Ruby/C2/Variables-in-Ruby/Nepali

From Script | Spoken-Tutorial
Revision as of 11:02, 17 April 2017 by Pratik kamble (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:02 रुबी को भेरिएबल्स स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:06 यो ट्यूटोरियलमा, हामी सिक्ने छौ
00:09 एउटा भेरिएबल भनेको के हो ?रुबी मा डाइनामिक टाइपिंग
00:13 एउटा भेरिएबल घोषणा गर्न
00:15 भेरिएबल टाइपहरु बदल्न
00:18 भेरिएबलको स्कोप भनेको के हो?
00:20 भेरिएबलहरूको प्रकारहरु
00:23 यहाँ, हामी उबुन्टु लिनक्स संस्करण १२.०४रुबी १. ९.३ प्रयोग गर्दै छौ
00:32 यो ट्यूटोरियल अनुसरण गर्न, तपाईसँग लिनक्स को टर्मिनल को बारेमा ज्ञान हुनु पर्छ
00:38 तपाई irb सँग पनि परिचित हुनु पर्छ
00:41 यदि छैन भने, सान्दर्भिक ट्यूटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस्
00:47 अब, म भेरिएबल के हो वर्णन गर्ने छु
00:50 भेरिएबल एउटा मान भण्डार गर्न प्रयोग गरिन्छ
00:54 भेरिएबल एउटा रेफरेन्स हो
00:58 कृपया याद गरौ: रुबी भेरिएबल केस सेन्सेटिभ हुन्छ
01:04 भेरिएबलको नामहरु अर्थपूर्ण हुनुपर्दछ
01:07 भेरिएबलको नाममा लोअर केस अक्षरहरु, नम्बरहरू, अंडरस्कोर मात्र हुनसक्छ उदाहरण: first_name
01:20 अब डायनामिक टाइपिंग भनेको के हो?? हेरौं
01:23 ''रुबी एउटा डायनामिक टाइप गरिएको ल्यांग्वेज हो
01:27 यसको मतलब, तपाईले एउटा भेरिएबल सिर्जना गर्दा डाटा टाइप घोषणा गर्न आवश्यक छैन
01:34 रुबी इन्टरप्रेटर ले डाटा राख्ने समयमा डाटाको टाइप निर्धारण गर्छ
01:39 अब एउटा रुबी भेरिएबल कसरी घोषणा गरिन्छ हेरौ
01:45 Ctrl, Alt T कीहरू एकसाथ थिचेर टर्मिनल खोलौ
01:51 स्क्रिनमा टर्मिनल विन्डो देखिन्छ
01:55 अब, irb टाइप गरौ
01:57 Interactive Ruby सुरु गर्न इन्टर थिचौं
02:02 अब, var1 इक्वल टू 10 टाइप गरौ र इन्टर थिचौं
02:09 यहाँ, हामीले एउटा भेरिएबल var1 घोषणा गरेका छौ र यसमा एउटा मान 10 राखेका छौं
02:15 अब इन्टरप्रेटरले निर्धारण गरेको डाटाटाइप इन्टिजर हो वा होइन जाचौं
02:21 त्यसैले टाइप गरौँ, var1 dot kind_(अन्डरस्कोर)of (?)प्रश्न चिन्ह Integerइन्टर थिचौं
02:37 हामी आउटपुट true पाउने छौ
02:39 रुबी मा, हामी डानामिकली भेरिएबल टाइप परिवर्तन गर्न सक्छौं
02:44 यसो गर्न, यसमा खाली एउटा नयाँ मान राखौं
02:47 भेरिएबल var1 मा एउटा स्ट्रिंग मान राखौं
02:53 टाइप गरौ, var1 बराबर दोहोरो उद्धरणमा hello र इन्टर थिचौं
03:02 अब यसको भेरिएबल टाइप जाँच गरौँ
03:06 टाइप गरौ, var1 डट class
03:12 क्लास मेथडले भेरिएबलको क्लासको जानकारी दिन्छ, अब इन्टर थिचौं
03:20 हामी आउटपुट स्ट्रिंग प्राप्त गर्छौ
03:23 रुबी ले स्वतः भेरिएबल टाइपलाई इन्टिजर बाट स्ट्रिंग मा परिवर्तन गरेको छ
03:29 अब हामी एउटा भेरिएबलको मानलाई भिन्नै टाइपमा कसरी परिणत गर्ने सिक्नेछौ
03:35 स्लाइडमा फर्कौं
03:38 रुबी भेरिएबलका क्लासहरु मा तिनीहरुको मान एउटा भिन्न टाइपमा परिवर्तन गर्ने तरिका छ
03:45 to_i मेथड एउटा भेरिएबललाई इन्टिजर मा परिवर्तन गर्न प्रयोग गरिन्छ
03:51 to_f मेथड एउटा भेरिएबललाई फलोट पोइन्ट मानमा परिवर्तन गर्न प्रयोग गरिन्छ
03:57 to _s मेथड एउटा भेरिएबललाई स्ट्रिंग मा परिवर्तन गर्न प्रयोग गरिन्छ
04:03 to_s मेथडले एउटा आर्गुमेन्टको रुपमा नम्बर बेस लिन्छ
04:08 परिवर्तन यो नम्बर बेसमा निर्भर गर्दछ
04:12 अब, यी मेथडहरू गरेर हेरौं
04:15 टर्मिनल मा जाँऊ, पहिले टर्मिनल सफा गरौ
04:21 irb कन्सोल सफा गर्न Ctrl L थिचौं
04:25 अब टाइप गरौँ, y बराबर 20इन्टर थिचौं
04:32 यहाँ, हामीले y नामक एउटा भेरिएबल घोषणा गरेका छौ र यसमा एउटा मान 20 राखेका छौं
04:39 हामी अब to अन्डरस्कोर f मेथड प्रयोग गरि y लाई फलोटिंग पोइन्ट मानमा परिवर्तन गर्ने छौ
04:47 टाइप गरौँ, y डट to' अन्डरस्कोर fइन्टर थिचौं
04:55 हामी फ्लोट मान प्राप्त गर्नेछौ
04:57 अब,टाइप गरौँ, y डट to अन्डरस्कोर s इन्टर थिचौं
05:06 हामीले आउटपुट दोहोरो उद्धरणमा 20 प्राप्त गर्ने छौ
05:10 भेरिएबल y लाई बाइनरीमा परिवर्तन गर्न to_s मेथडमा बेस नम्बर 2 दिउँ
05:18 अघिल्लो कमान्ड पाउन अप एरो की थिचौं
05:22 टाइप गरौँ, खुल्ने ब्राकेट 2 बन्द हुने ब्राकेट र इन्टर थिचौं
05:29 हामीले आउटपुट बाईनरी मा प्राप्त गर्छौ
05:33 त्यसैगरी, तपाई भेरिएबल y लाई अक्टल वा हेक्जाडेसिमल को रुपमा परिणत गर्न सक्नु हुन्छ
05:39 त्यसको लागि नम्बर बेस 8 वा 16 मा परिवर्तन गर्नुपर्छ
05:44 हाम्रो स्लाइडमा फर्कौं
05:47 अब हामी भेरिएबल स्कोप भनेको के हो सिक्ने छौ
05:51 स्कोप ले एउटा प्रोग्राम भित्रको एउटा भेरिएबलको पहुँच हुने स्थानहरु परिभाषित गर्दछ
05:56 रुबीमा चारवटा भेरिएबल स्कोप छन्:
06:00 Local Global
06:02 Instance र
06:04 Class
06:06 हरेक भेरिएबल टाइप भेरिएबलको नामको शुरुमा एउटा विशेष अक्षरको प्रयोग गरि घोषणा गरिन्छ
06:14 $ ले ग्लोबल भेरिएबल जनाउँछ
06:18 लोअर केस अक्षरहरु र अन्डरस्कोरले एउटा लोकल भेरिएबल जनाउँछ
06:25 @ले एउटा इन्सट्यास् भेरिएबल जनाउँछ
06:29 दुई वटा @@ चिन्हहरूले एउटा क्लास भेरिएबल जनाउँछ
06:33 अपर केस अक्षरहरुले एउटाकन्सट्यांट लाई जनाउँछ
06:37 हामी यसको बारेमा बिस्तृत रुपमा अर्को ट्यूटोरियलमा चर्चा गर्नेछौं
06:42 यसरी हामी यो स्पोकन ट्यूटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेर्दा,
06:48 यो ट्यूटोरियलमा हामीले सिक्यौ
06:51 एउटा भेरिएबललाई घोषणा गर्न जस्तै var1=10
06:56 to_f, to_s मेथडहरू प्रयोग गरि भेरिएबल टाइप परिवर्तन गर्ने
07:04 विभिन्न भेरिएबल स्कोप
07:06 कार्यको रुपमा
07:08 एउटा भेरिएबल घोषणा गरौ र यसलाई अक्टलहेक्जाडेसिमल मा परिवर्तन गरौ
07:14 तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
07:17 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
07:20 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
07:24 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले :
07:27 स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
07:30 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07:34 विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
07:41 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
07:45 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:51 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
07:57 म मन्दिरा थापा बिदा हुदै छुँ, सहभागिताको लागि धन्यवाद नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble