Difference between revisions of "Health-and-Nutrition/C2/Breastfeeding-latching/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
Line 423: Line 423:
  
 
|-  
 
|-  
| 11:41
+
| 11:40
 
|'''आइआइटी बम्बे''' को तर्फबाट म मन्दिरा थापा बिदा हुँदै छु,
 
|'''आइआइटी बम्बे''' को तर्फबाट म मन्दिरा थापा बिदा हुँदै छु,
 
सहभागिताको लागि धन्यवाद, नमस्कार
 
सहभागिताको लागि धन्यवाद, नमस्कार
 
|-
 
|-
 
|}
 
|}

Latest revision as of 17:26, 13 August 2020

Time
Narration
00:02 स्तनमा बच्चाको सही पहुँचको बारेको स्पोकन ट्युटोरियल मा तपाईको स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्ने छौं: बच्चाको पहुँच स्तनको भित्रसम्म पुर्याउने सही तरिका र स्तनपानको मात्रा
00:20 अब सुरु गर्नु भन्दा पहिले, यो याद गरौं कि प्रभावकारी स्तनपानको लागि बच्चाको मुख स्तनसम्म पुर्याउने तरिका सही हुनुपर्छ
02:29 बच्चाको मुख स्तनमा राम्रोसँग पुगेन भने बच्चाले मुन्टो मात्र चुस्ने छ
00:36 र बच्चाले एकदमै थोरै मात्र दूध पाउने छ
00:40 तर बच्चाको एरियोला सम्म राम्रो पहुँच भयो भने पर्याप्त मात्रामा दूध प्राप्त हुने छ
00:50 एरियोला भनेको स्तनको वरिपरिको गाढा घेरा भएको भाग हो
00:56 अब सुरु गरौं, यसको लागि आमाले बच्चालाई सही तरिकाले बोक्नुपर्छ
01:05 यसै श्रृंखलाका अन्य भिडियोहरूमा सही बोक्ने तरिकाको बारेमा विस्तृत जानकारी रहेको छ
01:11 यसको शीर्षक क्रस क्रेडल होल्ड रहेको छ
01:16 याद गरौं, बच्चाको मुख जोड्न र स्तनपान सफल हुन बच्चालाई सही स्थानमा राख्नु आवश्यक पर्छ
01:24 यो चित्रमा, आमाले शिशुलाई सही क्रस क्रेडल होल्डमा बोकेकी छिन्
01:31 र शिशु स्तनपानको लागि आफ्नो मुख पुर्याउन तयार छ
01:35 मुख पुर्याउने प्रक्रिया सुरु गर्नु भन्दा पहिले शिशुले हाइ गरे जस्तै गरी ठूलो मुख पाए राम्रो हुन्छ
01:42 किन? यो बुझ्न, हामीले बडा पाव या बर्गर खाँदाको उदाहरण हेरौं
01:49 हामी बडा पाव या बर्गर को ठूलो गाँस लिन मुख चौडा खोल्छौं
01:56 यसैगरी, बच्चाले मुख ठूलो पायो भने बच्चालाई आमाको स्तनको धेरै भागमा पुग्न सजिलो हुन्छ
02:04 बच्चालाई मुख ठूलो पारी खोल्न उत्साहित गर्न, बच्चाले मुख चौडा नखोलेसम्म, आमाले आफ्नो स्तनको मुन्टो बच्चाको माथिल्लो ओठमा हल्का रगड्नु पर्छ
02:16 यस्तो गर्दा धैर्य गर्नुपर्छ, कहिलेकाहीँ बच्चालाई मुख चौडा खोल्न केही सेकेन्ड देखि २ मिनेट सम्म लाग्न सक्छ
02:25 याद गरौं, कुनैपनि स्तनपानको आसनमा, आमाको स्तन समाएका बूढी औँला सहितका अन्य औँलाहरू बच्चाको ओठको समानान्तर हुनुपर्छ
02:36 बच्चाले मुख चौडा खोलेपछि, बच्चाको तल्लो ओठ भने मुन्टोको गाढा घेराको बाहिरी भागमा हुनुपर्छ
02:43 र मुन्टो भने बच्चाको मुख बीच नभएर मुखको माथिल्लो भाग तिर पुर्याउनु पर्छ
02:50 अब आमाले छिटो बच्चाको मुखमा आफ्नो स्तन छिराउनु पर्छ
02:55 उनले शिशुको टाउकोलाई हल्का बाहिरतिर फर्काएर शिशुको चिउँडोले स्तनमा जोड दिनुपर्छ
03:02 उनले आफ्नो ढाड बाङ्गो पार्न वा स्तनलाई बच्चाको मुखमा पुर्याउन जोड दिनु हुँदैन
03:08 बच्चाको काँध पछाडी हल्का जोड दिएर बच्चालाई स्तन नजिक लग्नुपर्छ
03:15 यो प्रक्रियाको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको आमाको स्तनको मुन्टो वरिपरिको घेरो बच्चाको मुख भित्र रहनु हो
03:25 यसले मुन्टोलाई बच्चाको मुख भित्रको सहज क्षेत्रमा पुर्याउँछ
03:31 बच्चाले आफ्नो तल्लो ओठ नजिक रहेका मुन्टोको गाढा घेराको क्षेत्रमा आफ्नो जिब्रोले जोड दिनुपर्छ
03:37 यसले गर्दा दुग्ध नलीमा जोड पर्छ र धेरै दूध बाहिर आउने छ
03:42 अब भने हामी बच्चाको मुखले भित्रसम्म स्तन च्यापे-नच्यापेको जाँच गर्छौं
03:48 स्तन भित्रसम्म च्यापिएको पक्का गर्न आमाले तलका सङ्केतहरू पहिल्याउनु पर्छ
03:54 बच्चाको मुख चौडा खुलेको छ,
03:57 स्तनको मुन्टो वरिपरिको गाढा घेरा, बच्चाको तल्लो ओठ भन्दा माथिल्लो ओठ नजिक धेरै देखिन्छ
04:06 बच्चाको चिउँडोको तल्लो भाग आमाको स्तनमै मिलेको जस्तो देखिन्छ
04:11 बच्चाले दूध निल्दा बच्चाको बङ्गारो तल झरेको प्रस्ट देख्न सकिन्छ
04:16 र बच्चाको तल्लो ओठ बाहिरतिर फर्किएको छ
04:22 तर बच्चाको पकड राम्रो भएमा यो प्रायजसो देखिँदैन
04:28 त्यस्तो अवस्थामा, बच्चाको तल्लो ओठ नजिकको स्तनको भागमा हल्का थिच्नुपर्छ र बच्चाको तल्लो ओठ बाहिर फर्किएको हेर्न सकिन्छ
04:41 अब, बच्चाको नाक हेरौं, यदि बच्चाको नाकले आमाको स्तनमा जोड दिए जस्तो देखिन्छ भने-
04:49 आमाले बच्चाको टाउको हल्का बाहिर फर्काउन सक्छिन् जसले गर्दा बच्चाको चिउँडो आमाको स्तनतिर थप धकेलिन्छ
04:58 र बच्चाको नाक र निधार भने स्तन देखि पर पुग्ने छन्
05:04 यस्तो गर्दा, बच्चाको मुख स्तनको भित्र सम्म पुग्न सहयोग मिल्छ
05:09 बच्चाको अनुहारलाई सम्पूर्ण रूपमा स्तन देखि पर धकेल्नु हुँदैन
05:13 यस्तो गर्दा बच्चाले मुन्टो मात्र चुस्न पाउँछ
05:16 याद गरौं, स्तनपान गराउँदा आमाले सहज महसुस गर्नुपर्छ
05:21 उनले स्तनको मुन्टो घोचेको, तानेको वा रगडेको जस्तो महसुस गर्नु हुँदैन
05:27 यदि स्तनपान गराउँदा आमालाई पीडा हुन्छ भने बच्चा राम्ररी स्तन सम्म नपुगेको बुझिन्छ
05:35 बच्चा स्तन सम्म नपुग्ने एउटा प्रमुख कारणबारे जानौं
05:40 धेरै जसो आमाहरूले आफ्नो मुन्टो मात्र बच्चाको मुखभित्र पुर्याउने प्रयास गर्छन्
05:48 यहाँ, बच्चाको मुख चौडा खुलेको हुँदैन
05:52 बच्चा स्तनको मुन्टो सम्म मात्र पुग्न सक्छ
05:56 यहाँ, हामी स्तन वरिपरिको गाढा घेरा बच्चाको तल्लो र माथिल्लो ओठ बाट समान रूपको दूरीमा देख्न सक्छौं
06:04 बच्चाको चिउँडो स्तन मा हुँदैन
06:07 बच्चाले निरन्तर छिटो-छिटो स्तनपान गरिरहेको छ
06:14 स्तनपान गर्दा, बच्चाको गालामा खाल्डो पर्छ
06:17 बच्चाले दूध निल्दा बच्चाको बङ्गारो तल झरेको प्रस्ट देख्न सकिन्न
06:23 र स्तनको मुन्टोमा बच्चाको मुखभित्रको सार्हो भागले घोचेको वा थिचेको जस्तो महसुस हुन्छ
06:31 यसले आमालाई कष्टकर हुनको साथै मुन्टो मा घाउ पनि हुन सक्छ
06:37 साथै, मुन्टो मात्र चुस्दा बच्चाले स्तनको गाढा घेरा मुनि रहेका ठूला दुग्ध नलीबाट दूध पाउँदैन
06:45 त्यसैले, बच्चाले पर्याप्त दूध प्राप्त गर्दैन
06:50 यदि बच्चा मुन्टो मात्र चुसिरहेको छ भने
06:54 आमाले आफ्नो सफा कान्छी औँला बच्चाको मुखभित्र छिराउनु पर्छ
06:59 उनले औँला प्रयोग गरी बच्चालाई मुन्टोबाट छुटाउनु पर्छ
07:04 अनि उनले पुन: सोही स्तन बच्चाको मुख भित्र सम्म पुग्ने गरी छिराउनु पर्छ
07:11 बच्चाको मुखको राम्रो पकड भएपछि, आमाले बच्चाले दुवै पातलो र बाक्लो दूध पर्याप्त पाएको पक्का गर्नुपर्छ
07:19 पातलो दूध भनेको स्तनको अघिल्लो भागमा जम्मा हुने पानी जस्तै दूध हो
07:25 यो पानी र प्रोटिनले बनेको हुन्छ
07:29 यो बच्चाको विकास र बच्चालाई बलियो बनाउन आवश्यक हुन्छ
07:36 बाक्लो दूध स्तनको पछिल्लो भागमा भण्डारण हुन्छ
07:42 यो मुख्य रूपमा चिल्लो पदार्थले बनेको हुन्छ
07:46 यो बच्चाको मस्तिष्क विकास र वजन बढाउन आवश्यक पर्छ
07:53 बच्चालाई दुवै प्रकारका दूध पर्याप्त रूपमा प्रदान गर्न – आमाले पहिलो स्तनबाट पूर्ण रूपमा स्तनपान गराए पछि मात्र दोस्रो बाट स्तनपान गराउनु पर्छ
08:05 बच्चाले पूर्ण रूपमा एउटा स्तनबाट स्तनपान गरेको पक्का गर्न आमाले आफ्नो हातमा स्तन निचोरेर हेर्न सक्छिन्
08:15 यदि, स्तनबाट पानी जस्तै दूध आयो ,
08:19 वा धेरै नै बाक्लो दूध आयो भने
08:24 आमाले बच्चालाई सोही स्तनबाट स्तनपान गराउनु पर्छ
08:29 यदि केही थोपा मात्र बाक्लो दूध आएमा,
08:35 बच्चाले सो स्तनबाट पूर्ण रूपमा स्तनपान गरेको बुझ्नुपर्छ
08:41 अर्को स्तन चुसाउनु अघि, आमाले बच्चालाई आफ्नो काखमा बसाउनु पर्छ र त्यसपछि बच्चाको जिऊ थोरै अघि फर्काएर हातले बच्चाको चिउँडोको मुनि भित्री भागमा हल्का जोड दिई डकार लिन उत्साहित गर्नुपर्छ
09:00 बच्चाले २ देखि ३ मिनेटमा डकार्नुपर्छ
09:04 यदि बच्चाले अर्को ५ मिनेटसम्म पनि डकारेन भने,
09:08 स्तनमा बच्चाको पहुँच राम्रो पुगेको बुझिन्छ
09:14 र बच्चाले स्तनपान गर्दा बच्चाको पेटमा अनावश्यक मात्रामा हावा भरिएको थिएन भन्ने बुझिन्छ
09:21 अब, आमाले अर्को स्तनबाट स्तनपान गराउनु पर्छ
09:26 यदि बच्चाले पर्याप्त स्तनपान गरेको भए, अर्को स्तनपान नगराउन पनि सकिन्छ
09:32 तर आमाले सधैँ दुवै स्तनबाट स्तनपान गराउनु राम्रो हुन्छ
09:39 कुन स्तनबाट स्तनपान गर्ने भने निर्णय बच्चालाई गर्न दिनुपर्छ
09:45 यदि स्तनपान गर्दा बच्चा निदाएमा बच्चालाई उठाउन, आमाले बच्चाको पैतालामा हल्का चलाउनु पर्छ
09:55 वा बच्चाको ढाडमा बिस्तारै काउकुती पनि लगाउन सकिन्छ
09:59 अथवा बच्चालाई डकार गर्नको लागि राखिएको स्थानमा राख्न सकिन्छ
10:04 स्तनपानको सही तरिका सँगै, स्तनपानको सही मात्रा पनि महत्वपूर्ण हुन्छ
10:12 आमाले २४ घण्टामा कम्तिमा पनि १२ पटक स्तनपान गराउनु पर्छ
10:17 यी मध्ये २ देखि ३ पटक सम्म राति स्तनपान गराउनुपर्छ
10:24 बच्चालाई स्तनपान गराउन आमाले बच्चा भोकाएको सङ्केतहरू हेर्नुपर्छ जस्तै बच्चा मडारिने ,
10:32 मुख खोल्ने, टाउको बटार्ने, आफ्नो हात मुखमा लग्ने,
10:37 औँला चुस्ने र जिऊ तन्काउने
10:42 यदि बच्चा स्तनपानको लागि रुन्छ भने स्तनपान गराउन ढिलो भइसकेको थाहा हुन्छ
10:49 कृपया याद गरौं - बच्चा २ हप्ता, ६ हप्ता र ३ महिनाको हुँदा एकदम छिटो बढ्ने गर्छ
10:59 र बच्चालाई अझै बढि दूध आवश्यक पर्छ
11:05 साथै, बच्चालाई नियमित रूपमा स्तनपान गराउँदा स्तनमा दूधको मात्रा बढ्ने chh
11:12 त्यसैले, आमाले यस्ता छिटो बढ्ने समयमा धेरै पटक स्तनपान गराउनु पर्छ
11:19 स्तनपान बाट प्राप्त हुने दूध, बच्चा छ महिनाको हुँदा सम्म सबैभन्दा पोषक हुन्छ
11:30 सफल स्तनपानको रहस्य भनेको स्तनमा बच्चाको राम्रो पहुँच हुनु हो
11:36 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
11:40 आइआइटी बम्बे को तर्फबाट म मन्दिरा थापा बिदा हुँदै छु,

सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Debosmita, Mandira