C-and-Cpp/C4/Understanding-Pointers/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 पोइन्टरस् इन् C एण्ड C++ स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्नेछौं:
00:08 पोइन्टरहरु
00:10 पोइन्टर सिर्जना गर्न
00:12 र पोइन्टरमा गरिने कार्यहरु
00:14 हामी यसको लागि एउटा उदाहरण प्रयोग गर्ने छुँ
00:18 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ, उबुन्टु अपरेटिंग सिस्टम संस्करण ११.१०
00:25 उबुन्टुमा gcc र g++ कम्पाईलर संस्करण ४.६.१
00:31 पोइन्टरको परिचयसँगै सुरु गरौँ
00:34 पोइन्टरले मेमोरीको स्थानहरु जनाउँछ
00:38 पोइन्टरले मेमोरी एड्रेस भण्डार गर्छ
00:41 यसले त्यो स्थानमा भण्डार गरिएको मान पनि दिन्छ
00:45 अब, पोइन्टरको एउटा उदाहरण हेरौं
00:48 याद गरौँ, हाम्रो फाइलको नाम pointers_demo.c
00:54 अब कोडमा हेरौं
00:56 यो हाम्रो हेडर फाइल हो, stdio.h
01:00 यो हाम्रो main() फंक्सन हो
01:03 यहाँ हामीसँग long integer num मा मान 10 राखिएको छ
01:09 अनि हामीले एउटा पोइन्टर ptr घोषणा गरेका छौं
01:12 एस्टरिस्क चिन्ह एउटा पोइन्टर घोषणा गर्न प्रयोग गरिन्छ
01:16 यो पोइन्टरले टाइप long int जनाउन सक्छ
01:20 'printf' स्टेटमेन्टमा, एम्परस्यांड भेरिएबलको मेमोरी एड्रेस प्राप्त गर्न प्रयोग गरिन्छ
01:28 त्यसैले, एम्परस्यांड num (&num) ले num को मेमोरी एड्रेस दिन्छ
01:33 यो स्टेटमेन्टले भेरिएबल num को एड्रेस प्रिन्ट गर्ने छ
01:37 यहाँ, ptr ले num को एड्रेस भण्डार गर्छ
01:41 यो स्टेटमेन्टले ptr को एड्रेस प्रिन्ट गर्ने छ
01:45 sizeof() ले ptr को साइज दिने छ
01:49 यसले ptr को मान दिनेछ
01:51 मतलब num को मेमोरी एड्रेस
01:54 र यहाँ एस्टरिस्क ptr ले एड्रेसको मान दिन्छ
01:59 त्यसैले, एस्टरिस्कले मेमोरी एड्रेस दिदैन
02:03 त्यसको सट्टामा यसले मान दिन्छ
02:06 %ld long int को फर्म्याट स्पेसीफायर हो
02:10 अब, प्रोग्राम एक्जिक्युट गरौँ
02:13 किबोर्डको Ctrl, AltT कीहरु एकसाथ थिची टर्मिनल विन्डो खोलौं
02:21 कम्पाइल गर्न टाइप गरौँ, gcc स्पेस pointers अन्डरस्कोर demo डट c स्पेस hyphen o स्पेस point
02:32 Enter थिचौं
02:34 टाइप गरौँ, डट स्ल्याश point, इन्टर थिचौं
02:39 आउटपुट देखिएको छ
02:42 हामी num एड्रेस र ptr को मान एकै रहेको देख्छौं
02:48 र num र ptr को मेमोरी एड्रेस भिन्न हुन्छन्
02:53 अनि पोइन्टरको साइज 8 बाइट हुन्छ
02:57 साथै ptr ले देखाएको मान 10 हो जुन num मा राखिएको छ
03:03 अब सोहि प्रोग्राम C++ मा गरेर हेरौं
03:07 याद गरौँ हाम्रो फाइलको नाम pointers अन्डरस्कोर demo.cpp
03:13 यहाँ, हामी केहि परिवर्तनहरु गर्नेछौं, जस्तै हेडर फाइललाई iostream मा बदल्छौँ
03:19 अनि हामी std namespace प्रयोग गर्ने छौं
03:23 र यहाँ हामीसँग printf() फंक्सनको स्थानमा cout फंक्सन छ
03:28 अरु बाँकी कुराहरु सामान छन्
03:30 प्रोग्राम एक्जिक्युट गरौँ, हाम्रो टर्मिनलमा फर्कौं
03:34 कम्पाइल गर्न टाइप गरौँ, g++ स्पेस pointers_demo.cpp स्पेस hyphen o स्पेस point1, इन्टर थिचौं
03:50 टाइप गरौँ, डट स्ल्याश point1, Enter थिचौं
03:55 हामी आउटपुट हाम्रो C प्रोग्राम सरह रहेको देख्न सक्छौं
04:00 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
04:03 हाम्रो स्लाइडमा फर्कौं
04:05 संक्षेपमा हेरौं,यो ट्युटोरियलमा हामी सिक्ने छौं:
04:08 पोइन्टरको बारेमा
04:10 एउटा पोइन्टर सिर्जना गर्न
04:12 र पोइन्टरमा गरिने कार्यहरु
04:14 कार्यको रुपमा एउटा C र C++ प्रोग्राम लेखौं
04:18 एउटा भेरिएबल र पोइन्टर घोषणा गरौँ
04:21 पोइन्टरमा भेरिएबलको एड्रेस भण्डार गर्ने
04:24 र पोइन्टरको मान प्रिन्ट गर्ने
04:27 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
04:30 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
04:33 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्नुहोस्
04:37 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले:
04:39 स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
04:43 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
04:47 बिस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
04:53 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
04:58 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
05:06 यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस्
05:10 म मन्दिरा थापा बिदा हुदैछुँ,
05:14 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble