02:05 | प्रत्येक खाना पछि मुख कुल्ला गर्ने |
| 02:09 | सम्पूर्ण उमेर समूहको लागि प्रत्येक छ महिनामा डाक्टरलाई देखाउनु राम्रो मानिन्छ |
| 02:15 | डाक्टरकोमा जानुहोस् यदि |
| 02:17 | दाँतहरु नमिलेका, बांगाटिंगा छन् भने |
| 02:22 | दाँतमा खाली देखिन्छ |
| 02:25 | यदि तपाईको दाँतमा तातो र चिसो खानेकुराले झन्झनाउछ भने |
| 02:30 | यी केहि दाँत माझ्ने तरिकाहरु हुन् |
| 02:35 | चपाउने भागको भित्री र बाहिरी भाग बिस्तारै माझ्नुहोस् |
| 02:39 | साथै जिब्रो पनि सफा गरौँ जसले गर्दा स्वस्थ सास लिन सकियोस र किटाणुबाट मुक्त होस् |
| 02:45 | प्राकृतिक उपचार, मिस्वाक पिलु रुखको हाँगोको चपाउन काटिएको टुक्रा हो |
| 02:52 | यसलाई चपाउनु पर्छ |
| 02:55 | अनि यसलाई प्राकृतिक ब्रसको रुपमा प्रयोग गर्न सकिन्छ |
| 03:00 | यसरी हामी यो स्पोकन ट्युटोरियलको अन्त्यमा आएका छौं |
| 03:03 | संझौ, आफ्नो दाँतको हेरचाह राख्दा र समय-समयमा डाक्टरलाई देखाउदा मुखको स्वास्थ्य सधै राम्रो रहन्छ |
| 03:13 | सहभागिताको लागि धन्यवाद, सधै स्वस्थ रहनुहोस् |
| 03:17 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
| 03:21 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
| 03:25 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ |
| 03:30 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रोजेक्ट प्रयोग गरी कार्यशाला संचालन गर्छ |
| 03:35 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
| 03:39 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस् |
| 03:48 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
| 03:52 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
| 04:00 | यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ |
| 04:16 | यो ट्युटोरियलको एनिमेसनमा उदय चन्द्रिकाको योगदान रहेको छ |
| 04:21 | र म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |