LibreOffice-Suite-Draw/C3/Import-and-Export-Images/Nepali

From Script | Spoken-Tutorial
Revision as of 03:34, 14 February 2016 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 लिब्रे अफिस ड्र को Import and Export Images स्पोकन ट्युटोरियल मा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी इमेजहरु ड्र पेजमा 'इम्पोर्ट' गर्न र ड्र फाइललाई बिभिन्न फाइल फर्म्याट मा सेभ गर्न सिक्ने छौं
00:16 हामी ड्र मा दुवै भेक्टरबिटम्याप वा र्यास्टर इमेजहरु इम्पोर्टएक्सपोर्ट गर्न सक्छौं
00:23 यहाँ हामी प्रयोग गर्दैछौं:
  • उबुन्टु लिनक्स संस्करण १०.३४
  • लिब्रे अफिस सुइट संस्करण ३.३.४
00:32 'RouteMap' फाइल खोलौं
00:35 यो ट्युटोरियलको लागि 'WaterCycle' चित्रको एउटा 'JPEG' फाइल पहिले नै सृजना गरी डेस्कटपमा सेभ गरिएको छ
00:46 यो इमेज हाम्रो ड्र फाइलमा इम्पोर्ट गरौँ
00:49 यो इमेज बन्द गरौँ
00:52 पहिले, चित्र इम्पोर्ट गर्न चाहेको पेज छानौं
00:57 एउटा नयाँ पेज इन्सर्ट गरौँ र यसलाई छानौं
01:01 भेक्टर वा बिटम्याप इमेजहरु इम्पोर्ट गर्न Insert ट्याबमा क्लिक गरी Picture छानौं
01:08 अनि From File छानौं
01:10 Insert picture डाइलग बक्स देखापर्छ
01:14 अब 'Water Cycle.jpeg' फाइल छानौं
00:17 यदि हामीले Open मा क्लिक गरेमा इमेज हाम्रो Draw फाइलमा इम्बेड हुनेछ
01:24 यदि हामीले यहाँको Link बक्स ठिक गरेमा इमेज path मा लिंक हुनेछ
01:29 Open मा क्लिक गरौँ
01:32 इमेज एउटा लिंक को रुपमा सेभ हुने संदेश आउँछ
01:37 Keep Link मा क्लिक गरौँ
01:40 चित्र एउटा लिंकको रुपमा Draw फाइलमा सेभ हुन्छ
01:44 लिंक सजिलै हटाउन पनि सकिन्छ
01:48 Main मेनुमा जाऊ र Edit छानौं र Link मा क्लिक गरौँ
01:53 Edit Links डाइलग बक्स देखापर्छ
01:57 यो डाइलग बक्सले सम्पूर्ण लिंकहरु ड्र फाइलमा सेभ गर्ने छ
02:02 WaterCycle चित्रको लिंकमा क्लिक गरौँ
02:06 Break Link क्लिक गरौँ
02:09 Draw ले एउटा कन्फर्मेसन मेसेज देखाउँछ, Yes क्लिक गरौँ
02:14 लिंक हटेको छ, अब, Close बटनमा क्लिक गरौँ
02:20 तर, तपाई चित्र अझै फाइलमा रहेको देख्न सक्नुहुन्छ
02:25 जब तपाईले एउटा लिंक ब्रेक गर्नुहुन्छ, चित्र आफैं Draw फाइलमा इम्बेड हुनेछ
02:31 अहिलेलाई यो चित्र मेटौं, चित्र छानौं र Delete बटन थिचौं
02:39 यहाँ तपाईको लागि एउटा कार्य छ
02:42 दुई ड्र फाइल हरु सृजना गरौँ
02:44 फाइलमा एउटा इमेज इन्सर्ट गरौँ र यसलाई सेभ गरौँ
02:48 एउटा इमेजलाई अर्को फाइलमा इम्बेड गरौँ र सेभ गरौँ
02:52 दुवै फाइल साइजहरु तुलना गरौँ
02:55 हामीले इमेज लिंक गरेको फाइलमा, इमेजको साइज बदलौं
03:00 परिवर्तन मूल फाइलमा देखिएको छ कि हेरौं
03:05 अर्को, 'WaterCycle' चित्रलाई सिधै यो फाइलमा एउटा ड्र इमेजको रुपमा इम्पोर्ट गरौँ
03:13 Main मेनुमा, Insert क्लिक गरौँ र File छानौं
03:18 Insert File डाइलग बक्स देखापर्छ
03:21 सूचीबाट, WaterCycle.odg ड्र फाइल छानौं
03:28 Open क्लिक गरौँ
03:30 Insert slides/objects डाइलग बक्स देखापर्छ
03:34 फाइल पाथ सँगैको प्लस चिन्हमा क्लिक गरौँ
03:38 हामी स्लाइडहरुको एउटा सूची देख्न सक्छौं
03:41 WaterCycle चित्र सहितको एउटा स्लाइड क्लिक गरौँ
03:46 हामी पेज वा अब्जेक्ट लाई एउटा लिंक को रुपमा इन्सर्ट गर्न सक्छौं
03:51 यसो गर्न, Link चेक-बक्समा क्लिक गरौँ
03:55 OK क्लिक गरौँ
03:57 अब्जेक्ट नयाँ फर्म्याटमा मिल्नुपर्ने भनि सोध्न एउटा कन्फर्मेसन डाइलग बक्स देखापर्छ
04:05 Yes क्लिक गरौँ
04:07 स्लाइड फाइलको एउटा नयाँ पेजमा इन्सर्ट भएको छ
04:12 अब हामी, ड्र बाट इमेजहरु एक्सपोर्ट गर्न सिक्ने छौं
04:17 'ड्र' मा एउटा फाइल एक्सपोर्ट गर्ने भन्नाले एउटा 'ड्र' फाइल वा एउटा ड्र फाइलको पेज वा एउटा अब्जेक्ट कुनै भिन्नै फर्म्याटमा बदल्नु हो
04:29 उदाहरणको लागि, 'Draw' फाइललाई एउटा 'PDF', 'HTML', 'JPEG' वा एउटा 'bitmap' फाइलमा परिवर्तन गर्न सकिन्छ
04:39 PDF, FlashHTML फाइल फर्म्याटहरुले सधै पुरै 'Draw' फाइल एक्सपोर्ट गर्छ
04:47 'RouteMap' फाइल सानो पारौं
04:51 तपाईलाई हामीले 'Draw' 'WaterCycle' चित्र कसरी 'JPEG' फर्म्याटमा बदल्यौ भनेर जिज्ञासा लागेको छ?
04:58 यो कसरी गर्ने हेरौं
05:01 'WaterCycle' फाइल खोलौं
05:05 Pages प्यानलबाट, 'WaterCycle' चित्र सहितको पेज छानौं
05:11 Main मेनुमा File क्लिक गरी Export छानौं
05:16 Export डाइलग बक्स देखापर्छ
05:18 Filename फिल्डमा "WaterCycleDiagram" नाम इन्टर गरौँ
05:24 Places प्यानल ब्राउज गरी Desktop छानौं
05:29 File type फिल्डमा JPEG विकल्प छानौं तर हामी ड्र फाइल अन्य कुनै फर्म्याटमा पनि सेभ गर्न सक्छौं
05:38 Selection चेक-बक्समा ठिक गरौँ
05:42 Save क्लिक गरौँ
05:43 JPEG Options डाइलग बक्स देखापर्छ
05:47 यो डाइलग बक्समा छानिएका डिफल्ट विकल्पहरु यसै राखौं
05:53 OK क्लिक गरौँ
05:55 'WaterCycle' चित्र सहितको 'ड्र' पेज एउटा 'JPEG' फाइलको रुपमा डेस्कटप मा सेभ भएको छ
06:02 यहाँ, 'ड्र' फाइलको एउटा पेज मात्र 'JPEG' फाइलमा परिवर्तन भएको छ
06:08 यदि PDF, Flash वा HTML फर्म्याटमा सेभ गरिएन भने 'ड्र' फाइलका सम्पूर्ण पेजहरु एक्सपोर्ट हुनेछन
06:18 हामी ड्र मा र्यास्टर इमेज हरु एडिट पनि गर्न सक्छौं
06:22 'र्यास्टर इमेजहरु' Format मेनु प्रयोग गरी एडिट गर्न सकिन्छ
06:26 हामी Picture टूलबार प्रयोग गरेर पनि यी चित्रहरु सम्पादन गर्न सक्छौं
06:31 यसरी हामी लिब्रे अफिस ट्युटोरियलको अन्त्यमा आएका छौं
06:37 यो ट्युटोरियलमा, हामीले अब्जेक्टहरु इम्पोर्ट-एक्सपोर्ट गर्न र ड्र अब्जेक्टहरु बिभिन्न फर्म्याटहरुमा सेभ गर्न सिक्यौं
06:47 यहाँ तपाईको लागि एउटा कार्य छ
06:50 एउटा अब्जेक्ट वा छानिएको अब्जेक्टहरुको समूह पनि एक्सपोर्ट गर्न सकिन्छ
06:56 'WaterCycle' ड्र फाइलको बादलहरु र हिमालहरुलाई मात्र 'JPEG' फर्म्याटमा बदल्नुहोस
07:05 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
07:09 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
07:12 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्नसक्नुहुन्छ
07:17 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले:
07:20 * स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
07:23 *अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणप्रत्र प्रदान गर्छ
07:28 बिस्तृत जानकारीको लागि कृपया हामीलाई contact@spoken-tutorial .org मा सम्पर्क गर्नुहोस्
07:35 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
07:40 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसिटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:48 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ

स्पोकन हाइफन ट्युटोरियल डट ओआरजी स्ल्याश हाइफन इन्ट्रो

08:01 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya