Java/C2/Array-Operations/Nepali

From Script | Spoken-Tutorial
Revision as of 15:07, 23 June 2014 by Pratik kamble (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:02 जाबाको Array Operations स्पोकन ट्युटोरीयलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्नेछौँ, कसरी
00:09 क्लास एरे इम्पोर्ट गर्ने र,
00:12 एरेमा सामान्य कार्यहरु गर्ने
00:15 यो ट्युटोरियलमा हामी प्रयोग गर्दैछौं

Ubuntu 11.10, JDK 1.6Eclipse 3.7.0

00:25 यो ट्युटोरियलको लागि तपाईसंग जाबामा एरेको ज्ञानहुनुपर्छ
00:30 यदि छैन भने कृपया सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोला
00:35 एरेको कार्यहरुको मेठोड़ एउटाArrays भन्ने क्लासमा उपलब्ध छ
00:40 तिनीहरुको प्रयोग गर्न, हामीले त्यो क्लास'इम्पोर्ट गर्न पर्छ
00:43 यसो यो स्टेटमेन्टले गरिन्छ, import java.util.Arrays semicolon
00:50 हामी'classबाट एउटा method प्रयोग गर्न सक्छौं
00:52 हामी यसो एउटा dot र मेठोड़ नेम थपेर गर्छौं
00:56 त्यसैले Arrays dot toString मतलब Arrays क्लासबाट toString मेठोड़
01:05 अब, इक्लिप्समा जाऊ
01:08 हामीले पहिले नै एउटा ArraysDemo क्लासबनाएका छौं
01:13 अब, class Arraysइम्पोर्ट गरौँ
01:16 import स्टेटमेन्ट class को परिभाषा भन्दा पहिले गरिन्छ
01:22 त्यसैले public classपहिले, टाइप गरौँ
01:26 import java.util.Arrays अर्धविराम
01:46 यो स्टेटमेन्टले भन्छ, java मा util भन्ने एउटा package छ जसमा क्लास Arrays छ र यसलाई इम्पोर्ट गर्नुपर्नेछ
01:59 अब, एउटा array थपौं
02:01 main function भित्र टाइप गरौँ,
02:03 int marks खुल्ने र बन्द हुने स्क्वेर ब्राकेटहरु बराबर , ब्राकेट भित्र2, 7, 5, 4, 8
02:20 अब, हामी Arrays classमा उपलब्ध मेठोड़ प्रयोग गरि यसको string रुप पाउछौं र यसलाई प्रिन्ट गर्नेछौं
02:28 त्यसैले टाइप गरौ, String mStr 'बराबर Arrays dot toString परेंथेसिस, परेंथेसिस भित्र, एरेको नाम दिनेछौं जुन marks हो
02:50 अब, यो toString मेठोड़ले एरेको स्ट्रिंग रुप दिनेछ
02:56 हामी marks प्रिन्ट गर्नेछौं
02:58 त्यसैले टाइप गरौँ, System dot out dot println 'परेंथेसिस भित्र टाइप गरौँ mStr
03:12 अब, आउटपुट हेरौं, त्यसैले प्रोग्राम सेभ र रन गरौँ
03:18 हामी आउटपुटमा देख्छौं, toString मेठोड़ले arrayको एउटा स्ट्रिंग रुप दिएको छ
03:26 अब, arrayको बस्तुहरु मिलाउन सिकौं
03:31 त्यसैले लाइन, Arrays dot toString पहिले टाइप गरौँ Arrays dot sort परेंथेसिस भित्र एरे नेम मतलब marks
03:46 Arrays classको sort मेठोड़ले यसमा पठाइएको एरेको बस्तुहरु श्रेणीमा मिलाएर राख्छ
03:53 अब, हामी एरे marksको बस्तुहरु मिलाउदैछौं र अनि यसको स्ट्रिंग रुप प्रिन्ट गर्नेछौं
04:04 आउटपुट हेरौं, त्यसैले सेभ र रन गरौँ
04:11 हामी आउटपुट मा देख्छौं, sortमेठोड़ले एरेको बस्तुहरु सानो देखि ठुलो मिलाएर राखेको छ
04:19 याद गर्नुहोस्, sortमेठोड़ले स्वयम् एरे नै बदलेको छ
04:22 यस्तो प्रकारको सर्टिंगलाई inplace sortingभनिन्छ
04:26 यसको मतलब बस्तु भएको एरे सर्टिंगको कारणले बदलिएको छ
04:33 हामीले हेर्ने अर्को मेठोड़ fillहो
04:38 fill मेठोड़ले दुई आर्गुमेंटहरु लिन्छ
04:43 सर्टिंग लाइन हटाउ र
04:50 टाइप गरौँ Arrays dot fill ब्राकेट भित्र एरेको नाम मतलब, marks;
05:05 यो हाम्रो पहिलो आर्गुमेंट हो र दोस्रो चाहिँ एरेमा भरिनुपर्ने मान हो, हामी 6 दिनेछौं र अर्धविराम, सेभ र रन गरौँ
05:24 हामी देख्छौं, नाम जस्तै फिल मेठोड़ले दिएको आर्गुमेंट 6ले एरे भर्छ
05:32 हामीले हेर्न लागेको अर्को मेठोड़ भनेको copyOfहो
05:37 हामी एरे marks को सबै बस्तुहरु एरे marksCopyमा कपि गर्दैछौं
05:44 त्यसैले arrays डट fill हटाउ
05:48 र टाइप गरौँ int marksCopy [];
05:59 अर्को लाइनमा, टाइप गरौँ marksCopy = arrays. copyOf(marks, 5);
06:25 यो मेठोड़ले दुई आर्गुमेंटहरु लिन्छ
06:29 पहिलो आर्गुमेंट, तपाइले जहाँबाट एरेको बस्तुहरु कपि गर्न चाहनुहुन्छ त्यसको नाम मतलब, marks
06:39 दोस्रो, कपि गर्ने बस्तुहरुको संख्या, यहाँ हामी ५ कपि गर्नेछौं
06:47 अनि arrays डट stringsमा, marksलाई marks copyमा बदलौं
06:55 अब, प्रोग्राम सेभ र रन गरौँ
07:01 हामी देख्छौं, एरे marksका बस्तुहरु एरे marksCopyमा कपि भएका छन्
07:10 अब, यदि हामीले कपि हुनुपर्ने बस्तुहरुको संख्या बदल्यौं भने के हुन्छ हेरौं
07:15 5 लाई3मा बदलौं
07:19 सेभ र रन गरौँ
07:24 हामी देख्छौं,पहिलो तीन बस्तुहरु मात्र कपि भएका छन्
07:31 अब, यदि कपि गर्नुपर्ने बस्तुहरुको संख्या, एरेको जम्मा बस्तुहरुको संख्या भन्दा बढि भयो भने के हुन्छ हेरौं
07:39 त्यसैले 3 लाई 8मा बदलौं
07:44 प्रोग्राम सेभ र रन गरौँ
07:48 हामी देख्छौ, अन्य बस्तुहरुमा डिफल्ट मान सेट गरिएको छ, जुन 0 हो
07:54 अर्को हामी एउटा मानहरुको पंक्ति कसरी कपि गर्ने हेर्नेछौं
07:58 त्यसैले copyOf लाई copyOfRange मा र 8 लाई 1, 4मा बदलौं
08:15 यो मेठोड़ले सूचक 1 देखि सुरु गरि सूचक 3 सम्मका सबै बस्तुहरु प्रिन्ट गर्छ
08:27 सेभ र रन गरौँ
08:31 हामी देख्छौं, सूचक 1 देखि 3 सम्मका बस्तुहरु कपि भएका छन्
08:39 याद गर्नुहोस् हामीले हाम्रो आर्गुमेंट 1, 4 दिएका छौं
08:47 तर पनि, सूचक 4को बस्तु कपि भएको छैन
08:50 खाली सूचक 3 सम्मका बस्तुहरु मात्र कपि भएका छन्, यो दिएको सिमा भन्दा पहिले रोकिन्छ
09:01 त्यसैले , यो व्यवहारले श्रेणीको निरन्तरता पक्का गर्छ
09:07 (0, 4) ले सूचक 0 देखि सूचक 3 सम्म जनाउछ
09:12 (4, 6) ले सूचक 4 देखि 5 सम्म जनाउनेछ
09:17 त्यसैले यसले (0, 4) + (4, 6) = (0, 5)भए जस्तो गर्छ
09:26 यसले हामीलाई ट्युटोरियलको अन्त्यमा ल्याएको छ
09:31 यो ट्युटोरियलमा हामीले सिक्यौं
09:33 कसरी class Arraysइम्पोर्ट गर्न
09:36 एरे कार्यहरु जस्तै to strings,sort, copy, fill आदि गर्न
09:44 कार्यमा
09:46 Arrays equals मेठोड़को बारेमा पढ्नुहोस् र यसले के गर्छ पत्ता लगाउनुहोस्
09:53 स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न,
09:55 यो लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्,
10:02 यसले स्पोकन ट्युटोरियल प्रोजेक्ट सक्षेपिकृत गर्छ
10:05 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
10:09 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
10:10 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ, अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ,
10:16 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
10:22 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
10:31 यो मिसन सम्बन्धि थप जानकारी [1] मा उपलब्ध छ
10:39 यो ट्युटोरियलमा कारखाना, नेपालको योगदान रहेको छ, सहभागितको लागि धन्यवाद
10:43 म मन्दिरा बिदा चाहन्छु, नमस्कार,

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble