PERL/C2/Conditional-statements/Nepali

From Script | Spoken-Tutorial
Revision as of 14:33, 17 April 2017 by Pratik kamble (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:01 पर्लको if एण्ड if-else conditional स्टेटमेन्ट स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:07 यो ट्यूटोरियलमा, हामी सिक्ने छौ:
00:09 if स्टेटमेन्ट र
00:11 पर्लमा if-else स्टेटमेन्ट म उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र पर्ल ५.१४.२ प्रयोग गर्दै छु
00:20 gedit Text Editor पनि प्रयोग गर्ने छु
00:24 तपाई आफ्नो रोजाईको कुनैपनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
00:28 तपाईसँग पर्लको VariableComment को आधारभूत ज्ञान हुनुपर्छ
00:33 Perl मा forforeach, while र do-while लूपहरूको ज्ञान थप फाइदाजनक हुनेछ
00:40 कृपया सान्दर्भिक स्पोकन ट्यूटोरियलको लागि स्पोकन ट्यूटोरियल वेबसाइटमा जानुहोस्
00:45 पर्लमा निम्न कन्डिसनल स्टेटमेन्टहरु उपलब्ध छन्-
00:49 'if'if-else
00:51 if-elsif-else
00:53 switch यो ट्यूटोरियलमा, हामी if If-else स्टेटमेन्टहरुको बारेमा चर्चा गर्ने छौं
00:59 Perl मा if' स्टेटमेन्ट
01:01 कुनै निश्चित कन्डिसन सहि भएमा एउटा कोडको अंश एक्जिक्युट गर्न प्रयोग गरिन्छ
01:07 if कन्डिसनल स्टेटमेन्टको सिनट्याक्स निम्ननानुसार छ
01:11 if स्पेस खुल्ने ब्राकेट, condition ब्राकेट बन्द गरौँ, स्पेस, ओपन कर्ली ब्राकेट
01:19 Enterकन्डिसन सहि हुदाँ एक्जिक्युट गर्नुपर्ने कोड, सेमीकोलन
01:25 Enter, कर्ली ब्राकेट बन्द गरौ
01:29 if स्टेटमेन्ट भित्रको कोड कन्डिसन सहि भएमा मात्र एक्जिक्युट हुनेछ
01:36 अब if स्टेटमेन्टको एउटा उदहारण हेरौ
01:40 टर्मिनल खोलौ र टाइप गरौ
01:43 gedit conditionalBlocks dot pl स्पेस&(ampersand )
01:49 Enter थिचौं
01:52 यसले gedit मा conditionalBlocks.pl फाइल खोल्ने छ
01:57 स्क्रिनमा देखाए जस्तै कोड टाइप गरौ
02:02 यहाँ, हामीले 'if को कन्डिसन उल्लेख गरेका छौं, जसले भेरिएबल काउन्ट जाँच गर्छ
02:09 यहाँको equal to equal to चिन्ह याद गरौँ, यो comparison अपरेटर हो
02:15 कन्डिसन $count equal to equal to 5 भेरिएवलको काउन्टको मान अनुसार जाँच गरिन्छ
02:23 जब यो 5 बराबर हुन्छ, if ब्लक अन्तर्गतको कोड एक्जिक्युट हुनेछ
02:28 अब, फाइल save गर्न ctrl+s थिचौं
02:32 अनि टर्मिनलमा जाउँ
02:36 तपाई आफु फाइल सेभ गरेको डिरेक्टरीमा भएको पक्का गर्नुहोस्
02:41 कुनैपनि कम्पाईलेसन वा सिनट्याक्स एरर जाँच गर्न तलको टाइप गरौ
02:46 perl hyphen c conditionalBlocks dot pl
02:53 Enter थिचौं
02:55 टर्मिनल विन्डोमा निम्न लाइन देखिने छ
02:59 conditionalBlocks.pl syntax OK
03:04 त्यहाँ कम्पाईलेसन वा सिनट्याक्स एरर नभएकोले हामी पर्ल स्क्रीप्ट एक्जुक्युट गर्न टाइप गर्छौं
03:10 perl conditionalBlocks dot pl
03:14 Enter थिचौं
03:16 निम्न आउटपुट टर्मिनलमा देखिने छ
03:19 I am inside if statement
03:23 पुन gedit मा जाउँ
03:26 वैकल्पिक रुपमा, हामी माथिको if स्टेटमेन्ट यसरी लेख्न सक्छौं
03:31 print स्पेस दोहोरो उद्धरणमा I am inside if statement स्ल्यास n दोहोरो उद्धरण बन्द गरौँ स्पेस if ब्राकेट खोलौं dollar count space equal to equal to space 5 ब्राकेट बन्द गरौँ, सेमीकोलन
03:57 अब, if-else स्टेटमेन्ट हेरौ
04:01 यो स्टेटमेन्ट युजरले एक्जिक्युट गर्न चाहेको समयमा प्रयोग गरिन्छ
04:06 कन्डिसन सहि भएमा कोडको एउटा अंश
04:09 र कोड गलत भएमा कोडको अर्को अंश
04:13 if-else कन्डिसनको सिनट्याक्स निम्न अनुसार छ
04:17 if स्पेस ओपन ब्राकेट condition क्लोज ब्राकेट स्पेस, ओपन कर्ली ब्राकेट, Enter थिचौं
04:27 कोडको अंश सेमीकोलन
04:29 जुन if कन्डिसन सहि भएमा एक्जिक्युट हुन्छ
04:32 Enter थिचौं
04:34 कर्ली ब्राकेट बन्द गरौ, स्पेस else स्पेस कर्ली ब्राकेट खोलौं, इन्टर थिचौं
04:41 अर्को कोडको अंश सेमीकोलन
04:43 जुन कन्डिसन गलत भएमा एक्जिक्युट हुनेछ
04:47 Enter थिचौं, कर्ली ब्राकेट बन्द गरौँ
04:51 अब फेरी, हामीले पहिले नै gedit मा बनाएको conditionalBlocks.pl फाइलमा जाउँ
04:58 काउन्ट भेरिएवलमा 4 राखौ अनि if ब्लकको अन्त्यमा स्पेस टाइप गरौ
05:07 else
05:09 स्पेस कर्ली ब्राकेट खोलौ Enter थिचौं
05:14 print स्पेस दोहोरो उद्धरणमा I am inside else statement slash n दोहोरो उद्धरण बन्द गरौँ, सेमीकोलन
05:30 Enter थिचौं र कर्ली ब्राकेट बन्द गरौँ
05:34 यहाँ, भेरिएवल $count मा 4 राखिएको छ
05:38 तर count भेरिएवलको मान 5 सँग मेल खादैन
05:43 त्यसैले if ब्लक अन्तर्गतको कोड एक्जिक्युट हुने छैन
05:47 त्यसको सट्टा else ब्लक अन्तर्गतको कोड एक्जिक्युट हुनेछ
05:52 अब फाइल सेभ गर्न Ctrl+S थिचौं
05:56 अब टर्मिनलमा जाउँ
05:59 र कम्पाईलेसन वा सिनट्याक्स एरर जाच्नका लागि perl hyphen c conditionalBlocks dot pl टाइप गरौ
06:11 अब, Enter थिचौं
06:13 तलको लाइन टर्मिनलमा देखिने छ
06:17 conditionalBlocks.pl syntax OK
06:20 त्यहाँ कुनै कम्पाईलेसन वा सिनट्याक्स एरर नभएकोले हामी अब पर्ल स्क्रीप्ट एक्जिक्युट गर्नेछौं
06:27 टाइप गरौ, perl conditionalBlocks dot pl
06:33 Enter थिचौं
06:35 टर्मिनलमा निम्न आउटपुट देखिने छ
06:39 I am inside else statement
06:44 संक्षेपमा हेरौं
06:46 यो ट्यूटोरियलमा, हामीले सिक्यौ -
06:49 पर्लमा if
06:50 if-else कन्डिसनल स्टेटमेन्ट
06:53 नमुना प्रोग्रामहरूको प्रयोगले
06:55 यहाँ तपाईको लागि कार्य छ -
06:57 “It is an open source language” प्रिन्ट गरौ
07:01 जब घोषणा गरेको भेरिएवलको मान 'Perl' हुनेछ
07:04 नत्रभने “It's a proprietary language” प्रिन्ट गरौ
07:08 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
07:11 यसले स्पोकन ट्यूटोरियल प्रोजेक्ट सार दिन्छ
07:15 यदि तपाइको ब्याण्डविड्थ राम्रो छैन भनेडाउनलोड गरि हेर्न सक्नुहुन्छ
07:20 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले
07:22 स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
07:26 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07:31 थप जानकारीका लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
07:37 स्पोकन टुउटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
07:42 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:50 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ - स्पोकन हाइफन ट्यूटोरिअल डट ओआरजी स्ल्यास NMEICT हाइफन इन्ट्रो
08:00 आशा छ, तपाईलाई यो पर्ल ट्यूटोरियल उपयोगी रह्यो
08:04 म मन्दिरा थापा बिदा हुदैछु
08:06 सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble