Firefox/C4/Add-ons/Nepali

From Script | Spoken-Tutorial
Revision as of 18:02, 5 September 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 एड्भान्सड फायरफक्स फिचर इन् मोजिला फायरफंक्स स्पोकन ट्युटोरियलमा स्वागत छ
00:08 यो ट्युटोरियलमा, हामीले फायरफक्सका एडभान्सड विशेषताहरु बारे सिक्ने छौ
            *Quick find link
            *Firefox Sync
            *Plug-ins
00:19 यहाँ, हामी उबुन्टु १०.०४ मा फायरफक्स ७.० प्रयोग गर्दै छौ
00:26 फायरफक्स ब्राउजर खोलौ
00:29 डिफल्टमा, 'yahoo होम पेज खुल्छ
00:33 अब, फायरफक्स लिंकको सर्च गर्न सिकौं
00:37 फायरफक्सले तपाईलाई सर्च बारमा गएर एउटा वेबपेज भित्रको लिंक पत्ता लगाउन दिन्छ
00:43 एड्रेस बारमा, टाइप गरौँ, WWW. Google.co.in र इन्टर थिचौ
00:51 याद गरौ, अहिले कर्सर Google सर्च बार भित्र रहेको छ
00:58 अर्को, सर्चबार बाहिर पेजको कुनै ठाउँमा कर्सर क्लिक गरौ
01:04 अब कीबोर्डको, apostrophe की थिचौ
01:09 विन्डोको तल बायाँ कुनाको, सर्चबक्समा क्विक फाइन्ड लिंक देखिन्छ
01:16 यो बक्सभित्र टाइप गरौ, ‘’’Bengali’’’, याद गरौ Bengali लिंक हाइलाइट गरिएको छ
01:25 अब एउटा वेब पेज भित्रको लिंक छिटो र सजिलोसँग खोज्न सक्नुहुन्छ
01:31 मानौं तपाई आफ्नो अन्य कम्प्युटर वा उपकरणहरु जस्तै मोबाइल फोनबाट आफ्नो सेटिंग र प्राथमिकता अनुसार फायरफक्स ब्राउजर प्रयोग गर्न चाहनुहुन्छ, के यो सम्भब छ?
01:43 यो सम्भंब छ किनभने फायरफक्स सिंक बिशेषताले तपाईको सम्पूर्ण ब्राउजर डाटा जस्तै बुकमार्क,हिस्ट्री र इन्सटल गरिएका एक्सटेन्सनहरु' सुरक्षित भण्डार गर्छ
01:55 तपाई हाम्रो कम्प्युटरहरुलाई यो सर्भरमा सिन्क गर्न सक्नुहुन्छ र त्यसैले तपाई आफ्नो ब्राउजर डाटा उपयोग गर्न सक्नुहुन्छ
02:02 अब, सिन्क सुबिधाहरु इनेबल गरौँ
02:06 मेनु बारको, ‘’’tools’’’ मा क्लिक गरौ र सेटअप सिन्क छानौं, फायरफक्स सिन्क सेटअप डाइलग बक्स देखापर्छ
02:15 हामी सिन्क पहिलो पटक प्रयोग गर्दै भएकोले create a new account मा क्लिक गरौ
02:21 एकाउन्ट डिटेल्स डाइलग बक्स देखापर्छ
02:24 यो ट्यूटोरियलको लागि, हामीले पहिले नै एउटा जिमेल एकाउन्ट बनाएका छौं
02:30 ST.USERFF@gmail.com. इमेल एड्रेस फिल्डमा ST.USERFF@gmail.com इन्टर गरौ
02:42 choose a password फिल्डमा पासवर्ड इन्टर गरौँ
02:47 confirm password फिल्डमा पुन: पासवर्ड इन्टर गरौँ
02:52 डिफल्ट सर्भरमा फायर फक्स सिन्क सर्भर छानिएको छ
02:58 हामी सेटिंग परिवर्तन गर्ने छैनौ, “terms of service” र “privacy policy” बक्स ठिक गरौँ
03:08 “next” मा क्लिक गरौ, फायरफक्सले सिन्क की देखाउछ
03:11 तपाईले कम्प्युटरबाट आफ्नो सिंकहरु प्रयोग गर्न हाम्रो सिस्टममा यो की इन्टर गर्नैपर्ने हुन्छ
03:18 ‘’save’’ बटन क्लिक गरौ, देखापर्ने सेभ सिन्क की डाइलग बक्समा
03:24 डेस्कटपमा जाउँ र “save” मा क्लिक गरौ
03:28 फायरफक्स सिन्क की .html फाइल डेस्कटपमा HTML फाइलको रुप सेभ भएको छ
03:35 यो की को एउटा नोट बनाऊ र यो नम्बर तपाईले सजिलै प्रयोग गर्न सक्ने स्थानमा सेभ गर्नुहोस
03:41 तपाईले अन्य कम्प्युटरमा यो कि इन्टर नगरी आफ्नो सिंक एकाउन्ट प्रयोग गर्न सक्नुहुन्न
03:48 नेक्स्ट क्लिक गरौ, confirm you are not a Robot डाइलग बक्समा
03:53 देखाइएको शब्दहरु इन्टर गरौ, सेटअप पूरा भएको छ
03:59 “firefox sync” सेटअप डाइलग बक्समा बायाँ “sync” विकल्प बटनमा क्लिक गरौ
04:06 यहाँ तपाई आफ्नो सिंक विकल्प सेट गर्न सक्नुहुन्छ
04:09 यो ट्यूटोरियलको लागि, हामी डिफल्ट विकल्प परिवर्तन गर्ने छैनौं, “done” मा क्लिक गरौ
04:17 Next क्लिक गरौ, फायरफक्सले कन्टेन्ट पुष्टि गर्छ, त्यसपछि, ‘’finish’’ बटन देखिन्छ, ‘’finish’’ मा क्लिक गरौ
04:25 तपाईले आफ्नो कम्प्युटरमा फायरफक्स सिंक सेट गर्नु भएको छ
04:29 र अब तपाई कसरी अर्को कम्प्युटरबाट आफ्नो ब्राउजर डाटा उपयोग गर्न सक्नुहुन्छ हेरौं
04:35 तपाईले अन्य कम्प्युटर वा उपकरण टूल सिंक गर्नु आवश्यक छ
04:40 यो ट्यूटोरियलको लागि, हामी यी निर्देशनहरु स्लाइडमा सूचीकृत गर्नेछौं
04:46 तपाई यी निर्देशनहरु आफ्नो अन्य कम्प्युटर वा उपकरणहरु सिंक गर्न प्रयोग गर्न सक्नुहुन्छ
04:52 अर्को कम्प्युटर वा उपकरणमा, फायरफक्स ब्राउजर खोलौ
04:57 मेनुबारको, ‘’’tools’’’ र setup firefox sync मा क्लिक गरौ
05:03 I have a firefox sync account क्लिक गरौ, तपाईको इमेल आइडी र पासवर्ड इन्टर गर्नुहोस्
05:10 आफ्नो sync’ की इन्टर गरौ, finish' मा क्लिक गरौ
05:15 अहिले अर्को कम्प्युटर पनि सिंक गरिएको छ, तपाई अर्को कम्प्युटर टूलबाट आफ्नो ब्राउजर डाटा उपयोग गर्न सक्नुहुन्छ
05:23 तपाई नँया बुकमार्क पनि सेभ गर्न र यहाँ आफ्नो प्राथमिकताहरु परिवर्तन गर्न सक्नुहुन्छ
05:28 यो परिवर्तनहरु सिंक म्यानेजरमा स्वतः अपडेट हुनेछन्
05:34 अन्त्यमा, एउटा मूल कम्प्युटर लाई सिंक मेनेजरमा अपडेट गरिएको डाटासँग कसरी सिंक गर्ने सिकौ
05:42 अब मेनुबारको tools मा क्लिक गरौ
05:46 याद गरौ, अहिले सिंक विकल्पले Sync Now देखाउँछ
05:51 तपाई आफ्नो डाटा सिंक म्यानेजरसँग सिंक गर्न यसमा क्लिक गर्न सक्नुहुन्छ
05:55 तपाई आफ्नो फायरफक्स सिंक एकाउन्ट मेट्न वा आफ्नो सिंक डाटा खाली गर्न पनि चाहनु हुन्छ
06:02 तपाई यो कसरी गर्नुहुन्छ? यो पनि सजिलो छ
06:06 एउटा नयाँ ब्राउजर खोलौ, एड्रेस बारमा टाइप गरौ,https://account.services.mozilla.com, इन्टर थिचौ
06:21 युजरनेममा इन्टर गरौँ, ST.USERFF@gmail.com
06:28 अब पासवर्ड इन्टर गरौ, लगइन क्लिक गरौ
06:33 फायरफक्स सिंक वेबपेज खुल्छ
06:36 तपाई अब फायरफक्स सेटिंग र डाटा परिमार्जन गर्नु हुन्छ
06:40 अब यो पेजबाट लगआउट गरौ
06:43 अब, प्लग- इन्स बारे सिकौ, Plug-ins के हो?
06:49 एउटा प्लग-इन् एउटा सफ्टवेर प्रोग्राम हो जसले फायरफक्समा विशेष कार्यक्षमता थप्छ
06:57 प्लग-इन् एक्सटेन्सन भन्दा कसरी भिन्न छ
07:00 प्लग-इन् हरु अन्य कम्पनीहरुले बनाएका प्रोग्राम हुन्
07:04 प्लग इन ले फायरफक्स ब्राउजर मा तेस्रो पक्षको प्रोग्राम संलग्न गर्छ
07:10 प्लग इनले तपाईलाई फायरफक्समा भिडियो हेर्न, 'मल्टिमेडिया सामग्री' हेर्न, 'भाइरस स्क्यान' गर्न र 'पावर एनिमेसन' चलाउन दिन्छ
07:21 उदाहरणको लागि, तपाई फायरफक्स ब्राउजरमा भिडियो हेर्न फ्ल्याश इन्स्टल गर्नुहुन्छ जुन एउटा प्लग इन हो
07:28 फायरफक्समा इन्स्टल गरिएको प्लग इन हेरौ
07:33 मेनु बारबाट, toolsaddons छानौ
07:38 addon manager ट्याब खुल्छ, देब्रे प्यानलको plug-ins मा क्लिक गरौ
07:45 अहिले दायाँ प्यानलले तपाईको कम्प्युटरमा इन्स्टल गरिएको प्लग इन् देखाउछ
07:50 र तपाई कसरी प्लग इन् हरु इन्स्टल गर्नुहुन्छ?
07:53 प्रत्येक प्लग इन सम्बन्धित वेबसाइटबाट डाउनलोड गरिन्छ अनि कम्प्युटरमा इन्स्टल गरिन्छ
08:01 प्रत्येक प्लगइन को लागि इन्स्टल गर्ने प्रक्रिया फरक हुन्छ
08:05 मोजिला फायरफक्समा उपलब्ध प्लग इन् हरु र तिनीहरुलाई इन्स्टल गर्ने निर्देशन बारे थप जान्न mozilla website मा हेर्नुहोस्
08:16 यो ब्राउजर बन्द गरौ
08:19 प्लग इन् निस्क्रिय गर्न, 'disable’ बटनमा क्लिक गरौ
08:24 यसरी हामी ट्युटोरियलको अन्त्यमा आएका छौं
08:27 यो ट्युटोरियलमा, हामीले सिक्यौं
            *Quick find link
            * Firefox Sync र Plug-ins
08:36 यहाँ तपाईको लागि कार्य छ
08:38 फायरफक्सको लागि ३ प्लगइनहरु डाउनलोड र इन्स्टल गरौ
08:43 एउटा फायरफक्स सिंक एकाउन्ट बनाऊ, अर्को कम्प्युटरबाट तपाईको फायरफक्स ब्राउजर प्रयोग गर्नुहोस्
08:50 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्, यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
08:56 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09:01 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
09:06 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:10 विस्तृत जानकारीको लागि, कृपया स्पोकन हाइफन् ट्युटोरियल डट ओआरजी मा लेख्नुहोस्
09:16 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
09:21 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
09:28 यो मिशन सम्बन्धि थप जानकारीतलको लिंकमा उपलब्ध छ
09:31 स्पोकन हाइफन ट्युटोरियल डट ओआरजी सल्याश NMEICT हाइफन इन्ट्रो
09:36 म मन्दिरा थापा बिदा हुँदैछु, सहभागिताको लागि धन्यवाद

नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya