Netbeans/C2/Handling-Images-in-a-Java-GUI-Application/Nepali

From Script | Spoken-Tutorial
Revision as of 17:24, 17 April 2017 by Pratik kamble (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:01 नमस्कार सबैलाई Handling Images in a Java GUI Application using Netbeans IDE ट्युटोरियलमा स्वागत छ
00:10 हामी तपाईसँग नेटबिन्समा काम गर्ने आधारभूत ज्ञान भएको मान्छौं
00:15 हामी यो पनि मान्छौं कि तपाईलाई एउटा JFrame फर्म मा टेक्स्ट फिल्ड, बटन र मेनुहरु आदि राख्ने ज्ञान छ
00:22 यदि छैन भने सान्दर्भिक ट्यूटोरियलको लागि कृपया स्पोकन ट्युटोरियल वेबसाइटमा हेर्नुहोस्
00:29 यो ट्युटोरियलमा, हामी इमेज ह्यान्डलिंग विस्तारमा सिक्ने छौ
00:34 र एउटा नमुना GUI एप्लीकेसनमा तिनीहरुको कार्य गर्ने छौं
00:39 यो देखाउन म लिनक्स अपरेटिंग सिस्टम उबुन्टु ११.०४ संस्करण र नेटबिंस IDE ७.१.१ प्रयोग गर्दै छु
00:52 जाभा एप्लिकेसनमा इमेजहरु प्रयोग गर्ने स्ट्याण्डर्ड तरिका भनेको getResource() मेथड प्रयोग गर्ने हो
00:59 हामी तपाईको एप्लिकेसनमा इमेजहरु समाबेस गराउने कोड उत्पादन गर्न IDE को GUI बिल्डर कसरी प्रयोग गर्ने सिक्ने छौ
01:07 र एउटा Jlabel सहितको इमेज देखाउने एउटा सरल Jframe बनाउने छौ
01:13 यो ट्युटोरियलमा, हामी सिक्ने छौं
01:15 एप्लीकेसन फर्म सिर्जना गर्न
01:18 इमेजको लागि एउटा प्याकेज थप्न
01:20 लेबलमा इमेज देखाउन
01:22 माउस-इभेन्टस् र पप-अप्स बनाउन
01:25 एप्लीकेसन बनाउन र रन गर्न
01:28 अब हाम्रो नमुना एप्लीकेसन बनाउन IDE मा जाऊ
01:33 फाईल मेनुबाट, न्यु प्रोजेक्ट छानौं
01:37 Categories अन्तर्गत, Java छानौं र 'Projects अन्तर्गत Java Application छानौं र Next मा क्लिक गरौ
01:46 Project Name फिल्डमा, ImageDisplayApp. टाइप गरौ
01:54 Create Main Class चेकबक्स खाली गरौँ
01:58 Set as Main Project चेकबक्स छानिएको पक्का गरौँ
02:03 Finish मा क्लिक गरौ, तपाईको IDE मा प्रोजेक्ट बनेको छ
02:08 यो खण्डमा हामी Jframe फर्म बनाउने छौ र एउटा Jlabel फर्ममा थप्ने छौं’
02:14 पहिले Jframe फर्म बनाऊ
02:17 Projects विन्डोमा, ImageDisplayApp नोड़ विस्तार गरौँ
02:23 Source Packages नोड़मा राइट क्लिक गरौ र New, Jframe form छानौं
02:30 Class Name फिल्डमा, ImageDisplay टाइप गरौ
02:37 Package फिल्डमा, org.me.myimageapp टाइप गरौ
02:45 Finish मा क्लिक गरौ
02:48 अब Jlabel थपौ
02:52 IDE को दायाँ Palette मा Label छानौं र यसलाई Jframe तिर तानौं
03:01 अहिलेका लागि, तपाईको फर्म यस्तो देखिनु पर्छ
03:06 जब तपाई एउटा एप्लीकेसनमा इमेजहरु वा अन्य स्रोतहरु प्रयोग गर्नुहुन्छ, मुख्यत तपाई स्रोतको लागि एउटा छुट्टै जाभा प्याकेज बनाउनु हुन्छ
03:15 तपाईको लोकल फाईल सिस्टममा, एउटा प्याकेज एउटा फोल्डर सम्बन्धित हुन्छ
03:19 Projects विन्डोमा, org.me.myimageapp नोड़मा राइट क्लिक गरौ र New > Java Package छानौ
03:30 New Package Wizard मा, org.me.myimageapp मा .resources थपौ
03:40 त्यसैले अब नयाँ प्याकेजलाई org.me.myimageapp.resources भनिन्छ
03:47 Finish मा क्लिक गरौ
03:49 Projects विन्डोमा, तपाईले इमेज थपे पछि तपाईले इमेज org.me.myimageapp.resources प्याकेज भित्र देख्नुपर्छ
03:59 यो एप्लीकेसनमा, इमेज एउटा Jlabel कम्पोनेन्ट भित्र इम्बेड हुनेछ
04:04 अब लेबलमा इमेज थपौं
04:08 GUI designer मा, तपाईले आफ्नो फर्ममा थपेको लेबल छानौ
04:14 Properties विन्डोमा, प्यालेट मुनि, विन्डोको दाहिनेको Icon प्रोपर्टी स्क्रोल गरौ
04:23 ellipsis (…) वा दाहिने तिरको तीन डटहरुमा क्लिक गरौ
04:30 Icon Property डाइलग बक्समा,Import to Project मा क्लिक गरौ
04:34 फाइल चुजरमा, तपाईले प्रयोग गर्न चाहेको इमेज रहेको फोल्डरमा जानुहोस्
04:42 Next मा क्लिक गरौ
04:45 विजार्डको Select Target Folder पेजमा, Resources फोल्डर छान्नुहोस्
04:49 Finish क्लिक गरौ
04:52 तपाईले Finish मा क्लिक गरेपछि, IDE ले इमेज तपाईको प्रोजेक्टमा कपी गर्छ
04:57 तसर्थ, जब तपाईले एप्लीकेसन बनाउनुहुन्छ र रन गर्नुहुन्छ, इमेज डिस्ट्रिबुटेबल JAR फाइलमा समावेश हुन्छ
05:07 यहाँ OK क्लिक गरौ
05:11 र तपाईको प्रोजेक्ट नोड़मा राइट क्लिक गरौ र Clean and Build विकल्प छानौ
05:18 तपाई अब Files मेनुमा जान सक्नुहुन्छ र build फोल्डरको
05:29 dist फोल्डर भित्र, तपाईको jar फाइल देख्न सक्नुहुन्छ
05:33 यसले इमेज प्रयोग गर्न इमेजमा रहेको कोडले इमेज डिस्प्ले गर्छ
05:38 यसले तपाईको फर्मको Design भ्युको लेबलमा पनि तपाईको इमेज पनि प्रर्दशन गर्दछ
05:43 अहिले, तपाई फर्मको आकृति सुधार्न केहि सरल कार्यहरु पनि गर्न सक्नुहुन्छ
05:48 Properties विन्डोको Text प्रोपर्टी छानौ
05:56 jLabel1 मेटौं
06:04 त्यो मान लेबलको डिस्प्ले टेक्स्टको रुपमा GUI बिल्डर ले उत्पादन गरेको थियो
06:10 तथापि, तपाई लेबलको प्रयोग टेक्स्ट प्रदर्शनको लागि गर्दै हुनुहुन्छ न कि इमेज प्रदर्शन गर्न
06:15 त्यसैले यो टेक्स्ट आवश्यक छैन
06:18 अब फर्ममा लेबल केन्द्रिकृत गर्न यसलाई तानौं
06:26 GUI Designer को Source ट्याबमा क्लिक गरौँ
06:30 Generated Code नामक लाइनमा तल स्क्रोल गरौँ
06:33 GUI Designer ले उत्पादन गरेको कोड डिस्प्ले गर्न Generated Code लाइनको बायाँको प्लस चिन्हमा क्लिक गरौँ
06:42 यहाँ कीलाइन यो हो
06:49 तपाईले jLabel1को आइकन प्रोपर्टीको लागि Property editor प्रयोग गर्नु भएकोले IDE ले setIcon मेथड बनाएको छ
06:57 त्यो मेथडको प्यारामिटरमा getResource() मेथडको कल रहेको छ जसमा एउटा बेनाम भित्री क्लासको ImageIcon हुन्छ
07:10 इमेज थपिए पछि, Design भ्युमाको इमेजमा राइट क्लिक गरौ
07:19 Events > Mouse > mouseClicked मा क्लिक गरौ
07:24 भ्यु Source मोडमा जान्छ
07:28 यहाँ तपाईं एउटा माउस क्लिकमा तपाईको कार्य अनुकूलित गर्ने कोड थप्न सक्नुहुन्छ
07:33 GUI मा इमेज क्लिक गर्दा pop-up उत्पन्न गर्न केहि लाइन कोडहरु थपौं [pause]
08:00 मैले पप- अप उत्पन्न गर्न केहि लाइन कोडहरु इन्टर गरेको छुँ
08:05 पहिले मैले पप- अपको लागि एउटा नयाँ Jframe सिर्जना गरेको छुँ
08:12 र मैले डिफल्ट क्लोज अपरेसन सेट गरेको छुँ
08:15 अनि अन्ततः pop-up को लागि टेक्स्ट उपलब्ध गराइएको छ
08:24 यी कोडका लाइनहरु थपिसकेपछि, फाइलको सुरुमा दुई स्टेटमेन्टहरु थपी आवश्यक प्याकेजहरू इम्पोर्ट गरौ
08:36 टाइप गरौँ: import javax.swing.*;
08:45 import java.awt.*; (डट स्टार)
08:53 यसले यो प्रोग्रामको लागि आवश्यक प्याकेजहरु इम्पोर्ट गर्ने छ
08:59 अब एप्लीकेसन बनाऊ र रन गरौ
09:02 हामीले इमेज प्रयोग गर्न र देखाउन कोड बनाएका छौं
09:07 इमेज प्रयोग भएको निश्चित गर्न एप्लीकेसन बनाऊ र रन गरौ
09:12 पहिले, हामीले प्रोजेक्टको Main class सेट गर्न आवश्यक छ
09:16 तपाईले Main class सेट गर्दा IDE लाई प्रोजेक्ट रन गर्दा कुन क्लास रन गर्ने थाहा हुन्छ
09:21 साथै, यसले एप्लीकेसन विल्ड गर्दा JAR फाइलमा Main class एलिमेन्ट उत्पादन भएको निश्चित गर्छ
09:33 यहाँ प्रोजेक्टस विन्डोको ImageDisplayApp प्रोजेक्ट Node मा राइट क्लिक गरौ र Properties छानौ
09:41 Project Properties डाइलग बक्स देब्रे तिरको Run खण्ड छानौ
09:47 Main Class फिल्ड सँगैको Browse बटनमा क्लिक गरौ
09:51 org.me.myimageapp.ImageDisplay छानौ र Select Main Class मा क्लिक गरौ
10:01 यहाँ OK गरौँ
10:05 अब Project node मा राइट क्लिक गरौ र Clean & Build छानौ
10:11 तपाईले Files विन्डोमा एप्लीकेसनमा Build प्रोपर्टीहरु देख्न सक्नुहुन्छ
10:20 Build फोल्डरमा कम्पाइल गरिएका क्लासहरु हुन्छन्
10:23 dist फोल्डरमा एक्जिक्युट गर्न सकिने JAR फाइल रहन्छन् जसमा कम्पाइल गरिएको क्लास र इमेजहरु छन्
10:32 अब टूलबारबाट Run छानौ
10:34 हाम्रो आउटपुट विन्डो इमेज संगै खुल्छ
10:39 म अब यो इमेजमा क्लिक गर्ने छु
10:42 र तपाई पप-अप माथि देख्न सक्नुहुन्छ जसले इमेजको विवरण देखाउछ
10:50 अबको समय हो कार्यको
10:54 यो ट्युटोरियलमा प्रदर्शन गरे जस्तै चारवटा इमेजहरु सहितको अर्को GUI सिर्जना गरौ
11:01 प्रत्येक इमेजको लागि भिन्न इभेन्टहरू उल्लेख गरौँ जस्तै keyboard इभेन्ट, mouse-motion इभेन्ट, mouse-click इभेन्ट, mouse-wheel इभेन्ट
11:12 मैले पहिले नै कार्य बनाएको छु
11:17 कार्य प्रोजेक्ट रन गरौ
11:20 तपाईको कार्य यस्तो देखिनुपर्छ
11:26 मैले यहाँ मेरो कार्यको लागि कीबोर्ड इभेन्टहरु र माउस इभेन्टहरु बनाएको छु
11:34 ल अब संक्षेपमा
11:36 हामीले एउटा Jframe फर्म बनाएको छौ
11:39 इमेजको लागि एउटा प्याकेज थप्यौ
11:41 लेबलमा इमेज पनि देखायौं
11:44 र माउस इभेन्ट र पप-अपहरु पनि बनायौ
11:49 स्क्रीनमा देखाइएको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
11:53 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
11:56 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि यसलाई हेर्न सक्नुहुन्छ
12:02 स्पोकन ट्यूटोरियल प्रोजेक्टले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
12:07 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
12:11 विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
12:19 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
12:23 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
12:30 यो मिशन सम्बन्धि थप जानकारी spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ
12:42 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
12:46 सहभागी हुनुभएकोमा धन्यवाद, नमस्कार!!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble