Spoken-Tutorial-Technology/C2/Dubbing-a-spoken-tutorial-using-Movie-Maker/Nepali

From Script | Spoken-Tutorial
Revision as of 14:34, 28 July 2014 by Gaurav (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:04 नमस्कार साथीहरु, CDEEP, IIT Bombay, को तर्फबाट म तपाईलाई यो स्पोकन टुटोरियलमा स्वागत गर्दछु
00:11 यो टुटोरियलले एउटा स्पोकन टुटोरियल एक भाषाबाट अर्को भाषामा कसरी डब गर्ने भनि एउटा प्रक्रियामा चर्चा गर्छ
00:20 तपाईलाई चाहिने भनेको एउटा अडियो इनपुट सहितको हेडसेट वा स्ट्याण्ड अलोन् माइक्रोफोन र तपाइको कम्प्युटरमा जडान गर्न सकिने स्पीकरहरु चाहिन्छ
00:30 Windows Movie Maker, Microsoft Windows को एउटा अंग र सफ्टवेयर हो जुन सबै नयाँ Windows संस्करण – Me, XP वा Vista मा उपलब्ध छ
00:43 यदि तपाईसंग यो छैन भने यसलाई यो साइटबाट निशुल्क डाउनलोड गर्न सक्नुहुन्छ

www.microsoft.com/downloads

00:56 यसलाई रन गर्न Windows Movie Maker आइकनमा डबल क्लिक गरौँ, यसले तपाइको स्क्रिनमा एउटा खाली मुभी प्रोजेक्सन खोल्नेछ

बायाँ पट्टि तपाइलेMovie Tasks Panel देख्नुहुनेछ

01:11 यो प्यानलमा बिभिन्न विकल्पहरु रहेका छन

पहिलो विकल्प Capture Video हो, यो विकल्प भित्र Import Video सब-अप्सन देख्नुहुनेछ, यसलाई क्लिक गरौँ

01:24 यसले Import Video डाइलग बक्स खोल्नेछ, file-to-be-dubbed.wmv भएको स्थानमा जानुहोस्

म फाइल छान्नेछुँ र Import क्लिक गर्नेछु

01:38 भिडियो Windows Movie Maker मा इम्पोर्ट हुन् थालेको छ

भिडियो अब Collections Panel मा देखाइनेछ, यदि भिडियो ठुलो छ भने Windows Movie Maker ले स्वत भिडियोलाई क्लिपहरुमा टुक्राउने छ

01:54 CTRL+A थिचेर ती सबै छानौं, अब क्लिपमा राइट क्लिक गरौँ र ADD TO TIMELINE अप्सन छानौं

भिडियो क्लिप स्वत यहाँ Timeline मा थपिने छ

02:07 भिडियो सँगैको PLUS बटनमा क्लिक गरौँ, तपाई अब Audio Timeline हेर्न सक्नुहुन्छ, एउटा क्लिपमा क्लिक गरेर यसलाई छानौं, अब राइट क्लिक गरौँ र SELECT ALL अप्सन छानौं
02:22 सबै अडियो क्लिप छानिनेछ, Main Menu मा जाउँ र Clip, Audio र Mute छानौं

भिडियो अहिले अडियो विना छ, अर्को भिडियोमा जान भिडियो संगैको MINUS बटनमा क्लिक गरौँ

02:41 याद गरौ, फ्रेम हेडले टाइमलाइनमा हालको स्थान जनाउछ

डिफल्टमा, फ्रेम हेड टाइमलाइनको सुरुमा हुन्छ

02:51 अर्को मेन मनुको Tools मा क्लिक गरौँ र Narrate Timeline सब अप्सन छानौं, यसले तपाईलाई Narrate Timeline स्क्रिनमा लैजानेछ, पहिले, narration को लागि Input Level छान्नुपर्नेछ
03:10 इनपुट लेभल छान्दा, रातो रंगको क्षेत्र नछोई एउटा लेभल छान्नुहोस् जो मिटरको माथिल्लो भाग पट्टि छ, जसलाई माथिबाट दोस्रो लाइनले जनाइएको छ
03:23 यदि क्यापच्योरिंग लेभल एकदम सानो सेट गरिएको छ भने, समातिएको अडियो नसुनिन सक्छ

माइक्रोफोनमा सामान्य रुपमा बोल्नुहोस्,विपरितरुपमा, यदि क्यापच्योरिंग लेभल एकदमै ठुलो सेट गरिएको छ भने समातिएको अडियो एकदमै ठुलो र बिग्रिएको हुनसक्नेछ

03:38 तपाइको कम्प्युटरमा अडियो क्यापच्योर सुरु गर्न Start Narration बटनमा क्लिक गरौँ

माइक्रोफोनमा सामान्य रुपमा बोल्नुहोस्, म तपाइको लागि सानो डेमो गर्दैछुँ

03:51 म इनपुट लेभललाई यो चिन्ह सम्म सेट गर्नेछु र फ्रेम हेडलाई यो स्थानमा सार्नेछु किनकी यहाँ बाट भिडियोको वास्तविक नरेसन सुरु हुन्छ, अब म Start Narration मा क्लिक गर्नेछु
04:06 “ नमस्कार साथीहरु, CDEEP, IIT Bombay, को तर्फबाट म तपाइलाई यो टुटोरियलमा स्वागत गर्दछु, यो टुटोरियलले तपाईलाई एउटा प्रक्रियागत तरिकाबाट CamStudio मा पारंगत हुन सघाउछ”
04:18 म नरेसन क्यापच्योर रोक्न Stop Narration बटन क्लिक गर्नेछु

ध्यान दिनुहोस्, कुनै पनि समयमा नरेसन रोक्न सकिन्छ

04:28 Movie Maker ले तपाईलाई नरेसन अडियो फाइलको रुपमा सेभ गर्न सोध्नेछ

एउटा डाइलग बक्स देखापर्नेछ जहाँ तपाईलाई फाइलनेम र रेकर्डेड अडियो क्लिप सेभ गर्न चाहेको पाथ दिनुपर्नेछ

04:44 म यो फोल्डर छान्नेछु र यसको नाम दिनेछु, सेभमा क्लिक गरौँ
04:53 एकचोटी अडियो फाइल सेभ गरेपछि, तपाई रेकर्डेड अडियो Audio टाइमलाइनमा देख्नुहुनेछ
05:09 अहिले सम्पूर्ण कार्यलाई प्रोजेक्टको रुपमा सेभ गर्ने कुरा गर्नु राम्रो समय हो

एउटा प्रोजेक्ट सेभ गर्नाले तपाईलाई छोडेको ठाउबाट डबिंग गर्न दिन्छ CTRL + S थिचौं

05:21 जब तपाई यो पहिलो चोटी गर्नुहुन्छ, तपाईसंग एउटा फाइलनेम मागिनेछ

यो प्रोजेक्टलाई यो फाइलनेममा सेभ गरौँ - Dubbed_into_Hindi

05:32 Save मा क्लिक गरौँ, सबै CTRL + S ले स्वत यो फाइलमा सेभ गर्नेछ
05:40 तपाई प्रोजेक्ट फाइल सेभ गरेपछि Movie Maker बाट निस्कन सक्नुहुन्छ, र डबिंग पायक समयमा रिज्युम गर्न सक्नुहुन्छ
05:48 क्लिक गरौँ File > Open Project र तपाईले खोल्न चाहनुभएको प्रोजेक्ट छानौं
05:55 यो पक्का गरौँ कि फ्रेम हेड तपाइले निरन्तरता दिन लागेको स्थानमा छ र तपाईले पहिले गरेजस्तै फेरि डबिंग सुरु गरौँ
06:03 डबिंग गर्दा प्राय प्रोजेक्ट सेभ गर्न सम्झनुहोस्
06:08 एकचोटी पुरै स्पोकन टुटोरियलको लागि नरेसन सकिएपछी, तपाईले एउटा मुभी बनाउन पर्छ

त्यसो गर्न Movie Tasks Panel मा जाउँ

06:18 Finish Movie मा जाउँ पहिलो अप्सन छानौं - Save to my computer, यसलाई क्लिक गरौँ

यसले Save Movie Wizard डाइलग बक्स खोल्नेछ

06:29 तपाइको डब गरेको मुभीको फाइलनेम इन्टर गर्नुहोस् र पाथ पनि दिनुहोस्

म फाइलनेम दिनेछु र यो पाथ छान्नेछु

06:36 Next बटन क्लिक गरौँ, तपाइले यहाँ आउटपुट फाइल क्वालिटी छान्न सक्नुहुन्छ
06:46 यो बिस्तृत रुपमा वर्णन गरौँ
“Best quality for playback on my computer”  छान्नाले एउटा उच्च गुणस्तरको भिडियो दिनेछ तर फाइल साइज ठुलो हुनेछ
06:55 “Best fit to file size” छान्नाले कम गुणस्तरको तर सानो फाइल साइजको भिडियो दिनेछ
07:04 “Other settings” छान्नाले बनेको भिडियो सेभ गर्न सकिने सबै विकल्पहरु देखाउने छ
07:12 त्यसैले तपाईले कसरी हेर्नुहुन्छ वा कहाँ भिडियो अपलोड गर्ने आधारमा, तपाईले सुहाउँदो क्वालिटी विकल्प छान्नुपर्छ
07:20 म Best fit for file size र 30MB छान्दैछुँ

हेर्ने नाप 640*480 पिक्सल्स हुनेछ र फ्रेम रेट 30fps हुनेछ

07:35 डब गर्नुपर्ने फाइल पनि सोहि नापको भएकोले म मुभीको सोहि नाप चाहन्छु त्यसैले म यो विकल्प छान्नेछु
07:45 यदि यो आवश्यक नभए, तपाई 30MB भन्दा सानो नम्बर जस्तै 25 MB छान्न सक्नुहुन्छ

ध्यान दिउँ, भ्युको नाप सानो भएको छ

07:58 म पछाडी जानेछु र यसलाई 30 MB मा बदल्नेछु र NEXT मा क्लिक गर्नेछु

मुभी तपाइको कम्प्युटरमा सेभ हुनेछ

08:16 Finish र Exit Windows Movie Maker मा क्लिक गरौँ
08:24 ल, तपाईले यो प्रक्रिया अपनाएर कुनै पनि स्पोकन टुटोरियलको डब वा मुभी क्लिप सामान्य थोरै कदममा बनाउन सक्नुहुन्छ
08:36 यो जानकारी तपाईलाई उपयोगी हुनेछ भन्ने आशा गर्दछु
08:39 कारखाना नेपालबाट म मन्दिर ओझेल हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Gaurav, Mandira, PoojaMoolya, Pratik kamble