Linux/C2/Basic-Commands/Nepali

From Script | Spoken-Tutorial
Revision as of 12:19, 11 September 2013 by Mandira (Talk | contribs)

Jump to: navigation, search
Time Narration
0:00 प्यारा साथीहरु, लिनक्स अपरेटिंग सिस्टमको स्पोकन ट्युटोरीयलमा स्वागत छ
0:05 यो ट्युटोरीयलमा, हामी केहि बेसिक कमाण्डहरु सिक्नेछौ
0:10 म उबुन्टु १०.०४ प्रयोग गर्दैछु
0:12 हामी मान्दछौं कि तपाइलाई लिनक्स अपरेटिंग सिस्टम सुरु गर्ने ज्ञान छ
0:17 यदि तपाइ चाहनुहुन्छ भने यो अर्को ट्युटोरीयलमा उपलब्ध छ, वेबसाइट http://spoken-tutorial.org
0:26 यो ट्युटोरीयलमा, हामी कमाण्डहरु के हुन् र कमाण्ड इन्टरप्रेटर के हो जान्नेछौँ
0:33 अनि हामी लिनक्समा म्यान कमाण्ड प्रयोग गरि कसरी हेल्प पाउने सिक्नेछौं
0:39 अब पहिलो प्रश्न छ, "कमाण्डहरु के हुन्?"
0:43 सरल भाषामा भन्दा लिनक्स कमाण्डहरु ती शब्दहरु हुन जसलाई टाइप गरेपछि केहि कार्य हुन्छ
0:52 लिनक्स कमाण्ड कहिल्यै पनि ४ अक्षर भन्दा बढिको हुदैन, जस्तै ls, who, ps आदि
0:59 कमाण्डहरु लोअर केसमा हुन्छन र तिनीहरु केस संबेदनशील हुन्छन, एउटा उदाहरण हेरौं
1:05 एप्लिकेसन मेनुमा जाऊ
1:08 accessories छान्नुहोस् र उपलब्ध विकल्पबाट टर्मिनलमा क्लिक गर्नुहोस
1:14 वा टर्मिनल विन्डो खोल्न तपाइको किबोर्डको कन्ट्रोल अल्ट टि थिच्नुहोस्
1:20 हामी एउटा prompt ($) देख्न सक्छौं र यसको संगै एउटा ब्लिंकिंग कर्सर पनि, यो त्यहीँ ठाउँ हो जहाँ हामीले कमाण्ड टाइप गर्नुपर्छ
1:29 who टाइप गर्नुहोस र इन्टर गर्नुहोस
1:34 हामी लग्ड इन् युजरको नाम देख्न सक्छौं, साच्चिकै भन्दा हामीले एउटा who भन्ने कमाण्ड एक्जिक्युट गर्यौ जसले सिस्टममा लग्ड इन् भएका हरुलाई देखाउछ
1:47 तर कुन एन्टीटिले खाली केहि अक्षरभन्दा बढि नभएका यी कमाण्डहरु कार्यमा बदलिरहेका छन?
1:54 यो कमाण्ड इन्टरप्रेटरको काम हो, जसलाई शेल पनि भनिन्छ
1:59 हामी शेललाई यसरी परिभाषित गर्न सक्छौं, एउटा प्रोग्राम जसले हामी र लिनक्स सिस्टम बीचको इन्टरफेसको काम गर्छ
2:08 र हामीलाई अपरेटिंग सिस्टममा एक्जिक्युट गर्न पर्ने कमाण्डहरु इन्टर गर्न दिन्छ
2:13 लिनक्समा एक भन्दा बढि शेल इन्स्टल गर्न सकिन्छ, जसलाई बिभिन्न युजरले आफ्नो इच्छा अनुसार छान्न सक्छन
2:22 लिनक्समा, स्ट्याण्डर्ड शेल जुन /bin/sh को रुपमा इन्स्टल हुन्छ त्यसलाई bash भनिन्छ, टूलहरुको GNU सुइटको
GNU Bourne-Again SHell हो
2:35 हामीले यो ट्युटोरीयलमा हेर्ने कमाण्डहरु जेनेरिक हुनेछन र प्राय केहि बदलाब सहितका लिनक्स शेलहरुमा रन हुन् सक्छ
2:44 तथापि, हामी यस ट्युटोरीयलमा हामी देखाउनको लागि शेलको रुपमा ब्यास प्रयोग गर्दैछौं
2:51 यो किनभने ब्यास सबैभन्दा चर्चित शेल हो र प्राय सबै UNIXमा चल्छ
2:58 अन्य शेलहरुमा Bourne shell छ जुन मूल Unix शेल हो, C शेल र कर्न शेल
3:08 हामीले कुन शेल प्रयोग गरिरहेको छौं हेर्न.
3:11 टर्मिनलमा जानुहोस र कमाण्ड echo स्पेस dollar($) क्यापिटलमाSHELL टाइप गर्नुहोस र इन्टर गर्नुहोस
3:27 प्राय आउटपुट /bin/bash हो जसले हामीलाई ब्यास शेल दिन्छ
3:34 त्यहाँ विभिन्न शेलहरु एक्टिभेट गर्ने तरिकाहरु रहेका छन, तिनीहरुको अर्को एडभान्स्ड ट्युटोरीयलमा जानकारी गराइनेछ
3:42 कमाण्डहरु वास्तवमा प्रोग्राम भएको फाइल हो,जो प्राय Cमा लेखिएको हुन्छ
3:47 यी फाइलहरु डाइरेक्टरीमा रहन्छन, एउटा कमाण्ड कहाँ भण्डार गरिएको छ भनि पत्ता लगाउन हामी टाइप कमाण्ड प्रयोग गर्न सक्छौं
3:55 कमाण्ड प्रम्प्टमा Type--स्पेस—ps टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
4:03 यसले देखाउछ कि ps बास्तवमा /bin डाइरेक्टरीमा रहेको एउटा फाइल हो
4:09 जब हामी कमाण्ड प्रम्प्टमा एउटा कमाण्ड टाइप गर्छौं, शेलले डाइरेक्टरीको सुचिमा कमाण्डको नामसंग मिल्ने फाइल खोज्छ
4:18 यदि यो पाइयो भने फाइलसंग सम्बन्धित प्रोग्राम एक्जिक्युट हुन्छ, हैन भने एउटा “command not found” एरर देखाइन्छ
4:27 हामीले खोजेको डाइरेक्टरीको सूची PATH भ्यारीएबलले जनाइन्छ जुन हामी पछि हेर्नेछौं
4:34 अहिलेको लागि यदि हामी सूची हेर्न चाहन्छौं भने खाली कमाण्ड echo स्पेस $डलर र
4:44 क्यापिटलमा PATH टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
4:52 कमान्डको कुरा गर्दा, हामीले थाहा पाउनुपर्ने एउटा महत्वपूर्ण कुरो छ
4:57 लिनक्समा दुई प्रकारका कमाण्डहरु रहेका छन्: एक्सटर्नल कमाण्ड र इन्टरनल कमाण्ड
5:02 एक्सटर्नल कमाण्डहरु ती कमाण्डहरु हुन् जो छुट्टै फाइल/प्रोग्रामका रुपमा रहन्छन
5:07 लिनक्समा प्राय कमाण्डहरु यो प्रकारका हुन्छन, तर त्यहाँ केहि कमाण्डहरु छन जसको लेखन शेल भित्रै हुन्छ र यी छुट्टै फाइलको रुपमा रहदैनन्
5:18 यिनीहरु इन्टरनल कमाण्डहरु हुन्
5:20 इको कमाण्ड, जुन हामी पछि हेर्नेछौं, बास्तवमा एउटा इन्टरनल कमाण्ड हो
5:25 टर्मिनलमा कमाण्डमा जानुहोस र कमाण्ड टाइप गर्नुहोस्,
5:33 स्पेस इको टाइप गर्नुहोस् र इन्टर गर्नुहोस
5:40 आउटपुटले एको एउटा बिल्ट इन् को रुपमा देखाउछ
5:43 त्यसकारण नाम दिनुको सट्टा, यसले एको कमान्डको लेखन शेलमा इन्टरनल हुन्छ भनि देखाउछ, त्यसैले यसलाई इन्टरनल कमाण्ड भनिन्छ
5:56 अर्को हामीले बुझ्नुपर्ने महत्वपुर्ण कुरो भनेको कमान्डको संरचना हो
6:01 कमाण्डहरु एउटा वा बढि शब्दहरु हुन् जसलाई ह्वाइट स्पेसले छुट्टाउछ
6:08 दोस्रो अवस्थामा पहिलो शब्द वास्तविक कमाण्डको नाम हो र अन्य शब्दहरु आर्गुमेंटहरु हुन्
6:16 आर्गुमेंटहरु विकल्पहरु वा अभिव्यक्ति वा फाइलको नामहरु हुनसक्छन
6:20 एउटा कमाण्डले दिएको विकल्पको आधारमा बिभिन्न कार्य गर्न सक्छ
6:26 तिनीहरुको अगाडी प्राय एउटा वा बढि माइनस चिन्ह हुन्छ, जसलाई क्रमैसंग छोटो र लामो बिकल्प भनिन्छ
6:35 टर्मिनल विन्डोमा जानुहोस र कमाण्डहरु टाइप गर्नुहोस र तिनीहरुको आउटपुट हेर्नुहोस
6:40 टर्मिनल विन्डो सफा पार्ने,
6:44 अनि ls टाइप गर्नुहोस र इन्टर थिच्नुहोस्
6:49 फेरि, clear टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
6:55 ls स्पेस माइनस a इन्टर गर्नुहोस र इन्टर थिच्नुहोस
7:04 टर्मिनल विन्डो सफा पार्न clear टाइप गर्नुहोस
7:11 अब, ls स्पेस माइनस माइनस all टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
7:19 फेरि, टर्मिनल सफा गर्न clear टाइप गर्नुहोस
7:23 अब, ls स्पेस माइनस d टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
7:32 यो समयमा, कमान्डले विकल्प फेरे पछि कसरी आफ्नो ब्यबहार बदल्छ भनि बुझ्नु पर्याप्त हुन्छ
7:40 लिनक्समा हामीसंग धेरै संख्यामा कमाण्डहरु रहेका छन,
7:45 हरेकको भिन्न विकल्पहरु रहेका छन
7:48 कमाण्डहरु संगै जोड्न पनि सकिन्छ जुन हामी पछि हेर्ने छौं, हामी यति धेरै कुरा कसरी दिमागमा राख्छौं?
7:55 वास्तबमा हामीले यसो गर्न पर्दैन, यो लिनक्समा उपलब्ध उत्कृष्ट इन्टरनेट सुबिधाले गर्दा हो
8:01 म्यान कमान्डले सिस्टममा रहेका हरेक कमाण्डको डकुमेन्ट उपलब्ध गराउछ
8:08 मानौं , ls कमाण्डको बारेमा जान्न, तपाईले गर्न पर्ने काम भनेको टर्मिनलमा जानुहोस
8:16 र ls अर्गुमेंट सहित, म्यान कमाण्ड टाइप गर्नुहोस, यसरी म्यान स्पेस ls टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
8:30 बाहिर निस्कन q थिच्नुहोस
8:35 म्यान सिस्टमको मेनुअल पेज हो, म्यानमा दिइने हरेक अर्गुमेंट प्राय प्रोग्राम, युटिलिटी वा फंक्सनको नाम हुन्छ
8:43 यिनीहरुसंग सम्बन्धित हरेक मेनुअल पेजहरु खोजी प्रदर्शित गरिन्छ
8:49 यदि कुनै खण्ड दिइएको छ भने यसले सिधै मेनुअलको त्यहि खण्डमा हेर्न दिन्छ
8:55 डिफल्टमा सबै उपलब्ध खण्डमा एउटा पुर्बपरिभाषित क्रम अपनाई खोज्नुपर्छ,र यदि कुनै पेज बिभिन्न खण्डमा देखिएको छ र खाली पहिलो पेज मात्र देखाउनु छ भने,
9:07 तपाई म्यान कमान्डको बारेमा थप जान्न म्यान कमाण्ड नै प्रयोग गर्न सक्नुहुन्छ
9:14 टर्मिनलमा जानुहोस र म्यान स्पेस म्यान टाइप गर्नुहोस र इन्टर थिच्नुहोस्
9:23 यहाँबाट बाहिर निस्कन, q थिच्नुहोस्
9:26 म्यान कमान्डमा धेरै बिकल्प रहेका छन
9:30 यहाँ केहि उपयोगी हेरौं, कहिलेकाहीँ हामीलाई आफुले के चाहेको थाहा हुन्छ तर सहि कमाण्ड थाहा हुदैन, त्यसमा हामी के गर्न सक्छौं?
9:41 म्यानले -k विकल्प दिन्छ जसले एउटा किवर्ड लिएर एउटा कमाण्डहरुको सूची र बिस्तृत रुपमा तिनीहरुको कार्य दिन्छ
9:50 उदाहरणको लागि, एउटा डाइरेक्टरी बनाउन,हामीलाई सहि कमाण्ड थाहा नहुन सक्छ
9:56 त्यसैले हामी कमाण्ड प्रम्प्टमा जान्छौं र म्यान स्पेस माइनस k स्पेस directories टाइप गर्छौं र इन्टर थिच्छौं
10:12 अब, हामी यी हरेक कमान्डहरुमा हामीलाई वास्तवमा चाहिएको के हो हेर्छौं
10:17 उहिँ कुरा apropos कमाण्ड प्रयोग गरि पाउन सकिन्छ
10:21 कमाण्ड प्रम्प्टमा apropos स्पेस directories टाइप गर्नुहोस र आउटपुट हेर्न इन्टर थिच्नुहोस्
10:36 कहिले हामीलाई धेरै विवरण चाहिदैन, हामीलाई खाली एउटा कमान्डले के गर्छ जान्नुपर्ने हुन्छ
10:40 त्यो अवस्थामा हामी whatis कमाण्ड वा man –f प्रयोग गर्नसक्छौं, दुबैले कमान्डको बारेमा एक लाइनको जानकारी दिन्छन
10:52 टर्मिनलमा जानुहोस, टर्मिनल विन्डो सफा पार्न clear टाइप गर्नुहोस
10:58 अब, whatis स्पेस ls टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
11:06 कहिलेकहिँ कमान्डमा धेरै विकल्पहरु हुन्छन, हामी एउटा कमान्डमा भएका बिभिन्न विकल्पहरुको सूची चाहन्छौं होला
11:13 त्यसो भए हामी माइनस हेल्प बिकल्प प्रयोग गर्न सक्छौ
11:18 कमाण्ड प्रम्प्टमा जानुहोस र ls स्पेस माइनस माइनस हेल्प टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
11:29 म माथि स्क्रोल गर्छु जसले गर्दा तपाई यो मेनुअल पेजका विकल्पहरु देख्नुहुनेछ
11:45 लिनक्स स्पोकन ट्युटोरीयलको यो भागमा यति नै, स्पोकन ट्युटोरीयल टक टू टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICTको सहयोग रहेको छ
11:56 यो सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध रहेको छ
12:00 यो ट्युटोरीयलमा मन्दिरा थापाको योगदान रहेको छ

सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Gaurav, Mandira, PoojaMoolya, Udaya