Digital-Divide/C2/Introduction-to-Gmail/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Introduction to Gmail स्पोकन ट्युटोरियल मा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं -
00:09 एउटा नयाँ गुगल एकाउन्ट खोल्न
00:12 गुगल एकाउन्ट प्रयोग गरी जिमेल मा लगिन गर्न
00:16 एउटा ईमेल लेख्न
00:18 एउटा ईमेल पठाउन
00:20 एउटा ईमेल हेर्न
00:22 जिमेल बाट लगआउट गर्न
00:24 हामी केहि महत्वपूर्ण मेलबक्सहरु जस्तै Inbox को बारेमा पनि सिक्नेछौं
00:30 यो ट्युटोरियलको लागि तपाईसँग इन्टरनेट जडान हुनुपर्छ
00:35 र एउटा वेब ब्राउजर
00:37 प्रदर्शनको लागि, म फायरफक्स वेब ब्राउजर प्रयोग गर्ने छुँ
00:42 गुगल ले आफ्ना सम्पूर्ण गुगल प्रडक्टहरुको लागि एकै एकाउन्ट प्रदान गरेको छ जस्तै
00:48 Gmail,YouTube
00:50 गुगल Play,गुगल Docs/Drive
00:53 गुगल Calendar र अन्य धेरै
00:57 त्यसैले एकै लगिनले हामी यी मध्ये कुनैपनि चलाउन सक्छौं
01:02 एउटा नयाँ गुगल एकाउन्ट सिर्जना गरी सुरु गरौँ
01:06 तपाईको वेब ब्राउजर खोल्नुहोस् र टाइप गर्नुहोस्, http colon slash slash gmail dot com (http://gmail.com)
01:16 यसले हामीलाई माथि दायाँ २ विकल्पहरु रहेको एउटा पेजमा लैजाने छ
01:22 Create an account Sign in
01:25 यदि तपाईले तपाईको कम्प्युटरमा यो पहिलोपटक चलाउदै हुनुहुन्छ भने यस्तो देखिन्छ
01:32 यदि तपाईले यो पहिले पनि चलाउनु भएको छ भने यस्तो देखिन्छ
01:39 ल, तपाईले तपाईको ईमेल युजरनेमपासवर्ड इन्टर गर्न टेक्स्ट बक्सहरु देख्नुहुन्छ
01:46 र एउटा ठूलो बटन जसमा Sign In लेखिएको हुन्छ
01:50 यसको मुनि, तपाईले एउटा Create an account भन्ने लिंक देख्नुहुन्छ
01:55 अब Create an account लिंकमा क्लिक गरौँ
01:59 अहिले हामी गुगल एकाउन्ट सिर्जना गर्ने पेजमा छौं
02:03 हामी दायाँ एउटा फारम देख्न सक्छौं, जहाँ हामीले हाम्रो एकाउन्ट र व्यक्तिगत विवरणहरु भर्नुपर्छ
02:11 हाम्रो नाम र थर सम्बन्धित बक्सहरु मा इन्टर गरौँ
02:17 म मेरो नाम Rebecca Raymond दिनेछु
02:23 अर्को, हामीले हाम्रो युजरनेम छान्नुपर्छ
02:27 युजरनेम भिन्न हुनुपर्छ र अक्षर वा अक्षर र नम्बर मिलाएर बनाउन सकिन्छ
02:37 युजरनेम मा becky0808 दिऊ
02:43 यदि युजरनेम पहिले नै लिएको भए यस्तो संदेश देखिने छ
02:49 Someone already has that user name, Try another
02:54 गुगल ले हामीले दिएको नाम र थरको आधारमा केहि सल्लाहहरु पनि दिनेछ
03:01 हामी हाम्रो रोजाईको कुनै पनि दिन सक्छौं र उपलब्धता जाच्नुपर्छ
03:07 अब म युजरनेम मा ray.becky.0808 दिनेछु
03:18 यो युजरनेम लिन्छ, मतलब यो उपलब्ध छ
03:24 अब हामीले यो एकाउन्टको लागि एउटा पासवर्ड दिनुपर्छ
03:30 बायाँको बक्सले पासवर्ड कति लामो हुनुपर्ने जानकारी दिन्छ
03:36 आफ्नो रोजाईको एउटा उपयुक्त पासवर्ड टाइप गरौँ
03:41 अनि सो पक्का गर्न पुन: पासवर्ड टाइप गरौँ
03:44 यस पछि Birthday आउँछ
03:48 ड्रप-डाउनबाट महिना छानौं
03:51 अनि सम्बन्धित बक्सहरुमा दिन र साल छानौं
03:57 अब तपाईको लिंग छान्नुहोस्
04:00 Female छान्दैछुँ
04:03 अर्को फिल्ड मोबाइल फोन हो
04:06 अहिलेलाई म यो छोड्दैछु
04:08 यसपछि, हाम्रो हालको ईमेल एड्रेस माग्ने एउटा बक्स छ
04:14 यदि तपाईसँग अहिले सिर्जना गरिरहेको बाहेक अर्को वैकल्पिक ईमेल छ भने त्यो यहाँ टाइप गर्नुहोस्
04:21 यदि तपाईसँग छैन भने यसलाई खाली छोडौं
04:23 अब बाँकी विवरणहरु भरौं
04:26 अर्को खण्ड “Prove you're not a robot” मा २ पुष्टिकरणका चरणहरु हुन्छन्
04:32 Phone verification
04:34 Puzzle verification
04:36 हामी यी मध्ये कुनै पनि एक विकल्प छान्न सक्छौं
04:40 puzzle verification छान्ने छुँ
04:43 इमेजमा देखाइएको टेक्स्ट/ नम्बर टाइप गरौँ, Type the text टेक्स्ट बक्समा टाइप गरौँ
04:49 Location ड्रप डाउनमा डिफल्टमा तपाई रहनुभएको देश देखाइएको हुन्छ
04:55 India मा छुँ, त्यसैले मेरो Location ड्रप डाउनमा डिफल्टमा India देखाइएको छ
05:02 अन्त्यमा, I Agree to the गुगल Terms and Privacy Policy चेकबक्समा ठिक गरौँ
05:10 सम्पूर्ण विवरणहरु भरेपछि हामीले Next Step बटनमा क्लिक गर्नुपर्छ
05:17 अहिलेको लागि हामी त्यसो गर्ने छैनौं
05:20 यदि हामीले “Phone Verification” छानेमा के गर्ने हेरौं
05:25 Skip this verification (Phone Verification may be required)” चेकबक्समा क्लिक गरौँ
05:32 स्थानमा India (भारत) छानौं
05:35 अनि I Agree to the गुगल Terms and Privacy Policy चेकबक्समा क्लिक गरौँ
05:41 र अन्त्यमा Next Step मा क्लिक गरौँ
05:45 यसले 'Phone verification पेजमा ' मा लैजाने छ
05:50 ड्रपडाउनबाट एउटा देशको झन्डा छानौं, म India छान्दैछुँ
05:55 दिएको टेक्स्ट बक्समा तपाईको मोबाइल नम्बर इन्टर गरौँ
06:00 Text message (SMS) विकल्प छानौं, प्राय: यो डिफल्टमा छानिएको हुन्छ
06:07 अनि Continue बटनमा क्लिक गरौँ
06:10 तपाई आफ्नो फोनमा एउटा SMS प्राप्त गर्नुहुन्छ
06:13 यसले पुष्टिकरणको अर्को खण्डमा लैजाने छ
06:17 दिएको टेक्स्ट बक्समा, तपाईले गुगल बाट SMS मार्फत प्राप्त गरेको कोड टाइप गर्नुहोस्
06:24 Continue मा क्लिक गरौँ
06:27 अहिले हामी Create your public गुगल+ profile पेजमा छौं
06:32 त्यसैले हामी आफ्नो नाम देख्न सक्छौं
06:35 यसको मुनि “Add a photo” विकल्प छ
06:39 तपाई आफ्नो गुगल प्रोफाइल मा आफ्नो फोटो राख्न यो विकल्पमा क्लिक गर्न सक्नुहुन्छ
06:44 त्यहाँ एउटा “Create your profile” नामक बटन पनि छ
06:48 अहिलेको लागि म यी कदमहरु छोड्दै छुँ
06:51 त्यसको सट्टा म मेरो ईमेल एकाउन्टमा अघि बढ्न No Thanks बटनमा क्लिक गर्ने छुँ
06:58 अहिले हामी welcome page मा छौं
07:02 र मेरोमा यसले “ Welcome, Rebecca” भन्छ
07:06 मेरो नयाँ ईमेल एड्रेस ray.becky.0808@gmail.com पनि देखाइएको छ
07:16 अब Continue to Gmail बटनमा क्लिक गरौँ
07:22 यसले हाम्रो मेल एकाउन्ट लोड गर्ने छ
07:24 तपाईको इन्टरनेटको स्पिडको आधारमा यसले केहि समय लिनेछ
07:28 यदि हाम्रो इन्टरनेट ढिलो छ भने हामी Load basic HTML मा क्लिक गर्न सक्छौं
07:33 यो दायाँ तल रहेको हुन्छ
07:37 यसले विना कुनै ग्राफिक्स जिमेल लोड गर्ने छ
07:41 केहि जानकारी बक्सहरु स्क्रिनमा देखिने छन्
07:46 तिनीहरु पढौं र थप बुझ्न Next बटन क्लिक गरौँ र तिनीहरु बन्द गरौँ
07:53 यो मेरो जिमेल एकाउन्टको डिफल्ट वा स्ट्याण्डर्ड भ्यू हो
07:58 देखाइएको क्षेत्रको बिचमा हाम्रो मेलहरु देखिन्छन
08:04 याद गरौँ, तीन ट्याबहरु छन्, हामी तिनीहरुको बारेमा बिस्तृत रुपमा आगामी ट्युटोरियलहरुमा चर्चा गर्ने छौं
08:12 बायाँपट्टी, हामी केहि नाम सहितको मेनु आइटमहरु देख्न सक्छौं
08:16 Inbox, Starred, Sent Mail, Drafts, More जिमेल को केहि मुख्य मेलबक्सहरु हुन्
08:29 डिफल्टमा, Inbox छानिएको हुन्छ र यसको सामग्री डिस्प्ले एरियामा देखाइन्छ
08:36 याद गरौँ Inbox मा ब्राकेट मा 3 नम्बर छ
08:41 यसको मतलब मैले ३ नयाँ मेलहरु प्राप्त गरें
08:46 जब हामीले एउटा नयाँ गुगल एकाउन्ट बनाउछौं, हामीले केहि मेलहरु जिमेल टिम मार्फत प्राप्त गर्छौं
08:52 तपाई जिमेल का सुबिधाहरु कसरी प्रयोग गर्ने भन्ने जान्न ती मेलहरु पढ्न सक्नुहुन्छ
08:58 अब, एउटा ईमेल कसरी लेख्ने सिकौं
09:02 बायाँपट्टिको COMPOSE बटनमा क्लिक गरौँ
09:06 New Message नामक एउटा विन्डो खुल्छ
09:10 यसमा चार खण्डहरु रहेका छन्
09:13 To – मा हामीले ईमेल पठाउन चाहेको व्यक्तिको इमेल एड्रेस टाइप गर्नेछौँ
09:21 यहाँ म हामीले भर्खर सिर्जना गरेको ईमेल-आइडी नै टाइप गर्ने छुँ मतलब ray.becky.0808@जिमेल.com
09:35 यसको मतलब म आफैलाई नै एउटा मेल पठाउदैछुँ
09:39 अर्को खण्ड भनेको Subject हो
09:42 यहाँ हामी आफ्नो मेलको बिषय छोटकरीमा टाइप गर्न सक्छौं
09:46 मानौं, “Welcome mail
09:50 अर्को सामग्री क्षेत्र
09:53 यहाँ हामीले पठाउन चाहको संदेश लेख्नुपर्छ
09:57 टाइप गरौँ, “Greetings to all from the Spoken Tutorial Project”.
10:03 अन्तिम खण्डमा एउटा Send भन्ने निलो बटन छ
10:08 ईमेल पठाउन त्यसमा क्लिक गरौँ
10:11 याद गरौँ, अहिले Inbox मा मेल संख्या 4 छ
10:16 कुनैपनि मेल पढ्न यसमा क्लिक गरौँ
10:20 यहाँ मैले आफैलाई पठाएको मेल छ
10:23 यसमा एकपटक हेरौं
10:26 Show Details एरोमा क्लिक गरौँ
10:29 यहाँ प्रेषक र प्रापकको ईमेल एड्रेसहरु छन्
10:34 यहाँ ईमेल पठाएको मिति र समय छ
10:39 यहाँ ईमेलको विषय रहेको छ
10:43 र यहाँ सामग्री छ
10:47 अब, इनबक्समा नपढेको मेलको संख्या 3 भएको याद गरौँ
10:54 अब जिमेल बाट कसरी साइन आउट गर्ने सिकौं
10:58 माथि दायाँ, तपाई आफ्नो ईमेल-आइडी देख्न सक्नुहुन्छ
11:03 यदि तपाईले एकाउन्ट सिर्जना गर्दा एउटा फोटो अपलोड गर्नुभएको छ भने तपाई त्यो यहाँ देख्नुहुनेछ
11:08 यसमा क्लिक गरौँ
11:10 यहाँ Sign Out बटन छ, साइन आउट गर्न यसमा क्लिक गरौँ
11:17 तपाईले सफलतापुर्वक जिमेल बाट साइन आउट गर्नुभएको छ
11:21 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
11:25 हामीले के सिक्यौं संक्षेपमा हेरौं -
11:28 एउटा नयाँ गुगल एकाउन्ट सिर्जना गर्न
11:31 गुगल एकाउन्ट प्रयोग गरी जिमेल मा लगिन गर्न
11:34 एउटा ईमेल लेख्न
11:36 एउटा ईमेल पठाउन,एउटा ईमेल हेर्न
11:39 जिमेल बाट लगआउट गर्न
11:41 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
11:45 कृपया डाउनलोड गरी हेर्नुहोस्
11:49 हामी कार्यशालाहरु संचालन गर्छौं र हाम्रो अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छौं
11:55 बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्
11:58 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको अनुदान रहेको छ
12:05 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
12:10 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
12:12 म मन्दिरा थापा बिदा हुदैछुं, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya