Linux/C3/The-sed-command/Nepali

From Script | Spoken-Tutorial
Revision as of 13:01, 14 September 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 sed - the stream editor स्पोकन ट्युटोरियलमा स्वागत छ
00:05 यो ट्युटोरियलमा, हामी sed कमाण्डको प्रयोग सिक्ने छौं
00:11 यो हामी केहि उदाहरणहरु प्रयोग गरि हेर्ने छौं
00:14 यो ट्युटोरियल रेकर्ड गर्न,
00:16 म ’’’उबुन्टु लिनक्स’’’ संस्करण १२.०४ ‘’’अपरेटिंग सिस्टम’’’ र GNU BASH संस्करण ४.२.२४ प्रयोग गर्दै छु
00:26 यो ट्युटोरियल अभ्यास गर्न तपाईलाई GNU bash संस्करण ४ वा माथिको सिफारिस गरिन्छ
00:34 पूर्वाधारको रुपमा
00:36 तपाईलाई लिनक्स टर्मिनलको आधारभूत ज्ञान हुनुपर्छ
00:39 सान्दर्भिक ट्युटोरियलको लागि, कृपया तलको हाम्रो वेबसाइटमा हेर्नुहोस्
00:45 sed को परिचय सँगै सुरु गरौँ
00:48 sed एउटा स्ट्रिम एडिटर हो
00:51 sed ले एउटा फाइलको निश्चित स्थानमा टेक्स्टको प्याटर्न पत्ता लगाउछ
00:58 यसले केहि प्रदर्शन वा सम्पादन कार्य गर्दछ
01:02 सम्पादन कार्यहरु जस्तै मेल खाने टेक्स्टहरुमा इन्सर्ट गर्ने, प्रतिस्थापन गर्ने, मेट्ने आदि
01:10 पहिले केहि उदाहरणहरु सहित सुरु गरौ
01:13 हामी sed कमाण्ड प्रयोग गरि कसरी प्रिन्ट गर्ने हेर्नेछौं
01:19 मैले होम डिरेक्टरी को एउटा seddemo.txt नामक फाइल कल गरेको छुँ
01:24 यसको सामग्री हेरौं
01:26 यो फाइलमा, हामीसँग केहि इन्ट्रीहरु छन् जस्तै रोल नम्बर, नाम, संकाय, अंक, पास वा फेल र भत्ता रकम
01:39 अब, मानौ हामी फाइलको दोस्रो लाइन प्रिन्ट गर्न चाहन्छौ
01:44 यसको लागि, हामीले टर्मिनल खोल्नुपर्छ, कीबोर्डको CTRL+ ALT र T कीहरु एकसाथ थिचौं
01:53 अब टाइप गरौ
01:55 sed स्पेस एकल उद्धरण भित्र ‘2p’ एकल उद्धरण पछि स्पेस seddemo.txt
02:03 इन्टर थिचौ
02:06 यहाँ 2 ले स्थान जनाउँछ जुन दोस्रो लाइन हो
02:11 p ले कार्य सङ्केत गर्छ जुन printing (p) हो
02:16 अब आउटपुट हेरौ
02:18 यसले सम्पूर्ण फाइल देखाउँछ तर याद गरौँ, दोस्रो लाइन दुई पटक प्रिन्ट भएको छ
02:25 यो p को डिफल्ट व्यवहार हो
02:29 दोस्रो लाइन मात्र प्रिन्ट गर्न
02:31 टाइप गरौ
02:33 sed स्पेस -n स्पेस (एकल उद्धरण भित्र) 2p एकल उद्धरण पछि स्पेस seddemo.txt
02:44 इन्टर थिचौ
02:46 हामी दोस्रो लाइन मात्र प्रिन्ट भएको देख्छौं
02:51 -n ले ‘silent mode’ जनाउँछ जसले सम्पूर्ण अनावश्यक आउटपुटहरु हटाउने छ
02:58 अनि हामीले सम्पादन वा देखाउन चाहेको संकायको स्थान दिन्छौ
03:03 हामी दोस्रो लाइन छान्न चाहन्छौ
03:07 p ले हामीले गर्न चाहेको कार्य जनाउँछ मतलब दोस्रो लाइन प्रिन्ट गर्ने
03:12 र फाइलको नाम seddemo.txt हो
03:18 यो सेड कमाण्डको सामान्य सिन्ट्याक्स हो
03:21 अब फाइलको अन्तिम लाइन प्रिन्ट गरौ
03:26 प्रम्प्ट सफा गरौँ
03:29 अब टाइप गरौ
03:32 sed स्पेस -n स्पेस एकल उद्धरण भित्र (डलर) $p एकल उद्धरण पछि स्पेस seddemo.txt
03:42 इन्टर थिचौ
03:43 हामी अन्तिम लाइन प्रिन्ट भएको देख्छौं
03:49 अब टेक्स्ट एडिटरमा फर्कौं
03:51 मानौं, हामी तेस्रो देखि छैटो सम्मको इन्ट्रीहरु प्रिन्ट गर्न चाहन्छौ
03:57 यसको लागि, हामी टर्मिनलमा लेख्छौं:
04:00 sed स्पेस -n स्पेस एकल उद्धरण भित्र 3 (कमा) ,6p’ उद्धरण पछि स्पेस seddemo.txt
04:14 इन्टर थिचौ
04:16 आउटपुट तेस्रो लाइन देखि छैटो लाइन सम्म देखिएको छ
04:21 कार्यको अगाडी उद्गार चिन्ह प्रयोग गरि कुनै पनि कार्य उल्टाउन सकिन्छ
04:28 मानौं, हामीलाई तेस्रो देखि छैटौं बाहेकका सबै लाइनहरु प्रिन्ट गर्नुपर्ने छ, हामी टाइप गर्छौं

sed स्पेस -n स्पेस एकल उद्धरण भित्र ‘3 (कमा) ,6 (उद्गार चिन्ह) !p

04:44 एकल उद्धरण पछि स्पेस seddemo.txt
04:51 इन्टर थिचौ
04:53 आउटपुट यस्तो देखिन्छ
04:56 हाम्रो स्लाइडमा फर्कौ
04:58 लाइन एड्रेसिंग र कन्टेक्स्ट एड्रेसिंग
05:03 अहिलेसम्म, हामीले कार्य गर्नुपर्ने फाइलका लाइनहरु तोकेका छौं
05:09 यसलाई लाइन एड्रेसिंग भनिन्छ
05:12 एड्रेस लाइन नम्बरहरुले उल्लेख गरिन्छ
05:15 यो एड्रेसिंगको गर्ने एउटा तरिका हो
05:18 एड्रेसिंग गर्ने अर्को तरिका भनेको Context addressing हो
05:22 कुनै निश्चित कन्टेक्स्ट रहेका लाइनहरुले एउटा निश्चित शब्द जनाउँछ
05:28 यदि हामी एउटा निश्चित शब्द भएको लाइनहरूमा कार्य गर्न चाहन्छौ भने हामी कन्टेक्स्ट एड्रेसिंग प्रयोग गर्छौ
05:36 नियमित एक्सप्रेसन प्रयोग गर्न सकिन्छ
05:39 एउटा उदाहरण हेरौ
05:42 हाम्रो एडिटरमा फर्कौं
05:44 मानौं, हामी computers शब्द भएका लाइनहरु प्रिन्ट गर्न चाहन्छौ
05:50 हाम्रो टर्मिनलमा फर्कौं
05:53 अब टाइप गरौ
05:54 sed स्पेस -n स्पेस एकल उद्धरण भित्र स्ल्याश खुल्ने स्क्वायर ब्राकेट [ सानो c ठूलो C] (बन्द हुने स्क्वायर ब्राकेट ) omputers/p एकल उद्धरण पछि स्पेस seddemo.txt
06:20 इन्टर थिचौ
06:23 हामी देख्छौं, computers शब्द भएका लाइनहरु देखापरेका छन्
06:28 हामी स्क्वायर ब्राकेटहरु भित्र प्याटर्न लेख्छौ
06:31 यो स्क्वायर ब्राकेटहरु भित्रको अक्षरहरु मध्येको कुनै एक वा दुवै मिलाउन हो
06:36 हामीले प्याटर्नहरु मिलाउन प्याटर्न स्ल्याशहरु बीच टाइप गर्नुपर्ने हुन्छ
06:43 हामी यसलाई ‘’’w’’’ विकल्प प्रयोग गरेर फाइलमा पनि प्रिन्ट गर्न सक्छौं
06:50 यसको लागि टाइप गरौ
06:52 sed स्पेस -n स्पेस एकल उद्धरण भित्र स्ल्याश खुल्ने स्क्वायर ब्राकेट [सानो c ठूलो C] बन्द हुने स्क्वायर ब्राकेट omputers/w स्पेस computer_student.txt उद्धरण पछि स्पेस seddemo.txt
07:18 इन्टर थिचौ
07:21 अब, सबै मिल्ने लाइनहरु computer_student.txt फाइलमा सारिने छन्
07:27 computer_student को सामग्री हेरौ
07:31 टाइप गरौँ: cat स्पेस computer_student.txt
07:38 इन्टर थिचौ
07:42 हामीले इन्ट्रीहरु देख्छौं
07:43 तपाई विभिन्न फाइलहरु लेख्न प्याटर्नहरु प्रयोग गर्न सक्नुहुन्छ
07:50 प्रम्प्ट सफा गरौँ
07:52 टाइप गरौँ: sed स्पेस -n स्पेस -e स्पेस एकल उद्धरण भित्र स्ल्यास ‘/electronics/w स्पेस electro.txt’ एकल उद्धरण पछि -e स्पेस एकल उद्धरण भित्र स्ल्यास ‘/civil/w स्पेस civil.txt’ एकल उद्धरण पछि स्पेस seddemo.txt
08:24 इन्टर थिचौ
08:28 यहाँ, -e एक भन्दा बढी तरिकाहरू जोड्न प्रयोग गरिन्छ
08:34 यसले दुई वटा फाइलहरु electro.txtcivil.txt बनाउने छ
08:41 तिनीहरुको सामग्री हेर्न, टाइप गरौ:
08:43 cat स्पेस electro.txt
08:49 यसले इलेक्ट्रोनिक्स शब्द भएका इन्ट्रीहरु देखाउने छ
08:54 सिभिल फाइलको सामग्री हेरौ
08:58 टाइप गरौ, cat स्पेस civil.txt
09:01 इन्टर थिचौ
09:03 यसले सिभिल शब्द भएका इन्ट्रीहरु प्रदर्शन गर्नेछ
09:08 हामी अर्को ट्युटोरियलमा केहि थप कमाण्डहरुको सेट हेर्ने छौ
09:12 म उही प्रोग्राम प्रयोग गर्ने छु
09:14 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
09:18 हाम्रो स्लाइडमा फर्कौ
09:20 संक्षेपमा हेरौं
09:22 यो ट्युटोरियलमा हामी सिक्यौ, sed
09:25 सेड प्रयोग गरि प्रिन्ट गर्न
09:26 लाइन एड्रेसिंग
09:27 कन्टेक्स्ट एड्रेसिंग
09:30 कार्यको रुपमा
09:32 उही टेक्स्ट फाइल seddemo.txt प्रयोग गरौ
09:35 छैटौं देखि बार्हौं लाइन सम्मका रेकर्ड प्रिन्ट गर्नुहोस्
09:40 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
09:42 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09:46 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09:51 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
09:53 स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
09:55 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10:00 विस्तृत जानकारीको लागि, कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
10:07 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
10:11 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
10:18 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
http://spoken-tutorial.org\NMEICT-Intro
10:25 म मन्दिरा थापा बिदा हुदैछु, सहभागिताको लागि धन्यवाद !!!

Contributors and Content Editors

Mandira, PoojaMoolya