Spoken-Tutorial-Technology/C2/Creation-of-a-spoken-tutorial-using-recordMyDesktop/Nepali

From Script | Spoken-Tutorial
Revision as of 14:32, 28 July 2014 by Gaurav (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:00 नमस्कार र स्वागत छ यो “How to use recordMyDesktop” स्पोकन टुटोरियलमा
00:05 recordMyDesktop एउटा निशुल्क र खुला स्क्रिनकास्टिंग सफ्टवेयर हो जसले उबुन्टु लिनक्स अपरेटिंग सिस्टममा काम गर्छ
00:13 स्क्रिनकास्टिंग सफ्टवेयरको थप जानकारीको लागि कृपया यो वेबसाइटमा उपलब्ध "How To Use Camstudio" स्पोकन टुटोरियल हेर्नुहोला
00:21 मैले पहिले नै gtk-recordMyDesktop संस्करण 0.3.8 डाउनलोड गरेकी छुँ र यसलाई मेरो PC मा Synaptic Package Manager बाट इन्स्टल गरेकी छुँ
00:33 Ubuntu Linux मा सफ्टवेयर कसरी इन्स्टल गर्ने थप जानकारीको लागि कृपया यो वेबसाइटको उबुन्टु लिनक्सको स्पोकन टुटोरियलहरु हेर्नुहोला
00:43 एकचोटी सफलतापूर्बक recordMyDesktop इन्स्टल गरेपछि, मनिटरको माथि रहेको उबुन्टु मुख्य मेनुमा जाउँ
00:51 Applications मा क्लिक गरि Sound&Video छानौं
00:55 यसले कन्टेकस्ट मेनु खोल्नेछ जसमा तपाई gtk-recordMyDesktop एप्लिकेसन पाउनुहुनेछ, यसमा क्लिक गरौँ
01:02 यसले gtk-recordMyDesktop एप्लिकेसन विन्डो खोल्नेछ
01:07 मुख्य एप्लिकेसन विन्डोले केहि आधारभूत रेकर्डिङ प्यारामिटरहरु डिफाइन गर्नुको उद्देश्य पूरा गर्छ भने ट्रे आइकन तपाइको रेकर्डिङ रनटाइममा कन्ट्रोल गर्न प्राथमिकताका साथ प्रयोग गरिन्छ
01:19 तपाइको सिस्टम ट्रे आइकनमा रेकर्ड बटन जनाउने- रातो सर्कल याद गर्नुहोस्
01:27 सिस्टम ट्रे आइकनमा तीन अवस्थाहरु छन:
  • रेकर्डिङ
  • स्टप
  • पज
01:34 जब recordMyDesktop लन्च गरिन्छ, आइकन एउटा रेकर्ड चिन्ह हुनेछ मतलब रातो सर्कल
01:41 जब कसैले रेकर्ड गर्न सुरु गर्छ, आइकन एउटा वर्गमा बदलिन्छ जुन स्टप चिन्ह हो
01:46 याद गरौँ यहाँ २ वर्गहरु छन
01:48 यो किनभने म यो टुटोरियल रेकर्ड गर्न प्रयोग गर्दैछु
01:51 रेकर्डिङ रोक्न तपाइले एउटा वर्ग चिन्हमा राइट क्लिक गर्नुपर्छ र आइकन एउटा पज चिन्हमा बदलिनेछ

-दुई मसिनो समानान्तर रेखा र ठाडो आयत

02:03 रेकर्डिङ रिज्युम गर्न तपाइले फेरि पज चिन्हमा क्लिक गर्नुपर्नेछ
02:07 रेकर्डिङ स्टप गर्न वर्गमा क्लिक गर्नुपर्छ
02:12 कुनै प्यारामिटर सेट गर्नुपूर्व म तपाइलाई एउटा महत्वपूर्ण जानकारी दिन चाहन्छु
02:18 रेड सर्कल सिस्टम ट्रे आइकनमा राइट क्लिक गरौँ, यहाँ तपाईसँग मुख्य एप्लिकेसन विन्डो देखाउने वा नदेखाउने विकल्प छ
02:26 जब तपाईले कुनै रेकर्डिङ सत्र सुरु गर्नुहुन्छ, डिफल्टमा मुख्य विन्डो आफै देखिनेछैन
02:32 यो विकल्प छानी तपाई मुख्य एप्लिकेसन विन्डो पनि देखाउन सक्नुहुन्छ
02:37 “Select Area on Screen”, तपाइले के रेकर्ड गर्न चाहनुभएको परिभाषित गर्ने क्षेत्र हो
02:43 यो विकल्प छान्नाले कर्सरलाई एउटा क्रस पेनमा बदल्नेछ जसले एउटा स्क्रिन capture कोर्न सक्छ
02:51 “Quit” अप्सनले मुख्य मनुको बटन जस्तै recordMyDesktop छोडिन्छ,
02:57 एप्लिकेसन विन्डोमा फर्कदा तपाइले एउटा सानो प्रिभ्यु विन्डो सहितको डिस्प्ले प्यानल पाउनुहुनेछ
03:06 यसले तपाइको डेस्कटपको ठूलो संस्करण देखाउनेछ जुन रेकर्डिङ क्षेत्र परिभाषित गर्न प्रयोग गर्न सकिन्छ
03:13 यो प्यानलको दायाँ, तपाईले Video Quality र Sound Quality बढाउने र घटाउने विकल्प देख्नुहुनेछ
03:22 डिफल्टमा दुवै Video र Sound क्वालिटी 100 मा सेट हुन्छन्, यी सेटिंगहरु दुवै प्लेब्याक भिडियो क्वालिटी र अडियो क्वालिटी दुवैको लागि धेरै राम्रो हुन्छ
03:32 यसले एउटा ठुलो फाइल साइज बनाउछ, स्पोकन टुटोरियल बनाउन हामीलाई भिडियो क्वालिटी १००% चाहिदैन किनकि यसले फाइल साइज बढाउछ
03:44 यी प्यारामिटरहरुको केहि प्रयोगले तपाइले राम्रो भिडियो क्वालिटी र साउण्ड क्वालिटी सहितको सर्वोत्तम फाइल साइज पाउनुहुनेछ
03:53 म भिडियो क्वालिटीलाई 50 र साउण्ड क्वालिटीलाई 100 मा बदल्दैछुँ
4:00 यो किनभने अडियो स्ट्रिम ले बन्ने फाइलको सानो अंश मात्र ओगट्छ
4:08 डिफल्टमा, recordMyDesktop ले अडियो रेकर्ड गर्दैन, अडियो लिने बनाउन Sound Quality को बायाँ बक्समा क्लिक गर्नुपर्छ
4:20 ADVANCED बटन याद गरौँ, यसलाई क्लिक गरौँ. यसले यहाँ देखिए जस्तै अर्को डाइलग बक्स खोल्नेछ
4:28 recordMyDesktop को व्यबहार अझ अनुकुल बनाउन ADVANCED विन्डोमा कम्तिमा एकचोटी जानुहोस्
04:35 तपाइले यो बन्द गरेपछि यो विन्डोका सबै विकल्पहरु सेभ र लागू हुन्छन, यो विन्डोको मेन मेनुमा ४ विकल्पहरु छन
04:43 पहिलो ट्याब Files हो, यहाँ दुई विकल्पहरु छन
04:48 त्यहाँ उहिँ फाइलनेम र उहिँ स्थानमा तपाईले आफ्नो रेकर्डिङको लागि छानेको संग हालको फाइल ओभरराइट गर्ने एउटा विकल्प छ,
04:57 डिफल्टमा यो विकल्प अफ हुन्छ, त्यसैले हालको फाइलहरु कुनै पनि चलाएको हुदैन, यसको सट्टामा नयाँलाई पछाडी नम्बर राखी सेभ गरिन्छ
05:10 त्यसैले यदि तपाइले रेकर्डिङलाई recording.ogv को रुपमा तपाइको होम डिरेक्टरीमा सेभ गर्न चाहनुहुन्छ भने त्यहाँ पहिले नै त्यस्तो नामको फाइल छ
05:18 नयाँ चाहिँ recording-1.ogv रुपमा सेभ हुन्छ, यदि recording-1.ogv छ भने नयाँ फाइल recording-2.ogv र त्यस्तै प्रकारले हुनेछ
05:31 म Advanced ट्याब फेरि खोल्दैछु, यदि “Overwrite Existing Files” विकल्प अन गरिएको छ भने भएका फाइलहरु कुनै प्रश्नविना नै डिलिट हुनेछ
05:41 त्यसैले यसमा होशियार हुनुपर्छ, रेकर्डिङको समयमा अस्थायी फाइलहरु राख्ने “Working Directory” विकल्प रहेको छ
05:50 यो खाली तब लागु हुन्छ जब तपाई इन्कोडिंग फ्लाईमा गर्दैहुनुहुन्न
05:55 अर्को ट्याब Performance हो, यहाँ ५ विकल्पहरु छन, “Frames per second” पक्का सेट गर्नुहोस्
06:02 यो प्यारामिटरको लागि 2 फ्रेम्स पर सेकन्ड राम्रो सेटिंग हो, तैपनि उच्च एनिमेसन भिडियोको लागि १५-२० फ्रेम्स पर सेकन्ड सेट गरौँ
06:12 “Encoding on the Fly” विकल्पले recordMyDesktop लाई capture गर्दा इनकोड गर्न दिन्छ
06:19 डिफल्टमा यो अफ हुन्छ, जब हामीलाई उच्च fps चाहिदैन वा हामी सानो क्षेत्र लिदैछौं भने यो उपयोगी हुनेछ
06:28 यदि तपाईलाई एउटा धेरै सानो नभएको क्षेत्रको रेकर्डिङ चाहिन्छ भने तपाइले यो अप्सन अफ गनुपर्छ
06:34 पहिले उल्लेख गरेजस्तै यो विकल्प प्रयोग गर्दा अडियो र भिडियो क्वालिटी दुवै 100% मा सेट हुनुपर्छ
06:42 “Zero Compression”ट्याबले cache को कम्प्रेसन नियन्त्रण गर्छ, “Quick Subsampling” ले कलरस्पेस ट्रान्सफरमेसन सँग काम गर्छ, हामी तिनीहरुलाई त्यसै छोड्ने छौं
06:55 “Full shots At Every Frame” ले पूरा क्यापच्योर गर्छ, डिफल्टमा यो अफ हुन्छ
07:02 तेस्रो ट्याब Sound हो, “Channels” विकल्पले बन्ने अडियो स्ट्रिमको च्यानल नम्बर सेट गर्छ
07:10 यो १(mono) वा २ (stereo) हुनसक्छ, एउटा माइक्रोफोनबाट रेकर्ड गर्दा एउटा भन्दा बढि च्यानल छान्नु अनावश्यक हुन्छ र आउटपुट फाइलको साइज मात्र बढाउनेछ
07:24 एउटा रेकर्डिङको समयमा असर पर्ने कुरो भनेको “Frequency” सेटिंग हो
07:30 डिफल्ट 22050 हो जुन एउटा मन्तब्यको लागि चाहिनेभन्दा बढि हो तर यदि तपाई एउटा म्युजिक रेकर्ड गर्दै हुनुहुन्छ भने तपाइले 44100 प्रयोग गर्नुपर्छ
07:40 “Device” लाई “plughw:0,0” मा सेट गर्नुपर्छ

यसो गर्नाले च्यानल र फ्रिक्वेन्सी मानहरुमा तपाइको पकड हुनेछ

07:54 त्यसपछि मात्र अडियो कुनै अड्चन विना राम्रोसँग बज्छ, सानो अक्षरमा “default” टाइप गरेमा पनि काम गर्छ
08:05 यदि तपाई रेकर्डिङ गर्न कुनै ज्याक जोड्दै हुनुहुन्छ भने यो बक्स चेक गरौँ
08:11 च्यानल, फ्रिक्वेन्सी र डिभाइस फिल्ड डिसेबल हुनेछन, यी सेटिंगहरु Jack सर्भरले प्रदान गर्नेछ
08:19 Jack capture इनेबल गर्दा, तपाइले एउटा Jack server चल्दै छ भनि पक्का गरौँ
08:25 अन्तिम ट्याब Miscellaneous हो, यहाँ विविध विकल्पहरु छन जो धेरै कम प्रयोग गरिन्छन
08:34 यहाँ रहेको महत्वपूर्ण विकल्प भनेको Follow Mouse हो, चेक गरेपछि क्यापच्योर एरिया कर्सर जता गयो त्यतै जान्छ
08:43 अनचेक गरेपछि, कर्सर चले पनि capture area अचल रहन्छ, म चाडै नै तपाईलाई यसको डेमो दिनेछु
08:53 म स्क्रिनमा रहेको आउटलाइन क्यापच्योर एरिया पनि जाच्दै छुँ
08:58 हामी अब यो विन्डो बन्द गर्नेछौं, सम्झौं सबै सेटिंग हामीले यो विन्डो बन्द गर्ने बित्तिकै सेभ हुनेछ
09:06 डिस्प्ले प्यानलको प्रिभ्यु विन्डोमा हाम्रो स्याम्पल रेकर्डिङको लागि एउटा क्यापच्योर एरिया बनाऊ
09:14 लेफ्ट माउस बटनमा क्लिक गरि तानौं, बटन छोडौं
09:20 तपाइले प्रिभ्यु विन्डोमा एउटा सानो आयत देख्नुहुनेछ र एउटा तपाइको स्क्रिनमा एउटा ठुलो आयत, यो वास्तविक capture area हो
09:30 यो आयत भित्रको सबै गतिबिधिहरु डेमो रेकर्डिङमा लिइनेछ, अब एउटा डेमो रेकर्डिङ गरौँ
09:39 म रेकर्ड आइकनमा क्लिक गर्नेछु, नमस्कार अनि स्वागत छ recordMyDesktop प्रयोग गरिएको डेमो रेकर्डिङमा
09:48 यो एउटा स्पोकन टुटोरियल बनाउन कतिको सजिलो छ भनि देखाउने एउटा डेमो रेकर्डिङ हो
09:54 Applications मा क्लिक गरौँ – office छानौं - wordprocessor, म यहाँ DEMO टाइप गर्नेछु र रेकर्डिङ रोक्न वर्ग आइकनमा क्लिक गर्नेछु
10:16 recordMyDesktop अहिले इनकोड गर्दैछ र यसले एउटा 'ogv' फर्म्याटको मुभी बनाउदैं छ
10:24 म ओपन अफिस राइटर बन्द गर्दैछुँ, इनकोडिंग सकिएको छ र मुभी तयार छ, यो हेरौं
10:31 हामी आउटपुट 'ogv' फाइल Home Folder मा पाउनेछौं, होम फोल्डरमा क्लिक गरौँ, यो हाम्रो डेमो रेकर्डिङ हो, यसलाई प्ले गरौँ
11:14 ल, म आशा गर्छु कि यो टुटोरियलमा दिएको जानकारीले तपाईलाई तपाइको कम्प्युटरमा recordMyDesktop प्रयोग गर्न सहयोग गर्नेछ
11:21 यो निशुल्क र ओपन सोर्स सफ्टवेयर इन्स्टल गरौँ र यसलाई अडियो- भिडियो टुटोरियलहरु र तपाइको आफ्नै अनलाइन भिज्युअल लर्निंग मोड्युल बनाउन प्रयोग गरौँ
11:30 स्पोकन टुटोरियल कार्यक्रम ‘Talk to a Teacher’ प्रोजेक्टको पहल र http://spoken-tutorial.org को संयोजनमा, IIT Bombay मा उत्पादन गरिएको हो
11:42 यो कार्यको लागि National Mission on Education through ICT, MHRD, भारत सरकारको अनुदान रहेको छ
11:51 थप जानकारीको लागि कृपया http://spoken-tutorial.org/NMEICT-Intro मा हेर्नुहोला
12:01 यसरी हामी टुटोरियलको अन्त्यमा आएका छौँ, म मन्दिरा बिदा हुदैछुँ , सहभागिताको लागि धन्यबाद

Contributors and Content Editors

Gaurav, Mandira, PoojaMoolya, Pratik kamble