Difference between revisions of "Java/C2/Getting-started-Eclipse/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
|| ''Time'''
+
|| '''Time'''
 
|| '''Narration'''
 
|| '''Narration'''
 
|-
 
|-

Revision as of 14:51, 23 June 2014

Time Narration
00:01 Getting started with Eclipse स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी यो सिक्दै छौं
00:08 कसरी एक्लिप्समा प्रोजेक्ट र क्लास बनाउने
00:12 कसरी जाबा पप्रोग्राम लेख्ने र
00:14 कसरी एउटा जाबा प्रोग्राम इक्लिप्समा रन गर्ने
00:18 यो ट्युटोरीयलको लागि हामी प्रयोग गर्दै छौ:
  • Ubuntu 11.10,
  • Eclipse 3.7
00:25 यो ट्युटोरियल अनुसरण गर्न, तपाई संग तपाइको
00:28 सिस्टममा इक्लिप्स इन्स्टल भएको हुनुपर्छ
00:30 यदि छैन भने, सान्दर्भिक ट्युटोरियलको लागि देखाईएको हाम्रो वेबसाइटमा जानुहोस्
00:39 Eclipse एउटा Integrated Development Environment हो
00:42 यो एउटा टूल हो जसमा तपाई सजिलै जाबा प्रोग्राम लेख्न, सच्च्याउन र रन गर्न सक्नुहुन्छ
00:50 अब, इक्लिप्स खोलौं
00:55 Alt F2 थिच्नुहोस् र डायलग बक्समा टाइप गरौँ, eclipse र इन्टर थिचौं
01:08 हामी एउटा वर्कस्पेस लन्चर डायलग बक्स पाउछौं
01:11 वर्कस्पेस एउटा स्थान हो जहाँ तपाइको सबै प्रोजेक्ट सम्बन्धित डाटा र इक्लिप्स सम्बन्धित फाइल भण्डार हुन्छन
01:19 त्यहाँ पहिले नै एउटा स्थान छ जुन डिफल्ट स्थान हो
01:24 ब्राउज बिशेषता प्रयोग गरी एउटा भिन्न डाइरेक्टरी पनि छान्न सकिन्छ
01:27 अहिलेको लागि डिफल्ट डाइरेक्टरी सहित अघि बढौं
01:30 अघि बढ्न OK क्लिक गरौँ
01:39 तपाई संग Welcome to Eclipse पेज छ
01:46 पेजको माथिल्लो दायाँ कुनामा रहेको Workbench क्लिक गरौँ
01:52 र यहाँ, हामीसंग इक्लिप्स IDE छ, अब एउटा प्रोजेक्ट थपौं
01:57 File मा जानुहोस् NewProject छान्नुहोस्
02:05 प्रोजेक्टको सूचीमा Java Project छान्नुहोस्
02:10 यो पनि सम्झनुहोस् कि प्राय प्रोजेक्टको लागि हामी java project प्रयोग गर्ने छौ, Next क्लिक गरौँ
02:19 प्रोजेक्टनेममा, टाइप गरौँ, EclipseDemo
02:30 याद गर्नुहोस् कि एउटा विकल्प use default location हुन्छ
02:34 यदि यो विकल्प छानिएमा, सबै EclipseDemo प्रोजेक्टको डाटा डिफल्ट वर्क स्पेसमा सेभ हुन्छ
02:41 यदि यो छानिएको छैन भने,ब्राउज बिशेषता प्रयोग गरि भिन्नै स्थान छान्न सकिन्छ
02:47 अहिलेको लागि हामी डिफल्ट स्थान प्रयोग गर्ने छौं
02:52 विजार्ड को तल्लो दायाँ कुनामा रहेको Finish मा क्लिक गर्नुहोस्
03:00 हामी Open Associated Perspective डायलग बक्स पाउछौं
03:04 पर्स्पेक्टिभले इक्लिप्समा आइटमहरु रहेको तरिका जनाउछ
03:09 डायलग बक्सले Java डेभेलप्मेन्ट को लागि उपयुक्त पर्स्पेक्टिभ सुझाब दिदैछ
03:20 remember my decision छान्नुहोस् र Yes मा क्लिक गर्नुहोस्
03:27 यहाँ हामीसंग प्रोजेक्ट सहितको EclipseIDE छ, अब प्रोजेक्टमा एउटा क्लास थपौं
03:37 प्रोजेक्टको new मा राइट क्लिक गर्नुहोस् र class छान्नुहोस्
03:46 क्लास नेममा, DemoClass नाम दिऊँ
03:55 याद गर्नुहोस् कि हामीसंग मोडीफायरमा दुई विकल्पहरु छन्, publicdefault
03:59 अहिलेको लागि यसलाई पब्लिक छोडौं
04:01 अन्य विकल्पहरु आउँदो ट्युटोरियलमा चर्चा गरिनेछ
04:06 र मेठोड़ स्ट्ब्स को सूचीबाट यो विकल्प छानौं, public static void main
04:15 अन्य विकल्पहरु आउँदो ट्युटोरियलमा चर्चा गरिनेछ
04:19 विजार्डको तल्लो दायाँ कुनामा रहेको Finish मा क्लिक गरौँ
04:30 र यहाँ हामीसंग क्लास फाइल छ
04:35 याद गर्नुहोस् कि त्यहाँ धेरै पार्टिसनहरु छन्, यिनीहरुलाई पोर्टलेट भनिन्छ
04:41 हामीसंग Package Explorer पोर्टलेट छ जसले एउटा File Browser जस्तै काम गर्छ
04:46 हामीसंग Editor पोर्टलेट छ, जहाँ हामी कोड लेख्छौं
04:50 र आउटलाइन पोर्टलेट जसले प्रोजेक्टको हाईर्यार्की दिन्छ
04:56 हरेक पोर्टलेट को साइज पुन बदल्न सकिन्छ
05:10 तिनीहरुलाई मिनिमाइज बटन प्रयोग गरेर पनि सानो बनाउन सकिन्छ
05:26 तिनीहरुलाई रीस्टोर बटन प्रयोग गरि रिस्टोर गर्न पनि सकिन्छ
05:37 अब, अन्य पोर्टलेटलाई सानो पारि एडिटरमा केन्द्रित गरौँ
05:49 हामी देख्न सक्छौं कि त्यहाँ केहि कोड इक्लिप्सले पहिले नै हाम्रो लागि बनाएको छ
05:54 यहाँ बनेका कोडहरु हामीले क्लास बनाउदा छानेका विकल्पहरुमा भर पर्छ
06:00 अब, यहाँ एउटा प्रिन्ट स्टेटमेन्ट थपौं
06:08 टाइप गरौँ, System.out.println (“Hello Eclipse”)
06:26 स्टेटमेन्टको अन्त्यमा एउटा अर्धविराम थपौं
06:31 File मा क्लिक गरि Save छान्नुहोस् र फाइल सेभ गर्नुहोस्
06:37 वैकल्पिक रुपमा तपाई Control Sशर्टकट पनि प्रयोग गर्न सक्नुहुन्छ
06:42 यो प्रोग्राम रन गर्न, editor राइट क्लिक गर्नुहोस्, run as मा गएर java application छान्नुहोस्
06:56 हामी देख्छौं यदि केहि प्रिन्ट गरिएको छ भने Output कन्सोलले आउटपुट देखाउछ
07:04 यदि हाम्रो कोडमा केहि समस्या थियो भने, समस्याहरु Problems पोर्टलेटमा देखाइनेछ
07:10 ल, यो इक्लिप्समा कसरी जाबा प्रोग्राम लेख्ने र रन गर्ने भयो
07:18 यसले हामीलाई ट्युटोरियलको अन्त्यमा ल्याएको छ
07:20 यो ट्युटोरियलमा हामीले इक्लिप्समा प्रोजेक्ट र त्यसमा कसरी क्लास बनाउने, कसरी एउटा जाबा सोर्स कोड लेख्ने र इक्लिप्समा कसरी जाबा प्रोग्राम रन गर्ने सिक्यौं
07:33 कार्यको रुपमा, Display नामको एउटा नयाँ प्रोजेक्ट बनाउनुहोस्
07:38 Display प्रोजेक्टमा, Welcome नामको क्लास थप्नुहोस
07:44 स्पोकन ट्युटोरियल प्रोजेक्टको थप जानकारीको लागि तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
07:50 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
07:53 यदि तपाईसंग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्नसक्नुहुन्छ
07:58 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
07:59 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
08:02 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
08:05 बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरियल डट अर्ग मा लेख्नुहोस्
08:12 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर'प्रोजेक्टको एक भाग हो
08:17 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
08:23 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
08:27 यो ट्युटोरीयलमा मन्दिरा थापाको योगदान रहेको छ, सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble