PERL/C2/Variables-in-Perl/Nepali

From Script | Spoken-Tutorial
Revision as of 12:25, 27 June 2014 by Pratik kamble (Talk | contribs)

Jump to: navigation, search
Visual Cue
Narration
00:01 भेरीएबल्स इन् Perl स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामीले Perl का भेरीएबलहरुको बारेमा सिक्नेछौं
00:12 उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम प्रयोग गर्दै छुँ र
00:18 Perl ५.१४.२ मतलब, Perl संशोधन ५ संस्करण १४ र उपसंस्करण २
00:26 gedit Text Editor पनि प्रयोग गर्ने छु
00:30 तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
00:34 Perl का भेरीएबलहरु
00:37 भेरीएबलहरु मानहरु जस्तै स्ट्रिंग, नम्बर वा एरेहरु भण्डार गर्न प्रयोग गरिन्छ
00:44 एक पटक भेरीएबल घोषणा गरेपछि, यो स्क्रिप्टमा बारम्बार प्रयोग गर्न सकिन्छ
00:50 Scalar ले एउटा एउटा मान जनाउछ र scalar मात्र भण्डार गर्न सक्छ
00:56 $ (डलर) चिन्हको प्रयोगले Scalar variables घोषणा गरिन्छ
01:00 Variable Declaration हेरौ
01:03 भेरिएबल निम्न तरिकाले घोषणा गर्न सकिन्छ: dollar priority semicolon
01:09 Perl मा Variable को नामहरु बिभिन्न शैलीका हुन्छन्, Variable एउटा अक्षर वा अन्डरस्कोरबाट सुरु हुनुपर्छ
01:18 र अक्षर, नम्बर, अन्डरस्कोर वा तीनैवटाको संयोजनले बनेको हुनसक्छ
01:24 Perl मा Variable लाई ठूलो अक्षरमा घोषणा गरेमा यसको विशेष अर्थ हुन्छ
01:30 त्यसैले variables लाई ठूलो अक्षरमा घोषणा नगरौं
01:34 अब Terminal खोलौ र gedit variables डट pl एम्पर्स्यांड टाइप गरौ
01:44 एम्पर्स्यांड ले terminal मा कमान्ड प्रम्प्ट अनलक गर्नेछ, अब Enter थिचौं
01:50 यसले variables.pl फाईललाई gedit टेक्स्ट एडिटरमा खोल्ने छ
01:56 डट pl Perl फाईलको डिफल्ट एक्सटेन्सन हो
02:01 फाईलमा तलको टाइप गरौ dollar priority semicolonEnter थिचौं
02:10 त्यसैले, हामी भेरिएबल priority घोषणा गर्छौ
02:13 तपाईले यो प्रयोग गर्नु अघि एउटा variable घोषणा गर्न आवश्यक छैन
02:18 तपाई यसलाई आफ्नो कोडमा प्रयोग गर्न सक्नुहुन्छ
02:21 अब, भेरिएबल priority मा एउटा संख्या राखौं
02:25 यसको लागि, dollar priority स्पेस बराबर स्पेस वान अल्पविराम टाइप गरौ
02:32 Enter थिचौं
02:34 अर्को, टाइप गरौँ
02:36 print स्पेस दोहोरो उद्धरण Value of variable is: dollar priority स्ल्याश n दोहोरो उद्धरण बन्द गरौँ अल्पबिराम र इन्टर थिचौं
02:50 स्ल्याश n एउटा नयाँ लाइनको अक्षर हो
02:53 अब यो फाइल कुनै पनि स्थानमा variables.pl को रूपमा सेभ गरौ
03:02 मेरोमा, यो home/amol डिरेक्टरीमा सेभ हुनेछ, अब फाईल सेभ गरौ
03:10 अब, हामीले भर्खर बनाएको variables.pl फाईलको अनुमतिहरु बदलौ
03:18 यसो गर्न, Terminal मा टाइप गरौँ :chmod 755 variables डट pl
03:27 यसले फाइलमा पढ्ने, लेख्ने र एक्जिक्युट गर्ने अधिकारहरु दिन्छ
03:32 यो Perl' स्क्रीप्टलाई कम्पाइल गर्न Terminal 'मा
03:36 perl hyphen c variables डट pl टाइप गरौ
03:41 Hyphen c स्विचले कुनै पनि काम्पाईलेसन/सिन्ट्याक्स एरर को Perl स्क्रीप्ट कम्पाइल गर्छ
03:49 अब Enter थिचौं
03:51 यसले हाम्रो स्क्रिप्टमा कुनै सिन्ट्याक्स एरर नभएको बताउछ
03:56 अब perl variables डट pl टाइप गरी Perl स्क्रिप्ट एक्जुक्युट गरौ र Enter थिचौं
04:06 आउटपुट हाइलाईट गरि देखाइएको छ
04:10 हामी हाम्रो भेरीएबल मा एउटा स्ट्रिंग मान राख्न सक्छौं
04:15 टेक्स्ट एडिटर विन्डोमा फर्कौं
04:18 dollar priority बराबर one; को सट्टा
04:22 dollar priority बराबर एकल उद्धरणमा high टाइप गरौ
04:28 कृपया याद गर्नुहोस्, कार्य दायाँ देखि बायाँ मूल्यांकन गरिन्छ
04:34 scalar ले कुनै पनि टाइपको डाटा राख्न सक्छ चाहे त्यो एउटा स्ट्रिंग' होस् वा एउटा नम्बर
04:38 यो फाईल सेभ गरौ र फाइल कम्पाइल गर्न टाइप गरौँ, perl hyphen c variables डट pl
04:45 अब Enter गरौ
04:51 यसले हाम्रो स्क्रिप्टमा कुनै सिन्ट्याक्स एरर नभएको बताउछ
04:55 perl variables डट pl टाइप गरेर स्क्रिप्ट एक्जीक्युट गरौ र इन्टर थिचौं
05:03 आउटपुट यस्तो देखिन्छ
05:07 अब टेक्स्ट एडिटर विन्डोमा फर्कौं
05:10 तपाई एउटा दोहोरो उद्धरण भित्रको strings लाई scalars को रुपमा प्रयोग गर्न सक्नुहुन्छ
05:15 dollar priority दोहोरो उद्धरणमा String
05:19 यो फाईललाई सेभ र बन्द गरौ
05:22 अब कसरी एकभन्दा बढि variable हरु घोषणा गर्ने सिकौं
05.27 यसो गर्न, टेक्स्ट एडिटरमा नयाँ फाइल खोलौ
05.31 Terminalमा टाइप गरौँ, gedit multivar डट pl स्पेस ampersand र इन्टर थिचौं
05.42 यसले टेक्स्ट एडिटरमा multivar डट pl फाईल खोल्ने छ
05.48 अब, टाइप गरौँ
05.50 dollar firstVar comma dollar secondVar semicolonEnter थिचौं
06.00 dollar firstVar' भेरीएबलको मान dollar secondVar मा कपि गर्न, टाइप गरौँ
06.07 dollar firstVar स्पेस बराबर स्पेस dollar secondVar अल्पबिरामEnter थिचौं
06.19 यी भेरीएबलहरुमा सम्पूर्ण गणितीय कार्यहरु जस्तै जोड, घटाऊ,गुणा, भाग गर्न सकिन्छ
06.30 हामी Perl प्रयोग गरि यो कसरी गर्छौं, हेरौं
06.34 टेक्स्ट एडिटरमा जाउँ
06.36 र अब यी दुवै भेरीएबलमा 10 मान राख्न टाइप गरौँ
06.41 dollar firstVar बराबर dollar secondVar बराबर टेन अल्पबिरामEnter थिचौं
06.51 अब यी मानहरु प्रिन्ट गर्न, टाइप गरौँ
06.55 print दोहोरो उद्धरणमा firstVar: dollar firstVar and secondVar: dollar secondVar स्ल्याश n उद्धरण बन्द गरौँ, अल्पबिराम, Enter थिचौं
07.17 अब यो फाईल सेभ गरौ
07.19 अब, दुई भेरीएबलहरुमा मानहरु थपौ
07.23 यसको लागि टाइप गरौँ
07.25 dollar addition स्पेस equal to स्पेस dollar firstVar स्पेस प्लस स्पेस dollar secondVar semicolonEnter थिचौं
07.43 याद गरौ, हामीले addition भेरीएबल घोषणा गरेका छैनौं
07.47 एक पटक फेरी, addition भेरीएबलको मान प्रिन्ट गर्न,
07.53 टाइप गरौ, print दोहोरो उद्धरणमा Addition is कोलोन dollar addition स्ल्याश n दोहोरो उद्धरण पुरा गरौँ, अल्पबिराम
08.05 यो फाईल सेभ गरौ
08.07 यो फाइललाई कम्पाइल गर्न टर्मिनलमा, टाइप गरौ
08.12 perl hyphen c multivar डट pl
08.18 त्यहाँ कुनै सिनट्याक्स एरर छैन, त्यसैले, हामी स्क्रीप्ट एकजीक्युट गर्न
08.24 टाइप गरौँ, perl multivar डट pl
08.30 यसले हाइलाइट गरिएको आउटपुट देखाउछ
08.34 त्यसैगरी, घटाउ, गुणन र भाग गरेर हेरौं
08.38 मैले यहाँ कोड लेखेको छु
08.41 अब यो फाईललाई सेभ गरौ र बन्द गरौ
08.46 अब फाईल कम्पाइल गर्न टाइप गरौ
08.48 perl hyphen c multivar डट pl
08.54 त्यहाँ कुनै सिन्ट्याक्स एरर छैन
08.55 त्यसैले हामीले स्क्रिप्टलाई perl multivar डट pl को रुपमा
09.01 एक्जिक्युट गर्दा, आउटपुट यस्तो देखिन्छ
09.06 यसले हामीलाई यो ट्यूटोरियलको अन्त्यमा ल्याउँछ
09.11 यो ट्यूटोरियलमा, हामीले सिक्यौं
09.14 Perl मा scalar variables घोषणा गर्न र प्रयोग गर्न
09.18 कार्य
09.20 एउटा नम्बर variable घोषणा गरौ
09.22 यसमा 10 राखौं
09.24 घोषणा गरिएको variable प्रिन्ट गरौ
09.26 string variables घोषणा गरौ
09.29 तिनीहरुमा “Namaste ” र “India” राखौं
09.34 ती २ भेरीएबलहरु एक पछि अर्को प्रिन्ट गरौ
09.38 तलको लिन्कमा उपलब्ध भिडीयो हेर्नुहोस्
09.42 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09.45 यदि तपाइको ब्याण्डविड्थ राम्रो छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09.50 स्पोकन ट्यूटोरियल प्रोजेक्टले
09.53 स्पोकन ट्यूटोरियल्स प्रयोग गरी कार्यशाला संचालन गर्छ,
09.56 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10.01 थप जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
10.08 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
10.13 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
10.23 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
10.29 आशा छ, तपाईलाई यो Perl ट्यूटोरियल उपयोगी भयो, म मन्दिरा थापा बिदा हुदैछु
10.34 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble