Skill-Development--Fitter/C2/Filing-a-workpiece/Nepali

From Script | Spoken-Tutorial
Revision as of 19:19, 18 February 2015 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:00 नमस्कार, फाइलिंग अ वर्कपिस स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:10 फाइलिंग के हो?
00:12 फाइलिंग मा प्रयोग गरिने विविध टूलहरु
00:15 फाइलिंग का प्रकारहरु
00:17 एउटा वर्कपिस कसरी फाइल गर्ने
00:22 फाइलिंग गर्दा हुने साधारण गल्तिहरु
00:24 यो ट्युटोरियलको लागि हामीलाई चाहिन्छ
00:27 एउटा फाइल
00:28 'फाइल गर्नुपर्ने वर्कपिस
00:31 वर्कपिस च्याप्न बेन्च भाइस
00:34 मापनको लागि Vernier Calliper
00:37 वर्कपिसको चौकुनेपन जाँच गर्न Try Square
00:42 वर्कपिस काट्न Hack saw
00:45 वर्कपिस मा चिन्ह लगाउन Punch
00:48 र एउटा Ball pein hammer
00:51 पहिले फाइलिंग के हो हेरौं
00:54 फाइलिंग एउटा बस्तु वा एउटा वर्कपिस बाट एउटा फाइल प्रयोग गरी अनावश्यक सामग्री हटाउने कार्य हो
01:02 फाइल का प्रकारहरु आवश्यकता अनुसारका हुन्छन्
01:07 Flat फाइल, आयताकार क्रस-सेक्सनको लागि
01:11 Smooth फाइल : चिल्लो सतह पाउन
01:15 Safe edge फाइल: वर्कपिस को राइट एंगल भएको भाग फाइल गर्न
01:21 Square फाइल: वर्गाकार कुना र वर्गाकार प्वालहरु बनाउन
01:27 Half run फाइल: अर्ध-गोलाकार फाइल गर्न
01:32 Round फाइल: प्वालहरु र गोलो खोंचहरु बनाउन
01:38 अब फाइलिंग प्रक्रिया सिकौं
01:41 मलाई 5 बाइ 3 इन्च वर्कपिस चाहिएको छ
01:46 मसँग भएको बस्तु वा वर्कपिस 5 बाई 4 इन्च को छ
01:52 त्यसैले बढि हुने १ इन्च को भाग काटौं
01:58 यसको लागि वर्कपिस मा एउटा चिन्ह लगाउने बस्तु प्रयोग गरौँ
02:03 तपाई एउटा चक वा मसीलाई एउटा चिन्ह लगाउन प्रयोग गर्न सक्नुहुन्छ
02:08

चिन्ह लगाएपछि, वर्कपिस मा एउटा jenny calliper प्रयोग गरी चिन्ह लगाउ

02:15 ल, म मेरो आवश्यकता अनुसार १ इन्च भन्दा अलि कम चिन्ह लगाउदै छुँ
02:21 चिन्ह लगाएको लाइनमा पन्च गर्न एउटा punchball pein hammer प्रयोग गर्नुहोस्
02:28 यसपछि, वर्कपिस लाई Vice सँग समानान्तर राखौं
02:34 अब वर्कपिस त्यो स्थानमा राख्न यसलाई कसौं
02:38 यो हामीले वर्कपिस सजिलै काट्नलाई हो
02:42 अर्को, hack saw लिऊ र वर्कपिस बढि भाग काटौं
02:48 बढि भाग हटाएपछि, वर्कपिस पुन: मापन गरौँ
02:54 अँ, अहिले मापन मिलेको छ, मसँग 5 बाइ 3 इन्च
03:00 अब, फाइलिंग सुरु गरौँ
03:02 पहिले हामीले एउटा उपयुक्त फाइल छान्नुपर्छ
03:06 म एउटा छेऊ चिल्लो चाहन्छु त्यसैले म Smooth फाइल छान्छु
03:11 फाइल को ह्यान्डल सुरक्षित रुपमा बनाइएको पक्का गरौँ
03:16 एउटा सहि ह्यान्डल विनाको फाइल प्रयोग नगरौं
03:19 नत्र तपाईको हातमा चोट लाग्न सक्छ
03:22 तपाईले फाइलिंग गर्न सुरु गर्नु पहिले फाइल सफा गर्नुहोस्
03:27 खिया लागेको फाइल ले वर्कपिस साथै हाम्रो हातमा पनि चोट लाग्न सक्छ
03:34 ल, मैले एउटा सहि फाइल छानेको छुँ
03:38 अर्को कदम भनेको वर्कपिस लाई सुरक्षित रुपमा बेन्च भाइस मा पुन राख्ने हो
03:45 तपाई बेन्च भाइस सँग सिधा ९० डिग्री मा बस्नुहोस्
03:51 तपाईको बायाँ खुट्टा अगाडी र दायाँ खुट्टा पछाडी राख्नुहोस्
03:57 यो फाइलिंग गर्ने उत्तम स्थान हो
04:00 अब तपाईको दायाँ हातमा फाइल को ह्यान्डल राम्रोसँग समाउनुहोस
04:05 तपाईको बायाँ हातले देखाए झैँ गरी फाइल को टुप्पो समाउनुहोस्
04:10 बायाँ बूढीऔंलाले फाइल को ह्यान्डल बलियोसँग थिच्नुहोस्
04:15 अब हामी फाइलिंग सुरु गर्न तयार छौं
04:18 फाइलिंग गर्ने तीन प्रकारहरु छन्, ती हुन्:
04:21 Straight forward फाइलिंग गर्ने
04:23 ड्र फाइलिंग
04:25 डायगनल वा क्रस फाइलिंग
04:28 अब एकएक गरी तिनीहरु हेरौं
04:30 फाइल लाई वर्कपिस सतहमा लम्बाई अनुसार चलाउनुलाई Straight forward फाइलिंग भनिन्छ
04:38 यो तरिकामा, फाइलिंग गर्न फाइल बिस्तारै तल र माथि गरिन्छ
04:44 तपाई आफ्नो वर्कपिस फाइल भैरहेको देख्न सक्नुहुन्छ र बढि भएको बस्तु हटिरहेको छ
04:51 Draw फाइलिंग मा फाइल लाई आफू तिर बराबर बल लगाएर तानिन्छ
04:58 Diagonal फाइलिंग तरिकामा, फाइल वर्कपिस मा डायगनल तरिकाले चलाइन्छ
05:06 फाइल वर्कपिस को एउटा कुना देखि अर्को कुन्रा सम्म डायगनलमा चलाइन्छ
05:13 फाइलिंग गरी सकेपछि हामीले वर्कपिस सतह समतलवर्गाकार भए नभएको जाच्नु पर्छ
05:21 यसको लागि Try-SquareVernier calliper प्रयोग गरिन्छ
05:26 समतल सहि भएको पक्क गर्न देखाए जसरी वर्कपिस मा Try-square प्रयोग गर्नुहोस्
05:33 यसो वर्कपिस को ३ भिन्न स्थानहरुमा गर्नुहोस्
05:38 यसो गर्दा उज्यालो स्थानमा बस्नुहोस्
05:41 यसले प्रष्ट रुपमा समतल भएको जनाउँछ
05:44 यदि सतह नमिलेको भएमा तपाई वर्कपिसTry-square बिचमा प्रकाशका किरणहरु देख्न सक्नुहुन्छ
05:52 त्यस्ता अवस्थाहरुं तपाईले पुन: फाइल गर्नुपर्छ
05:57 अर्को हामी Try-square प्रयोग गरी वर्कपिस चौकुने भए/नभएको जाच्ने छौं
06:03 देखाए जसरि Try-square लाई वर्कपिस को कुनोमा राखौं
06:07 अब यसरी, Try-square को धारलाई वर्कपिस को धारमा छोऔं
06:14 वर्कपिस का नजिकैका धारहरु एक आपसमा ९० डिग्रीमा रहेको पक्का गरौँ
06:20 यदि छैन भने पुन: फाइल गरौँ
06:23 अब हामीले वर्कपिस को मोटाई नाप्न अर्को मापन गर्नुपर्छ
06:29 यसको लागि, हामीले एउटा Vernier calliper प्रयोग गर्नुपर्छ
06:33 देखाए जसरी वर्कपिस लाई Vernier calliper, को दाँतहरु बिच राखौं
06:38 वर्कपिस को मोटाई नापौं
06:41 अब यो प्रक्रिया वर्कपिस को विभिन्न भागहरुमा कम्तिमा तीनपटक दोहोराउनुहोस्
06:47 एकै मापन देखाएमा वर्कपिस को मोटाई बराबर भएको जनाउँछ
06:53 अब फाइलिंग गर्दा के नगर्ने सिकौं
06:57 एउटा वर्कपिस फाइल गर्दा कुनै कोणमा ढल्काउनु हुदैन
07:00 एउटा वर्कपिस को बिच भाग छोडी दुवै धारहरु मात्र फाइल गर्नु हुदैन
07:05 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
07:08 संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं
07:12 एउटा वर्कपिस मापन गर्न
07:14 वर्कपिस बढि भाग हटाउन
07:17 एउटा वर्कपिस फाइल गर्न
07:20 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया यो डाउनलोड गरी हेर्नुहोस्
07:27 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07:35 थप जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्
07:38 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:45 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
07:51 यो ट्युटोरियल नेशनल इन्स्ट्रक्टर मिडिया इन्स्टिच्युट, चेन्नईको लागि सिर्जना गरिएको हो
07:59 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र
08:03 म मन्दिरा बिदा हुदैछुँ,
08:07 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya