BASH/C2/Logical-Operators/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
---|---|
00:01 | प्यारा साथीहरु, Logical Operators in Bash ब्याश ट्युटोरियलमा स्वागत छ |
00:07 | यो ट्युटोरियलमा हामी सिक्ने छौं |
00:10 | Logical AND
Logical OR Logical NOT को प्रयोग केहि उदाहरणहरु प्रयोग गरी |
00:19 | यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग यी ज्ञान हुनुपर्छ |
00:22 | if-else स्टेटमेन्ट
कमाण्ड लाइन आर्गुमेंटहरु र '' BASH मा क्वोटिंग |
00:30 | यदि छैन भने सान्दर्भिक ट्युटोरियलहरुको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस् |
00:36 | यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ |
00:38 | उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम |
00:43 | GNU ब्याश संस्करण ४.१.१० |
00:47 | अभ्यासको लागि GNU Bash संस्करण ४ वा माथिको सिफारिस गरिन्छ |
00:53 | अब लजिकल अपरेटरहरु को प्रयोग हेरौं |
00:57 | लजिकल अपरेटरहरु मुख्यतः प्रोग्रामको बहाव नियन्त्रण गर्न प्रयोग गरिन्छ |
01:02 | लजिकल अपरेटरहरु ले दुई अभिव्यक्ति वा कन्डिसनहरु जोड्न सहयोग गर्छ |
01:09 | तिनीहरु if, while, वा अन्य कन्ट्रोल स्टेटमेन्टहरु को हिस्सा हुन सक्छन् |
01:15 | अब logical AND को सिनट्याक्स हेरौं |
01:19 | खुल्ने स्क्वायर ब्राकेट स्पेस डलर चिन्ह condition1 स्पेस बन्द हुने स्क्वायर ब्राकेट स्पेस एम्परस्यांड एम्परस्यांड स्पेस खुल्ने स्क्वायर ब्राकेट स्पेस डलर चिन्ह condition2 स्पेस बन्द हुने स्क्वायर ब्राकेट |
01:38 | वा हामी यो सिनट्याक्स पनि प्रयोग गर्न सक्छौं |
01:41 | खुल्ने स्क्वायर ब्राकेट स्पेस डलर चिन्ह condition1 स्पेस हाइफन् a स्पेस डलर चिन्ह condition2 स्पेस बन्द हुने स्क्वायर ब्राकेट |
01:53 | Logical AND ले दुवै condition1 र condition2 true भएमा true फर्काउँछ |
02:00 | Logical OR |
02:04 | खुल्ने स्क्वायर ब्राकेट स्पेस डलर चिन्ह condition1 स्पेस बन्द हुने स्क्वायर ब्राकेट स्पेस ठाडो बार पुन: ठाडो बार स्पेस खुल्ने स्क्वायर ब्राकेट स्पेस डलर चिन्ह condition2 स्पेस बन्द हुने स्क्वायर ब्राकेट |
02:22 | वा हामी यो सिनट्याक्स प्रयोग गर्न सक्छौं |
02:24 | खुल्ने स्क्वायर ब्राकेट स्पेस डलर चिन्ह condition1 स्पेस हाइफन् o स्पेस डलर चिन्ह condition2 स्पेस बन्द हुने स्क्वायर ब्राकेट |
02:36 | Logical OR ले condition1 वा condition2 true भएमा true फर्काउँछ |
02:43 | अब एउटा उदाहरण प्रयोग गरी Logical OR र Logical AND को प्रयोग हेरौं |
02:50 | मैले पहिले नै logical.sh नामक फाइलमा कोड टाइप गरिसकेको छुँ |
02:55 | तपाईको किबोर्डको ctrl+alt र t कीहरु एकसाथ थिची टर्मिनल खोलौं |
03:04 | टाइप गरौँ: gedit स्पेस logical.sh स्पेस & चिन्ह, इन्टर थिचौं |
03:12 | तपाईको logical.sh फाइलमा देखाए जस्तै कोड टाइप गरौँ |
03:18 | म अब कोड वर्णन गर्नेछुँ |
03:21 | यो shebang लाइन हो |
03:25 | read कमाण्ड ले स्ट्याण्डर्ड इन्पुट बाट एक लाइन डाटा लिन्छ |
03:29 | - (हाइफन्) p ले प्रम्प्ट देखाउने छ |
03:33 | string एक्जिक्युसनको समयमा युजरले इन्पुट गरेको टेक्स्ट भण्डार गर्ने एउटा भ्यारीएबल हो |
03:39 | if स्टेटमेन्ट ले युजरले इन्टर गरेको स्ट्रिंग empty हो/होइन जाच्ने छ |
03:45 | - (हाइफन्) z ले string को लम्बाई जिरो छ कि जाच्ने छ |
03:50 | अन्य विविध स्ट्रिंग कम्पेरिजनहरु बारे जान्न टर्मिनल मा man स्पेस test टाइप गरौँ |
03:57 | यदि केहि पनि इन्टर गरिएन भने echo स्टेटमेन्ट ले एउटा संदेश प्रिन्ट गर्नेछ |
04:02 | यदि string खाली छैन भने प्रोग्राम पहिलो elif स्टेटमेन्ट मा जानेछ |
04:08 | यहाँ यसले इन्टर गरेको string मा दुवै स्ट्रिंगहरु raj र jit छ/छैन जाच्ने छ |
04:16 | यदि छ भने यसले एउटा संदेश देखाउँछ |
04:20 | कृपया याद गरौँ यहाँ logical AND प्रयोग गरिएको छ |
04:24 | त्यसैले संदेश दुवै कन्डिसनहरु मिलेमा मात्र देखाइने छ |
04:31 | यदि त्यसो नभएमा प्रोग्राम दोस्रो elif स्टेटमेन्ट मा जानेछ |
04:37 | यहाँ यसले इन्टर गरेको स्ट्रिंगमा raj वा jit छ/छैन जाच्ने छ |
04:43 | यदि छ भने यसले संदेश देखाउँछ |
04:47 | कृपया याद गरौँ, यहाँ logical OR प्रयोग गरिएको छ |
04:52 | कन्डिसनहरु मध्ये कुनै एक मिलेमा मात्र संदेश देखाइने छ |
04:59 | अन्तमा, हामीसँग डिफल्ट else स्टेटमेन्ट छ |
05:02 | जब माथिका सबै स्टेटमेन्टहरु गलत हुन्छन, यो स्टेटमेन्ट एक्जिक्युट हुन्छ |
05:08 | fi multilevel if-else लुपको अन्त्य हो |
05:12 | प्रोग्राम एक्जिक्युट गरौ |
05:15 | टर्मिनल मा फर्कौं |
05:17 | पहिले फाइल एक्जिक्युट गर्न मिल्ने बनाउन टाइप गरौ- chmod स्पेस प्लस x स्पेस logical डट sh, इन्टर थिचौं |
05:30 | अब टाइप गरौँ, डट slash logical.sh, इन्टर थिचौं |
05:36 | प्रम्प्टमा यस्तो देखिन्छ, Enter a word:' |
05:38 | म jitinraj इन्टर गर्ने छुँ |
05:42 | आउटपुट यस्तो छ: jitinraj contains both the words raj and jit |
05:48 | यसको मतलब कन्ट्रोल दोस्रो स्टेटमेन्टमा गएको छ |
05:52 | र दुवै कन्डिसनहरु मिलेकोले यसले संदेश देखाउँछ |
05:57 | अब पुन: स्क्रिप्ट एक्जिक्युट गरौँ |
06:00 | अप एरो कि थिचौं |
06:02 | ./logical.sh मा जाऊ, इन्टर थिचौं |
06:07 | प्रम्प्टमा यस्तो देखिन्छ, Enter a word: |
06:09 | यो पटक म इन्टर abhijit गर्ने छुँ |
06:13 | आउटपुट यस्तो देखिन्छ: abhijit contains word 'raj' or 'jit' |
06:19 | बिभिन्न इन्पुटहरु दिएर प्रोग्राम एक्जिक्युट गरौँ र आउटपुट हेरौं |
06:25 | अब हाम्रो स्लाइडमा फर्कौं |
06:27 | अब logical NOT अपरेटरमा हेरौं |
06:31 | यसले एउटा अभिव्यक्तिको बूलियन् मान उल्टाउँछ |
06:35 | जसको मतलब यदि अभिव्यक्ति false भएमा यसले true फर्काउँछ |
06:40 | र यदि अभिव्यक्ति true भएमा false फर्काउँछ |
06:44 | logical NOT अपरेटरको सिनट्याक्स |
06:48 | उद्गार चिन्ह स्पेस अभिव्यक्ति |
06:52 | वा खुल्ने स्क्वायर ब्राकेट स्पेस उद्गार चिन्ह स्पेस अभिव्यक्ति स्पेस बन्द हुने स्क्वायर ब्राकेट |
07:00 | एउटा उदाहरण हेरौं |
07:03 | मैले पहिले नै एउटा फाइलमा कोड टाइप गरिसकेको छ |
07:05 | त्यसैले, टर्मिनल मा जाऊ र टाइप गरौँ gedit स्पेस logicalNOT डट sh स्पेस एम्परस्यांड चिन्ह, इन्टर थिचौं |
07:18 | अब यहाँ देखाए जस्तै तपाईको logicalNOT डट sh फाइलमा टाइप गरौँ |
07:24 | हामीलाई पहिले नै थाहा छ यो shebang लाइन हो |
07:28 | $1 स्क्रिप्टमा पठाएको पहिलो कमाण्ड लाइन आर्गुमेंट हो |
07:33 | - (हाइफन) f ले अर्गुमेंट को रुपमा पठाएको नामको फाइल छ\छैन जाच्ने छ |
07:41 | त्यसैले, यसले यदि फाइल भएमा true फर्काउँछ र नभएमा false फर्काउँछ |
07:48 | यहाँ यो NOT अपरेटर ले फर्काएको मान उल्टो पार्छ |
07:52 | मतलब यदि एउटा फाइलको नाम छ भने कन्डिसन true हुनेछ |
07:58 | तर NOT अपरेटर ले यसको मान false मा उल्टाउने छ |
08:02 | र यसले FILE does not exist संदेश दिने छ |
08:07 | यहाँ else स्टेटमेन्ट, मा यसले FILE exists संदेश देखाउँछ |
08:13 | fi ले if लुप को अन्त्य जनाउँछ |
08:16 | अब, टर्मिनल मा फर्कौं |
08:18 | म प्रम्प्ट सफा गर्छु |
08:20 | test.txt नामक एउटा खाली फाइल सिर्जना गरौँ |
08:25 | टाइप गरौँ: touch स्पेस test डट txt, इन्टर थिचौं |
08:32 | अर्को, स्क्रिप्ट एक्जिक्युट गर्न टाइप गरौँ: chmod स्पेस प्लस x स्पेस logicalNOT डट sh, इन्टर थिचौं |
08:45 | अब टाइप गरौँ, डट स्ल्याश logicalNOT डट sh स्पेस test डट txt, इन्टर थिचौं |
08:55 | हाम्रो शेल स्क्रिप्टले फाइल छ\छैन जाच्ने छ |
09:00 | हाम्रो फाइल test डट txt छ, त्यसैले मान true हुन्छ |
09:07 | अनि logical NOT ले मान उल्टाउने छ र यसले false फर्काउँछ |
09:12 | मुल्यांकन false भएकोले else स्टेटमेन्ट मुल्यांकन गरिन्छ |
09:18 | र यस्तो संदेश देखाइन्छ -File 'test.txt' exists |
09:23 | प्रोग्राम पुन: आर्गुमेंट test1.txt सहित एक्जिक्युट गरौँ |
09:29 | र पहिले चर्चा गरे जस्तै कन्ट्रोलको बहाव हेरौं |
09:33 | हाम्रो स्लाइडमा फर्कौं, संक्षेपमा हेरौं |
09:37 | यो टोरियलमा हामीले यिनीहरुको प्रयोग सिक्यौं,
logical AND logical OR र logical NOT |
09:45 | कार्यको रुपमा, |
09:47 | यो ट्युटोरियलमा चर्चा गरिएका अपरेटरहरु |
09:49 | प्रयोग गरि फाइल छ/छैन |
09:51 | र एक्जिक्युट गर्न मिल्छ/मिल्दैन जाचौं |
09:56 | (हिन्ट: man स्पेस test) |
09:59 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
10:02 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
10:05 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
10:09 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले |
10:12 | स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
10:15 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
10:19 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस् |
10:26 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
10:30 | यसलाई नेशनल मिसन अनि एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
10:37 | यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस् |
10:42 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ |
10:47 | म मन्दिरा बिदा हुदैछुँ, |
10:51 | सहभागिताको लागि धन्यवाद, नमस्कार |