C-and-Cpp/C4/File-Handling-In-C/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 फाइल्स इन् C स्पोकन ट्युटोरियलमा स्वागत छ
00:05 यो ट्युटोरियलमा हामी सिक्ने छौं:
00:08 एउटा फाइल कसरी खोल्ने
00:10 एउटा फाइलबाट डाटा कसरी पढ्ने
00:12 एउटा फाइलमा डाटा कसरी लेख्ने
00:15 केहि उदाहरणहरु
00:17 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ
00:20 उबुन्टु अपरेटिंग सिस्टम संस्करण ११.१०
00:24 gcc कम्पाईलर संस्करण ४.६.१
00:28 फाइलको परिचयसँगै सुरु गरौँ
00:31 फाइल डाटाको समूह हो
00:34 यो एउटा डाटाबेस, प्रोग्राम, चिठी वा केहि पनि हुनसक्छ
00:39 हामी C प्रयोग गरी एउटा फाइल सिर्जना गर्न र प्रयोग गर्न सक्छौं
00:44 अब C मा फाइल ह्यान्डलिंग हेरौं
00:48 मैले एउटा प्रोग्राम लेखेको छुँ
00:50 एकपटक हेरौं हाम्रो फाइलको नाम file.c भएको याद गरौँ
00:55 यो प्रोग्राममा एउटा फाइल सिर्जना गर्ने छौं र त्यसमा डाटा लेख्ने छौं
01:01 म अब कोड वर्णन गर्छु
01:03 यो हाम्रो हेडर फाइल हो
01:05 यो हाम्रो main() फंक्सन हो
01:07 हामी एउटा file भेरिएबल घोषणा गर्न टाइप FILE प्रयोग गर्छौं
01:12 FILE भेरिएबल हेडर stdio.h भित्र परिभाषित हुन्छ
01:19 *fp FILE भेरिएबल को एउटा पोइन्टर हो
01:22 यसले file को बारेमा सम्पूर्ण जानकारीहरु भण्डार गर्छ,
01:26 जस्तै यसको नाम, स्टेटस र हालको जानकारी
01:31 अब हाम्रो स्लाइडमा फर्कौं
01:33 अब हामी एउटा फाइल खोल्ने सिनट्याक्स हेर्नेछौं
01:37 यहाँ fopen() फंक्सनले एउटा स्ट्रिम खोल्ने छ
01:42 अनि यसले file लाई स्ट्रिमसँग जोड्ने छ
01:44 फाइलनेम हामीले खोल्न वा सिर्जना गर्न चाहेको फाइलको नाम हो
01:49 हामी फाइलको नाम सहित पाथ दिन सक्छौं
01:53 र हामी एक्सटेन्सन पनि दिन सक्छौं
01:56 यहाँ हामी फाइलको मोड दिन सक्छौं
01:59 अब मोडका प्रकारहरु हेरौं:
02:02 "w" – ले file पढ्न र लेख्न खोल्ने छ
02:06 "r" – ले file पढ्न खोल्ने छ
02:09 "a" – ले file फाइलको अन्त्यमा लेख्न दिन्छ
02:12 अब हाम्रो प्रोग्राममा जाऊ
02:15 यहाँ हामीले एउटा Sample.txt फाइल write मोडमा सिर्जना गरेका छौं
02:20 हामीले पाथ पनि दिएका छौं
02:23 हाम्रो फाइल desktop मा सिर्जना गरिएको छ
02:27 अनि हामी file मा स्टेटमेन्टहरु लेख्ने छौं
02:30 "Welcome to the spoken-tutorial" र
02:32 "This is an test example".
02:34 fprintf() ले आउटपुट दिएको आउटपुट स्ट्रिममा लेख्ने छ
02:39 fclose() ले स्ट्रिम सम्बन्धित फाइल बन्द गर्ने छ
02:43 र यो हाम्रो return स्टेटमेन्ट हो
02:46 अब Save मा क्लिक गरौँ
02:48 प्रोग्राम एक्जिक्युट गरौँ
02:50 किबोर्डको Ctrl, AltT कीहरु एकसाथ थिचौं
02:59 कम्पाइल गर्न टाइप गरौँ gcc स्पेस file dot c स्पेस hyphen o स्पेस file
03:06 Enter थिचौं एक्जिक्युट गर्न टाइप गरौँ, dot slash file (./file)
03:11 Enter थिचौं
03:13 अब हामी file एक्जिक्युट भएको देख्छौं
03:15 अब हामी यो जाँच गर्ने छौं
03:17 Home फोल्डर खोलौं
03:20 Home फोल्डर विकल्पमा क्लिक गरौँ
03:22 अब Desktop विकल्पमा क्लिक गरौँ
03:25 यहाँ हाम्रो sample.txt फाइल छ
03:29 यसले हाम्रो फाइल सफलतापूर्वक सिर्जना भएको देखाउँछ
03:32 अब यो खोलौं
03:34 यो फाइलमा क्लिक गरौँ
03:36 यहाँ हामी संदेशहरु देख्न सक्छौं
03:39 Welcome to the Spoken Tutorial.
03:41 This is an test example.
03:44 यसरी हामी एउटा फाइल सिर्जना गरी यसमा डाटा लेख्न सक्छौं
03:48 अब हामी एउटा file बाट डाटा कसरी पढ्ने हेर्नेछौं
03:52 मैले पहिले नै प्रोग्राम बनाएको छुँ
03:54 म यो खोल्ने छुँ
03:56 यो प्रोग्राममा, हामी हाम्रो sample.txt फाइलबाट डाटा लिने छौं र डाटा कन्सोलमा प्रिन्ट गर्ने छुँ
04:03 म अब कोड वर्णन गर्ने छुँ
04:05 यो हाम्रो हेडर फाइल हो
04:08 यो हाम्रो main() फंक्सन हो
04:10 यहाँ एउटा file भेरिएबलfile भेरिएबल को pointer परिभाषित गरिएको छ
04:15 अनि हामीले एउटा क्याराक्टर भेरिएबल c घोषणा गरेका छौं
04:19 यहाँ हाम्रो Sample.txt फाइल read मोडमा खोल्ने छौं
04:24 आउटपुट fp मा भण्डार गरिन्छ
04:27 अनि हामी कन्डिसन जाँच गर्ने छौं
04:29 "If fp इक्वल टु NULL "
04:32 यदि कन्डिसन true छ भने हामी यो संदेश प्रिन्ट गर्ने छौं:
04:36 "File doesn't exist."
04:38 नत्रभने यसले अर्को कन्डिसन जाँच गर्ने छ -
04:41 While c is not equal to EOF.
04:46 यहाँ, EOF को मतलब end of file हो
04:49 यसले इन्पुटको अन्त्य जनाउँछ
04:52 यो यस्तो अवस्था हो जब डाटा सोर्सबाट थप डाटा लिन सकिदैन
04:57 यदि कन्डिसन सहि भएमा यसले कन्सोलमा Sample.txt फाइलको अक्षरहरु देखाउने छ
05:06 यहाँ, getc ले उल्लेखित फाइल वा स्ट्रिमबाट एउटा अक्षर फर्काउँछ
05:12 अब, यसले हाम्रो Sample.txt फाइलबाट एउटा अक्षर दिनेछ
05:17 putchar एउटा अक्षर कन्सोल मा देखाउन प्रयोग गरिन्छ
05:22 अनि यसले अक्षरहरु भेरिएबल c मा भण्डार गर्नेछ
05:25 यहाँ हामी फाइल बन्द गर्ने छौं
05:28 र यो हाम्रो return स्टेटमेन्ट हो
05:30 अब Save मा क्लिक गरौँ
05:32 प्रोग्राम एक्जिक्युट गरौँ
05:35 टर्मिनल मा जाऊ
05:37 कम्पाइल गर्न टाइप गरौँ, gcc स्पेस readfile dot c स्पेस hyphen o स्पेस read
05:45 Enter थिचौं
05:47 एक्जिक्युट गर्न टाइप गरौँ, ./read (dot slash read)
05:52 आउटपुट यस्तो देखिन्छ:
05:54 Welcome to the Spoken-Tutorial.
05:56 This is an test example.
05:59 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
06:01 हाम्रो स्लाइडमा फर्कौं
06:03 संक्षेपमा हेरौं यो ट्युटोरियलमा हामीले सिक्यौं:
06:06 फाइल ह्यान्डलिंग,
06:08 एउटा फाइलमा डाटा लेख्न
06:10 उदाहरण: fp = fopen(“Sample.txt”, “w”);
06:17 एउटा फाइलबाट डाटा पढ्न उदाहरण: fp = fopen(“Sample.txt”, “r”);
06:25 कार्यको रुपमा - एउट फाइल TEST सिर्जना गर्न प्रोग्राम लेख्नुहोस्
06:30 TEST फाइलमा तपाईको नाम र ठेगाना लेख्नुहोस्
06:33 अनि यसलाई C प्रोग्राम प्रयोग गरी कन्सोलमा देखाउनुहोस्
06:37 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
06:40 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
06:43 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्नुहोस्
06:47 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले:
06:50 स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
06:53 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
06:57 बिस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
07:03 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
07:07 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:14 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
07:18 म मन्दिरा थापा बिदा हुदैछुँ,
07:22 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble