Spoken-Tutorial-Technology/C2/Creation-of-a-spoken-tutorial-using-Camstudio/Nepali

From Script | Spoken-Tutorial
Revision as of 14:31, 28 July 2014 by Gaurav (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:10 नमस्कार साथीहरु, CDEEP, IIT Bombay, को तर्फबाट म तपाइलाई यो टुटोरियलमा स्वागत गर्दछु
00:16 यो टुटोरियलले तपाईलाई एउटा प्रक्रियागत तरिकाबाट CamStudio मा पारंगत हुन सघाउछ
00:22 आख्यान र एनिमेसन सँगै भयो भने सिक्ने कार्य अझ प्रभाबकारी हुन्छ
00:28 अडियो-भिडियोले बिशेषताहरुलाई अधिकतम रुपमा प्रष्टसँग प्रदर्शन गर्छ
00:33 CamStudio एउटा स्क्रिन रेकर्डिंग सफ्टवेयर हो, जसले तपाइको स्क्रिनमा सबै गतिबिधि रेकर्ड गर्नेछ तपाईलाई पछि बजाउन पनि दिन्छ जस्तो
00:43 जसको मतलब तपाईले CamStudio प्रयोग गरि -
00:45 एउटा नयाँ सफ्टवेयरको बिशेषता देखाउन
00:48 स्कूल र कलेजहरुको लागि अडियो-भिडियो टुटोरियलहरु मनाउन
00:52 युजर ट्रेनिंगमा प्रयोग गरिएका भिडियो मुभीहरु बनाउन
00:55 कसरी एउटा कार्य गर्ने देखाउन
00:57 AVI फाइललाई Flash (SWF) फाइलमा बदल्न
01:01 कम ज्ञान भएका सफ्टवेयरहरुको प्रयोग कम हुन्छ
01:05 CamStudio, Microsoft Windows 95, 98, Me, NT 4.0, 2000 वा XP संस्करणमा प्रयोग गर्न सकिन्छ
01:15 तपाईलाई प्रोग्राम इन्स्टल गर्न एउटा 400 MHz प्रोसेसर, 64 MB RAM र 4 MB हार्डडिस्क स्पेस चाहिन्छ
01:25 Camstudio एउटा ओपन सोर्स सफ्टवेयर हो र यसलाई निशुल्क इन्टरनेटबाट डाउनलोड गर्न सकिन्छ

www.camstudio.org साइटमा जानुहोस्

01:36 यसले CamStudio वेबसाइट खोल्नेछ, तल स्क्रोल गरि डाउनलोड गर्न लिंकमा क्लिक गरौँ
01:42 तपाई निर्देशनहरु अनुसरण गर्नुहोस् र आफ्नो PC मा CamStudio पाउनुहुनेछ
01:47 एकचोटी CamStudio इन्स्टल भएपछि, यसलाई रन गर्न डबल क्लिक गरौँ, यसले CamStudio डाइलग बक्स खोल्नेछ
01:56 तपाईले विन्डोको माथि Main Menu को दायाँ देख्नुहुनेछ, फाइल मुनि तपाईसँग Record, Stop, Pause र Exit विकल्पहरु रहेका छन
02:06 तपाई सम्बन्धित बटन डाइलग बक्समा पनि पाउनुहुन्छ – रातो बटन रेकर्ड गर्न, ग्रे बटन पज गर्न र निलो बटन रेकर्डिंग रोक्न
02:17 रेकर्डिंग गर्नु पूर्व क्यापच्योर एरिया डिफाइन गरि क्यापच्योर क्षेत्र सेट गर्न सिफारिस गरिन्छ,
Region मुनि, ३ क्यापच्योर अप्सनहरु छन्
02:27 यदि तपाईले Region छानी Record मा क्लिक गर्नुभयो भने, तपाईले स्क्रिनमा एउटा आयातकर क्षेत्र कोर्न सक्नुहुन्छ जो क्यापच्योर गर्दा मै हुन्छ
02:36 यदि तपाईले Fixed Region छान्नुभयो भने, तपाई क्यापच्योर क्षेत्र पिक्सलमा जनाउन सक्नुहुन्छ
02:45 यदि तपाईले Full Screen छानेमा, पुरै स्क्रिन क्यापच्योर हुनेछ
02:49 Enable Autopan , CamStudio को एउटा भिन्न बिशेषता हो
02:54 यदि यो अप्सन छानियो भने रेकर्ड गर्दा क्यापच्योर क्षेत्र कर्सर जता गयो त्यतै जान्छ
03:01 यसमा धेरै कार्य भएको क्षेत्रमा स्क्रिन क्यापच्योर गर्ने असर हुन्छ
03:08 यहाँ तपाई प्यानिंगको गति पनि सेट गर्नसक्नुहुन्छ
03:14 Options मा, तपाईसंग Video Options छ जहाँ तपाई भिडियो फाइल साइज बनाउन एउटा कम्प्रेसर छान्न सक्नुहुन्छ
03:23 डिफल्टमा कम्प्रेसर Microsoft Video 1 हो
03:27 तर तपाई यहाँको ड्रप डाउनबाट कुनै पनि कम्प्रेसर वा कोडेकहरु छान्न सक्नुहुन्छ
03:33 वैकल्पिक रुपमा, तपाई आफ्नो आवश्यकता अनुसार इन्टरनेटबाट कोडेक डाउनलोड गर्न सक्नुहुन्छ
03:39 भिडियो अप्सनले तपाईलाई तपाइको भिडियो फाइलहरुको फाइल साइज, क्वालिटी र फ्रेम रेट आदि सेट गरि भिडियोको रेकर्डिंग गुणस्तरीय बनाउन दिन्छ
03:49 Key Frames, Capture Frames र Playback Rate को मानहरु सेट गर्न Auto Adjust बटन अनचेक गरौँ
03:57 अब, तपाई आफ्नो आवश्यकता अनुसार मानहरु सेट गर्न सक्नुहुन्छ, यो टुटोरियल रेकर्ड गर्न मैले Microsoft Video 1 Key Frames 5 सहित कम्प्रेसरको रुपमा प्रयोग गरेकी छुँ, साथै Capture Frames 200 र Playback Rate 5 मा सेट छ, मैले क्वालिटी 50 मा घटाएकी छुँ
04:16 ट्रायल एण्ड एरर र विभिन्न पर्मुटेसन र कम्बिनेसनहरु बाट मैले व्यक्तिगत रुपमा आउटपुट क्वालिटी र फाइल साइज को लागि यी मानहरु मिल्दो पाएकी छुँ
04:27 कर्सर अप्सन सेट गर्नाले कार्य भैरहेको क्षेत्रमा ध्यानाकर्षण गराई तपाइले रेकर्ड गरिरहेको कार्यमा केन्द्रित हुन

सघाउछ

04:36 Options भित्र, Cursor Options मा क्लिक गरौँ जहाँ तपाईलाई कर्सर देखाउने वा नदेखाउने विकल्प हुन्छ, डिफल्टमा Show Cursor चेक गरिएको हुन्छ
04:47 यहाँ कर्सरका ३ विकल्पहरु छन – Actual कर्सर, कस्टम कर्सर (तपाई यहाँ ड्रप डाउन बक्सबाट छान्न सक्नुहुन्छ) वा तपाई तपाइको कर्सर फोल्डरबाट कर्सर लोड गर्न सक्नुहुन्छ
05:04 अर्को, तपाई यो बक्स चेक गरेर कर्सर वरिपरिको क्षेत्र रंगिन बनाउन सक्नुहुन्छ
05:10 तपाई साइज, सेप र हाइलाइटको रंग सेट गर्न सक्नुहुन्छ, OK मा क्लिक गरौँ
05:19 तपाई कर्सरमा केहि बदलाव देख्नुहुने छैन तर रेकर्डेड भिडियोमा कस्टम र रंगिन कर्सर देखिनेछ, म यो तपाईलाई देखाउदै छुँ
05:38 डिफल्टमा, CamStudio ले अडियो रेकर्ड गर्दैन, तपाई यो अप्सन चेक गरी एउटा अडियो- भिडियो टुटोरियल बनाउने महत्वपूर्ण सुबिधा माइक्रोफोन प्रयोग गरी रेकर्ड गर्न सक्नुहुन्छ
05:50 यो विकल्प प्रयोग गर्न तपाईलाई एउटा साउण्ड कार्ड सहितको माइक्रोफोन चाहिन्छ
05:55 तपाई यो अप्सन चेक गरेर कम्प्युटरमा जोडिएको स्पीकरहरु बाट पनि अडियो रेकर्ड गर्न सक्नुहुन्छ
06:01 त्यहाँ अन्य अप्सनहरु जस्तै Program Options छ जसमा यी सब अप्सन पनि छन
06:07 यी विकल्पहरु प्रयोग गरि रेकर्डिंग सुरु गर्दा र बन्द गर्दाको CamStudio व्यबहारहरु अनुकुलित बनाउनुहोस्
06:14 Start Recording को Minimize program अप्सन चेक गरौँ
06:18 यसले स्क्रिनको दायाँ कुनामा रहेको CamStudio लाई स्क्रिन ट्रे मा मिनिमाइज गर्नेछ
06:26 अहिलले तपाई एकै स्क्रिन ट्रे मा दुई CamStudio आइकनहरु देख्नुहुनेछ
06:31 यो किनभने म आफै यो टुटोरियल CamStudio प्रयोग गरि रेकर्ड गर्दैछुँ
06:36 Record to Flash Options, मा यी सब-अप्संस छन
06:40 Keyboard Shortcuts मा तपाइले रेकर्ड, पज, स्टप र रेस्टको लागि HOT KEYS सेट गर्न सक्नुहुन्छ
06:47 यी मध्ये कुनै पनि छान्न सक्नुहुन्छ
06:50 म विश्वास गर्छु कि मैले तपाईलाई CamStudio सुरु गर्न पर्याप्त जानकारी दिए
06:55 यो टुटोरियललाई तपाइको आफनो अडियो भिडियो टुटोरियलहरु र अनलाइन भिजुअल लर्निंग मोड्युल बनाउन प्रयोग गर्नुहोस्
07:02 CamStudio आधारभूत ज्ञान पाएपछि अर्को संस्करणमा यसको Advanced Features हेर्न चाहनुहुन्छ होला
07:10 त्यस बेला सम्मको लागि, कारखाना नेपालबाट म मन्दिरा ओझेल हुदैछु, सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Gaurav, Mandira, PoojaMoolya, Pratik kamble