PERL/C2/Functions-in-Perl/Nepali

From Script | Spoken-Tutorial
Revision as of 15:20, 17 April 2017 by Pratik kamble (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 पर्लको फंक्सन स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:06 यो ट्यूटोरियलमा, हामी सिक्नेछौ
00:10 पर्ल फंक्सन आर्गुमेंट सहितको फंक्सन
00:13 रिटर्न मानहरु' सहितको फंक्सन
00:16 यो ट्यूटोरियलमा, म प्रयोग गर्दै छु
00:18 उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम
00:22 पर्ल ५.१४.२
00:24 gedit टेक्स्ट एडिटर
00:27 तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
00:31 तपाईसँग पर्लमा भेरीएबल, कमेंट, लूप कन्डिसनल स्टेटमेन्ट र डाटा स्ट्रक्चर को आधारभूत ज्ञान हुनुपर्छ
00:41 कृपया स्पोकन ट्यूटोरियल वेबसाइटको सान्दर्भिक ट्यूटोरियल हेर्नुहोस्
00:47 हामी पहिले केहि सामान्य पर्ल फंक्सन हेर्ने छौ
00:51 पर्लमा subroutines' पनि भनिने फंक्सन लाई, सब कीवोर्ड सहित घोषणा गरिन्छ
00:57 घोषणा गरेको फंक्सनको परिभाषा कर्ली ब्राकेटहरु बीच लेखिएको छ
01:03 यो फंक्सन ले कुनै आर्गुमेंट लिदैन
01:07 र यसले केहि फर्काउने छैन
01:10 याद गरौँ: फंक्सन को परिभाषा स्क्रीप्टको कुनै पनि ठाउँ वा अर्को मोड्युल मा लेख्न सकिन्छ
01:17 अनि यो मोड्युल फंक्सनमा प्रयोग गर्न स्क्रीप्टमा समावेश गर्नुपर्छ
01:24 स्क्रीप्टमा मोड्युल समावेश गर्न, निम्न सिनट्याक्स प्रयोग गर्नुपर्छ
01:31 use ModuleFileName semicolon
01:35 एउटा नमुना प्रोग्राम प्रयोग गरेर यो बुझौ
01:39 तपाईको टेक्स्ट एडिटरमा फाईल खोल्नुहोस् र यसको नाम simpleFunction dot pl राखौ
01:46 यहाँ मेरो simpleFunction dot pl फाईल gedit मा छ
01:51 स्क्रिनमा देखिएको कोड टाइप गरौ
01:55 यहाँ, हामी परिभाषित गरेको फंक्सन कल गर्दैछौं
02:00 त्यसपछि, एक्जिक्युट कन्ट्रोल त्यो फंक्सन मा पठाईनेछ
02:06 यो फंक्सन को घोषणा र परिभाषा हो
02:10 यो फंक्सन ले दिएको टेक्स्ट प्रिन्ट गर्ने छ
02:14 आफ्नो फाईल सेभ गरौ
02:17 अनि टर्मिनलमा जाँऊ र पर्ल स्क्रीप्ट एक्जिक्युट गर्न टाइप गरौ
02:24 perl simpleFunction dot pl
02:28 र इन्टर थिचौं
02:30 टर्मिनलमा आउटपुट देखिने छ
02:38 अब, आर्गुमेंट सहितको फंक्सन हेरौ
02:44 यो फंक्सन एउटा नमुना प्रोग्राम प्रयोग गरेर बुझौ
02:48 टेक्स्ट एडिटरमा एउटा फाईल खोलौ र यसको नाम functionWithArgs dot pl राखौ
02:57 यहाँ gedit मा मेरो functionWithArgs स्क्रीप्ट छ
03:02 स्क्रीनमा देखिएको निम्न कोड टाइप गरौ
03:07 यहाँ, हामी आर्गुमेंट 1020 सहितको फंक्सन कल गर्दै छौ
03:13 पठाएको आर्गुमेंटहरु $var1 $var2 मा बस्नेछ
03:20 @_ विशेष पर्ल भेरीएबल हो, हामी आगामी ट्यूटोरियलमा यसलाई विस्तृत रुपमा हेर्नेछौं
03:29 यो फंक्सन ले २ भेरिएबलहरु जोड्ने काम गर्छ र नतिजा प्रिन्ट गर्छ
03:37 फाईल सेभ गरौ
03:42 @_ एउटा विशेष पर्ल एरे हो
03:46 यो एरे पठाएको आर्गुमेंटहरु भण्डार गर्न प्रयोग गरिन्छ
03:51 त्यसैगरी, हामी भेरिएबल मा पठाएको आर्गुमेटहरु यसरी पाउन सक्छौं
03:56 $var1 space = space shift @_ semicolon
04:04 $var2 स्पेस= स्पेस शिफ्ट @_ सेमिकोलन
04:12 शिफ्ट@_ ले @_एरेबाट पहिलो स्थानको एलिमेन्ट हटाउछ
04:21 र यसलाई एउटा भेरिएबल मा राख्छ
04:24 अर्को तरिका हो, $var1 स्पेस = स्पेस dollar underscrore ओपन स्क्वार ब्राकेट जिरो क्लोज स्क्वार ब्राकेट सेमिकोलन
04:38 $var2 स्पेस = स्पेस dollar underscrore ओपन स्क्वार ब्राकेट 1 क्लोज स्क्वार ब्राकेट सेमिकोलन
04:49 माथि उल्लेखित तरिका इन्डेक्स प्रयोग गरि @_ array को एलिमेन्ट खोज्ने जस्तै छ
04:59 अब टर्मिनलमा जाँऊ र स्क्रीप्ट एक्जिक्युट गर्न टाइप गरौँ
05:06 perl functionWithArgs dot plEnter थिचौं
05:14 स्क्रीनमा आउटपुट देखिएको छ
05:23 अब, एउटा मान फर्काउने फंक्सन हेरौ
05:32 सोहि एउटा नमुना प्रोग्राम प्रयोग गरेर बुझौ
05:35 gedit को funcWithSingleRtrnVal dot pl मा जाँऊ
05:46 आफ्नो टेक्स्ट एडिटरमा फाईल खोलौ र देखिएको निम्न कोड टाइप गरौ
05:52 यहाँ, हामी प्यारामिटरहरु 10 र 20 सहितको addVariables फंक्सन कल गर्दै छौ
06:01 फंक्सन को रिटर्न मान $addition variable मा रहनेछ
06:09 यो फंक्सनले पठाएका प्यारामिटरहरु जोड्छ र नतिजा फर्काउनेछ
06:15 फाईल सेभ गरौ
06:17 अब स्क्रीप्ट एक्जिक्युट गरौ
06:20 ल, टर्मिनलमा जाँऊ र टाइप गरौ
06:24 perl funcWithSingleRtrnVal dot pl र इन्टर थिचौं
06:35 टर्मिनलमा यस्तो आउटपुट देखिन्छ
06:43 अब, एउटा एक भन्दा बढि मानहरु फर्काउने फंक्सन हेरौं
06:48 एउटा नमुना प्रोग्रामको प्रयोग गरेर सोको बारेमा बुझौ
06:53 gedit मा, मैले फाईल खोलेको छु र यसको नाम funcWithMultipleRtrnVals dot pl राखौ
07:04 कृपया, आफ्नो टेक्स्ट एडिटरमा यस्तै गरौ
07:08 अब, देखाएको निम्न कोड टाइप गरौ
07:13 यहाँ, हामीले प्यारामिटरहरु 10 र 20 सहितको addVariables फंक्सन कल गर्दै छौ
07:21 फंक्सनको रिटर्न मानहरु भेरिएबलहरु $var1, $var2 र $addition मा भण्डार हुनेछन
07:31 यो फंक्सनले योगफल निकाल्नेछ र पठाएको प्यारामिटर र नतिजा फर्काउनेछ
07:42 यो उदाहरणले हामी कसरी फंक्सन बाट एरे फर्काउन सक्छौं देखाउँछ
07:53 त्यसैगरी, यसले कसरी फंक्सनबाट ह्याश' फर्काउन सकिन्छ देखाउँछ
08:00 फाईल सेभ गरौ
08:03 अब टर्मिनलमा पर्ल स्क्रीप्ट एक्जिक्युट गर्न टाइप गरौँ
08:10 perl funcWithMultipleRtrnVals dot pl
08:18 र इन्टर थिचौं
08:20 टर्मिनलमा आउटपुट देखिएको छ
08:32 पर्ल मा विभिन्न इन्बिल्ट फंक्सनहरु उपलब्ध छन्
08:36 हामीले केहि अघिल्लो ट्यूटोरियलमा सिक्यौ, जस्तै - Arrays, Hash, sort, scalar, each, keys आदि
08:49 इन्बिल्ट फंक्सन कल गर्नु हामीले परिभाषित गरेको अन्य कुनै पनि फंक्सनहरु कल गरे जस्तै हो
08:57 जस्तै: sort open bracket @arrayName close bracket semicolon
09:04 हामीले प्रयोग गरेको नमुना प्रोग्राममा केहि इन्बिल्ट फंक्सनहरु समेट्ने प्रयास गरौ
09:10 र तिनीहरुको आउटपुट हेरौ
09:13 संक्षेपमा
09:15 यो ट्यूटोरियलमा, हामीले सिक्यौ -
09:17 पर्लका फंक्सन
09:19 आर्गुमेंट सहितको फंक्सन
09:22 नमुना प्रोग्राम प्रयोग गरि फंक्सनको रिटर्न मानहरु
09:27 यहाँ तपाईको लागि कार्य छ -
09:29 आर्गुमेंटहरु लिने एउटा फंक्सन लेखौ
09:33 यी आर्गुमेंटहरु मा केहि कार्य गरौ
09:37 आर्गुमेंटहरु मा गरेको कार्यको परिणाम फर्काउनुहोस र सो प्रिन्ट गरौ
09:43 तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
09:47 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09:51 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09:56 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
10:02 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10:07 विस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
10:14 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
10:19 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
10:28 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ - स्पोकन हाइफन ट्यूटोरिअल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो
10:40 आशा छ, तपाईलाई यो Perl ट्यूटोरियल उपयोगी भयो
10:43 म मन्दिरा बिदा हुदैछुँ
10:46 सहभागिताको लागि धन्यवाद, नमस्कार!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble