Health-and-Nutrition/C2/Breast-conditions/Nepali

From Script | Spoken-Tutorial
Revision as of 17:52, 13 August 2020 by Debosmita (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time
Narration
00:00 स्तनपान गराउने आमाहरूमा हुने स्तनको समस्याहरू को स्पोकन ट्युटोरियल मा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी - ब्रेस्ट इन्गर्जमेंटमस्टाईटिस को बारेमा जान्ने छौं
00:13 अब ब्रेस्ट इन्गर्जमेंट बाट सुरु गरौं
00:17 इन्गर्जमेंट बच्चा जन्मेको ३ देखि ५ दिन भित्र हुन्छ
00:23 यो एकसाथ दुवै स्तनहरूमा हुन्छ
00:28 आमाले ब्रेस्ट इन्गर्जमेंटलाई भरिएको स्तन भनेर बुझ्नु हुँदैन
00:33 त्यसैले, अब ब्रेस्ट इन्गर्जमेंट र भरिएको स्तनको भिन्नता बारे बुझौं
00:40 इन्गर्जमेंटमा स्तन कडा हुन्छ र सुन्निएर भरिएको जस्तो देखिने र दुख्ने गर्छ
00:46 यसले चम्किलो देखिन्छ र स्तनमा फुलेको नसाहरू देखिन्छन्
00:52 आमालाई २४ घण्टा भन्दा धेरै ज्वरो आउन सक्छ जसले गर्दा बच्चालाई स्तन च्याप्न अप्ठेरो हुन्छ भने
01:01 भरिएको स्तन सामान्य कुरो हो
01:04 भरिएको स्तन ठूलो देखिन्छ तर यसमा कुनै चम्किलोपन हुँदैन
01:10 स्तन भरि हुँदा दुख्दैन र ज्वरो पनि आउँदैन
01:17 अब स्तनपान गराउने आमाहरूमा ब्रेस्ट इन्गर्जमेंट हुने कारणहरू बारे चर्चा गरौं
01:23 तलका अवस्थाहरूमा ब्रेस्ट इन्गर्जमेंट हुन सक्छ -
01:27 यदि आमाले बच्चालाई जन्मने बितिक्कै स्तनपान गराएकी छैनन्
01:32 आमाले बच्चालाई नियमित स्तनपान गराएकी छैनन्
01:36 स्तनपानको समयमा बच्चा आमाको स्तन भित्र सम्म पुग्न सकेको छैन र
01:42 आमाले अकस्मात स्तनपान बन्द गरेकी छिन्
01:47 अब, इन्गर्जमेंट रोक्न के गर्न सकिन्छ हेरौं
01:51 पहिले - आमाले आफ्नो हात सफा पानीले धुनुपर्छ
01:56 अनि, आमाले देख्न, सुँघ्न र छुन सक्ने गरी बच्चालाई आफ्नो नजिक लग्नुपर्छ
02:03 यदि बच्चा सम्हाल्न एकदमै गाह्रो हुन्छ भने आमाले उसको कपडा सुँघ्न सक्छिन्
02:08 त्यसपछि, आमाले एक गिलास पानी पिउनुपर्छ
02:12 अनि, स्तनमा तातो पानीमा भिजाएर निचोरेको कपडा ५ देखि १० मिनेट सम्म राख्नुपर्छ
02:18 आमाले मन तातो पानीले नुहाउन पनि सक्छिन्
02:21 यसले दूध बाहिर आउन सघाउँछ
02:24 त्यसपछि, स्वास्थ्यकर्मीले आमालाई आराम गर्न लगाउनु पर्छ किनकी धेरै चिन्ता लियो भने लेट-डाउन रिफ्लेक्स हुन सक्छ र
02:33 दूध बाहिर आउने छैन
02:36 अब, स्वास्थ्यकर्मी वा परिवारका सदस्यले आमाको गर्दन वा माथिल्लो ढाडमा मालिस गर्नुपर्छ
02:43 यसले आमाको दूध आउन सहयोग गर्छ
02:46 किनभने, माथिल्लो ढाड र स्तनमा जाने नसा एकै हुन्छ
02:52 अनि, आमाले आफ्नो स्तनमा गोलाकारमा आकारमा मालिस गर्नुपर्छ
02:57 मालिस गर्नाले आमालाई आराम मिल्ने छ र लेट डाउन रिफ्लेक्समा सघाउँछ
03:03 यी सबै कुराहरूले अक्सिटोसिन छोड्न सहयोग गर्छ
03:07 यसलाई अक्सिटोसिन रिफ्लेक्स वा लेट-डाउन रिफ्लेक्स भनिन्छ
03:12 अक्सिटोसिन दूध धेरै निस्कन सहयोग गर्ने हर्मोन हो
03:17 अनि, आमाले हातले थिचेर दूध निकाल्न सक्छिन् जसले गर्दा एरियोला नरम हुन्छ
03:23 यसरी बच्चालाई स्तन भित्रसम्म च्याप्न मद्दत हुन्छ
03:27 स्तन निचोरेर दूध निकाल्दा, आमाले एरियोला वरिपरि जोड दिनुपर्छ
03:33 दूध निकाले पछि आमाले बच्चाको मुखमा मुन्टो राख्नुपर्छ किनभने बच्चालाई आफैँ मुख जोड्न गाह्रो हुन्छ
03:43 दुवै स्तनहरू बाट स्तनपान गराउनु पर्छ
03:46 स्तनपानको बीचमा, आमाले ५-१० मिनेटसम्म स्तनमा भिजाएर निचोरेको कपडा राख्नुपर्छ वा,
03:54 आमाले स्तनमा बन्दाको पत्र राख्न सक्छिन्
03:58 यी बन्दाका पत्रहरूलाई फ्रिजमा वा माटोको भाडामा राख्न सकिन्छ
04:04 यसले स्तनको संवेदनशीलता र गिलोपना हटाउने छ
04:09 अनि, आमाले नियमित स्तनपान गराउनुपर्छ
04:13 अब, ब्रेस्ट इन्गर्जमेन्ट कसरी रोक्न सकिन्छ जानौं
04:17 अहिले, बच्चालाई भोक लागेको सङ्केतको बारेमा जानौं जस्तै अप्ठेरो भएको जस्तो गरी चल्ने,
04:25 रुटिंग रिफ्लेक्स बढ्ने -
04:28 रुटिंग रिफ्लेक्समा, बच्चा आफ्नो गाला वा मुख छुने कुनै पनि वस्तुतिर फर्किन्छ
04:36 औँला चुस्ने
04:39 अन्तिम प्रहरमा, बच्चा रुन थाल्छ
04:43 बच्चाले भोको भएको सङ्केत दिने बितिक्कै स्तनपान गराउनुपर्छ र यो भन्दा ढिलो भएमा बच्चा रुन थाल्छ
04:50 यो याद राखौं कि बच्चाको पहुँच स्तनमा राम्रोसँग पुग्न सके उसले राम्ररी स्तनपान गर्न सक्छ
04:55 याद गरौं, एउटा स्तनबाट पूर्ण रूपमा स्तनपान गराएपछि मात्र अर्को बाट स्तनपान गराउनु पर्छ
05:02 अब, मस्टाईटिस नामक स्तनमा हुने अर्को समस्याको बारेमा जानौं
05:08 यो अवस्थामा स्तन रातो अनि कडा भएर सुन्निन्छ
05:14 आमालाई एकदमै पीडा हुनाको साथै ज्वरो आउन र बिरामी पनि हुन सक्छिन्
05:18 धेरै आमाहरूलाई पहिलो छ हप्तामा मस्टाईटिस हुन सक्छ
05:22 तर, यो स्तनपान गराउने आमामा जहिले पनि देखिन सक्छ
05:27 यसलाई कहिलेकाहीँ ब्रेस्ट इन्गर्जमेन्ट सँग झुक्किन सकिन्छ
05:31 तथापि, इन्गर्जमेन्टले सम्पूर्ण स्तनमा मात्र नभएर दुवै स्तनमा असर पर्छ
05:37 भने मस्टाईटिसले स्तनको केही भागमा मात्र असर गर्छ र प्रायजसो यो एउटा स्तनमा मात्र हुन्छ
05:44 मस्टाईटिस एउटा इन्गर्ज भएको स्तनमा हुन सक्छ वा यसले दुग्ध नली पनि रोक्न सक्छ
05:51 अब, हामी बन्द भएका नलीहरूको उपचार नगरे कसरी यो मस्टाईटिसमा परिवर्तन हुन सक्छ, चर्चा गर्ने छौं
05:59 नली बन्द हुनु भनेको स्तनको कुनै भागबाट दूध बाहिर नआउनु हो
06:04 प्रायजसो, यो नली बाक्लो दूधले बन्द भएको स्तनको भागमा पर्छ
06:11 यसले गर्दा गाँठो बन्छ र यो गाँठो संवेदनशील हुन्छ र यसको माथि छालामा रातो हुन्छ
06:20 बन्द नली र ब्रेस्ट इन्गर्जमेंटले गर्दा दूधको बहावमा अवरोध उत्पन्न हुन्छ
06:24 जब दूध स्तनको कुनै भागमा बाहिर आउन नसकी जम्छ र ब्रेस्ट इन्गर्जमेंट हुन्छ, यसलाई स्ट्यासिस् भनिन्छ
06:32 यदि स्ट्यासिस् हटाएन भने यसले गर्दा स्तनको तन्तु सुन्निन सक्छ, यसलाई सङ्क्रमण नहुने मस्टाईटिस् भनिन्छ
06:42 भने, कहिलेकाहीँ स्तनमा ब्याक्टेरियाको सङ्क्रमण भएमा यसलाई सङ्क्रमणकारी मस्टाईटिस भनिन्छ
06:51 यो अवस्थामा, ब्याक्टेरिया सजिलै छिद्रहरूबाट भित्र छिर्न सक्छ:
06:56 यदि स्तनमा छिद्र भएमा, मस्टाईटिसको उपचार हुन सक्दैन र उपचारमा अवरोध हुन्छ
07:06 याद गरौं, मस्टाईटिसको उपचार भएन भने स्तनमा घाउ हुने अथवा फोडा उठ्न सक्छ
07:11 अब, मस्टाईटिस हुनुको कारणहरू बारे चर्चा गरौं
07:15 मस्टाईटिसको सबैभन्दा प्रमुख कारण भनेको अनियमित स्तनपान हो
07:21 यदि आमा कामदार महिला हुन् भने नियमित स्तनपान गराउनु चुनौती पूर्ण हुन्छ
07:27 अनियमित स्तनपान गराउने अर्को कारण भनेको आमा वा बच्चालाई सन्चो नभएर हुन सक्छ
07:33 दोस्रो कारण भनेको बच्चाले मुन्टो मात्र चुस्नु हो, यस्तो गर्दा बच्चाले सम्पूर्ण दूध सिध्याउन सक्दैन
07:40 तेस्रो भनेको चाहिने भन्दा धेरै दूध उत्पादन हुनु हो
07:43 चौथो भनेको बच्चाले आमाको दूध बाहेक अन्य खानेकुरो रुचाउनु हो
07:50 पाँचौं भनेको कसिलो कपडा लगाउनु हो – यदि आमाले कसिलो कपडा लगाएमा, विशेषगरी राति कसिलो भित्री वस्त्र लगाएमा यसले स्तनमा जोड परी दुग्ध नलीहरू बन्द हुन सक्छ
08:03 छैठौं भनेको आमाले पीर-चिन्ता लिनु हो – यदि आमा धेरै चिन्ता गर्छिन् भने यसले लेट-डाउन रिफ्लेक्स हुन सक्छ
08:12 सातौं भनेको स्तनको छिद्र हो- यसले गर्दा स्तनको तन्तुमा ब्याक्टेरिया भित्रिएर मस्टाईटिस हुन सक्छ
08:22 अब मस्टाईटिसको उपचारको बारेमा जानौं
08:26 पहिले कारण पत्ता लगाउनु पर्छ अनि त्यसको उपचार गर्न सकिन्छ
08:31 आमाले स्तनपान अघि स्तनमा न्यानो कपडा प्रयोग गरी हल्का थिच्नुपर्छ
08:35 वा मन तातो पानीमा नुहाउन पनि सक्छिन्
08:37 पहिले उनले ग्रसित स्तनबाट स्तनपान गराउन सुरु गर्नुपर्छ
08:42 तर यसो गर्दा पीडा वा लेट-डाउन रिफ्लेक्स भएमा, अर्को स्तनबाट स्तनपान गराउनु पर्छ
08:50 याद राखौं, नियमित स्तनपान सधैँ आवश्यक हुन्छ
08:55 यदि घाउ मुन्टोमा, मुन्टोको घेरामा नभए आमाले सोही स्तनबाट स्तनपान गराउन सक्छिन्
09:04 आमाले मस्टाईटिसबाट ग्रसित स्तनबाट स्तनपान गराउँदा यी कुराहरूमा ध्यान दिनुपर्छ -
09:09 बच्चामा सङ्क्रमण हुन सक्ने भएकोले आमाले बच्चामा सङ्क्रमणको लक्षणहरू देखिन्छ कि याद गर्नुपर्छ
09:17 किनभने ग्रसित स्तनबाट आउने दूधमा हानिकारक ब्याक्टेरिया हुन सक्छन्
09:24 स्तनमा मालिस गर्नाले दूधको आपूर्ति सुध्रिन्छ
09:28 स्तनको ग्रसित क्षेत्र देखि मुन्टोतिर हल्का मालिस गर्नुपर्छ
09:34 र, आमाले पर्याप्त आराम गर्नुपर्छ
09:37 यदि लक्षणहरू गम्भीर भएमा उनले डाक्टरसँग बुझ्नुपर्छ
09:40 ब्रेस्ट एब्सेस को लागि स्तनको शल्यक्रिया गरी जमेको पीप बाहिर निकाल्नुपर्छ र एंटीबायोटिक लिनुपर्ने हुन्छ
09:47 यो बाहेक, आमाले आफ्नो शरीरलाई आराम दिन र गहिरो र नियमित श्वासप्रश्वासमा विशेष ध्यान दिनुपर्छ
09:55 लेट-डाउन रिफ्लेक्स को लागि सुमधुर सङ्गीत सुन्दै बच्चाको बारेमा सोच्नुपर्छ
10:04 याद राखौं, मस्टाईटिसबाट बच्न आमाको स्तनमा बच्चालाई पुर्याउने तरिका सही हुनुपर्छ
10:09 यसले दुग्ध नलीहरू बन्द हुँदैन र बच्चाले पर्याप्त दूध प्राप्त गर्ने छ
10:14 यी सबै स्तनका सङ्क्रमणहरूबाट बच्ने उपाय भनेको – बच्चालाई स्तनसम्म पुर्याउने र बच्चा समाउने सही तरिका, र नियमित स्तनपान हो
10:24 यसरी हामी यस स्तनपान गराउने आमाहरूको स्तनमा हुने समस्याहरूको ट्युटोरियलको अन्त्यमा आएका छौं
10:31 आइआइटी बम्बे को तर्फबाट म मन्दिरा थापा बिदा हुँदै छु,

सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Debosmita, Mandira