Linux/C3/The-grep-command/Nepali

From Script | Spoken-Tutorial
Revision as of 12:51, 14 September 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 grep कमाण्डको स्पोकन ट्युटोरियलमा स्वागत छ
00:05 यो ट्युटोरियलमा, हामी grep कमाण्डको बारे सिक्ने छौ
00:09 हामी यसो गर्न केहि उदाहरणहरु प्रयोग गर्ने छौं
00:11 यो ट्युरोरियल रेकर्ड गर्न, म प्रयोग गर्दै छु
00:15 ’’’उबुन्टु लिनक्स १२.०४‘’’ अपरेटिंग सिस्टम’’’
00:20 GNU BASH संस्करण ४.२.२४
00:24 याद गरौ, यो ट्युटोरियल अभ्यास गर्न GNU bash संस्करण ४ वा माथिको सिफारिस गरिन्छ
00:32 पूर्वाधारको रुपमा, तपाईलाई लिनक्स टर्मिनल को आधारभूत ज्ञान हुनुपर्छ
00:36 सान्दर्भिक ट्युटोरियलको लागि, कृपया हाम्रो वेबसाइट हेर्नुहोस्
00:41 पहिले, नियमित एक्सप्रेसनहरुको जानकारी लिउँ
00:45 नियमित एक्सप्रेसनहरु एउटा प्याटर्न मिलाउने तरिकाहरु हुन्
00:50 जब हामीले एउटा प्याटर्न लाइन, प्याराग्राफ वा फाइलमा छ/छैन पत्ता लगाउनु पर्ने हुन्छ
00:56 उदाहरणको लागि, यदि तपाई टेलिफोन डिरेक्टरीमा एउटा फोन नम्बर खोज्न चाहनुहुन्छ
01:02 वा एउटा अनुच्छेद वा एउटा लाइनमा, कुनै किवर्ड पत्ता लगाउन, हामी grep command प्रयोग गर्ने छौ, ‘’’grep’’’ मा जाऊँ
01:11 grepले एक वा बढि लाइन, अनुच्छेद वा फाइलमा एक वा बढि प्याटर्नको खोजी गर्छ
01:17 यदि फाइलको नाम उल्लेख गरिएको छैन भने grep ले स्ट्यान्डर्ड इनपुटमा प्याटर्न खोज्छ
01:23 यदि फाइलको नाम थाहा भएन भने grep ले स्ट्यान्डर्ड इनपुटमा प्याटर्न खोज्छ
01:30 म एउटा grepdemo.txt नामक डेमो फाइल प्रयोग गरि grep को प्रयोग देखाउने छुँ
01:37 फाइलको सामग्री हेरौं
01:40 यो फाइलमा १३ इन्ट्रीहरु छन्
01:44 हरेक इन्ट्रीमा ६ वटा फिल्डहरु छन्, रोल नम्बर, नेम, स्ट्रिम, मार्क्स र स्टाइपंड एमाउन्ट
01:52 फिल्डहरु एउटा बारले छुट्याएको छ जसलाई delimiter भनिन्छ
01:56 grep ले कसरी काम गर्छ हेरौं
02:00 मानौं, हामी computers स्ट्रिमका विद्यार्थीहरू हेर्न grep command प्रयोग गर्न चाहन्छौ
02:07 यसको लागि, हामीले terminal खोल्नुपर्छ
02:10 त्यसैले, तपाईको किबोर्डको CTRL+ALT र T कीहरु एकसाथ थिच्नुहोस्
02:16 अब terminal मा टाइप् गरौ :
02:18 ’’’grep स्पेस दोहोरो उद्धरण भित्र computers दोहोरो उद्धरण पछि स्पेस grepdemo .txt
02:27 इन्टर थिचौ
02:28 यसले ती इन्ट्रीहरु सुचिकृत गर्ने छ जसको computers स्ट्रिम छ
02:33 अब परिणाम मूल फाइलसँग तुलना गरौ
02:37 हाम्रो टेक्स्ट एडिटरमा फर्कौ
02:40 हामी देख्छौं Zubin को इन्ट्री सूचीकृत गरिएको छैन
02:45 त्यसो किन भयो?
02:46 यो किनभने grep ले सानो c भएको “computers” प्याटर्न खोज्यो
02:52 तर Zubin मा स्ट्रिम “Computers” मा ठुलो C
02:57 प्याटर्न मिलाउने काम case sensitive हुन्छ
03:00 यसलाई case’ इनसेंसिटिभ बनाउन, हामीले grep कमाण्ड सँगै minus i' विकल्प प्रयोग गर्नुपर्छ
03:06 हाम्रो टर्मिनलमा फर्कौ, अनि टाइप गरौँ grep स्पेस माइनस i स्पेस दोहोरो उद्धरण भित्र “computers” दोहोरो उद्धरण पछि स्पेस grepdemo.txt
03:20 इन्टर थिचौ
03:21 यसले अब सबै चार इन्ट्रीहरु सूचिकृत गर्ने छ
03:25 हामीgrep ले दिएको प्याटर्नसँग मिल्ने फाइलको लाइन मात्र सुचिकृत गरेको देख्छौं
03:32 हामी उल्टो पनि गर्न सक्छौ
03:34 grep ले प्याटर्नसँग नमिल्ने इन्ट्रीहरु मात्रै सुचिकृत गर्न सकिन्छ
03:40 त्यसको लागि, हामीसँग minus v विकल्प छ
03:43 मानौं, हामी पास नभएका विद्यार्थीहरुको इन्ट्री सुचिकृत गर्न चाहन्छौ
03:48 हामी यो नतिजा अर्को फाइलमा पनि भण्डार गर्न सक्छौं
03:52 यसको लागि टाइप गरौँ grep स्पेस माइनस iv स्पेस दोहोरो उद्धरण भित्र pass दोहोरो उद्धरण पछि स्पेस grepdemo.txt स्पेस ग्रेटर द्यान चिन्ह स्पेस notpass.txt
04:11 इन्टर थिचौ
04:12 फाइलको सामग्री हेर्न टाइप गरौँ: cat स्पेस notpass.txt
04:20 इन्टर थिचौ
04:21 आउटपुट यस्तो देखिन्छ
04:24 अब prompt मा टाइप गरौ
04:26 grep स्पेस माइनस i स्पेस दोहोरो उद्धरण भित्र fail' दोहोरो उद्धरण पछि स्पेस grepdemo.txt
04:37 इन्टर थिचौ
04:38 यो फरक छ
04:41 यसमा अनुतीर्ण विद्यार्थीहरू समावेश हुने छन् तर तिनीहरुको नतिजा अपूर्ण हुन्छ
04:46 यदि हामी सुचिकृत इन्ट्रीहरु भएको फाइलमा लाइन नम्बर देख्न चाहन्छौं भने हामीसँग minus n विकल्प छ
04:54 prompt खाली गरौ
04:58 अब टाइप गरौ, "grep स्पेस -in स्पेस दोहोरो उद्धरण भित्र "fail" दोहोरो उद्धरण पछि स्पेस grepdemo.txt
05:09 इन्टर थिचौ
05:11 लाइन नम्बर देखिएको छ
05:15 हालसम्म प्याटर्नहरु एक शब्दका रहेका छन्
05:18 हामी एक भन्दा बढि शब्दका प्याटर्न पनि प्रयोग गर्न सक्छौं
05:21 तर पुरै प्याटर्न उद्धरण भित्र हुनुपर्छ
05:24 त्यसैले टाइप गरौँ: grep स्पेस माइनस i स्पेस दोहोरो उद्धरण भित्र ankit स्पेस saraf दोहोरो उद्धरण पछि स्पेस grepdemo.txt
05:38 इन्टर थिचौ
05:40 हामी Ankit Saraf' को रेकर्ड देख्छौं
05:44 हामीले एक भन्दा बढी फाइलहरुमा प्याटर्न पाउन सक्छौ
05:48 यसको लागि टाइप गरौँ: grep स्पेस माइनस i स्पेस दोहोरो उद्धरण भित्र fail दोहोरो उद्धरण पछि स्पेस grepdemo.txt स्पेस notpass.txt
06:03 'इन्टर ‘ थिचौ
06:04 आउटपुट यस्तो देखिन्छ
06:07 एक भन्दा बढि फाइलहरु मा grep ले इन्ट्री फेला पारेको फाइलको नाम लेख्नेछ

grepdemo.txtnotpass.txt

06:18 यिनीहरु notpass.txt फाइलका रेकर्डहरु हुन् र यिनीहरु grepdemo.txt फाइलका रेकर्डहरु हुन्
06:26 मानौ, हामी मिल्ने संख्या वा गिन्ती मात्र जान्न चाहन्छौ
06:31 त्यसको लागि, हामीसँग minus c विकल्प छ
06:35 त्यसैले टाइप गरौँ: grep स्पेस माइनस c स्पेस दोहोरो उद्धरण भित्र Fail ठूलो F दोहोरो उद्धरण पछि स्पेस grepdemo.txt
06:48 इन्टर थिचौ
06:50 यसले मिल्ने लाइनहरुको संख्या को गणना दिने छ
06:55 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
06:59 संक्षेपमा हेर्दा
07:01 यो ट्युटोरियलमा, हामीले सिक्यौ
07:03 फाइलको सामग्री हेर्न
    • उदाहरण cat filename
07:07 एउटा निश्चित स्ट्रिमको इन्ट्रीहरु सुचीकृत गर्न
    • उदाहरण grep “computers” grepdemo.txt
07:14 *अवस्थाहरुमा ध्यान नदिन
    • उदाहरण grep -i “computers” grepdemo.txt
07:21 *प्याटर्नसँग नमिल्ने लाइनहरु
    • उदाहरण grep -iv “pass” grepdemo.txt
07:30 *इन्ट्रीहरुसहित लाइन नम्बरहरु सुचीकृत गर्न
    • उदाहरण grep -in “fail” grepdemo.txt
07:38 *अर्को फाइलमा नतिजा भण्डार गर्न
    • उदाहरण grep -iv “pass” grepdemo.txt > notpass.txt
07:50 र *गणना थाहा पाउन
    • उदाहरण grep -c “Fail” grepdemo.txt
07:57 एउटा कार्यको रुपमा,
07:58 केहि अन्य कमाण्डहरु जस्तै -E, + र ? को जानकारी लिउँ
08:04 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
08:06 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
08:10 यदि तपाईसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
08:14 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
08:16 स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
08:19 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
08:23 विस्तृत जानकारीको लागि, कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
08:30 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
08:33 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
08:40 यो मिशनमा थप जानकारी उपलब्ध छ: http://spoken-tutorial.org\NMEICT-Intro
08:45 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागी हुनुभएकोमा धन्यवाद!!!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble