Advance-C/C2/Storage-class-specifiers/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time
Narration
00:01 स्टोरेज क्लास स्पेसीफायर स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी उदाहरण प्रयोग गरि यी सिक्ने छौं

Storage class specifier auto keyword static keyword extern keyword register keyword

00:22 यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ, उबुन्टु अपरेटिंग सिस्टम ११.१०gcc कम्पाईलर संस्करण ४.६.१
00:34 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग C ट्युटोरियलको ज्ञान हुनुपर्छ
00:41 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस्
00:47 storage class specifier को परिचयसँगै सुरु गर्ने छुँ
00:52 Specifier ले कम्पाईलरलाई एउटा भ्यारीएबल कहाँ भण्डार गर्ने भन्छ
00:57 भेरिएबल कसरी भण्डार गर्ने
00:59 भेरिएबल को सुरुको मान के हो
01:03 भेरिएबल को आयु
01:06 सिनट्याक्स: storage_specifier data_type variable _name
01:13 स्टोरेज क्लास स्पेसीफायरका प्रकारहरु:

auto static extern register

01:21 auto keyword सहित सुरु गरौँ
01:24 Auto keyword ले एउटा अटोमेटिक भेरिएबल घोषणा गर्छ
01:28 यो लोकल हुन्छ
01:30 किवर्डहरु स्वत: इनिसियलाइज हुने छैनन्
01:34 तपाईले घोषणा गर्ने क्रममा किवर्ड हरु इनिसियलाइज गर्नुपर्छ
01:39 किवर्ड को स्टोरेज स्पेस भनेको CPU memory हो
01:43 एउटा उदाहरण हेरौं, मसँग एउटा कोड फाइल छ, यसमा हेरौं
01:49 हाम्रो फाइलको नाम auto.c
01:54 हामीले एउटा “increment” नामक फंक्सन घोषणा गरेका छौं
01:58 यो main function हो
02:00 main function मा increment function पटक कल गरिन्छ
02:06 अनि हामीसँग return 0 स्टेटमेन्ट
02:10 अब फंक्सनको परिभाषा हेरौं
02:14 यहाँ हामीले auto int को रुपमा भेरिएबल i घोषणा गरेका छौं, यो लोकल भेरिएबल हो
02:21 अनि हामी printf प्रयोग गरी i को मान प्रिन्ट गर्ने छौं
02:26 यहाँ i को मान बढाईएको छ
02:30 तपाईको किबोर्डको Ctrl+Alt+T कीहरु एकसाथ थिचेर टर्मिनल खोलौं
02:38 टाइप गरौँ: gcc space auto.c space hyphen o space auto, इन्टर थिचौं
02:48 टाइप गरौँ, dot slash auto
02:51 आउटपुट जिरो छ
02:54 अब हाम्रो प्रोग्राममा फर्कौं
02:57 auto भेरिएबल i लाई main function माथि इनिसियलाइज गरौँ
03:02 म यहाँबाट यो घोषणा र इनिसियलाईजेसन कट गर्छु र यहाँ पेस्ट गर्छु

Save मा क्लिक गरौँ

03:14 टर्मिनल मा एक्जिक्युट गरौँ, अप एरो दुईपटक थिचौं इन्टर थिचौं
03:22 हामी एउटा एरर पाउछौं: file-scope declaration of i specifies auto
03:29 यो किनभने auto भेरिएबल फंक्सन मा लोकल
03:34 हामी यसलाई ग्लोबल इनिसियलाइज गर्न सक्दैनौं
03:37 यो एरर ठिक गरौँ, हाम्रो प्रोग्राममा फर्कौं
03:42 यो मेटौं, यहाँ पेस्ट गरौँ
03:47 Save मा क्लिक गरौँ र टर्मिनल मा एक्जिक्युट गरौँ
03:52 अप एरो कि थिचौं र अघिल्लो कमाण्ड पुन: कल गरौँ
03:57 इन्टर थिचौं र टाइप गरौँ, dot slash auto इन्टर थिचौं
04:03 अँ, यसले काम गर्दैछ, आउटपुट जिरो छ
04:07 यो किनभने हामीले i को मान जिरो इनिसियलाइज गरेका छौं
04:13 अब static भेरिएबल हेरौं
04:16 हामीले अघिल्लो ट्युटोरियलहरुमा static भेरिएबल को चर्चा गरेपनि अहिले यसको छोटो चर्चा गर्ने छौं
04:24 'static' भेरिएबलहरु जिरो मा इनिसियलाइज हुन्छन्
04:28 कन्ट्रोल block बाट बाहिरिए पनि तिनीहरु मासिदैनन्
04:35 भेरिएबल को मान विभिन्न फंक्सन कल हुँदा पनि रहन्छ
04:41 CPU memory भण्डारण क्षेत्र हो
04:45 एउटा उदाहरण हेरौं, म सोहि कोड फाइल सम्पादन गर्ने छुँ
04:51 हाम्रो प्रोग्राममा फर्कौं
04:54 Ctrl + Shft + S कीहरु एकसाथ थिचौं
05:01 अब म फाइलको नाम static मा बदल्ने छुँ, Save मा क्लिक गरौँ
05:10 अब, म भेरिएबल i को इनिसियलाईजेसन लाई static int i equal to zero मा बदल्ने छुँ

Save मा क्लिक गरौँ

05:23 अब के हुन्छ हेरौं, फाइल टर्मिनल मा एक्जिक्युट गरौँ
05:30 टाइप गरौँ: gcc space static.c space hyphen o space stat, इन्टर थिचौं
05:41 टाइप गरौँ, dot slash stat, इन्टर थिचौं
05:46 आउटपुट यस्तो छ: 0, 1, 2, 3
05:51 यो किनभने static भेरिएबलहरु ग्लोबल भेरिएबलहरु हुन्
05:56 static भेरिएबल आफैं परिभाषित फंक्सन मा लोकल हुन्छन्
06:03 तिनीहरुले फंक्सन कल गर्दा आफ्नो मान गुमाउदैनन्
06:08 अब extern किवर्ड को बारेमा जानौं
06:12 extern भेरिएबल मुख्य प्रोग्राम भरि मान्य हुन्छ
06:17 extern भेरिएबल को परिभाषा C प्रोग्राम भित्र कहीं पनि गर्न सकिन्छ
06:23 extern भेरिएबलहरु डिफल्टमा जिरोमा इनिसियलाइज हुन्छन्
06:28 तिनीहरुलाई प्रोग्रामको सम्पूर्ण फंक्सनहरु ले प्रयोग गर्न सक्छन
06:33 यिनीहरु CPU memory मा भण्डार हुन्छन्
06:36 एउटा उदाहरण हेरौं
06:38 मसँग एउटा कोड फाइल छ, यसमा हेरौं
06:42 हाम्रो फाइलको नाम extern.c
06:47 मैले एउटा integer भेरिएबल x मा 10 इनिसियलाइज गरेको छुँ
06:54 यो main फंक्सन हो, main फंक्सन मा मैले एउटा extern integer भेरिएबल y घोषणा गरेको छुँ
07:03 हामी printf स्टेटमेन्ट प्रयोग गरी xy को मान डिस्प्ले गर्ने छौं

यो return स्टेटमेन्ट हो

07:12 main function पछि हामी y लाई 50 मा इनिसियलाइज गर्ने छौं
07:18 अब टर्मिनल मा जाऊ र आउटपुट के हुन्छ हेरौं
07:24 टाइप गरौँ: gcc space extern.c space hyphen o space ext, इन्टर थिचौं
07:35 टाइप गरौँ: dot slash ext, इन्टर थिचौं
07:40 आउटपुट यस्तो देखिन्छ:

The value of x is 10 The value of y is 50

07:48 हामीले extern keyword को मान मुख्य प्रोग्रामभर रहने जान्यौं
07:55 हामी यसलाई प्रोग्राममा कहिँ पनि परिभाषित गर्न सक्छौं
07:59 दुवै स्टेटमेन्टहरु मान्य हुन्छन्
08:02 अब register keyword हेरौं
08:06 Register भेरिएबलहरु सामान्य भेरिएबलहरु भन्दा छिटो प्रयोग गर्न सकिन्छ
08:13 तिनीहरु मुख्य मेमोरी को सट्टा रेजिस्टर मेमोरी मा रहन्छन्
08:19 रेजिस्टर साइज धेरै सानो हुनाले सिमित भेरिएबलहरु मात्र प्रयोग गर्न सकिन्छ
08:25 16 bits, 32 bits वा 64 bits
08:30 अब एउटा उदाहरण हेरौं, मसँग एउटा कोड फाइल छ, यसमा हेरौं
08:37 फाइलको नाम register.c भएको याद गरौँ
08:42 यहाँ हामीले register integer भेरिएबल घोषणा गरेका छौं
08:47 यो भेरिएबल सोझै रेजिस्टर मेमोरी मा भण्डार हुन्छ
08:53 यो for loop हो जसले i को मान 1 to 5 सम्म देखाउने छ
08:59 यसले i को मान देखाउने छ
09:03 प्रोग्राम एक्जिक्युट गरेर हेरौं
09:07 टर्मिनल मा टाइप गरौँ: gcc space register.c space hyphen o space register
09:17 इन्टर थिचौं, टाइप गरौँ: dot slash register, इन्टर थिचौं
09:25 तपाई यस्तो आउटपुट देख्न सक्नुहुन्छ: Values stored in register memory 1 2 3 4 5
09:34 हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौं
09:39 यो ट्युटोरियलमा हामीले सिक्यौं -

Storage class specifier auto keyword static keyword extern keyword register keyword

09:52 कार्यको रुपमा पहिलो ५ नम्बरहरुको योगफल प्रिन्ट गर्ने एउटा प्रोग्राम लेख्नुहोस्
09:59 प्रोग्राममा दुवै किवर्डहरु auto static घोषणा गर्नुहोस्
10:04 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
10:07 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
10:11 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
10:16 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
10:22 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ

बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्

10:33 स्पोकन ट्युटोरियल टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
10:38 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसिटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
10:45 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ: http://spoken-tutorial.org\NMEICT-Intro
10:52 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya