LibreOffice-Suite-Impress/C2/Introduction-to-LibreOffice-Impress/Nepali

From Script | Spoken-Tutorial
Revision as of 11:42, 18 March 2013 by Udaya (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search


Time Narration
00:00 इन्ट्रडकसन् टु लिबरअफिस इम्प्रेसको ट्युटोरिअलमा तपाईंलाई स्वागत छ
00:04 यस ट्युटोरिअलमा, हामीले सिक्नेछौं
00:07 इन्ट्रडकसन् टु लिबरअफिस इम्प्रेस
00:09 इम्प्रेसमा विभिन्न टुलबार्स
00:12 नयाँ प्रेजेन्टेसन कसरी बनाउने
00:15 सेभ याज़ एमएस पावरपोइन्ट प्रेजेन्टेसन कसरी गर्ने
00:19 एमएस पावरपोइन्ट प्रेजेन्टेसन कसरी खोल्ने
00:22 इम्प्रेसमा पिडीएफ डकुमेन्ट बनाई कसरी एक्स्पोर्ट गर्ने
00:27 लिबरअफिस इम्प्रेस लिबरअफिस स्वीट को प्रेजेन्टेसन म्यानेज़र हो
00:32 यो प्रभावशाली प्रेजेन्टेसनस् बनाउन प्रयोग गरिन्छ.
00:35 यो माइक्रोसफ्ट अफिस पावरपोइन्ट को समकक्ष हो
00:39 लिबरेअफिस इम्प्रेस निशुल्क ओपन सोर्स सफ्टवेर हो, यो निशुल्क प्रयोग तथा बितरण गर्न सकिन्छ
00:47 लिबरे अफिस स्वीट सुरु गर्न
00:50 तपाई माइक्रोसफ्ट विन्डोज 2000 वा एम एस विन्डोज एक्स पि वा एम एस विन्डोज 7 वा माथिल्ला संस्करण अथवा जी एन यु/ लिनक्स लाई अपरेटिंग सिस्टम सरह प्रयोग गर्नसक्नुहुन्छ
01:02 हामी यहाँ उबंटु लिनक्स 10.04 संस्करण अपरेटिंग सिस्टम र लिबरअफिस स्वीट 3.3.4 संस्करण प्रयोग गर्दैछौं
01:12 यदि तपाईसँग लिबरअफिस स्वीट स्थापित छैन भने
01:15 इम्प्रेस सिनयापटिक प्याकेज म्यानेज़र प्रयोग गरि स्थापित गर्न सकिन्छ
01:19 सिनयापटिक प्याकेज म्यानेज़र को अधिक जानकारीको लागि
01:22 यस वेबसाईट मा उबंटु लिनक्स ट्युटोरिअलस् हेर्नुहोस अनि लिबरअफिस स्वीट डाउनलोड गर्न वेबसाइटको निर्देषण पालना गर्नुहोस्
01:32 विस्तृत निर्देषण लिबरअफिस स्वीटको पहिलो ट्युटोरिअल बाट प्राप्त गर्न सकिन्छ
01:37 इम्प्रेस स्थापना गर्दा ‘कमप्लीट’ अप्सन प्रयोगगर्न नभुल्नुहोस
01:43 तपाईंले लिबरअफिस स्वीट स्थापना गरिसक्नुभएको छ भने
01:46 लिबरअफिस इम्प्रेस स्क्रीनको माथिल्लो बायाँ कुनामा “आपलिकेसन्स” अप्सन अनि अफिस अनि लिबरअफिस मा क्लिक् गरि भेटाउन सकिन्छ
01:58 विभिन्न लिबरअफिसका अंश सहित नया डायालग बक्स खुल्नेछ
02:03 लिबरअफिस इम्प्रेस भित्र जान, नया डायालग बक्स को प्रेजेन्टेसन अंश मा क्लीक गर्नुहोस्
02:13 यसले मुख्य इम्प्रेस विन्डोमा एउटा खालि डकुमेन्ट खोल्नेछ
02:18 अब इम्प्रेस विन्डो का मुख्य अंशहरुका बारेमा जानौं
02:22 इम्प्रेस विन्डोमा टाइटल बार, द मेनु बार जस्ता विभिन्न टुलबार हरु छन्
02:29 स्ट्यान्दर्ड टुलबार, फरम्याटिंग बार अनि स्ट्याटस बार
02:36 अब हामी ट्युटोरिअलस् अगाडी बढ्दै जादाँ टुल बारको बारेमा सिक्नेछौ.
02:41 अब हामी पहिलो प्रेजेन्टेसन मा काम गर्न तयार भएका छौँ! अब फाइल बन्द गर्नुहोस्
02:47 अब आपलिकेसन्स->अफिस मा क्लीक अनि-> लिबरअफिस इम्प्रेसमा क्लीक गर्नुहोस्
02:56 फ्रम टेमप्लेट मा क्लीक गर्नुहोस्
02:59 रेकमेन्डेसन अफ अ स्ट्राटेजी चयन गर्नुहोस्
03:06 ‘सेलेक्ट अ स्लाइड डिजाइन्’ ड्रपडाउन मा प्रेजेन्टेसन ब्याकग्राउण्डस् अनि ब्लु बोर्डर चयन गर्नुहोस्
03:14 ‘सेलेक्ट एन आउटपुट मिडीअम्फिल्ड’ मा ओरिजीनल चयन गर्नुहोस्
03:22 यो स्लाइड पारगमन गर्ने कदम हो
03:26 सबै अप्सन्स जस्ताको तस्तै छोड्नुहोस अनि नेक्स्ट लाई क्लीक गर्नुहोस्
03:32 ‘व्हाट इज योर नेम’ फिल्ड मा तपाईं आफ्नो नाम वा आफ्नो संस्था को नाम टाइप गर्न सक्नुहुन्छ
03:41 ‘व्हाट इज द सब्जेक्ट अफ योर प्रेजेन्टेसन’ फिल्ड ‘बेनेफिट अफ ओपन सोर्स’ टाइप गर्नुहोस्
03:49 यस कदमले प्रेजेन्टेसन वर्णन गर्छ
03:52 सबै अप्सन चयन भएकानै हुन्छन्| केहि परिवर्तन नगर्नुहोस
03:58 यिनिहरु प्रेजेन्टेसनका नमुना शीर्षक हुन्
04:01 क्रीएट मा क्लीक गर्नुहोस्
04:04 तपाईं ले LibreOffice Impress मा आफ्नो पहिलो प्रेजेन्टेसन बनाउनुभयो
04:09 अब सेभ द प्रेजेन्टेसन कसरी गर्ने त्यो हेरौं
04:15 सेभ डायलग बक्स खुल्नेछ. हामी यो फाइल लाई “स्यामपल इम्प्रेस” भनि सेभ गर्छौं अनि सेभ बटन क्लीक गछौँ
04:25 याद गरौँ इम्प्रेस ओपन डकुमेन्ट फर्म्याट .odp को रुप मा सेभ हुन्छ
04:33 अब हामी फाइल बन्द गर्छौं, प्रेजेन्टेसन बन्द गर्न फाइल अनि क्लोज लाई क्लीक गर्नुहोस्
04:40 अब हामी लिबरअफिस इम्प्रेसप्रेजेन्टेसन लाई कसरी माइक्रोसफ्ट पावर पोइन्ट प्रेजेन्टेसन मा सेभ गर्ने त्यो सिकौं
04:48 अब हामी नमुना इम्प्रेस प्रेजेन्टेसन फेरी फाइल अनि ओपन अनि स्यामपल इम्प्रेस चयन गरि खोलौं
04:59 सामन्यतय लिबरअफिस इम्प्रेस सेभ्स डकुमेन्ट, ओपन डकुमेन्ट फर्म्याट (ओ डी पि) मा सेभ हुन्छ.
05:06 माइक्रोसफ्ट पावर पोइन्ट मा प्रेजेन्टेसन सेभ गर्नका लागि
05:14 फाइलटाइप मा माइक्रोसफ्ट पावर पोइन्ट चयन गरौँ
05:18 लोकेसन टु सेभ द फाइल चयन गरौँ
05:24 “किप करेन्ट फर्म्याट” बटन मा क्लीक गर्नुहोस्. फाइल ppt मा सेभ भएको छ
05:33 अब फाइल बन्द गर्न फाइल अनि क्लोज मा क्लीक गर्नुहोस्
05:36 अब हामी माइक्रोसफ्ट पावर पोइन्ट प्रेजेन्टेसन लिबरअफिसइम्प्रेस मा कसरी खोल्ने त्यो हेर्छौं
05:44 फाइल मा क्लीक गर्नुहोस् अनि ओपन-> ओपन
05:46 खोल्न लागेको ppt फाइल ब्राउज गरि खोल्नुहोस
05:50 फाइल सेलेक्ट गरेर क्लीक ओपन गर्नुहोस्
05:53 अन्तमा हामी लिबरअफिसइम्प्रेस प्रेजेन्टेसन पि डी एफ फाइल मा कसरी एक्स्पोर्ट गर्ने सिक्छौं
06:01 पि डी एफ अप्सन्स डायलग बक्स मा फाइल अनि एक्स्पोर्ट एज पि डी एफ क्लीक गर्नुहोस्, अरु अप्सन्स छोडी “एक्स्पोर्ट’ बटन क्लीक गर्नुहोस्
06:12 फाइल नेम फिल्ड मा स्यापल इम्प्रेस टाइप गर्नुहोस्
06:16 ‘सेभ फोल्डर फिल्ड’ मा फाइल कता सेभ गर्ने त्यो चयन गर्नुहोस् अनि फाइल सेभ गर्न सेभ मा क्लीक गर्नुहोस्
06:23 डकुमेन्ट डेस्कटप मा पि डी एफ फाइल मा सेभ भएको छ
06:29 This brings us to the end of this tutorial on Libre OfficeImpress
अब ट्युटोरिअलको अन्तमा आइपुगिएको छ
06:34 संक्षेपमा हामीले यस ट्युटोरिअलमा सिकेका कुरा
06:36 इन्ट्रडकसन् टु लिबरअफिस इम्प्रेस
06:39 इम्प्रेसमा विभिन्न टुलबार्स
06:42 नयाँ प्रेजेन्टेसन कसरी बनाउने
06:45 सेभ याज़ एमएस पावरपोइन्ट प्रेजेन्टेसन कसरी गर्ने
06:49 एमएस पावरपोइन्ट प्रेजेन्टेसन कसरी खोल्ने
06:53 इम्प्रेसमा पिडीएफ डकुमेन्ट बनाई कसरी एक्स्पोर्ट गर्ने
6:57 यो बोध परिक्षा कार्य गर्नुहोस
07:00 नयाँ डकुमेन्ट बनाई पहिलो स्लाइड मा केहि टेक्स्ट लेख्नुहोस
07:05 माइक्रोसफ्ट अफिस पावरपोइन्ट मा यसलाई सेभ गरि बन्द गर्नुहोस्
07:11 हामीले हेरेको फाइल लाई फेरी खोल्नुहोस
07:15 स्पोकन ट्युटोरिअल प्रोजेक्ट को संछेप निम्न लिन्क मा भएको विडियो मा हेर्नुहोस
07:22 तपाईं संग राम्रो ब्याण्डविद्थ छैन भने यसलाई डाउन्लोड गरि हेर्न सक्नुहुन्छ
07:26 स्पोकन ट्युटोरिअल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरिअलस प्रयोग गरि कार्यशाला आयोजना गर्छ
07:33 अनलाइन टेस्ट पास हुनेलाई सर्टिफिकेट प्रदान गरिन्छ
07:36 अधिक जानकारीको लागि स्पोकन हाईफन ट्युटोरिअल dot org मा लेख्नुहोस
07:42 स्पोकन ट्युटोरिअल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको अंश हो
07:55 यो न्यासनल मिसन अन एजुकेसन थ्रु आइ. सी. टि, एम. एच. आर. डि, भारत सरकारबाट समर्थित छ
08:07 यस ट्युटोरिअल देशी क्रु सोलुसन्स प्रैवेट लिमिटेडको योगदान हो
सहभागी हुनुभएको मा धन्यबाद

Contributors and Content Editors

PoojaMoolya, Udaya