Difference between revisions of "Thunderbird/C2/How-to-Use-Thunderbird/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 !Time !Narration |- |00.00 |ठन्डरबर्ड कसरी चलाउने भन्ने स्पोकन ट्युटोरियलमा स्…')
 
Line 274: Line 274:
 
|04.53
 
|04.53
 
|हामीले डेस्कटपमा नयाँ फोल्डर बनाएका छौं  
 
|हामीले डेस्कटपमा नयाँ फोल्डर बनाएका छौं  
    .
+
 
|-
 
|-
 
|04.56
 
|04.56

Revision as of 16:24, 25 July 2013

Time Narration
00.00 ठन्डरबर्ड कसरी चलाउने भन्ने स्पोकन ट्युटोरियलमा स्वागत छ
00.05 यस ट्युटोरियलमा हामी यो सिक्नेछौं
00.07 लन्चरमा ठन्डरबर्डको सर्टकट थप्न
00.10 मेसेजहरु ट्याग गर्न

मेसेजहरु चाडैं फिल्टर गर्न मेसेजहरु मिलाउन र थ्रेड गर्न

00.17 हामी यो पनि सिक्नेछौ
00.18 मेसेज सेभ एज र प्रिन्ट गर्न
00.21 फाइल एट्याच गर्न
00.22 मेसेज संग्रह गर्न
00.24 एक्टिभिटी म्यानेजर हेर्न
00.27 यहाँ हामी उबुन्टु १२.०४ मा मोजिल्ला ठन्डरबर्ड १३.०.१ चलाउदै छौँ
00.36 हामीले ठन्डरबर्ड धेरैपटक चलाउनुपर्ने हुनाले त्यसको लागि सर्टकट आइकन बनाऔ
00.43 ठन्डरबर्ड सर्टकट आइकनलाई ड्रयाग गरी लन्चरमा ड्रप गरौँ
00.49 पहिला, ड्यास होममा क्लिक गरौँ
00.52 देखापर्ने सर्च फिल्डमा ‘thunderbird’ टाइप गरौँ
00.57 सर्च फिल्डमुनि ठन्डरबर्ड आइकन देखापर्छ
01.01 त्यसलाई छान्नुहोस् र माउसको बायाँ बटन थिची राख्नुहोस
01.06 अब त्यसलाई ड्रयाग गर्नुहोस् र लन्चरमा ड्रप गर्नुहोस्
01.09 अनि माउसको बायाँ बटन छोड्नुहोस
01.12 ड्यास होममा क्लिक गरी त्यसलाई बन्द गर्नुहोस्
01.14 लन्चरको ठन्डरबर्ड आइकनमा क्लिक गर्नुहोस्
01.19 ठन्डरबर्ड विन्डो खुल्छ
01.23 STUSERONE एट जीमेल डट कम आइ डी भित्रको इनबक्समा क्लिक गर्नुहोस्.
01.29 केही मेसेज बोल्डमा भएको कुरा याद गर्नुहोस्
01.32 यी नपढिएका मेसेजहरु हुन्
01.35 गेटमेल आइकनमा क्लिक गर्नुहोस् र गेट अल मेसेजेसमा क्लिक गर्नुहोस्
01.41 हामीले जीमेल अकाउन्टबाट मेसेज प्राप्त गरेका छौं
01.45 मानौं हामी यी मेसेजहरुलाई पठाउने व्यक्तिको आधारमा छुट्याउन चाहन्छौँ
01.49 कोलम् हेडिंग फ्रममा क्लिक गर्नुहोस्
01.52 मेसेजहरु अब बर्णक्रमअनुसार मिलाइन्छन्
01.57 फेरी एकचोटि फ्रममा क्लिक गरौँ
02.01 मेसेजहरु अब उल्टो बर्णक्रमअनुसार मिलाइन्छन्
02.06 अब बिषयअनुसार मिलाऔं
02.09 सब्जेक्टमा क्लिक गर्नुहोस्
02.12 अब मेसेजहरु बिषयअनुसार मिलाइन्छन्
02.16 यो ट्युटोरियल एकैछिन रोक्नुहोस र यो कार्य गर्ने प्रयास गर्नुहोस्
02.20 मेसेजहरुलाई पाएको मितिअनुसार मिलाउनुहोस
02.24 तपाईले मेसेज ट्याग पनि गर्न सक्नुहुन्छ
02.26 यसरी तपाईले फेरी खोल्न चाहनुभएको मेसेज सजिलै चिन्न सक्नुहुन्छ
02.32 तपाई उस्तै मेसेजहरुको समूह बनाउन ट्याग प्रयोग गर्न सक्नुहुन्छ
02.37 मानौं तपाईं एउटा मेललाई जरुरी भनेर ट्याग गर्न चाहनुहुन्छ
02.40 इन्बक्समा क्लिक गरी पहिलो मेल छान्नुहोस्
02.44 टुलबारबाट ट्याग आइकनमा क्लिक गर्नुस् र ‘इम्पोर्टन्ट’ छान्नुहोस्
02.51 मेल रातो रंगमा देखाईएको कुरालाई याद गर्नुहोस्
02.54 तलको प्यानलमा हेर्नुहोस्
02.57 मेल इम्पोर्टन्ट भनेर ट्याग गरियो
03.00 यो ट्याग हटाउन पहिलो मेलमा क्लिक गर्नुहोस्
03.04 फेरि टुलबारबाट ट्याग आइकनमा क्लिक गर्नुहोस् र ‘इम्पोर्टन्ट’ छान्नुहोस्
03.09 इनबक्सको पहिलो मेललाई इम्पोर्टन्ट र दोस्रो मेललाई वर्क भनेर ट्याग गर्नुहोस्
03.17 मानौं हामी दायाँ प्यानलमा, ट्याग भएको मेसेजमात्र हेर्न चाहन्छौं
03.22 के यो गर्न सम्भव छ?
03.25 तपाईं कवीक फिल्टर टुलबार प्रयोग गरेर मेसेज चाडै फिल्टर गर्न र हेर्न सक्नुहुन्छ
03.31 ट्याग भएको मेसेज पढ्न कवीक फिल्टर टुलबारबाट ट्यागड आइकनमा क्लिक गर्नुहोस्
03.37 हामीले ट्याग गरेको मेसेजहरु मात्र देखाइन्छ
03.42 फेरि ट्यागड आइकनमा क्लिक गरौँ
03.45 अब हामी सबै मेसेज हेर्न सक्छौं
03.49 अब मेसेज थ्रेड्सबारे सिकौं
03.52 मेसेज थ्रेड्स भनेको के हो ? संबन्धित मेसेजहरु अनुक्रमअनुसार वा कुराकानी जसरी
03.57 देखाइनुलाई मेसेज थ्रेड्स भनिन्छ
04.02 हामी संबन्धित मेसेजहरुलाई एउटा अविच्छिन्न बहावमा एउटा सिंगो बार्तालापको रुपमा हेर्नको लागि मेसेज थ्रेड्स प्रयोग गर्छौं .
04.10 अब हामी यो सिकौं
04.14 इनबक्सको बायाँ कुनाको क्लिक टू डिस्प्ले मेसेज थ्रेड आइकनमा क्लिक गर्नुहोस
04.21 मेलहरु बार्तालापका रुपमा देखाइन्छन
04.24 पूरा बार्तालाप हेर्न सम्बन्धित थ्रेडको छेउमा रहेको थ्रेडीन्ग चिन्हमा क्लिक गर्नुहोस.
04.33 मेसेज प्रिभ्यु प्यानलमा पूरा बार्तालाप हेर्न सकिन्छ
04.38 थ्रेड भ्युबाट बाहिर आउन फेरी थ्रेड आइकनमा क्लिक गर्नुहोस
04.45 अब मेललाई फोल्डरमा सेभ गर्न र त्यसलाई प्रिन्ट गर्न सिकौं
04.50 यो ट्युटोरियलको लागि
04.53 हामीले डेस्कटपमा नयाँ फोल्डर बनाएका छौं
04.56 र त्यसको नाम Saved Mails राखेका छौं
05.00 पहिलो मेल छानौं र सेभ गरौँ
05.04 मेललाइ डबल क्लिक गरौँ
05.06 यो छुट्टै ट्याबमा खुल्छ
05.09 टूलबारबाट , फाइल, सेभ एज र फाइलमा क्लिक गर्नुस
05.15 सेभ मेसेज एज डाइलग बक्स देखा पर्छ
05.19 डेस्कटपमा जानुहोस र सेभ्ड मेल्स भन्ने फोल्डर छान्नुहोस सेभमा क्लिक गर्नुहोस
05.26 मेसेज फोल्डरमा सेभ भयो
05.29 सेभ्ड मेल्स फोल्डरमा जाऔ
05.33 त्यसलाई डबल क्लिक गरौँ र त्यसलाई खोलौं
05.35 मेल टेक्स्ट फाइलको रुपमा गेडीटमा खुल्छ
05.40 यो फाइल बन्द गरेर यसबाट बाहिर निस्कौं
05.42 तपाईंले मेसेजलाई टेम्प्लेटको रुपमा पनि सेभ गर्न सक्नुहुन्छ
05.46 टूलबारबाट फाइल, सेभ एज अनि टेम्प्लेटमा क्लिक गर्नुहोस
05.52 मेसेज ठन्डरबर्डको टेम्प्लेट्स भन्ने फोल्डरमा सेभ हुन्छ
05.56 ठन्डरबर्ड बायाँ प्यानलबाट टेम्प्लेट्स फोल्डरमा क्लिक गर्नुहोस
06.01 मेललाई सेलेक्ट गरेर डबल क्लिक गर्नुहोस
06.04 यो टू एड्रेस फिल्डमा मूल मेलमा सूचित सम्पर्क ठेगानासहित छुट्टै ट्याबमा खुल्छ
06.13 अब तपाईं यो मेलको सामग्री बदल्न, थप्न र मेट्न अनि पठाउन सक्नुहुन्छ
06.20 बिषयमा नम्वर १ लेख्नुहोस
06.23 यो टेम्प्लेट बन्द गर्न ट्याबको माथिल्लो बायाँपट्टिको X आइकनमा क्लिल्क गर्नुहोस
06.29 सेभ मेसेज डाइलग बक्स देखापर्छ , डन्ट सेभमा क्लिक गर्नुहोस
06.36 अब मेसेज प्रिन्ट गरौँ
06.39 इनबक्समा क्लिक गरौँ र दायाँ प्यानलबाट दोस्रो मेल छानौ र त्यसमा डबल क्लिक गरौँ
06.46 यो नयाँ ट्याबमा खुल्छ
06.50 मुख्य मेनुबाट फाइलमा जानुस र प्रिन्ट सेलेक्ट गर्नुहोस
06.55 प्रिन्ट डाइलग बक्स् देखापर्छ
06.58 हामी यो मेललाइ A4 शीटमा पोर्ट्रेट ओरिएंटेशनमा प्रिन्ट गर्नेछौं र यसको दुई कपि बनाउनेछौं
07.08 पेज सेटअप ट्याबमा क्लिक गर्नुहोस
07.11 पेपर साइज फिल्डमा ड्रप डाउन लिस्टमा क्लिक गर्नुहोस र A4 छान्नुहोस्
07.16 ओरिएंटेशन फिल्डमा ड्रप डाउन लिस्टमा क्लिक गर्नुहोस र पोर्ट्रेट छान्नुहोस्
07.22 अब जेनरल ट्याबमा क्लिक गर्नुहोस
07.25 कपिज फिल्डमा २ इन्टर गर्नुहोस प्रिन्टमा क्लिक गर्नुहोस
07.31 तपाईंको प्रिन्टर रामरी जोडिएको छ भने अब मेल प्रिन्ट हुन शुरु हनुपर्छ
07.38 प्रिन्ट डाइलग बक्सबाट बाहिर निस्कन क्यान्सिलमा क्लिक गर्नुहोस, मेल ट्याब बन्द गरौँ
07.46 अब एट्याचमेन्टको रुपमा एउटा भिडियोलाई याहू अकाउन्टमा पठाऔ
07.51 एउटा नयाँ मेसेज लेखौं
07.54 मेनु बारबाट, राइटमा क्लिक गर्नुहोस नयाँ मेसेज विन्डो देखापर्छ
08.00 टू फिल्डमा याहू आइडीको पहिलो अक्षर टाईप गर्नुहोस जुन हो- S
08.06 याहू मेल आई डी आफैं भरिएको कुरा याद गर्नुहोस
08.11 सब्जेक्ट फिल्डमा भिडियो एट्याचमेन्ट टाईप गर्नुहोस
08.16 टूलबारबाट एट्याच क्लिक गर्नुहोस अट्याच फाईल्स डायलग बक्स देखापर्छ
08.23 डेस्कटपबाट What is a Spoken Tutorial.rar सेलेक्ट गर्नुहोस, ओपनमा क्लिक गर्नुहोस
08.34 फाइल एट्याच हुन्छ र एट्याचमेन्ट माथिल्लो दायाँपट्टि देखाइन्छ, सेन्डमा क्लिक गर्नुहोस
08.44 याहू अकाउन्टमा लग इन गरौँ
08.56 हामीले एट्याचमेन्ट सहितको मेसेज प्राप्त गर्यौं
08.59 याहू अकाउन्ट बन्द गरौँ
09.03 हामीले उल्लेख गर्न चाहने महत्वपूर्ण मेसेज प्राप्त गर्न सक्छौं
09.07 तर इनबक्समा धेरै मेल हुन सक्छ त्यसैले त्यो अव्यवस्थित हुनसक्छ
09.12 ठन्डरबर्डले तपाईंलाई त्यस्ता मेलहरु संग्रहित गर्नदिन्छ
09.16 पहिला हामीले अर्काइभ सेटिंग चेक गर्नुपर्छ
09.20 बायाँ प्यानलबाट STUSERONE जिमेल अकाउन्टमा क्लिक गर्नुहोस
09.25 दायाँ प्यानलबाट अकाउन्ट्सभित्र भ्यु सेटिंग फर डीस अकाउन्टमा क्लिक गर्नुहोस
09.31 अकाउन्ट सेटिंग डाइलग बक्स देखापर्छ
09.35 बायाँ प्यानलबाट STUSERONE जिमेल अकाउन्टमा क्लिक गर्नुहोस र कपिज एण्ड फोल्डरमा क्लिक गर्नुहोस
09.43 मेसेज अर्काइभ्स विकल्प इनेबल हुन्छ
09.48 यी विकल्पहरुले मेसेजहरु संग्रह हुने फोल्डर निर्धारण गर्छन
09.53 यी विकल्पहरु इनेबल भएका छैनन् भने
09.57 बक्समा किप मेसेज अर्काइभ बक्समा चेक गर्नुहोस
10.01 STUSERONE एट जिमेल डट कममा “अर्काइभ्स” फोल्डर विकल्प छान्नुहोस् ओकेमा क्लिक गर्नुहोस
10.10 अब STUSERONE जिमेल अकाउन्टभित्र इनबक्समा क्लिक गर्नुहोस
10.15 तेस्रो मेसेजलाई आर्काइभ गरौँ
10.19 दायाँ प्यानलबाट त्यसलाई सेलेक्ट गरौँ
10.21 कन्टेकस्ट मेनुको लागि राइट-क्लिक गर्नुहोस र अर्काइभ छान्नुहोस्
10.27 मेसेज STUSERONE जिमेल अकाउन्टको अर्काइभ फोल्डरमा जान्छ
10.36 अब यो इनबक्समा देखिदैन
10.39 हामीले ठन्डरबर्डमा गरेका सबै कामहरु हेर्नु पर्यो भने के गर्ने त?
10.44 यो पनि सरल छ एक्टिभिटी म्यानेजरले ठन्डरबर्डमा भएका कामहरुको सूची देखाउछ
10.52 मुख्य मेनुबाट टूल्स अनि एक्टिभिटी म्यानेजरमा क्लिक गर्नुहोस
10.57 एक्टिभिटी म्यानेजर डाइलग बक्स देखापर्छ
11.01 अब तपाईंले सबै इमेल एक्टिभिटी चेक गर्न सूची हेर्न सक्नुहुन्छ
11.05 एक्टिभिटी म्यानेजर डाइलग बक्स बन्द गरौँ
11.09 ठन्डरबर्ड विन्डोको बायाँ कुनामा भएको रातो क्रसमा क्लिक गरेर ठन्डरबर्डबाट बाहिर जाऔं
11.16 यस ट्युटोरीयलमा हामीले यी कुराहरु सिक्यौं
11.20 लन्चरमा ठन्डरबर्डको सर्टकट राख्न
11.23 मेसेज ट्याग गर्न, कवीक फिल्टर गर्न
मेसेजहरु मिलाउन र थ्रेड गर्न 
11.28 हामीले यो पनि सिक्यौं -
11.30 मेसेज सेभ एज र प्रिन्ट गर्न

फाइल अट्याच गर्न

11.34 मेसेज संग्रह गर्न
एक्टिभिटी म्यनाजेर हेर्न 
11.38 यहाँ तपाईंको लागि एउटा कार्य छ
11.41 ठन्डरबर्डमा लग इन गर्नुहोस
11.44 एउटा मेसेज थ्रेड हेर्नुहोस
मेसेज सेभ र प्रिन्ट गर्नुहोस 
11.48 एउटा मेल छान्नुहोस र कन्टेस्कट मेनुको लागि राइट क्लिक गर्नुहोस
11.53 त्यसमा भएका सबै विकल्पहरु हेर्नुहोस
11.56 एक्टिभिटी म्यानेजर डाइलग बक्स हेर्नुहोस
12.00 ठन्डरबर्डबाट लग आउट गर्नुहोस
12.03 लग इन गर्दा फेरी एक्टिभिटी म्यानेजर डाइलग बक्स हेर्नुहोस


12.07 तलको लिंकमा भएको भिडियो हेर्नुहोस
12.10 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टलाई संक्षेपमा प्रस्तुत गर्छ
12.13 तपाइँसँग राम्रो ब्यान्डविथ छैन भने तपाई यसलाई डाउनलोड गरेर हेर्न सक्नुहुन्छ
12.18 स्पोकन ट्युटोरियल प्रोजेक्ट टीम
12.20 स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
12.23 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
12.27 थप जानकारीको लागि कन्ट्याक्ट एट स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्
12.33 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक हिस्सा हो
12.37 यसलाई नेसनल मिसन अन एजुकेशन थ्रु आ सीटि, एम एच आर डी, भारत सरकारको सहयोग रहेको छ
12.45 यो मिसन सम्बन्धि थप जानकारी स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रोमा उपलब्ध रहेको छ
12.56 यो ट्युटोरियलमा कारखाना नेपालको योगदान रहेको छ
सहभागी हुनुभएकोमा धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble