Digital-Divide/C2/Getting-to-know-computers/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Getting to know Computers स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:09 एउटा कम्प्युटर को विभिन्न अंगहरु
00:11 हामी विभिन्न अंगहरु जोड्न पनि सिक्नेछौं
00:15 साधारणतया, कम्प्युटरहरु - दुई प्रकारका हुन्छन्
00:18 डेस्कटप वा पर्सनल कम्प्युटरल्यापटप
00:23 आजकल ट्याब्लेट PC वा छोटकरीमा ट्याब धेरै चलेको छ
00:31 एउटा कम्प्युटरको कार्यहरु
00:33 एउटा कम्प्युटर ले यसको साइजको पर्वाह नगरी पाँच मुख्य कार्यहरु गर्छ-
00:40 यसले इन्पुट को रुपमा डाटा वा निर्देशनहरु लिन्छ
00:45 यसले युजरले चाहे अनुसार डाटा प्रशोधन गर्छ
00:50 यसले डाटा भण्डार गर्छ
00:52 यसले नतिजा आउटपुट को रुपमा दिन्छ
00:56 यसले कम्प्युटर भित्रका सम्पूर्ण कार्यहरु नियन्त्रण गर्छ
01:01 एउटा कम्प्युटर को आधारभूत अंगहरु यो चित्रमा देखाइएको छ
01:08 इन्पुट युनिट ,सेन्ट्रल प्रोसेसिंग युनिट
01:11 'आउटपुट युनिट
01:14 इन्पुट युनिट ले
01:16 संगठित तरिकामा डाटाप्रोग्राम हरु एउटा कम्प्युटर मा इन्टर गर्न दिन्छ
01:23 किबोर्ड, माउस, क्यामेरा र स्क्यानर केहि इन्पुट डिभाइसहरु हुन्
01:31 सेन्ट्रल प्रोसेसिंग युनिट ले
01:33 कार्यहरु जस्तै अंकगणितीयतार्किक कार्यहरु गर्छ र
01:38 डाटानिर्देशनहरु भण्डार गर्छ
01:41 सेन्ट्रल प्रोसेसिंग युनिट वा CPU यस्तो देखिन्छ
01:48 यस युनिटको अगाडी र पछाडी धेरै पोर्ट हरु हुन्छन्
01:53 हामी केहिछिनमा तिनीहरुको बारेमा सिक्नेछौं
01:57 यसले डाटानिर्देशनहरु लिन्छ, तिनीहरुलाई प्रशोधन गर्छ र आउटपुट वा नतिजा दिन्छ
02:05 विभिन्न कार्यहरु गर्ने कामलाई प्रोसेसिंग भनिन्छ
02:11 अनि आउटपुट डाटा निर्देशनहरु सहित स्टोरेज युनिट मा भण्डार गरिने छ
02:18 डाटाबाट नतिजा निकाल्ने प्रकियामा सहयोग गर्ने युनिटलाई आउटपुट युनिट भनिन्छ
02:26 मनिटरप्रिन्टर केहि आउटपुट डिभाइसहरु हुन्
02:33 सामान्यत एउटा डेस्कटप कम्प्युटर मा ४ मुख्य अंगहरु हुन्छन्
02:38 मनिटर,CPU
02:40 किबोर्ड ,र माउस
02:43 एउटा कम्प्युटरमा एउटा क्यामेरा, प्रिन्टर वा स्क्यानर पनि जोड्न सकिन्छ
02:50 यो एउटा मनिटर हो वा हामी यसलाई कम्प्युटर स्क्रिन पनि भन्न सक्छौं
02:55 यो एउटा TV स्क्रिन जस्तै देखिन्छ
02:57 यो एउटा कम्प्युटर को भिजुअल डिस्प्ले युनिट हो
03:02 यसले कम्प्युटरको युजर इन्टरफेस देखाउँछ
03:05 हामी किबोर्ड र माउस प्रयोग गरी विभिन्न प्रोग्रामहरु खोल्न र कम्प्युटर सँग अन्तरक्रिया गर्न सक्छौं
03:13 किबोर्ड कम्प्युटर मा टेक्स्ट, अक्षरहरु र अन्य कमाण्डहरु इन्टर गर्न डिजाइन गरिएको हो
03:21 यो कम्प्युटर माउस हो
03:24 मुख्यतः यसमा क्लिक गर्न मिल्ने दुई बटनहरु हुन्छन् र बिचमा एउटा स्क्रोल बटन हुन्छ
03:31 प्राय: कार्यहरु लेफ्ट माउस बटन थिच्दा सुचारु हुन्छन्
03:35 राइट माउस बटन थिच्दा अलि कम स्ट्याण्डर्ड कार्यहरु जस्तै सर्टकट सुचारु हुनेछन्
03:43 माउस व्हील स्क्रोल बटन घुमाएर तल र माथि स्क्रोल गर्न प्रयोग गरिन्छ
03:49 कम्प्युटर माउस किबोर्ड बाहेक कम्प्युटर सँग अन्तरक्रिया गर्ने वैकल्पिक माध्यम हो
03:57 अब CPU क विभिन्न भागहरु हेरौं
04:02 CPU को अगाडी एउटा ठूलो बटन छ जुन POWER ON स्विच हो
04:08 कम्प्युटर अन गर्न हामीले यो स्विच थिच्नुपर्छ
04:14 त्यहाँ reset बटन पनि छ जसले आवश्यक परेमा कम्प्युटर रीस्टार्ट गर्न सकिन्छ
04:21 साथै अगाडी पट्टी हामी दुई वा बढि USB पोर्टहरु र एउटा DVD/CD-ROM रिडर-राइटर देख्न सक्छौं
04:30 USB पोर्टहरु कम्प्युटरसँग पेन-ड्राइभ जोड्न प्रयोग गरिन्छ
04:35 DVD/CD-ROM रिडर-राइटर एउटा CD वा एउटा DVD रिड वा राइट गर्न प्रयोग गरिन्छ
04:43 अब कम्प्युटर को पछाडी हेरौं
04:48 पछाडी रहेका पोर्टहरु CPU लाई कम्प्युटर का अन्य डिभाइसहरुसँग जोड्न प्रयोग गरिन्छ
04:55 यसको लागि केवलहरु प्रयोग गरिन्छ
04:58 CPU भित्र विभिन्न अंगहरु हुन्छन्
05:02 कम्प्युटर अन हुँदा यी सबै अंगहरुले काम गर्छन् र ताप निकाल्छन
05:08 पछाडी रहेको पंखाले यी अंगहरुलाई चिसो पार्न आवश्यक चिसो हावा प्रवाह गर्छ
05:14 होइन भने बढि तातेर CPU मा नोक्सान हुन सक्छ जसले गर्दा डाटा हराउने डर हुन्छ
05:21 यो केस कुलिंग फ्यान हो
05:23 यसले CPU को तापक्रम सामान्य बनाई राख्छ र बढि तात्नबाट बचाउँछ
05:30 Power Supply युनिट, जसलाई PSU पनि भनिन्छ; कम्प्युटरमा बिद्ध्युत आपूर्ति गर्छ
05:37 अब, CPU का विभिन्न अंगहरु कसरी जडान गर्ने हेरौं
05:42 सम्पूर्ण अंगहरुलाई देखाए जसरी टेबलमा राखौं
05:46 सम्पूर्ण केवलहरुलाई देखाए जसरी टेबलमा राखौं
05:51 पहिले मनिटर लाई CPU मा जोडौं
05:55 देखाए जसरी पावर केवल लाई मनिटर मा जोडौं
06:00 अब, अर्को टुप्पोलाई एउटा पावर सप्लाई सकेट मा जोडौं
06:04 यो CPU को पावर केवल हो
06:08 देखाए अनुसार CPU जोडौं
06:11 अनि यसलाई एउटा पावर सप्लाई सकेट मा जोडौं
06:14 अर्को, देखाए जसरी किबोर्ड केवल लाई CPU मा जोडौं
06:19 प्राय: किबोर्ड को पोर्ट “प्याजी” रंगमा हुन्छ
06:23 तपाई माउसलाई “हरियो” रंगको पोर्टमा जोड्न सक्नुहुन्छ
06:28 वैकल्पिक रुपमा, तपाई USB किबोर्डमाउस कुनै पनि USB पोर्टहरु मा जोड्न सक्नुहुन्छ
06:35 बाँकी USB पोर्टहरु पेन ड्राइभ, हार्ड डिस्क आदि जोड्न प्रयोग गरिन्छ
06:42 यो एउटा LAN केवल हो
06:44 र यो एउटा LAN पोर्ट हो
06:46 यो एउटा तारसहितको कनेक्सन हो जसले एउटा कम्प्युटर लाई एउटा नेटवर्क मा जोड्छ
06:52 LAN केवल को अर्को टुप्पो एउटा मोडेम वा एउटा वाई-फाई राउटर मा जोडिन्छ
06:58 तपाई अर्को ट्युटोरियलमा वाई-फाई कनेक्सनहरु गर्न सिक्नु हुनेछ
07:03 जब LAN पोर्ट' सक्रिय हुन्छ र डाटा प्राप्त गर्छ, LED लाइट बल्छ
07:10 तपाई CPU मा अन्य सिरियल पोर्ट हरु देख्न सक्नुहुन्छ
07:15 तिनीहरु PDA, मोडेम वा अन्य सिरियल डिभाइसहरु जोड्न प्रयोग गरिन्छ
07:21 तपाई CPU मा केहि parallel पोर्टहरु पनि देख्न सक्नुहुन्छ
07:25 तिनीहरु डिभाइसहरु जस्तै प्रिन्टर, स्क्यानर आदि जोड्न प्रयोग गरिन्छ
07:31 अब अडियो ज्याकहरु मा हेरौं
07:34 गुलाबी रंगको पोर्ट एउटा माइक्रोफोन जोड्न प्रयोग गरिन्छ
07:38 निलो मा भएको पोर्ट एउटा line in, जोड्न प्रयोग गरिन्छ उदाहरणको लागि एउटा रेडियो वा टेपबाट
07:45 हरियो मा भएको पोर्ट हेडफोन/स्पिकर वा लाइन आउट जोड्न प्रयोग गरिन्छ
07:51 अब हामीले हाम्रो सम्पूर्ण डिभाइसहरु जोडेका छौं, अब कम्प्युटर अन गरौँ
07:57 सबैभन्दा पहिले, मनिटरCPU को पावर सप्लाई बटनहरु अन गरौँ
08:03 अब मनिटर को POWER ON बटन थिचौं
08:07 अनि CPU अगाडीको POWER ON स्विच थिचौं
08:12 प्राय: तपाई कम्प्युटर अन गर्दा पहिले एउटा कालो स्क्रिनमा एउटा शब्दहरुको स्ट्रिंग देख्नु हुनेछ
08:18 यो BIOS सिस्टम ले यिनीहरुको बारेमा जानकारीहरु देखाएको हो
08:22 कम्प्युटरको सेन्ट्रल प्रोसेसिंग युनिट,
08:25 कम्प्युटर मा कति मेमोरी छ भन्ने जानकारी
08:28 र हार्ड डिस्क ड्राइभ र फ्लपि डिस्क ड्राइभहरु बारेमा जानकारी
08:33 BIOS कम्प्युटर पहिलोपटक अन हुँदा CPU लाई आफ्नो पहिलो निर्देशनहरु दिने सफ्टवेयर हो
08:41 अपरेटिंग सिस्टम लोड गर्ने सम्पूर्ण प्रक्रियालाई कम्प्युटर बूटिंग गर्ने भनिन्छ
08:48 सम्पूर्ण जांच सकेपछि तपाई अपरेटिंग सिस्टमको इन्टरफेस देख्न सक्नुहन्छ
08:54 यदि तपाई एउटा 'उबुन्टु लिनक्स युजर हो भने तपाई यो स्क्रिन देख्नुहुन्छ
08:58 र यदि तपाई एउटा विन्डोज युजर हो भने यो स्क्रिन देख्नुहुनेछ
09:02 अब, एउटा ल्यापटप मा हेरौं
09:06 ल्यापटप हरु सजिलै बोकेर हिड्न सकिने साना कम्प्युटरहरु हुन्
09:09 एउटा ल्यापटप प्रयोग गर्दा यो सानो र हलुका हुने भएकोले व्यक्तिको काखमा अड्नसक्छ
09:16 त्यसैले, यसलाई एउटा 'ल्यापटप भनिन्छ
09:18 यसका प्राय: अंगहरु एउटा डेस्कटप कम्प्युटर सरह नै हुन्छन्
09:23 एउटा डिस्प्ले,एउटा किबोर्ड
09:25 एउटा टचप्याड जुन पोइंटिंग र नेभिगेटिंग डिभाइस हो
09:29 एउटा CD/DVD रिडर-राइटर
09:32 एकै युनिटमा बनेका माइकस्पिकरहरु
09:36 यसमा एउटा lan पोर्ट USB पोर्टहरु पनि छन्
09:40 त्यहाँ एउटा भिडियो पोर्ट, छ जुन हामी एउटा प्रोजेक्टर एउटा ल्यापटपमा जोड्न प्रयोग गर्छौं
09:46 अडियो ज्याक हरु सजिलै चिन्न माइकहेडफोन को आइकन हरु हुन्छ
09:53 यो ल्यापटप को बिल्ट-इन् कुलिंग फ्यान हो
09:57 यसले ल्यापटपलाई तात्नबाट जोगाउँछ
10:01 एउटा ल्यापटप मा एउटा AC adapter मार्फत बिद्ध्युत आपूर्ति गरिन्छ र एउटा रिचार्ज गर्न मिल्ने ब्याट्री हुन्छ
10:09 त्यसैले यसलाई जहाँ पनि लान सकिन्छ र एउटा पावर स्रोतबाट टाढा लैजान सकिन्छ
10:16 संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं
10:20 एउटा डेस्कटपल्यापटप का विभिन्न अंगहरु
10:23 र एउटा डेस्कटप का विभिन्न अंगहरु कसरी जोड्ने
10:28 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
10:31 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
10:34 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
10:37 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
10:42 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10:46 बिस्तृत जानकारीको लागि कृपया: contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
10:52 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
10:56 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
11:01 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
11:06 यो ट्युटोरियलको एनिमेसन र 3D मोडलिंगमा आरतीको योगदान रहेको छ
11:11 म मन्दिरा थापा बिदा हुदैछुँ,
11:16 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya