BASH/C3/Recursive-function/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 प्यारा साथीहरु, रिकर्सिभ फंक्सन स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:10 एउटा रिकर्सिभ फंक्सन के हो?
00:12 केहि उदाहरणहरुको साथमा
00:15 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग ब्याश मा शेल स्क्रिप्टिंग को ज्ञान हुनुपर्छ
00:20 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस्

http://www.spoken-tutorial.org

00:27 यो ट्युटोरियलमा म प्रयोग गर्दैछुँ
00:29 उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम
00:33 GNU BASH संस्करण ४.२
00:37 कृपया याद गरौँ, अभ्यासको लागि GNU Bash संस्करण ४ वा माथिको सिफारिस गरिन्छ
00:44 अब एउटा रिकर्सिभ फंक्सन के हो हेरौं
00:48 एउटा रिकर्सिभ फंक्सन त्यो हो जसले आफैंलाई कल गर्छ
00:52 Recursion जटिल अल्गोरिदमहरु सरल बनाउन प्रयोग गरिने उपयोगी बिधि हो
00:59 म एउटा factorial.sh नामक फाइल खोल्ने छुँ
01:04 मैले यो फाइलमा कोड टाइप गरेको छुँ
01:07 यो shebang लाइन हो
01:10 फंक्सनको नाम factorial हो
01:12 यस भित्र हामी एउटा संदेश “Inside factorial function” प्रिन्ट गर्ने छौं
01:19 यो स्टेटमेन्टले युजरको इन्पुट रिड गर्छ र मान भ्यारीएबल 'n' मा भण्डार गर्छ
01:26 यहाँ, हामीसँग if-else कन्डिसन
01:30 If कन्डिसनले 'n' को मान जिरो बराबर छ कि जाच्ने छ
01:36 यदि यो true भएमा यसले संदेश "factorial value of n is 1" देखाउने छ
01:42 यहाँ, if स्टेटमेन्टको else खण्ड छ
01:46 यसले factorial फंक्सन कल गर्छ
01:50 fi if-else स्टेटमेन्ट को अन्त्य हो
01:55 म फाइल factorial.sh रन गर्नेछुँ
01:59 तपाईको किबोर्डको CTRL+ALT+T किहरु एकसाथ थिची टर्मिनल खोलौं
02:07 टाइप गरौँ: chmod स्पेस प्लस x स्पेस factorial डट sh
02:15 इन्टर थिचौं
02:17 टाइप गरौँ, डट स्ल्याश factorial.sh
02:21 इन्टर थिचौं
02:24 हामी "Enter the number" देख्छौं
02:26 0 इन्टर गर्ने छुँ
02:29 आउटपुट यस्तो देखिन्छ:
02:31 factorial value of 0 is 1
02:35 अब अपएरो कि थिची अघिल्लो कमाण्ड रिकल गरौँ
02:40 इन्टर थिचौं
02:42 यो पटक म 5 इन्टर गर्ने छुँ
02:45 अब आउटपुट यस्तो देखिन्छ:
02:47 Inside factorial function
02:51 अब factorial फंक्सन मा केहि लजिकहरु थप गरौँ
02:56 हामी एउटा नम्बरको factorial गणना गर्ने छौं
03:01 हामो कोडमा फर्कौं
03:03 अब factorial फंक्सन भित्रको echo स्टेटमेन्ट लाई कोड ब्लकले बदलौं
03:10 Save मा क्लिक गरौँ
03:13 temp एउटा भ्यारीएबल हो र यसले युजरले इन्टर गरेको मान भण्डार गर्छ
03:19 If कन्डिसन' ले भ्यारीएबल को मान 1 बराबर छ कि जाच्ने छ'
03:25 यदि true भएमा यसले 1 प्रिन्ट गर्ने छ
03:29 यो if स्टेटमेन्ट को else खण्ड हो
03:33 यसले temp भ्यारीएबलको मानबाट वान घटाउने छ
03:37 र नतिजा एउटा भ्यारीएबल 'f' मा भण्डार गर्ने छ
03:42 भ्यारीएबल f ले factorial फंक्सन को आउटपुट भण्डार गर्छ
03:46 यो एउटा रिकर्सिभ कल हो
03:50 भ्यारीएबल ftemp को मान गुणा गरिन्छ र f मा भण्डार गरिन्छ
03:57 अनि हामी f को मान प्रिन्ट गर्ने छौं
04:00 if-else स्टेटमेन्ट र फंक्सन को अन्त्य
04:05 अब हाम्रो स्लाइड मा फर्कौं
04:08 अब प्रोग्रामको बहाव हेरौं
04:12 # n को मान युजरबाट लिइन्छ मतलब n
04:17 # यदि इन्टर गरेको मान जिरो बराबर छ भने यसले एउटा संदेश प्रिन्ट गर्छ
04:24 # होइन भने यो फंक्सन factorial मा जाने छ
04:29 # यहाँ, यदि मान वान बराबर भएमा यसले वान प्रिन्ट गर्ने छ
04:36 # होइन भने यसले मान वान बराबर नभएसम्म रिकर्सिभ कल गर्ने छ
04:44 # अनि, सम्पूर्ण मानहरु गुणा गरिन्छ र देखाइन्छ
04:49 अब हाम्रो टर्मिनल मा फर्कौं
04:52 अपएरो कि थिचौं
04:54 अघिल्लो कमाण्ड ./factorial.sh पुन: प्रयोग गरौँ
04:58 इन्टर थिचौं
05:00 अब म इन्पुट मानमा 5 इन्टर गर्ने छुँ
05:05 हामी नम्बर 5 को फ्याकटोरियल प्राप्त गर्छौं
05:08 जुन 120 हो
05:11 हामी टर्मिनल मा प्रोग्रामको बहाव हेर्न सक्छौं, प्रोग्रामको बहाव विश्लेषण र मापन गर्न सक्छौं
05:18 हाम्रो स्लाइडमा फर्कौं
05:20 संक्षेपमा हेरौं यो ट्युटोरियलमा हामीले सिक्यौं
05:23 रिकर्सिभ फंक्सन
05:25 केहि उदाहरणहरु प्रयोग गरी
05:28 कार्यको रुपमा एउटा प्रोग्राम लेखौं जसमा रिकर्सिभ फंक्सन ले N नम्बरहरुको योगफल गणना गर्छ
05:36 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
05:39 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
05:43 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
05:47 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
05:53 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
05:58 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
06:06 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
06:10 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
06:18 यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस्

http://spoken-tutorial.org\NMEICT-Intro

06:24 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
06:29 म मन्दिरा बिदा हुदैछुँ
06:33 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya