BASH/C2/Conditional-execution/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 प्यारा साथीहरु, Conditional execution in Bash स्पोकन ट्युटोरियलमा स्वागत छ
00:08 यो ट्युटोरियलमा हामी सिक्ने छौँ
00:10 test कमाण्डको प्रयोग
00:13 Conditional स्टेटमेन्टहरु
00:15 हामी यो केहि उदाहरणको प्रयोगले गर्ने छौं
00:19 यो ट्युटोरियल अनुसरण गर्न
00:21 तपाईसँग GNU/Linux Operating System को ज्ञान हुनुपर्छ
00:26 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि कृपया हाम्रो वेबसाइट हेर्नुहोस्
00:32 यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ
00:35 उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम
00:39 GNU Bash संस्करण ४.१.१०
00:43 अभ्यासको लागि GNU Bash संस्करण वा माथिको सिफारिस गरिन्छ
00:49 test को परिचय संगै सुरु गरौँ
00:52 test एउटा built-in कमाण्ड हो जसले exit status फर्काउँछ
00:57 यसले True को लागि 0 जिरो र False को लागि 1 वान फर्काउँछ
01:02 रिटर्नमान अभिव्यक्तिको मूल्यांकनमा भर पर्छ
01:07 रिटर्न स्टेटस प्राप्त गर्न टाइप गर्न सकिन्छ, डलर र प्रश्न चिन्ह($?)
01:14 कुनै पनि अभिव्यक्ति दुई तरिकामा मुल्यांकन गर्न सकिन्छ-
01:18 पहिलो भनेको किवर्ड test प्रयोग गर्ने हो
01:21 र अर्को भनेको ब्राकेटहरु बिच रहेको अभिव्यक्ति प्रयोग गर्ने हो
01:27 अब तपाईको किबोर्डको Ctrl+Alt र T किहरु एकसाथ थिची टर्मिनल खोलौं
01:35 टाइप गरौँ: test स्पेस 4 स्पेस हाइफन् eq स्पेस 4 सेमिकोलन स्पेस echo स्पेस डलर चिन्ह र एउटा प्रश्न चिन्ह, इन्टर थिचौं
01:53 यसले zero फर्काउँछ जसको मतलब true हो
01:57 4 बराबर 4 हुन्छ
02:00 अर्को टाइप गरौँ:
02:02 खुल्ने स्क्वायर ब्राकेट स्पेस 4 स्पेस हाइफन् eq स्पेस 4 स्पेस बन्द हुने स्क्वायर ब्राकेट सेमिकोलन स्पेस echo स्पेस डलर चिन्ह र एउटा प्रश्न चिन्ह, इन्टर थिचौं
02:22 यसले zero फर्काउँछ जसको मतलब true हो
02:25 मतलब 4 बराबर 4
02:28 अर्को अभिव्यक्ति प्रयोग गरौँ, टाइप गरौँ: test स्पेस 4 स्पेस हाइफन eq स्पेस 5 सेमिकोलन स्पेस echo स्पेस डलर चिन्ह, प्रश्न चिन्ह इन्टर थिचौं
02:48 यसले वान फर्काउँछ जसको मतलब false हो
02:52 मतलब 4 बराबर 5 हुदैन
02:56 अब सोहि अभिव्यक्ति स्क्वायर ब्राकेट भित्र लेखौं
03:01 खुल्ने स्क्वायर ब्राकेट स्पेस 4 स्पेस हाइफन eq स्पेस 5 स्पेस बन्द हुने स्क्वायर ब्राकेट सेमिकोलन स्पेस echo स्पेस डलर चिन्ह प्रश्न चिन्ह इन्टर थिचौं
03:21 यसले पनि वान फर्काउँछ मतलब false
03:25 मतलब 4 बराबर 5 हुदैन
03:29 यसलाई अन्य प्रकारको जाँच गर्न विस्तार गर्न सकिन्छ
03:33 कृपया टाइप गरौँ, man स्पेस test र यसको प्रयोग जानौं
03:40 अब हाम्रो स्लाइडमा फर्कौं
03:43 अब हामी if स्टेटमेन्टको सिनट्याक्स हेर्नेछौं-
03:48 if स्पेस खुल्ने स्क्वायर ब्राकेट स्पेस अभिव्यक्ति स्पेस बन्द हुने स्क्वायर ब्राकेट सेमिकोलन स्पेस then
03:59 अर्को लाइनमा तपाईले एक्जिक्युट गर्न चाहेको कमाण्ड वा स्टेटमेन्टहरु
04:05 अन्तमा, if loop लाई fi. ले अन्त्य गरौँ
04:11 कन्डिसनको आधारभूत नियमहरु हुन्:
04:14 सधै ब्राकेट र अभिव्यक्तिहरु बिच स्पेस राखौं
04:19 सधै लाइन टुंग्याउदा किवर्ड “then” पहिले सेमिकोलन प्रयोग गरौँ
04:25 Semicolon एउटा स्टेटमेन्ट वा अभिव्यक्ति अन्त गर्न प्रयोग गरिन्छ
04:31 यदि तपाई स्ट्रिंग भ्यारीएबलहरु कन्डिसनमा प्रयोग गर्दै हुनुहुन्छ भने यसलाई उद्दरणमा राख्न सिफारिस गरिन्छ
04:38 कन्डिसनल ब्लकलाई “fi” ले बन्द गर्न नबिर्सौं
04:43 if statement उदाहरण हेरौं
04:46 टर्मिनल मा फर्कौं
04:49 मैले पहिले नै simpleif.sh नामक स्क्रिप्ट फाइल खोलेको छुँ
04:58 यो ब्याश स्क्रिप्टले count बराबर 100 हुँदा “count is 100” संदेश देखाउँछ
05:06 यो Bash shell स्क्रिप्टको पहिलो लाइन हो जसलाई shebang लाइन भनिन्छ
05:12 एउटा भ्यारीएबल count मा इन्टिजर 100 राखिएको छ
05:17 याद गरौँ, count, =100 बिच कुनै स्पेस हुनुहुदैन
05:24 यो अभिव्यक्तिले count बराबर १०० छ\छैन हेर्ने छ
05:30 यहाँ -eq कम्पेरिजन अपरेटर हो
05:35 यदि कन्डिसन सहि भएमा यसले count is 100 संदेश देखाउने छ
05:41 fi if ब्लकको अन्त्य गर्न हो
05:45 “Ctrl + s” थिची फाइल सेभ गरौँ
05:49 Terminal मा जाऊ
05:51 फाइल एक्जिक्युट गर्न मिल्ने बनाउन, टाइप गरौँ: chmod स्पेस प्लस x स्पेस simpleif.shइन्टर थिचौं
06:04 म प्रम्प्ट सफा गर्छु
06:06 अब टाइप गरौँ, डट स्ल्याश simpleif.sh , इन्टर थिचौं
06:14 यहाँ देखाइएको छ:
06:16 Count is 100
06:18 भ्यारीएबल count बदलेर हेरौं र स्क्रिप्ट एक्जिक्युट गरौँ
06:24 स्लाइडमा फर्कौं
06:26 हामी if-else कन्डिसन हेर्नेछौं
06:30 साधारण सिनट्याक्स हो: if स्पेस खुल्ने स्क्वायर ब्राकेट स्पेस कन्डिसन स्पेस बन्द हुने स्क्वायर ब्राकेट स्पेस सेमिकोलन स्पेस then
06:44 अर्को लाइनमा कमाण्डहरु टाइप गरौँ,
06:47 अर्को लाइनमा else स्टेटमेन्ट छ
06:51 र पुन: केहि अन्य कमाण्डहरु टाइप गरौँ
06:55 अर्को लाइनमा if ब्लक बन्द गर्न fi टाइप गरौँ,
07:00 अब एउटा रोचक पासवर्ड प्रोग्राम सहित if-else को प्रयोग हेरौं
07:06 टर्मिनलमा फर्कौं
07:09 म फाइल ifelse.sh खोल्ने छुँ
07:14 यो shebang लाइन हो
07:17 यहाँ,abc123 भ्यारीएबल PASS मा भण्डार गरिएको छ
07:23 abc123 एउटा स्ट्रिंग भएकोले यसलाई दोहोरो उद्दरण भित्र लेख्नु पर्छ
07:29 read कमाण्ड ले स्ट्याण्डर्ड इन्पुट बाट एक लाइन डाटा लिन्छ
07:35 अहिलेको अवस्थामा, स्ट्याण्डर्ड इन्पुट भनेको हाम्रो किबोर्ड हो'
07:39 हाइफन् s साइलेन्ट मोडको लागि हो
07:43 जसको मतलब हामीले पासवर्ड टाइप गर्दा देखिने छैन
07:48 हामी अरुलाई हाम्रो पासवर्ड देखाउन चाहदैनौं
07:52 हाइफन p परम्प्टको लागि हो
07:55 यसले युजरबाट इन्पुट लिनु पहिले एउटा स्ट्रिंग देखाउँछ, “'Enter password: ”
08:01 mypassword एउटा भ्यारीएबल हो
08:04 यसले स्ट्रिंग, भण्डार गर्छ, अहिलेको लागि युजरले इन्टर गरेको पासवर्ड
08:10 यसले इन्टर गरेको पासवर्ड भ्यारीएबल PASS को मानसँग मिले नमिलेको जाँच गर्छ
08:17 यो भ्यारीएबल mypassword मा भण्डार गर्छ
08:21 यदि पासवर्ड मिलेमा यसले यो संदेश देखाउने छ
08:25 “Password accepted”
08:27 होइन भने यसले देखाउने छ “Access denied”
08:31 fi , if-else लुप को अन्त्य हो
08:34 अब “Ctrl s” थिचेर फाइल सेभ गरौँ
08:38 हाम्रो टर्मिनल मा जाऊ र फाइल एक्जिक्युट गर्न मिल्ने बनाउन टाइप गरौँ:

chmod स्पेस प्लसx स्पेस ifelse.sh, इन्टर थिचौं

08:52 टाइप गरौँ, dot स्ल्याश ifelse.sh, इन्टर थिचौं
08:57 यहाँ यस्तो देखाइएको छ:
08:59 Enter password:म abc टाइप गर्ने छुँ, इन्टर थिचौं
09:05 इन्टर गरेको पासवर्ड गलत भएकोले यसले “Access denied” संदेश देखाउने छ
09:11 म पुन: एक्जिक्युट गर्ने छुँ, तर यो पटक म पासवर्ड abc123 इन्टर गर्ने छुँ
09:21 हामी यस्तो देख्छौं:Password accepted
09:25 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
09:28 हाम्रो स्लाइडमा फर्कौं र संक्षेपमा हेरौं
09:31 यो ट्युटोरियलमा हामीले test कमाण्ड, सरल if स्टेटमेन्ट र if else स्टेटमेन्टको चर्चा गर्यौं
09:41 कार्यको रुपमा
09:43 एउटा स्क्रिप्ट लेखौं, तपाईको नाम इन्पुटको रुपमा लिनुहोस्
09:46 यसले यो नाम सिस्टमको युजरनेम सँग दाँज्नुपर्ने छ
09:51 यदि युजरनेम मिलेमा यसले तपाईलाई “Hello” ले स्वागत गर्नुपर्ने छ
09:56 होइन भने यसले “Try again” देखाउनु पर्छ
10:00 हिन्ट: तपाईको सिस्टमको युजरनेम एउटा भ्यारीएबल $USER मा भण्डार हुन्छ
10:06 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
10:09 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
10:11 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
10:16 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
10:18 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
10:22 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10:26 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org सम्पर्क गर्नुहोस्
10:33 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
10:37 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
10:45 यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस्
10:51 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
10:56 म मन्दिरा बिदा हुदैछुँ,
11:01 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya