Skill-Development--InStore-Promoter/C2/Interacting-with-a-customer/Nepali

From Script | Spoken-Tutorial
Revision as of 19:32, 18 February 2015 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:00 नमस्कार अनि स्वागत छ, Interacting with the customer स्पोकन ट्युटोरियलमा
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:09 प्रभावकारी बिक्रीको लागि आवश्यक कुराकानीका शैलीहरु
00:14 सुन्ने र प्रश्न गर्ने बानी सुधार गर्न
00:17 कुनै पनि समान एउटा ग्राहकलाई बेच्ने कदमहरु
00:22 डिस्प्ले मा रहेको ह्यान्डसेट देखाउने र यसको प्रबर्द्धन गर्ने
00:26 आउने ग्राहकहरुलाई सामान किन्न प्रेरित गर्ने
00:31 एउटा प्रभावकारी संचारको लागि, स्टोर प्रोमोटर चार मुख्य कुराहरुमा केन्द्रित हुनुपर्छ

तिनीहरु हुन्:

00:39 ग्राहकको बोल्ने शैली बुझ्न
00:44 बोल्दा प्रष्ट बोल्न
00:46 सुन्ने कला
00:49 प्रश्न गर्ने कला
00:51 ल, एउटा पसलमा हुन सक्ने एउटा अवस्था सहित सुरु गरौँ
00:56 एउटा ग्राहक पसलमा छिरेर समानहरु हेर्न सुरु गर्छ
01:00 यस्तो अवस्थामा एउटा प्रोमोटर ले के गर्नुपर्छ?
01:03 पहिले, ग्राहकलाई समानहरु हेर्न दिऊ र उनीहरुलाई आफैं समान जाँच गर्न दिऊ
01:10 कम्तिमा २ मिनेटसम्म प्रोमोटर ले ग्राहकलाई बाधा पुर्याउने काम गर्नु हुदैन
01:17 नबोलिकन बस्नु भनेको ग्राहकलाई पसलमा छिरेपछि सहज महशुस गराउने हो
01:25 अब प्रोमोटर ले बोल्न सुरु गर्न सक्छन
01:30 प्रोमोटर ले ग्राहकको आवश्यकता पुरा गर्न गम्भीरतापूर्वक चाहेको जनाउनुपर्छ
01:36 यसो गर्न मुस्कान दिन सकिन्छ
01:39 र एउटा प्रश्न गर्न सकिन्छ जस्तै *“तपाई कस्तो फोन खोज्दै हुनुहुन्छ?”
01:46 “तपाईलाई कुनै ब्रान्डको फोन चाहिएको छ?”
01:49 कुरा गर्दा, ग्राहकलाई सहज हुने भाषामा बोल्नु राम्रो हुन्छ
01:55 उदाहरणको लागि: यदि ग्राहकले हिन्दीमा कुरा गरिरहेको छ भने हिन्दीमा कुरा गर्नुहोस्
02:02 कुनै पनि समयमा, प्रोमोटर ले ग्राहकलाई असहज महशुस गराउनु हुदैन
02:07 सिधै आँखामा हेर्दा र हात चलाएर कुरा गर्दा ग्राहकले सजिलो महशुस गर्छन्
02:14 यस्तो अवस्थामा मिठो स्वर र बोल्ने बानीले महत्वपूर्ण भूमिका खेल्छ
02:19 सरल प्रश्नहरु सहित सुरु गर्दा ग्राहकलाई तपाईलाई महत्वपूर्ण जानकारीहरु दिन सहज हुने छ
02:26 प्रोमोटर ले सधैं ग्राहकलाई ध्यानपूर्वक सुन्नुपर्छ
02:30 यदि एउटा ग्राहकले आफुलाई “fancy” फोन चाहिएको कुरा गर्छ भने उसले भनेको “fancy” को मतलब के हो पत्ता लगाउनुहोस्
02:36 यसलाई “एक्टिभ लिस्निंग” भनिन्छ
02:40 “एक्टिभ लिस्निंग” प्रदर्शन गर्ने एउटा तरिका भनेको ग्राहकले पहिले नै भनिसकेका कुराहरु दोहोराउने हो
02:48 यसले ग्राहकको दिमागमा सकारात्मक प्रभाव पार्छ
02:53 प्रोमोटर ले यस्ता प्रश्नहरु पनि सोध्न सक्छन-
02:56 तपाई आफ्नो फोन के गर्न प्रयोग गर्नुहुन्छ?
02:58 तपाईलाई एउटा फोनमा के के सुबिधाहरु चाहिन्छ?
03:01 तपाई फोन किन्न कति सम्म खर्चनुहुन्छ?
03:04 तपाईलाई टचस्क्रिन फोन वा क्वेर्टी किप्याड फोन कुन मनपर्छ?
03:10 सुबिधाहरु, र फाईदाहरु आदिले ग्राहकलाई राम्रोसँग सामानको बारेमा बुझ्न सघाउँछ
03:17 'सुबिधाहरु भनेको एउटा सामानको बिशेषताहरु वा गुणहरु हुन्
03:21 ग्राहकले सुबिधा मात्रै होइन फाईदा पनि खोज्छन
03:26 प्रोमोटर ले ग्राहकलाई उसको आवश्यकता पुरा हुने सहि सामान देखाउन सक्नुपर्छ
03:32 उसले ग्राहकले चाहेको कुन कुराहरु सामानमा उपलब्ध हुने प्रष्ट रुपमा भन्नुपर्छ
03:40 यसरी, प्रोमोटर ले ग्राहकले खोजिरहेको सामान पहिचान गर्न ठूलो मात्रामा सघाउन सक्छन
03:48 उदाहरणको लागि: ग्राहकले भनेको ब्रान्ड र पैसामा आउन सक्ने सम्पूर्ण सामानहरु
03:56 प्रश्नहरु जस्तै
03:58 ग्राहकले फोन कसरी प्रयोग गर्ने योजना बनाएको छ?
04:01 मोबाइल आफ्नै लागि हो वा कसैलाई उपहार दिन हो?
04:06 विकल्पहरु घटाउन मद्दत गर्छ
04:10 कहिलेकाँही, ग्राहकहरु कुनै पनि सामान किन्न हिच्किचाउन सक्छन
04:15 यो किनभने उनीहरु यी कुराहरुमा सन्तुष्ट हुदैनन्
04:19 मूल्य,
04:20 सामान,
04:22 पसल र यसको सेवा,
04:23 वा स्टोर प्रोमोटर
04:27 निर्णय लिन नसक्ने ग्राहकहरुलाई दबाब दिनु भन्दा पनि बिश्वास दिन सकेमा राम्रो हुन्छ
04:32 हिच्किचाहट गर्ने ग्राहकहरुलाई सेवा दिने सबैभन्दा उत्तम उपाय भनेको शान्त भएर सुन्ने हो
04:39 ग्राहकलाई उनीहरुको कुराहरु पूर्ण रुपमा भन्न लगाए पछि मात्र प्रतिकिया दिनुहोस्
04:46 पहिले, ग्राहकको प्रतिक्रिया नौलो नभएको स्वीकार गर्नुहोस्
04:51 अनि उसलाई भएका आपत्तिहरुलाई फाईदामा बदल्नुहोस्
04:55 मूल्यमा हिच्किचाउनेहरुको लागि दुई कदमको उत्तम तरिका छ
05:00 पहिले, स्टोर प्रोमोटर ले ग्राहक भएर उसलाई भएका आपत्तिहरु बारे सोच्नुपर्छ
05:07 उदाहरणको लागि – प्रोमोटरले यस्तो सोध्न सक्छ
05:10 “तपाईलाई अन्य ब्रान्डको कम मुल्यको समान मोडल थाहा छ?”

वा

05:16 “तपाईले यो मोडल अर्को पसलमा कम मुल्यमा रहेको भन्नुभयो
05:21 के तपाई मलाई भन्न सक्नुहुन्छ कि यो यहि सुबिधाहरु भएको यहि मोडल थियो?”
05:25 सम्झौं, सबै ग्राहकहरुले कम महँगो सामान किन्न चाहन्छन
05:31 तर ग्राहकले तिनीहरुमा थप फाईदाहरु पाएमा थप मूल्य तिर्ने छन्
05:37 जस्तै- सामानको टिकाउपन
05:41 पसलले दिने सेवा
05:43 बाँकी राख्न मिल्ने/ नमिल्ने
05:45 फिर्ता गर्ने नीति
05:47 कुनै पनि व्यक्तिले सम्पूर्ण सामानहरु एकै पसलमा किन्न सक्ने विविधता
05:53 हिच्किचाहट भएका ग्राहकहरुको लागि अपनाइने दोस्रो तरिका भनेको कम मूल्यको अर्को सामान किन्ने सल्लाह दिने हो
06:00 स्टोर प्रोमोटर ले ग्राहक सामान किन्न तयार भएको कसरी थाहा पाउने?
06:04 ग्राहकले आफू किन्न तयार भएको लक्षणहरु बोलेर वा नबोलिकन देखाउने ब्यबहार हो
06:11 ग्राहक किन्न तयार नभएको कुरा प्राय अनुहारको भावले देखाउँछ
06:16 अलि मुख खुम्च्याउने वा अनिर्णित ग्राहकहरुले आफूलाई पूर्ण रुपमा सामान मन नपरेको जनाउँछन्
06:25 ग्राहकले नबोलिकनै एउटा स्टोर प्रोमोटर ले सामान बिक्री गर्नुपर्ने जनाउने लक्षणहरु यी हुन्
06:33 एउटा स्टोर प्रोमोटर लाई सामान हटाउन नदिनु
06:38 सामान हातमा बोकी त्यसको अध्ययन वा जाँच गर्नु र त्यसलाई विभिन्न कोणहरुमा हेर्नु
06:45 सामान हेरेर मुस्कुराउनु वा उत्साहित हुनु
06:51 सामान दुई वा तीनपटक सम्म समाउनु वा प्रयोग गर्नु
06:56 एउटा बिक्री पक्का गर्न बिक्रेता र क्रेताले एउटा भाउ स्वीकार गर्नुपर्छ
07:02 र क्रेताले पैसा तिर्न खोजेमा
07:06 बिक्री गर्दा बेच्ने काम प्राकृतिक हुनुपर्छ
07:11 बिक्री गर्दा “ट्रायल क्लोज को बिधि प्रयोग गर्नुहोस्
07:17 यसले तपाईले ग्राहकको ध्यान राखी बिक्री गरेको पक्का गर्छ
07:24 “ट्रायल क्लोज” का उदाहरणहरु-
07:27 “सर, तपाई आफ्नो रोजाईमा ढुक्क हुनुहुन्छ?”
07:30 “के म सम्पूर्ण सुबिधाहरु पुन: देखाउन सक्छु?”
07:34 एउटा भेटको अन्त्यमा ट्रायल क्लोज प्रयोग गर्दा बिक्रीमा तपाईको नियन्त्रण हुन्छ
07:40 अब “समापन प्रश्न” गर्ने:
07:43 “म यो सामानको बिल बनाउन लगौं?”
07:46 वा “तपाई के नगद भुक्तानी गर्नुहुन्छ कि कार्डबाट?”
07:49 वा “तपाई पुरा भुक्तानी गर्नुहुन्छ वा तपाई इन्स्टलमेन्ट स्किम प्रयोग गर्न चाहनुहुन्छ?”
07:56 एकपटकमा एउटा मात्र प्रश्न सोध्नुहोस् र ग्राहकको प्रतिक्रिया पर्खनुहोस्
08:01 एउटा प्रश्न सोध्दा सधै अलिकति तनाव हुन्छ
08:06 ग्राहकले सोचेर उत्तर नदिएसम्म धैर्य भएर कुर्नुहोस्
08:12 र क्रेतालाई
08:13 उनीहरुको रोजाई उत्कृष्ट रहेको बिश्वास दिलाउनुहोस्
08:16 र अब सेवाहरुको चर्चा गर्नुहोस्
08:19 यदि ग्राहक अनिर्णित भएमा क्रेतालाई सुन्नुहोस्
08:24 र कुराकानी गर्ने वातावरण बनाई राख्नुहोस्
08:28 यसरी स्टोर प्रोमोटर ले ग्राहकको मन जित्ने छ
08:34 यसपटक ग्राहकले खरिद नगर्न सक्छ
08:37 तर अर्को पटक उनीहरुलाई किन्ने चाहदा हुँदा फर्केर आउने छन्
08:40 यो एकदमै महत्वपूर्ण छ कि स्टोर प्रोमोटर ले ग्राहकसँग दिगो सम्बन्ध कायम गरुन जसले गर्दा उनीहरु पसलमा पछि फर्केर आऊन
08:50 मन जित्नु भनेको बिक्रेता वा स्टोर प्रोमोटर प्रति ग्राहकको सोचाई हो
08:58 यी मन जित्ने तरिकाहरु हुन्
09:01 ग्राहकको इच्छामा ध्यान दिने
09:04 ग्राहकको रोजाई पुन: सहि भएको विश्वास दिलाउने
09:07 सामानको सहि प्रयोग पक्का गर्ने
09:09 ग्राहकको गुनासोहरु सुन्ने
09:11 “ माथिका र अन्य” सेवाहरु प्रदान गर्ने
09:16 सामान खरिद गरेपछि बिल बनाउने प्रक्रिया हुन्छ
09:20 बिलिंग प्रक्रियामा ग्राहकलाई बिक्री काउन्टरबाट बिलिंग काउन्टरमा पुर्याउनुपर्छ
09:28 प्रभावकारी सेल्स प्रोमोटर हरुले कारोबार पुरा नभईकनै अन्य सामानहरुको बारेमा सुझाउने गर्छन्
09:36 थप सामानहरुको बिक्रीमा जोड दिने काम एउटा प्रोमोटरको जिम्मेवारी हो किनभने उसले नै ग्राहकसँग अन्तरक्रिया गर्छ
09:45 सामान्यत: ती सामानहरु मुख्य सामानको परिपुरकहरु हुन्छन्
09:49 उदाहरणको लागि, थप वारेन्टीहरु, थप ब्याट्रीहरु, थप स्टोरेज, कभर, एक्सेसरिजहरु आदि
10:00 ग्राहकलाई थप सामानहरु वास्तबमै एकदमै उपयोगी रहेको आश्वासन दिनुहोस्
10:05 अन्त्यमा बिल तयार गर्नुहोस्
10:08 बिल तयार भएपछि, सामान साथै यसका थप सामानहरु यसको बट्टा भित्र राखी मुस्कानका साथ हस्तान्तरण गर्नुहोस्
10:18 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
10:22 संक्षेपमा हेरौं
10:23 यो ट्युटोरियलमा हामीले ग्राहकलाई ध्यान दिएर सुन्न र ग्राहकसँग कुराकानी गर्न सिक्यौं
10:29 ग्राहकको शंका र आपत्तिहरु निवारण गर्न
10:33 ग्राहकलाई सामान र यसका सह सामग्रीहरु किन्न उत्प्रेरित गर्न सिक्यौं
10:38 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
10:44 कृपया यो डाउनलोड गरी हेर्नुहोस्
10:46 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्
10:57 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको अनुदान रहेको छ
11:04 यो ट्युटोरियल टेलिकम सेक्टर काउन्सिलको लागि सिर्जना गरिएको हो

म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागितको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya