Blender/C2/Types-of-Windows-Properties-Part-5/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:04 | ब्लेंडर ट्युटोरीअलको शृंखलामा स्वागत छ |
00:08 | यो ट्युटोरीअल ब्लेंडर २.५९को विन्डोको विशेषताको बारेमा रहेको छ |
00:15 | यो स्क्रिप्टमा मन्दिरा थापाको योगदान रहेको छ |
00:28 | यो ट्युटोरीअल हेरेपछि तपाई प्रोपर्टीज विन्डो के हो जान्नुहुनेछ; |
00:33 | प्रोपर्टीज विन्डोमा टेक्स्चर प्यानल के हो; |
00:38 | प्रोपर्टीज विन्डोमा टेक्स्चर प्यानलको सेटिंगहरु के हुन्; |
00:45 | म यो मान्दछु कि तपाइलाई ब्लेंडर मा काम गर्ने आधारभूत ज्ञान छ |
00:50 | यदि छैन भने कृपया हाम्रो पहिलेको - Basic Description of the Blender Interface ट्युटोरीअल हेर्नुहोला |
00:58 | प्रोपर्टीज विन्डो हाम्रो स्क्रिनको दायाँ पट्टि रहेको छ |
01:04 | हामीले प्रोपर्टीज विन्डोको पहिलो केहि प्यानलहरू र तिनीहरुका सेटिंग पहिलेको ट्युटोरीअलमा हेरिसकेका छौं |
01:11 | अब, प्रोपर्टीज विन्डोको अर्को प्यानल हेरौं |
01:14 | पहिले, हामीले प्रोपर्टीज विन्डोलाई राम्ररी देख्न र बुझ्न ठुलो पार्नुपर्छ |
01:21 | प्रोपर्टीज विन्डोको बायाँ किनारमा लेफ्ट क्लिक गरि थिची राखी बायाँ तिर तान्नुहोस |
01:29 | अब, हामी प्रोपर्टीज विन्डोको विकल्पहरु अझ स्पष्टसँग देख्न सक्छौं |
01:34 | ब्लेंडर विन्डो कसरि ठुलो/सानो पार्ने जान्न हाम्रो - How to Change Window Types in Blender ट्युटोरीअल हेर्नुहोला |
01:45 | प्रोपर्टीज विन्डोको माथिको पंक्तिमा जानुहोस |
01:48 | प्रोपर्टीज विन्डोको माथिको पंक्तिको Checkered Square आइकनमा लेफ्ट क्लिक गर्नुहोस |
01:55 | यो टेक्स्चर प्यानल हो, हामी यहाँ, चालु बस्तुको चालु सामग्रीमा कुनै टेक्स्चर थप्न सक्छौं |
02:04 | टेक्चर आइकन मुनि यो लिंक देख्न सक्छौं, Cube to White to Tex |
02:14 | यसको मतलब एक्टिभ बस्तु क्युब हो, Whiteक्युबको एक्टिभ सामग्री हो |
02:23 | Tex चाहिँ व्हाइट सामग्रीको एक्टिभ टेक्स्चर हो,त्यहाँ तिन प्रकारका टेक्स्चरहरु छन्- |
02:32 | Material Textures, World Textures र Brush Textures |
02:38 | हामी यो ट्युटोरीअलमा Material textures हेर्नेछौं |
02:42 | World textures र brush textures पछिको ट्युटोरीअलमा हेरिनेछ |
02:49 | यो texture slot boxहो, डिफल्टमा, एक्टिभ बस्तुको लागि एउटा टेक्स्चर छानिन्छ, यो निलोमा रंगिन छ |
03:00 | रंगिन टेक्स्चरको अलिपर दायाँ चेक बक्समा लेफ्ट क्लिक गर्नुहोस,अब टेक्स्चरले काम गर्दैन |
03:11 | चेक बक्स मा फेरी लेफ्ट क्लिक गर्नुहोस,यो फेरी काम गर्ने भएको छ,चेक बक्स संगै भर्टिकल स्क्रोल बार रहेको छ |
03:25 | भर्टिकल स्क्रोलमा लेफ्ट क्लिक गरि थिची राखौं, माउसलाई तलतिर सारौँ |
03:32 | अब तपाइले हालको सामग्रीमा उपलब्ध सबै टेक्स्चर स्लटहरु देख्न सक्नुहुन्छ |
03:38 | हरेक स्लट एउटा चेकर्ड स्क्वारले जनाइन्छ |
03:44 | चालु टेक्स्चरमा स्क्रोल गरि फर्किनुहोस |
03:48 | माथि र तल एरोहरु टेक्स्चर स्लट बक्समा टेक्स्चरहरु माथि र तल गर्न प्रयोग गरिन्छ |
03:56 | डाउन एरोमा लेफ्ट क्लिक गर्नुहोस, चालु टेक्चर दोस्रो टेक्स्चर स्लटमा सर्छ |
04:06 | माथिको एरोमा लेफ्ट क्लिक गर्नुहोस,चालु टेक्स्चर पहिलो स्लटमा फर्कन्छ |
04:15 | माथि र तल एरोहरु मुनि अर्को कालो डाउन एरो रहेको छ |
04:20 | कालो डाउन एरोमा लेफ्ट क्लिक गर्नुहोस, एउटा मेनु देखापर्छ |
04:26 | Copy Texture slot settingsमा लेफ्ट क्लिक गर्नुहोस |
04:31 | बक्सको दोस्रो टेक्स्चर स्लटमा लेफ्ट क्लिक गर्नुहोस,यो निलोमा रंगिन हुन्छ |
04:40 | कालो डाउन एरो मा फेरी लेफ्ट क्लिक गर्नुहोस |
04:45 | Paste Texture slot settingsमा लेफ्ट क्लिक गर्नुहोस |
04:49 | दोस्रो टेक्स्चरमा, पहिलो जस्तै सेटिंग भएको नयाँ टेक्स्चर देखापर्छ |
04:57 | स्लट बक्सको मुनि टेक्स्चर नामबारको दायाँमा क्रस चिन्हमा लेफ्ट क्लिक गर्नुहोस |
05:07 | दोस्रो टेक्स्चर हटाईएको छ, यसको सेटिंग पनि हटेको छ |
05:15 | एउटा प्लस चिन्ह सहितको नयाँ बटन देखापरेको छ |
05:20 | न्यू बटनमा लेफ्ट क्लिक गर्नुहोस, दोस्रो टेक्स्चरस्लटमा एउटा नयाँ टेक्स्चर देखा परेको छ |
05:29 | यो नयाँ टेक्स्चर थप्ने अर्को तरिका हो |
05:34 | याद राख्नुहोस कि कसरि दोस्रो टेक्स्चरको बायाँपट्टि रहेको चेकर्ड स्क्वार कसरी विभिन्न चित्र हरुमा बदलिएको छ |
05:42 | तल एउटा पहिलेको विन्डोदेखापर्छ, यसले चालु टेक्स्चरको प्रिभ्यु देखाउछ |
05:49 | यो टेक्स्चरलाई फेरी नाम दिऊ |
05:53 | स्लट बक्समुनिको टेक्स्चर नामबारमा लेफ्ट क्लिक गर्नुहोस |
05:57 | तपाइको किबोर्डबाट Bump टाइप गरि इन्टर थिच्नुहोस |
06:05 | नामबार को बायाँपट्टिको चेकर्ड स्क्वारमा लेफ्ट क्लिक गर्नुहोस, यो टेक्स्चर मेनु हो |
06:12 | यहाँ दृश्यमा प्रयोग भएका सबै टेक्स्चरहरु सुचिकृत छन |
06:18 | नामबार को तल टाइप बारछ, डिफल्टमा, हरेक नयाँ टेक्स्चरले क्लाउड टेक्स्चर देखाउछ |
06:28 | क्लाउडस्मा लेफ्ट क्लिक गर्नुहोस, यो टाइप मेनु हो |
06:35 | यहाँ ब्लेंडरमा काम गर्न सक्ने सबै टेक्स्चरहरु सुचिकृत छन, Wood, Voxel data, voronoi, आदि |
06:48 | कुनै पनि टेक्स्चर छान्न त्यसमा लेफ्ट क्लिक गर्नुहोस, म अहिलेलाई क्लाउड्स टेक्स्चर नै राख्दैछु |
06:58 | यो टेक्स्चर प्रिभ्यु विन्डोहो, यहाँ तीनवटा बिकल्पहरु रहेका छन |
07:05 | Texture, डिफल्टमा यो जहिले पनि छानिएको हुन्छ |
07:10 | Materialमा लेफ्ट क्लिक गर्नुहोस, यसले सामग्री माथि टेक्स्चरको प्रिभ्यु देखाउछ |
07:19 | Bothमा लेफ्ट क्लिक गर्नुहोस, नाम जस्तै, दुबै टेक्स्चर र सामग्रीहरु संगसंगै देखिन्छन |
07:30 | Show Alphaमा लेफ्ट क्लिक गर्नुहोस, अब, टेक्स्चर पारदर्शी भएको छ |
07:38 | यो सामग्री जस्तै सिसा र पानीमा प्रयोग गरिन्छ,अहिलेलाई यसलाई बन्द गरौँ |
07:44 | Show Alpha मा लेफ्ट क्लिक गर्नुहोस |
07:51 | अर्को सेटिंग Influenceहो |
07:53 | यहाँ सामग्रीको टेक्स्चरलाई प्रभाब पार्ने मुख्य चार क्षेत्र रहेका छन |
08:01 | Diffuse, Shading, Specular र Geometry, डिफल्टमा, डिफ्युज मुनिको कलर छानेको हुन्छ |
08:22 | कलरबार को बायाँको चेकबक्समा लेफ्ट क्लिक गर्नुहोस,अब रंग छानिएको छैन |
08:30 | अब,टेक्स्चरको रंगले म्याटरियल डिफ्युज रंगलाई केहि प्रभाब पार्दैन |
08:38 | Geometryमा जानुहोस, Normal संगैको चेकबक्समा लेफ्ट क्लिक गर्नुहोस |
08:45 | अब, म्याटरियल को ज्योमेट्री मा Normal टेक्स्चरको प्रभाब रहन्छ |
08:50 | तपाई प्रिभ्यु विन्डोमा नतिजा देख्न सक्नुहुन्छ |
08:57 | सबै प्रिभ्यु स्फेर भरि बादलजस्तो सानो भएर र छरिएको छ |
09:06 | ब्लेंडले कसरि टेक्स्चर सामग्रीमा मिसिने हो नियन्त्रण गर्छ, डिफल्टमा, यो MIXमा सेट हुन्छ |
09:15 | Mix मा लेफ्ट क्लिक गर्नुहोस, यो मेनु ले ब्लेंडरमा काम गर्ने सबै टेक्स्चर ब्लेंडका किसिमहरु सुचिकृत गर्छ |
09:25 | तपाइले RGB to intensityबार मुनिको pink color बार देख्नुभयो?यो डिफल्टको टेक्स्चर रंग हो |
09:33 | अहिले यसले कुनै सामग्रीको रंगलाई असर गर्दैन किनकि सम्झिनुहोस कि हामीले इन्फ्ल्युन्स मुनिको रंगको बिकल्प बन्द गरेका छौं |
09:44 | पिंक कलरमा लेफ्ट क्लिक गर्नुहोस,एउटाकलर मेनु देखापर्छ |
09:48 | यहाँ हामी हाम्रो टेक्स्चरको लागि कुनै पनि रंग छान्न सक्छौं |
09:53 | अहिलेलाई, पिंकमै छोडौं किनकि हामी टेक्स्चरको रंग प्रयोग गर्ने छैनौ |
10:00 | Bump mapping ले कसरि नर्मल टेक्स्चरले सामग्रीको ज्योमेट्री असर गर्छ भनि हेर्छ |
10:09 | Defaultअहिलेको बम्प म्यापिंग तरिका हो |
10:12 | Defaultमा लेफ्ट क्लिक गर्नुहोस, यो मेनुले बम्प म्यापिंगको विभिन्न तरिका सुचिकृत गर्छ |
10:19 | Best quality, default, compatible र original |
10:34 | compatibleमा लेफ्ट क्लिक गर्नुहोस, बम्पको असर बढेको छ |
10:46 | अर्को सेटिंग क्लाउड्स हो, यहाँ क्लाउड टेक्स्चरको लागि बिभिन्न बिकल्प रहेका छन |
10:54 | Greyscale ले टेक्स्चरलाई ग्रेस्केल मोडमा देखाउछ |
10:59 | colorमा लेफ्ट क्लिक गर्नुहोस |
11:09 | अब, प्रिभ्यु विन्डोको टेक्स्चर विभिन्न रंग को मिश्रण को रुपमा देखिएको छ |
11:12 | तर सामग्रीमा रंगको केहि असर छैन |
11:16 | Noiseले क्लाउड टेक्स्चरमा कति फेरबदल आयो देखाउछ |
11:21 | Soft noise डिफल्टको डिस्टर्सन हो |
11:25 | Hardमा लेफ्ट क्लिक गर्नुहोस, अब, प्रिभ्यु विन्डोले क्लाउड टेक्स्चरमा गाढा कालो आउटलाइन देखाउछ |
11:36 | त्यही, समयमा, सामग्रीमा बम्प धेरै भएको छ, यो हार्ड नोइज हो |
11:47 | Basis क्लाउड्स टेक्चरमा नोइजको स्रोत हो |
11:53 | Blender originalमा लेफ्ट क्लिक गर्नुहोस, यहाँ, Noise basis menuछ |
12:00 | यसले ब्लेंडरमा हुने केहि नोइज बेस हरु देखाउछ |
12:05 | Voronoi crackleमा लेफ्ट क्लिक गर्नुहोस,तपाई प्रिभ्यु विन्डोमा बदलाब देख्न सक्नुहुन्छ |
12:14 | यसरी नोइज बेसिस ले क्लाउड टेक्स्चरलाई असर पार्छ |
12:21 | Size, Nabla र depth controlक्लाउड्स टेक्स्चरको बिशेषता हो |
12:33 | प्रोपर्टीज प्यानलको माथिको पंक्तिको अन्तिम दुई आइकनहरु Particles र Physicsहुन् |
12:42 | तिनीहरु हामीले ब्लेंडरमा Particles र Physics प्रयोग गर्ने एनिमेसन गर्दा, पछिका ट्युटोरीअलहरुमा हेर्नेछौँ |
12:50 | 3D भ्युम जानुहोस |
12:53 | ल्याम्प छान्न राइट क्लिक गर्नुहोस |
12:59 | याद गर्नुहोस कि कसरि माथिल्लो पंक्तिका आइकन हरु बदलिएका छन |
13:05 | कुनै आइकन फेरिएका छन भने केहि हटाईएका छन |
13:10 | 3D भ्यूको Camera मा राइट क्लिक गर्नुहोस |
13:13 | फेरी, तपाई कसरि माथिल्लो पंक्तिका आइकन हरु बदलिएका छन देख्न सक्नुहुन्छ |
13:19 | यसको मतलब प्रोपर्टीज विन्डोको टूलहरु आयामिक छन र 3D भ्युको चालु बस्तुमा भरपर्छ |
13:29 | यसरी , हाम्रो प्रोपर्टीज विन्डोको ट्युटोरीअल सकिन्छ |
13:34 | अब, तपाई अगाडी एउटा फायल बनाउन सक्नुहुन्छ |
13:39 | क्युबमा क्लाउड्स टेक्स्चर थप्नुहोस र यसको Size, Nabla र Depth of the Clouds Noise आदि हेर्नुहोस |
13:49 | यो ट्युटोरीअल प्रोजेकट ओस्कार ले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ |
13:58 | यस सम्बन्धि थप जानकारीको तलका लिंकहरुमा उपलब्ध छन
oscar.iitb.ac.in र spoken-tutorial.org/NMEICT-Intro |
14:19 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट |
14:21 | स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
14:25 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
14:31 | बिस्तृत जानकारीको, कृपया हामीलाई contact@spoken-tutorial.orgमा सम्पर्क गर्नुहोस |
14:36 | सहभागिताको लागि धन्यबाद |
14:38 | र कारखाना नेपालबाट म मन्दिरा थापा बिदा हुदैछु, नमस्कार! |