BASH/C2/Array-Operations-in-BASH/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 एरे operations in BASH स्पोकन ट्युटोरियलमा स्वागत छ
00:05 यो ट्युटोरियलमा हामी सिक्ने छौं

एउटा एरे घोषणा गर्न र यसमा मान राख्न

00:12 घोषणा गर्ने क्रममा एउटा एरे इनिसियलाइज गर्न
00:15 एउटा एरे को लम्बाई निकाल्न र यसको nस्थानको एलिमेंट पत्ता लगाउन
00:20 एउटा एरे प्रिन्ट गर्न
00:22 यो ट्युटोरियल अनुसरण गर्न, तपाईसँग Linux Operating System को ज्ञान हुनुपर्छ
00:27 सान्दर्भिक ट्युटोरियलहरुको लागि कृपया स्पोकन हाइफन ट्युटोरियल डट ओआरजी मा जानुहोस्
00:33 यो ट्युटोरियलको लागि म प्रयोग गर्दै छुँ
00:37 उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम
00:41 GNU Bash संस्करण ४.१.१०
00:45 अभ्यासको लागि GNU Bash संस्करण वा माथिको सिफारिस गरिन्छ
00:50 अब एउटा एरे र यसको बिशेषताहरु सहित सुरु गरौँ
00:55 एउटा एरे एक भन्दा बढि मान भएको भ्यारीएबल हो
01:01 मान एकै वा भिन्न प्रकारका हुन सक्छ
01:04 एउटा एरे को अधिकतम सिमा हुदैन
01:08 एरे मेम्बरहरु सँगसंगैको हुनुपर्दैन
01:12 एरे इन्डेक्स सधै जिरो बाट सुरु हुन्छ
01:16 अब हामी एउटा एरे मा एउटा मान कसरी परिभाषित गर्ने र राख्ने हेर्नेछौं
01:21 एउटा एरे परिभाषित गर्ने सिनट्याक्स हो -
01:24 declare हाइफन `a` एरेको नाम
01:28 “declare” किवर्ड एउटा एरे घोषणा गर्न प्रयोग गरिन्छ
01:31 यो Bash मा बिल्ट-इन् कमाण्ड हो
01:35 एउटा एरे मा मान राख्ने सिनट्याक्स हो
01:38 नेम स्क्वायर ब्राकेट भित्र इन्डेक्स बराबर एकल उद्दरण भित्र मान
01:46 अब घोषणा गर्ने क्रममा एउटा एरे कसरी इनिसियलाइज गर्ने हेरौं
01:51 एरे एकै समयमा घोषणा र इनिसियलाइज गर्न सकिन्छ
01:56 एलिमेंटहरु एउटा स्पेस ले छुट्याइन्छ
02:00 प्रत्येक एलिमेंट प्यारेंथेसिस भित्र हुनुपर्छ
02:03 सिनट्याक्स हो: declare हाइफन `a` एरेनेम बराबर ब्राकेट भित्र एकल उद्दरणमा 'element1' , 'element2'element3
02:19 एउटा उदाहरण गरेर हेरौं
02:21 Ctrl+AltT कीहरु एकसाथ थिची टर्मिनल खोलौं
02:28 अब टाइप गरौँ: gedit स्पेस array.sh स्पेस &
02:36 हामी प्रम्प्ट खाली गर्न एम्परस्यांड प्रयोग गर्छौं, इन्टर थिचौं
02:41 यहाँ देखाए जस्तै तपाईको array.sh फाइल मा कोड टाइप गरौँ
02:47 यो लाइनले एउटा Linux नामक एरे घोषणा गर्छ र एलिमेंटहरु हुन् -

Debian, Redhat, Ubuntu र Fedora

02:57 यहाँ हाइफन `a` एउटा फ्ल्याग हो
03:00 यसले हामीलाई एउटा एरे मा मानहरु लिन र राख्न दिन्छ
03:05 अब हाम्रो स्लाइडमा फर्कौं
03:07 एउटा एरे को लम्बाई पाप्त गर्न यो सिनट्याक्स प्रयोग गरिन्छ:
03:12 डलर चिन्ह खुल्ने कर्ली ब्राकेट ह्याश एरेनेम स्क्वायर ब्राकेट भित्र एट चिन्ह र बन्द हुने कर्ली ब्राकेट
03:22 कुनै n स्थानको एलिमेंटको लम्बाई प्राप्त गर्ने सिनट्याक्स हो:
03:28 डलर चिन्ह खुल्ने कर्ली ब्राकेट ह्याश एरेनेम स्क्वायर ब्राकेट भित्र `n` र बन्द हुने ब्राकेट
03:37 यहाँ n एलिमेंट नम्बर हो जसको लम्बाई हामीलाई निकाल्नु छ
03:42 एरे को सम्पूर्ण एलिमेंटहरु यो सिनट्याक्स प्रयोग गरी प्रिन्ट गर्न सकिन्छ
03:48 डलर चिन्ह खुल्ने कर्ली ब्राकेट एरेनेम स्क्वायर ब्राकेट भित्र `एट चिन्ह` र बन्द हुने कर्ली ब्राकेट
03:57 अब हाम्रो टेक्स्ट एडिटर मा फर्कौं
04:00 यो लाइनले एरे Linux को जम्मा एलिमेंटहरुको नम्बर दिन्छ
04:06 हाइफन `e` ले backslash इस्केपको इन्टरप्रेटेसन सक्रिय गर्छ
04:11 हामीले यो पनि संलग्न गरेका छौं किनभने हामीसँग लाइनको अन्तमा backslash `n`
04:18 अर्को लाइनले एरे Linux को सम्पूर्ण एलिमेंटहरु देखाउने छ
04:23 यो लाइनले एरे Linux को तेस्रो एलिमेंट देखाउने छ
04:28 याद गरौँ एउटा एरे जहिले पनि index जिरो सहित सुरु हुन्छ
04:34 अन्तमा, यो लाइनले तेस्रो एलिमेंट मा रहेका अक्षरहरुको नम्बर देखाउने छ
04:40 अब टर्मिनल मा जाऊ
04:42 पहिले फाइल एक्जिक्युट हुने बनाउन टाइप गरौँ, chmod स्पेस plus x स्पेस array.sh, इन्टर थिचौं
04:56 टाइप गरौँ, dot slash array.sh, इन्टर थिचौं
05:01 आउटपुट देखाइएको छ
05:04 एलिमेंटहरुको संख्या वा एरे `Linux` को लम्बाई चार
05:10 एरे Linux का एलिमेंटहरु हुन् Debian, Redhat, Ubuntu र Fedora
05:18 'एरे Linux को तेस्रो एलिमेंट Ubuntu हो
05:22 तेस्रो एलिमेंट को अक्षरहरुको संख्या अपेक्षित रुपमा
05:29 यसरी हामी यो ट्युटोरियलको अन्तमा आएका छौं
05:32 संक्षेपमा हेरौं, हाम्रो स्लाइडमा फर्कौं
05:35 यो ट्युटोरियलमा हामीले सिक्यौं
05:40 एउटा एरे घोषणा गर्न र मानहरु राख्न
05:43 घोषणा क्रममा एउटा एरे सुरु गर्न
05:46 एउटा एरे को लम्बाई र यसको n स्थानको एलिमेंट निकाल्न
05:51 पुरै एरे प्रिन्ट गर्न
05:53 कार्यको रुपमा
05:55 एउटा एलिमेंटहरु सहितको एरे names घोषणा गरौँ र यी काम गरौँ:
06:00 एलिमेंटहरुको जम्मा संख्या निकालौं
06:02 सम्पूर्ण एलिमेंटहरु प्रिन्ट गरौँ
06:04 र पाँचौं एलिमेंट प्रिन्ट गरौँ
06:06 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
06:10 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
06:13 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
06:18 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
06:20 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
06:24 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
06:27 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
06:35 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
06:40 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी MHRD, भारत सरकारको सहयोग रहेको छ
06:47 यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस्
06:52 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
06:58 म मन्दिरा बिदा हुदैछुँ
07:02 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya