Difference between revisions of "Spoken-Tutorial-Technology/C2/Dubbing-a-spoken-tutorial-using-Audacity-and-ffmpeg/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 1: Line 1:
 
{|Border=1
 
{|Border=1
!Timing
+
|'''Time'''
!Narration
+
|'''Narration'''
 
|-
 
|-
 
| 00:00
 
| 00:00

Revision as of 14:47, 28 July 2014

Time Narration
00:00 नमस्कार साथीहरु, लिनक्स अपरेटिंग सिस्टममा एक भाषाबाट अर्को भाषामा कसरी डब गर्ने भन्ने यो टुटोरियलमा स्वागत छ
00:10 यसको लागि तपाईलाई चाहिने भनेको अडियो इनपुटको लागि एउटा हेडसेट वा एउटा स्ट्याण्ड एलोन माइक्रोफोन र तपाइको कम्प्युटरमा जोड्न मिल्ने स्पीकरहरु
00:19 Audacity साउण्ड रेकर्ड र एडिट गर्ने निशुल्क र ओपन सोर्स सफ्टवेयर हो
00:24 यो Mac OS X, Microsoft Windows, GNU/Linux, र अन्य अपरेटिंग सिस्टमको लागि उपलब्ध छ
00:32 तपाई यसलाई निशुल्क audacity.sourceforge.net/download बाट डाउनलोड गर्न सक्नुहुन्छ
00:39 म अपरेटिंग सिस्टमको रुपमा Ubuntu Linux 10.04 संस्करण प्रयोग गर्दैछुँ
00:44 मैले पहिले नै Audacity भर्सन 1.3 डाउनलोड गरि यसलाई Synaptic Package Manager मार्फत मेरो पिसीमा इन्स्टल गरिसकेकी छुँ
00:52 Ubuntu Linux मा कसरी सफ्टवेयर इन्स्टल गर्ने जानकारीको लागि
00:57 कृपया यो वेबसाइटमा उपलब्ध Ubuntu स्पोकन टुटोरियलहरु हेर्नुहोला
01:02 पहिलो र प्राथमिक रुपमा गर्न पर्ने कार्य भनेको मूल भिडियोलाई सुन्ने हो
01:09 अनि स्क्रिप्टलाई यसरी अनुबाद गर्नुहोस् कि नरेसनको समय मूल स्क्रिप्ट भन्दा कम वा बराबर होस्
01:18 हरेक वाक्यको सुरुको समय टिपेर यसो गर्न सकिन्छ
01:23 यदि तपाई हरेक वाक्यको लागि यसो गर्न सक्नुहुन्न भने यसो दुई वाक्यको लागि गर्नुहोस्
01:29 मतलब, यदि त्यहाँ पहिलो वाक्य पछि गडबड भएपनि दोस्रो वाक्य पूरा हुदाँ मिल्नुपर्छ

-

01:37 मूल स्क्रिप्टबाट केहि शब्दहरु वा पुरै वाक्य पनि छोड्न सकिन्छ
01:42 जब यसको अर्थ फेरिदैन, यसो भएको पक्का गरौँ
01:48 अब हामी audacity खोल्नेछौं, Applications मा क्लिक गरौँ,
01:54 Sound & Video र रन गराउनलाई Audacity क्लिक गरौँ
01:58 यसले तपाइको स्क्रिनमा एउटा खाली प्रोजेक्ट खोल्नेछ

हाम्रो मेनुबारमा तपाईले अप्सनहरु जस्तै file , edit , view , transport, tracks र अन्य देख्नुहुनेछ

02:11 हामी केहिको बारेमा अघि बढ्दै जाँदा सिक्नेछौं, मेन मेनु भित्र तपाईले VCR कन्ट्रोलहरु - Pause, Play, Stop, Rewind, Forward र Record देख्नुहुनेछ
02:25 यो सँगै तपाईले Audio Tools टूलबार पाउनुहुनेछ
02:30 यसमा हामीले यो टुटोरियलमा हेर्ने Selection Tool र Time Shift टूल पनि छ
02:36 डिफल्टमा Selection Tool एक्टिभ हुन्छ
02:40 अब एउटा डबिंग गरौँ, म एउटा Scilab को अंग्रेजी टुटोरियल matrixoperation.wmv प्ले गर्छु (टुटोरियल बज्छ)
03:03 र मलाई यो टुटोरियल Audacity प्रयोग गरि हिन्दीमा रेकर्ड गर्नुछ, मैले पहिले नै यसको अनुबाद गरिसकेकी छुँ र उल्लेख गरे अनुसार टाईमिंग पनि टिपेकी छुँ
03:14 अब म यहाँ रेकर्ड गर्न जादैछुँ, रेकर्ड गर्न Record बटनमा क्लिक गरौँ र नरेसन सुरु गरौँ
03:22 (साइलैब के इस्तेमाल से मैट्रिक्स ऑपरेशन के इस ट्यूटोरियल में आपका स्वागत है । इस ट्यूटोरियल के अभ्यास लिए आपके सिस्टम में साइलैब का संस्थापन होना आवश्यक है ।)
03:32 रेकर्डिंग बन्द गर्न STOP बटनमा क्लिक गरौँ, तपाई Audio Timeline २ स्टेरियो ट्रयाकहरु देख्नुहुनेछ जहाँ नरेसन देखिन्छ
03:43 चुच्चोहरु वेबफर्म हुन्, Stereo Tracks को बायाँ एउटा लेबल एरिया सहित दुई वेबफर्महरु दायाँ छन
03:50 यिनीहरुले दुई च्यानल इनपुट जनाउछ – बायाँ च्यानल र दायाँ च्यानल
03:56 सकेसम्म एकै पटकमा रेकर्ड गरौँ, तपाईले एउटा अडियो ट्रयाक पाउनुहुनेछ, बाक्यहरुको बीचमा एक मिनेट रोकिन सम्झौं
04:08 अब, हरेक वाक्यको सुरुवातमा क्लिपलाई साना क्लिपहरुमा टुक्राउ, CTRL+I अडियो ट्रयाकलाई साना क्लिपहरुमा टुक्राउने शर्टकट कि हो
04:19 म अडियो यहाँ टुक्राउने छुँ, पहिले टिपे जस्तै समय मिलाउन क्लिपलाई स्लाइड गरौँ
04:27 time-shift tool छानौं, ध्यान दिउँ, अब कर्सर एउटा डबल हेडेड कर्सर छ
04:33 म क्लिप यो समयमा शिफ्ट गर्नेछु, सम्झौं कि तपाईलाई उल्टो दिशामा जानुपर्छ मतलब अन्तिमबाट सुरु गरि सुरुवात पहिलो तिर
04:42 यो किनभने तपाईले ठाउँ नबनाएसम्म अघिल्लो क्लिप यसको स्थानबाट सार्न सक्दैन
04:49 अर्को नरेसन सुरु गर्न जुन अर्को वाक्यको नरेसन हो, सेलेक्सन टूलमा क्लिक गरौँ, टाइमलाइनमा कुनै पनि च्यानलमा क्लिक गरौँ
05:01 अब सुरु गर्न रेकर्ड बटनमा क्लिक गरौँ, साइलैब कंसोल विंडो खोल्नुहोस्, अब रोक्न स्टप बटनमा क्लिक गरौँ
05:12 यो दोस्रो नरेसन अर्को स्टेरियो ट्रयाकमा आउनेछ, यसैगरी, तपाई विभिन्न नरेसनहरु रेकर्ड गर्न सक्नुहुन्छ जो भिन्न ट्रयाकमा देखापर्नेछन
05:22 अब तपाई कसरी यी सबै नरेसनहरु जोड्ने वा कसरी तिनीहरुलाई एकै ट्रयाकमा ल्याउने सिक्नुहुनेछ, टाइम शिफ्ट टूल छानौं
05:32 अडियो क्लिपमा राइटक्लिक गरि अडियो क्लिप छानौं र यसलाई तानेर पहिलो अडियो ट्रयाकको अन्त्यमा छोडौं, सबै क्लिपहरुलाई यसै गरौँ
05:43 हामी एउटा अडियो ट्रयाक लेबलएरियाको X बटन क्लिक गरि हटाउन सक्छौं, म अब दोस्रो ट्रयाक हटाउदै छुँ जुन खाली छ
05:51 क्लिपलाई पहिलो ट्रयाकमा स्लाइड गर्दा, क्लिपको र पहिले टिपेको सम्बन्धित वाक्यको सुरुको समय मिलाउन सम्झौं,
06:01 हामीले एकचोटी हरेक वाक्यको सुरुलाई पहिले टिपे अनुसार सम्बन्धित समयमा मिलाए पछि हामी हाम्रो प्रोजेक्ट सेभ गर्न सक्छौं, यसो गर्न फाइल मेनुमा गएर Save Project As मा क्लिक गरौँ
06:15 एउटा डाइलग बक्स खोल्नेछ, OK मा क्लिक गरौँ, यसले एउटा फाइलको नाम माग्नेछ, म फाइलको नाम

hindi _matrix operation दिदैछु

06:29 अर्को यसले फाइल सेभ गर्नुपर्ने स्थान माग्छ, म Desktop छान्नेछु र Save मा क्लिक गर्नेछु, यसले फाइल एउटा .aup फाइलको रुपमा सेभ गर्छ
06:41 अन्त्यमा, अन्तिम प्रोजेक्टलाई चाहिएको अडियो फर्म्याटमा एक्सपोर्ट गरौँ जस्तै wav, mp3 वा अन्य
06:49 त्यसो गर्न Menu Bar मा जाउँ र File मा क्लिक गरौँ, Export अप्सनमा क्लिक गरौँ
06:58 यसले एउटा फाइल को नाम माग्नेछ, म नाम scilab_hindi _matrix_operation दिन्छु
07:06 यसलाई सेभ गर्नुपर्ने स्थान पनि दिउँ
07:12 अर्को सेभ गर्ने फर्म्याट छानौं, म ogg फर्म्याटमा क्लिक गर्नेछु र Save मा क्लिक गर्नेछु
07:21 अर्को तपाईले एउटा Edit Metadata भन्ने बक्स पाउनुहुनेछ, यहाँ तपाईले आर्टिस्टको नाम र तपाइको आवश्यकता अनुसारको जानकारी राख्न सक्नुहुन्छ
07:29 Ok मा क्लिक गरौँ, यसले एउटा अन्तिम अडियो फाइल बनाउनेछ
07:35 ffmpeg एउटा ओपन सोर्स अडियो र भिडियो कन्भर्टर हो जसले सबै स्ट्याण्डर्ड कोडेकहरुमा काम गर्छ, यसले एक फाइल फर्म्याटबाट अर्कोमा छिटै र सजिलै बदल्न सक्छ
07:48 ffmpeg को बाइनरी डाउनलोड गर्न http://ffmpeg.org/ मा उपलब्ध छ
07:56 Download मा क्लिक गरौँ, तल स्क्रोल गरि सुहाउदो छानौं
08:09 लिनक्समा कसरी प्याकेज इन्स्टल गर्न जान्न कृपया यो वेबसाइटमा उपलब्ध उबुन्टुको स्पोकन टुटोरियलहरु हेरौं

तपाईले एकचोटी ffmpeg डाउनलोड र इन्स्टल गरेपछि

08:21 तपाई समान्य तर सशक्त कमाण्डहरु एक्जिक्युट गरि एउटा मेडिया फाइलबाट अडियो र भिडियो खण्ड छुट्टै निकाल्न वा भिन्न मेडियाका दुई अडियो र भिडियो फाइलहरु एकैमा जोड्न सक्नुहुन्छ
08:37 म अब टर्मिनल विन्डोमा जादैछु
08:41 टाइप गरौँ, pwd “present working directory” र इन्टर थिचौं
यसले मेरो प्रेजेन्ट वर्किंग डिरेक्टरी देखाउँछ, ls कमान्डले यो डिरेक्टरीमा भएका सबै फाइलहरु र फोल्डरहरु सूचीकृत गर्छ
08:56 म डेस्कटप डिरेक्टरी र Test मा बदल्दैछुँ , टर्मिनल स्क्रिन सफा पार्न CTRL+L , यो डिरेक्टरीमा भएका सबै फाइलहरु सुचिकृत गर्न ls
09:15 अब म कमाण्ड टाइप गर्दैछु - ffmpeg -i compiling.wmv TEST0.ogv
09:30 -i स्वीचले ffmpeg लाई यो पछिको फाइल compiling.wmv इनपुट फाइल जनाउछ
09:42 यदि -i विकल्प हटायो भने ffmpeg ले आउटपुट फाइल बनाउने क्रममा मूल फाइल ओभरराइट गर्छ
09:50 ffmpeg ले आउटपुट फाइलको एक्सटेन्सन प्रयोग गरि यसको फर्म्याट पत्ता लगाउछ, तर यसलाई कमाण्ड लाइन प्यारामिटर प्रयोग गरि ओभरराइड गर्न सकिन्छ
10:03 हामी यिनीहरु मध्ये केहिलाई हेर्ने छौं, यो कमाण्ड एउटा फर्म्याटको भिडियो अर्को फर्म्याटमा बदल्न एकदमै उपयोगी छ
10:12 कमाण्ड एक्जिक्युट गर्न इन्टर थिचौं, तर म यो छोडी अगाडी बढ्दै छुँ
10:18 टर्मिनल विन्डोमा ffmpeg कमाण्ड प्रयोग गरि हामी मूल स्पोकन टुटोरियलबाट भिडियो छुट्टयाउन सक्छौं
10:26 यसो गर्न टाइप गरौँ ffmpeg -i functions.ogv -an -vcodec copy TEST1.ogv
10:45 '-an' स्वीचले स्वत आउटपुटबाट सबै अडियोहरु हटाएर भिडियो मात्रै राख्छ

TEST1.ogv आउटपुट फाइल हो

10:59 इन्टर थिचौं, अब हामीले भिडियो खण्ड छुट्टयाएका छौं मतलब भिडियोमा मूल अडियो छैन
11:09 म यहाँ Test फोल्डर खोल्दैछुँ, यहाँ Test1.ogv छ, म यसलाई प्ले गर्दैछुँ < 5-6 सेकन्ड प्ले>
11:25 म टर्मिनल विन्डो फेरि एकपटक मेट्दैछुँ, अब कमाण्ड टाइप गरौँ ffmpeg -i functions_hindi.ogv -vn -acodec copy TEST2.ogg
11:54 '-vn' स्वीचले स्वत आउटपुटबाट सबै भिडियो हटाएर अडियो मात्रै राख्छ, कमाण्ड एक्जिक्युट गर्न इन्टर थिचौं
12:04 अब हामीले अडियो खण्ड छुट्ट्याएका छौं मतलब आउटपुटमा मूल भिडियो छैन
12:12 यसलाई जाचौं, म फेरि एकपटक Test डिरेक्टरी खोल्दैछुँ, यहाँ TEST2.ogg छ, म यसलाई प्ले गर्दैछुँ

< 5-6 सेकन्ड प्ले>

12:26 त्यसैले म यो बन्द गर्दैछुँ, टर्मिनल विन्डोमा फर्कौं, म टर्मिनल विन्डो CTRL+L थिचेर सफा गर्दैछुँ
12:35 अब कसरी हामीले सेभ गरेको अडियोलाई मूल टुटोरियलको भिडियोसँग गाभ्न सकिन्छ हेरौं
12:42 टर्मिनलमा हामी टाइप गर्नेछौं ffmpeg -i TEST1.ogv -i TEST2.ogg -acodec libvorbis -vcodec copy FINAL.ogv, इन्टर थिचौं
13:20 अहिले इन्कोडिंग हुदैछ, म टर्मिनल सफा गर्दैछुँ, म Test डिरेक्टरी खोल्दैछुँ, यहाँ हामीले भर्खर सेभ गरेको FINAL.ogv छ
13:34 म अब यो फाइल प्ले गर्दैछुँ, < 5-6 सेकन्ड प्ले> कति सजिलो छ है?
13:46 अब, तपाई एडिटिंग प्याकेजहरु जस्तै KdenLive, Kino, LiVES र अन्य धेरै प्रयोग गरि एउटा स्पोकन टुटोरियलको मूल अडियोलाई डब अडियोले बदल्न सक्नुहुन्छ
13:59 हाम्रो डबिंग योगदानकर्ताहरुलाई सजिलो बनाउन, हामी Python एउटा GUI एप्लिकेसन बनाउने क्रममा छौं
14:06 जसले माथिका सबै ffmpeg कमाण्डहरु एक्जिक्युट गर्छ– जुन हुन् अडियो एक्सट्रयाक्ट गर्ने, भिडियो एक्सट्रयाक्ट गर्ने र मर्ज गर्ने
14:15 यसको लागि एप्लिकेसन र स्पोकन टुटोरियल चाडैं नै यो वेबसाइटमा उपलब्ध हुनेछ
14:22 हामी संग भएको यति नै हो, तपाइको लागि यो टुटोरियल सारांशमा हेरौं, सिन्यापटिक प्याकेज म्यानेजर मार्फत Audacity एकपटक इन्स्टल गर्ने
14:30 मूल टुटोरियल सुन्नुहोस र हरेक वाक्यको सुरुको समय टिपौ,
Audacity खोलौं र वाक्यहरु बीच सुहाउदो पज सहित नरेसन सुरु गरौँ, सकेसम्म एकैपटकमा रेकर्ड गरौँ
14:44 अडियोलाई बाक्यहरुमा टुक्राउ र पछाडीबाट सुरु गरि टिपेको समय मिलाउन क्लिपहरु स्लाइड गरौँ
14:52 भएपछी, अडियोलाई ogg फर्म्याटमा सेभ गरौँ, ffmpeg कमाण्ड प्रयोग गरि मूल स्पोकन टुटोरियल बाट भिडियो खण्ड छुट्ट्याउ
15:04 डब गरिएको अडियो र छुट्टाएको भिडियो खण्ड गाभेर एउटा डब गरेको टुटोरियल बनाऊ
15:11 स्पोकन टुटोरियल गतिबिधि ‘Talk to a Teacher’ प्रोजेक्टको सुरुवात हो र www.spoken-tutorial.org संयोजनमा IIT Bombay मा उत्पादित हो
15:25 यो कार्यको लागि अनुदान MHRD, भारत सरकारको National Mission on Education through ICT बाट प्राप्त हुन्छ
15:34 थप जानकारीको लागि कृपया http://spoken-tutorial.org/NMEICT-Intro मा हेर्नुहोस्
15:47 यसले हामीलाई टुटोरियलको अन्त्यमा ल्याएको छ, यो टुटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ

सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Gaurav, Mandira, PoojaMoolya, Pratik kamble