PERL/C2/Array-functions/Nepali

From Script | Spoken-Tutorial
Revision as of 14:43, 17 April 2017 by Pratik kamble (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:01 पर्लको Array Functions स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:06 यो ट्यूटोरियलमा, हामीले पर्लमा Array functions बारे सिक्ने छौ, जस्तै
00:11 push pop
00:12 shift
00:14 unshift split
00:16 splice join
00:18 sort qw
00:20 उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र Perl ५.१४.२ प्रयोग गर्दै छुँ
00:28 gedit टेक्स्ट एडिटर पनि प्रयोग गर्ने छुँ
00:32 तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
00:36 तपाईसंग पर्लको भेरीएबल, डाटा स्ट्रक्चर एरे को आधारभूत ज्ञान हुनुपर्छ
00:43 कमेंट, लूप कन्डिसनल स्टेटमेन्टको ज्ञान थप उपयोगी हुनेछ
00:48 कृपया सान्दर्भिक ट्युटोरियलको लागि स्पोकन ट्यूटोरियल वेबसाइटमा हेर्नुहोस्
00:54 पर्ल मा निश्चित इनबिल्ट फंक्सन हरु उपलब्ध छन्
00:57 यी functions ले एरेमा विभिन्न कार्य गर्न सक्छन्
01:02 पहिले, एरेको अन्तिम स्थानबाट एलिमेंट थप्न र हटाउन सिकौ
01:08 यो यसरी गर्न सकिन्छ;
01:10 push फंक्सन जसले एरेको अन्तिम स्थानमा एलिमेन्ट थप्छ
01:15 पप फंक्सन जसले एरेको अन्तिम स्थानबाट एलिमेन्ट हटाउछ
01:21 एउटा नमुना प्रोग्राम प्रयोग गरेर pushpop फंक्सनको बारे बुझौ
01:26 टर्मिनल खोलौ र टाइप गरौँ, gedit perlArray dot pl space ampersand
01:33 इन्टर थिचौं
01:36 यसले gedit मा perlArray dot pl फाईल खोल्ने छ
01:41 स्क्रीनमा देखिएको कोड टाइप गरौ
01:45 यहाँ, हामीले लम्बाई ३ भएको एरे घोषणा गरेका छौ
01:50 push फंक्सन ले यो एरेको अन्तिम स्थानमा एलिमेन्ट इन्सर्ट गर्नेछ मतलब 3 पछि
01:57 जबकि, पप फंक्सन ले एरेको अन्तिम स्थानबाट एलिमेन्ट हटाउने छ
02:04 हाम्रो केसमा, एरेबाट 4 हटाइनेछ
02:08 फाईल सेभ गर्न Ctrl + S थिचौं
02:11 push फंक्सन ले २ आर्गुमेंटहरु लिन्छ-
02:14 '' push फंक्सन' को पहिलो आर्गुमेन्ट एरे हो, जसमा एलिमेन्ट थपिन्छ
02:20 दोस्रो आर्गुमेन्ट एरे मा पठाउने एलिमेन्ट हो
02:25 पप फंक्सन को सिनट्याक्स निम्न अनुसार छ
02:29 पप फंक्सन ले एउटा मात्र आर्गुमेन्ट लिन्छ
02:32 यो एरे हो जसबाट एउटा एलिमेन्ट' हटाउनु पर्नेछ
02:36 याद गरौँ: यी दुवै फंक्सनहरुले एरे को अन्तिम स्थान मा काम गर्छन्
02:41 पप फंक्सन ले हटाएको एलिमेन्ट अर्को भेरिएबल मा भण्डार गर्न सकिन्छ
02:46 यसको सिनट्याक्स $भेरिएबल स्पेस = स्पेस पप ओपन ब्राकेट @myArray क्लोज ब्राकेट
02:57 अब टर्मिनलमा जाँऊ र पर्ल स्क्रीप्ट एक्जिक्युट गरौ
03:01 टाइप गरौ, perl perlArray dot pl र इन्टर थिचौं
03:07 आउटपुट टर्मिनलमा देखिएको छ
03:11 अब, Array को पहिलो स्थान मा कसरी एलिमेन्ट थप्ने र त्यहाँबाट कसरी हटाउने हेरौ
03:18 यो यसरी गर्न सकिन्छ
03:20 unshift फंक्सन जसले एरे को पहिलो स्थानमा एलिमेन्ट थप्छ
03:25 shift फंक्सन - जसले एरे को पहिलो स्थानबाट एलिमेन्ट हटाउछ
03:31 यसलाई एउटा नमुना प्रोग्राम प्रयोग गरी बुझौ
03:35 म मैले पहिले नै सिर्जना गरेको perlArray dot pl फाईल खोल्ने छुँ
03:39 स्क्रीनमा देखिएको निम्न कोड टाइप गरौ
03:43 unshift फंक्सनले पहिलो स्थानमा एलिमेन्ट इन्सर्ट गर्नेछ मतलब 1 अगाडी
03:52 shift फंक्सनले पहिलो स्थानबाट एलिमेन्ट हटाउने छ
03:57 अहिलेको अवस्थामा, जिरो हट्ने छ
04:00 फाईल सेभ गर्न Ctrl + S थिचौं
04:03 unshift फंक्सन ले दुई आर्गुमेंट हरु लिन्छ -
04:06 पहिलो आर्गुमेन्ट एरे हो जसमा एलिमेन्ट थप्नुपर्नेछ
04:10 दोस्रो आर्गुमेन्ट एलिमेन्ट हो जुन एरे मा थप्नुपर्ने हो
04:15 shift फंक्सन ले एक मात्र आर्गुमेन्ट लिन्छ
04:18 यो आर्गुमेंट एलिमेन्ट' हटाउनु पर्ने एरे हो
04:22 याद गरौँ: यी दुवै फंक्सनहरुले एरे को पहिलो स्थान मा काम गर्छ
04:27 हामी shift फंक्सन ले हटाएको एलिमेन्ट अर्को भेरिएबलमा जम्मा गर्न सक्छौ
04:33 यसको लागि यो सिनट्याक्स छ - $भेरिएबल स्पेस = स्पेस shift ओपन ब्राकेट@myArray क्लोज ब्राकेट
04:44 अनि टर्मिनलमा जाँऊ र पर्ल स्क्रीप्ट एक्जिक्युट गरौ
04:48 टाइप गरौँ, perl perlArray dot pl र इन्टर थिचौं
04:54 टर्मिनलमा देखिएको हाइलाइट गरिएको आउटपुट छ
04:59 अब एउटा एरे को निश्चित स्थानबाट एलिमेन्ट कसरी हटाउने हेरौ
05:05 splice फंक्सन ले एरेको एउटा निश्चित स्थानबाट एलिमेन्ट हटाउछ
05:11 यो फंक्सन'को रिटर्न मान भनेको हटाइएको एलिमेंटहरुको एरे हो
05:17 यो एउटा नमुना प्रोग्राम प्रयोग गरेर बुझौ
05:21 हामीले पहिले नै सिर्जना गरेको perlArray dot pl फाइलमा जाँऊ
05:26 स्क्रीनमा देखिएको कोड टाइप गरौ
05:30 हामीले एलिमेंट हरु हटाउन चाहेको स्थानमा इन्डेक्स दिनु पर्छ
05:35 हामी offset सम्म एलिमेन्ट हटाउन चाहन्छौ
05:39 यो अवस्थामा, एलिमेन्ट 5 र 6 हट्ने छन्
05:44 अनि टर्मिनल' मा जाँऊ र पर्ल स्क्रीप्ट एक्जिक्युट गर्न टाइप गरौँ
05:49 perl perlArray dot pl र इन्टर थिचौं
05:55 टर्मिनलमा आउटपुट देखिएको छ
05:59 अब, एरे को अन्य केहि inbuilt function हरुमा हेरौ
06:04 split function एउटा string लाई निश्चित delimiter को विभाजन गर्न प्रयोग गरिन्छ
06:10 यो फंक्सन को रिटर्न मान एरे हो
06:14 यो एरे को एलिमेन्ट हरु string को विभाजित खण्डहरु हुन्
06:19 join फंक्सन ले तोकिएको delimiter प्रयोग गरि एरे को एलिमेन्टहरु जोड्छ
06:25 यसले जोडिएको एलिमेंटहरुको स्ट्रिंग फिर्ता गर्छ
06:28 'सर्ट फंक्सन ले वर्ण क्रमानुसार/ संख्यात्मक क्रममा एरे सर्ट गर्छ
06:34 ' qw फंक्सन ले white space ले छुट्याएको शब्दहरुको एरे फिर्ता गर्छ
06:40 अब एउटा नमुना प्रोग्राम प्रयोग गरेर यी सबै 'फंक्सन हरुको बारेमा बुझौ
06:45 टर्मिनल मा जाँऊ र टाइप गरौ
06:48 gedit arrayFunctions dot pl space ampersand र इन्टर थिचौ
06:55 स्क्रीनमा देखिएको निम्न कोड टाइप गरौ
07:00 यो अवस्थामा, variable string को प्रत्येक शब्दहरु एउटा एरे को एलिमेन्ट हुनेछ
07:07 यहाँ, newArray को हरेक एलिमेन्ट कमा ले जोडिने छ
07:12 सर्ट फंक्सन ले एरेको एलिमेन्टहरु वर्ण क्रमानुसार राख्छ
07:19 qw फंक्सन ले स्पेसले छुट्याएको शब्दहरुको Array सिर्जना गर्छ
07:25 हरेक फंक्सन को बारेमा बुझौ
07:28 ' split फंक्सन ले दुई आर्गुमेंट हरु लिन्छ
07:31 पहिलो आर्गुमेंट स्ट्रिंग टुक्राउने delimiter हो
07:36 दोस्रो टुक्राउन पर्ने string हो
07:39 Delimiter जनाउन फरवार्ड स्ल्याश, एकल वा दोहोरो उद्धरण प्रयोग गर्न सकिन्छ
07:45 join फंक्सन ले दुई आर्गुमेंटहरु लिन्छ
07:48 पहिलो delimiter हो जसले Array एलिमेन्टहरु जोड्नुपर्ने छ
07:53 दोस्रो 'एरे हो
07:55 Delimiter, एकल वा दोहोरो उद्धरण मा जनाउन सकिन्छ
07:58 ' sort फंक्सन ले एकल आर्गुमेन्ट लिन्छ जुन क्रममा राख्नुपर्ने एरे हो
08:05 qw फंक्सन ले स्पेसले छुट्याएको शब्दहरुको एरे दिन्छ
08:11 यदि qw प्रयोग गरिएको छ भने शब्दहरुलाई उद्धरण मा राख्नु आवश्यक छैन
08:17 अनि टर्मिनलमा जाँऊ र पर्ल स्क्रीप्ट एक्जिक्युट गर्न टाइप गरौ
08:23 perl arrayFunctions dot pl
08:26 र इन्टर थिचौं
08:29 स्क्रिनमा निम्न आउटपुट देखिएको छ
08:33 संक्षेपमा हेरौं यो ट्यूटोरियलमा, हामीले सिक्यौ
08:36 एरेमा एलिमेंट थप्न वा हटाउन
08:40 नमुना प्रोग्रामहरु प्रयोग गरि एरेमा उपलब्ध आधारभूत फंक्सनहरु
08:46 यहाँ तपाईको लागि कार्य छ
08:48 script.spoken-tutorial.org/index.php/Perl
08:54 माथिको स्ट्रिंगलाई '/ ' (स्ल्याश) delimiter ले स्प्लीट गरौ
08:59 नयाँ सिर्जना गरेको एरेको सुरुमा https:// थपौ
09:06 एरेबाट एलिमेन्ट “Perl” हटाऊ
09:09 नम्बर एरे घोषणा गरौ र यसलाई सर्ट गरौँ
09:12 तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
09:15 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09:19 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09:24 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
09:30 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:34 बिस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
09:40 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
09:44 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
09:51 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ - स्पोकन हाफन ट्यूटोरिअल डट अर्ग स्ल्यास NMEICT हाइफन इन्ट्रो
10:02 आशा छ, तपाईलाई यो Perl ट्यूटोरियल उपयोगी भयो
10:04 म मन्दिरा बिदा हुदैछुँ
10:06 सहभागिताको लागि धन्यवाद!!नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble