Drupal/C3/Menu-and-Endpoints/Nepali

From Script | Spoken-Tutorial
Revision as of 05:43, 15 January 2018 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 Menu and Endpoints स्पोकन ट्युटोरियल मा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं: URL प्याटर्नहरू सेट गर्न र मेनु व्यबस्थापन गर्न
00:15 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ

उबुन्टु लिनक्स अपरेटिंग सिस्टम ड्रुपल ८ र फायरफक्स वेब ब्राउजर तपाई आफ्नो रोजाईको कुनै पनि वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ

00:29 यो ट्युटोरियलमा हामी हाम्रो वेबसाइटको लागि सही URL path सृजना गर्न सिक्ने छौं
00:36 एण्डपोइन्टएलियसहरू- एण्डपोइन्ट कुनै पनि निश्चित सामग्री देखाउने URL पाथ हरू हुन्
00:45 डिफल्टमा, Drupal मा एउटा नोड को एण्डपोइन्ट node/[node:id] हुन्छ
00:53 यसलाई सर्भरमा पठाउनाले नोडको सामग्रीहरू देखाउने छ, ID मा रहेको नम्बर मानिसले पढ्न सक्दैनन्
01:02 मतलब, हामी कुनै पनि निश्चित कन्टेन्ट मानौं, node/278162 सामग्रीसँग जोड्न सक्छौं

मानिसले पढ्न सक्ने एण्डपोइन्ट एउटा एलिएस प्रयोग गरी सृजना गर्न सकिन्छ

01:19 एलिएस सामग्रीको वैकल्पिक URL path हो, हामी मूल वा कुनै पनि सर्भर एलिएसहरू एकै सामग्री देखाउन प्रयोग गर्न सक्छौं
01:34 उदाहरणको लागि node/278162content/drupal-camp-mumbai-2015
01:47 दुवैले एकै सामग्री देखाउने छन्, दोस्रो सम्झन सजिलो छ
01:54 अब हाम्रो सम्पूर्ण सामग्रीमा लागू हुने URL शैली सृजना गरौं
01:59 URL पाथ सेट गर्न तीन मोड्युल हरू आवश्यक पर्छ
02:04 ती तीन मोड्युलहरूमा Pathauto, Token CTools पर्छन्
02:13 कृपया तपाईको कम्प्युटरमा Pathauto इन्स्टल गर्नुहोस्
02:18 Pathauto प्रोजेक्ट पेजमा फर्कौं, यहाँ हामी Pathauto को लागि Token CTools आवश्यक पर्ने देख्न सक्छौं
02:27 TokenCTools इन्स्टल गरौं, हामीले यी मोड्युलहरू इन्स्टल गरेपछि तिनीहरूलाई अन गरौं
02:37 हामीले त्यति गरेपछि हामी अघि बढ्न सक्छौं
02:40 यहाँ Configuration मा क्लिक गरौं, SEARCH AND METADATA सेक्सनको तल हामी URL aliases देख्न सक्छौं
02:52 डिफल्टमा कुनै पनि URL aliases हुदैनन्
02:58 Patterns ट्याबमा क्लिक गरौं, Add Pathauto pattern बटनमा क्लिक गरौं
03:05 Pattern type ड्रप डाउनमा क्लिक गरौं
03:09 यहाँ हामी Forum, Content, Taxonomy termUser को लागि भिन्न प्याटर्नहरू सृजना गर्न सक्छौं
03:17 उदाहरणको लागि म Content छान्ने छुँ

Path pattern फिल्डमा हामीले प्याटर्न टेम्प्लेट दिनुपर्छ

03:27 टेम्प्लेट भेरिएबलहरू लाई टोकन भनिन्छ, तिनीहरू प्रत्येक एन्टीटि को आधारमा सृजना गरिन्छ
03:36 Token module ले यी भेरिएबलहरू उपलब्ध गराउँछ, हामीले Browse available tokens कुनै पनि इन्पुटको रूप मा देखे पूर्व परिभाषित टोकन हरू इन्सर्ट गर्न सक्छौं
03:49 हामीले एउटा टोकन इन्सर्ट गर्न चाहेको स्थानमा Path pattern बक्समा क्लिक गरौं
03:55 "content/" टाइप गरौं अनि Browse available tokens लिंक क्लिक गरौं
04:02 पप-अप विन्डो ले "Available tokens" देखाउँछ
04:07 मानौं हामी content/[title of the page] जस्तै एउटा प्याटर्न चाहन्छौं, पेजको टाइटलको टोकन Nodes सेक्सन भित्र पर्छ
04:18 Nodes सेक्सनको बायाँ एरो बटनमा क्लिक गरौं
04:23 पेजको टाइटल बदल्ने token [node:title] छानौं
04:32 यसले फर्म बक्सको कर्सरको स्थानमा [node:title] इन्सर्ट गर्ने छ
04:38 यसो नभएमा बक्समा क्लिक गरौं र कर्सरलाई चाहे अनुसार राखौं अनि पून टोकन छानौं
04:49 Content type भित्र हामी यो प्याटर्न कस्तो entity type मा लागू गर्ने उल्लेख गर्न सक्छौं
04:56 अहिले सम्पूर्ण टाइप हरू छानौं जसले गर्दा यो प्याटर्न तिनीहरूको डिफल्ट होस्
05:04 यो सेटिंग कुनै निश्चित टाइप प्रयोग गरी हटाउन पनि सकिन्छ

उदाहरणको लागि: हामी usergroup/[node:title] सृजना गरी यसलाई User Group को लागि मात्र लागू गर्न सक्छौं

05:18 Label फिल्डमा टाइप गरौं, "Content Title" अनि Save बटन क्लिक गरौं, यहाँ हामीले भर्खर सृजना गरेको नयाँ प्याटर्न जाँच गर्न सक्छौं
05:31 यो प्याटर्न हालै थपिएका सामग्रीहरूको URL aliases सृजना गर्न प्रयोग गरिन्छ तर यसले पहिले नै भएका सामग्रीको URL aliases सृजना गर्ने छैन
05:45 यसलाई पुराना सामग्रीहरूमा लागू गर्न Bulk generate ट्याबमा क्लिक गरौं, Content टाइप छानौं र Update बटनमा क्लिक गरौं
05:58 यसले URL aliases सृजना गर्न सुरू गर्छ, यसले पुराना सामग्रीहरूको संख्या अनुसार केही समय लिन सक्ने छ
06:08 अब List ट्याबमा क्लिक गरौं, हामी हाम्रो सामग्रीको लागि URL aliases देख्न सक्छौं
06:15 हाम्रो साइट को प्रत्येक नोड को सिस्टम पाथ /node/nodeid रहेको छ
06:24 पहिलो एलियस कोलममा भर्खर सृजना गरिएको URL alias हो
06:30 हामी एलियसहरूले एकै प्याटर्न अपनाएको देख्न सक्छौं, हामीले प्रत्येक नयाँ Content type सृजना गर्दा यसो गर्नुपर्छ
06:41 प्याटर्नहरू सृजना गर्न तलको थम्ब नियमहरू प्रयोग गरौं -

लोअर केस शब्दहरू प्रयोग गरौं शब्दहरू बीच स्पेस नदिऊ

06:52 शब्दहरू अन्डरस्कोरले नभई हाइफनले छुट्टयाऊ

search engine optimization (SEO) को लागि मानिसले पढ्न सक्ने अर्थपूर्ण URL प्रयोग गरौं

07:07 समयानुसार वर्गीकृत सामग्रीको लागि date token प्रयोग गरौं
07:12 Settings ट्याबमा URL एलियस हरू नियन्त्रण गर्ने अन्य धेरै विकल्पहरू रहेका छन्

यहाँ हामी डिफल्ट Separator, length आदि देख्न सक्छौं

07:26 हाम्रो डिफल्टमा प्राय कयौं सामान्य शब्दहरू प्याटर्नबाट हटाइएका छन्

यो endpoint लाई छोटो र अर्थपूर्ण बनाउन हो

07:38 संक्षेपमा भन्दा -

Pathauto Token modules ले हामीलाई URL प्याटर्न हरू मिलाउन दिन्छ

07:46 हामी कुनै पनि समय delete aliasesbulk generate aliases प्रयोग गर्न सक्छौं
07:52 अब अगाडी प्रत्येक नोडले हामीले व्यवस्था गरेका प्याटर्नहरू प्रयोग गर्ने छन्
07:59 अब हामी Menus को बारेमा चर्चा गर्ने छौं
08:03 हामीले हाम्रो साइटमा कुनै पनि क्रम विना मेनुहरू थपिरहेका छौं प्राय जसो Views र बेसिक page हरू को आधारमा
08:10 अब हामी कसरी मेनु सिस्टम व्यवस्थापन गर्न सक्छौं हेरौं
08:15 Structure मा जाऊ र तल स्क्रोल गरी Menus क्लिक गरौं
08:21 यहाँ हामीसँग ड्रुपलमा डिफल्टमा उपलब्ध हुने विभिन्न मेनुहरू रहेका छन्

हामीसँग ६ मेनुहरू छन्

08:31 हामी Main navigation मेनु प्रयोग गर्न चाहन्छौं, त्यसैले Edit menu मा क्लिक गरौं
08:38 यहाँ हामी मेनु क्लिक गरी तानेर पुन: मेनु लिंकमा नयाँ क्रममा राख्न सक्छौं
08:44 Home Upcoming Events लाई माथि राखौं
08:49 हामी यिनीहरूलाई आफूले चाहेको क्रममा राख्न सक्छौं , सकिएपछि Save क्लिक गरौं
08:56 अब हामीसँग Events Upcoming Events

Events क्लिक गरी माथि तानौं र Upcoming Events लाई दायाँ तानौं

09:07 यसले एउटा सब मेनु सृजना गर्ने छ
09:10 त्यो एकदमै सरल छ, Save क्लिक गरौं र हाम्रो मुख पृष्ठ हेरौं
09:15 हामीले चार मेनुहरू प्राप्त गरेका छौं
09:19 हाम्रो 'Event' सब- मेनु देखापर्दैन, किन?
09:23 याद गरौं, ड्रुपलमा रहेका सम्पूर्ण थिमहरूले सब-मेनु वा ड्रप डाउन मेनुहरूमा काम गर्दैन, 'Bartick theme तिनीहरू मध्ये ek हो
09:32 अहिलेको लागि Structure > Menus मा जाऊ र Main menu एडिट गरौं

Upcoming Event लाई यहाँ तानौं र Save क्लिक गर्रौं

09:44 यदि हामीलाई कुनै साइटको एउटा निश्चित नोड वा खण्डको लागि लिंक चाहिएमा के गर्ने?
09:51 उदाहरणको लागि, यदि मलाई मेरो Forums को लागि लिंक चाहिएमा म पहिले site मा जाने छुँ
09:58 Forums page मा जाऊ र वास्तविक URL मतलब /forum कपि गरौं
10:05 अनि यता फर्केर Edit menu क्लिक गरौं र Add link मा क्लिक गरौं
10:12 यसलाई "Forum" नामक टाइटल दिऊ र कपि गरेको लिंक पेस्ट गरौं
10:17 यदि तपाई कुनै निश्चित सामग्री जस्तै ' F' वा 'G' खोज्दै हुनुहुन्छ भने त्यो अक्षरबाट सुरु हुने सम्पूर्ण नोडहरू देखापर्ने छन्
10:28 उदाहरणको लागि मानौं, यदि हामीले एउटा 'a' टाइप गरे टाइटल मा 'a' भएका सम्पूर्ण नोडहरू देखापर्ने छन्
10:38 हामी आफूले चाहेको मात्र chhanna सक्छौं र यसले हामीलाई यो node id number 1 रहेको जनाउने छ
10:46 यदि हामी एउटा भित्री पाथ चाहन्छौं जस्तै एउटा नोड थप्ने क्षमता भएको भने यो /node/add हुनेछ
10:56 यदि हामी यसलाई Homepage, मा लिंक गर्न चाहन्छौं भने यो front हुनेछ

तर हामी यहाँ /forum चाहन्छौं जुन Forum को लिंक हो

11:08 Save क्लिक गरौं र हामीसँग हाम्रो Forumको लिंक छ
11:14 Save क्लिक गरौं, यसलाई एकचोटि जाँचेर हेरौं, ल, यसले काम गर्छ
11:21 यसलाई राम्रोसँग बुझ्न अन्य प्रयोग गरौं, यो हाम्रो मेनु सिस्टम' मा भएकोले हामीलाई एउटा View वा Content Type को Menu item सृजना गर्न सजिलो हुन्छ
11:34 यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
11:38 संक्षेपमा हेरौँ, यो ट्युटोरियलमा हामीले सिक्यौं

URL Pattern सेट गर्न मेनु व्यवस्थापन गर्न

11:59 यो भिडियो AcquiaOSTraining बाट साभार गरी स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी बम्बे ले संशोधन गरेको हो
12:09 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस्
12:17 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशालाहरू संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, विस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस्
12:26 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, मानव विकास संशाधन मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय, भारत सरकारको अनुदान रहेको छ
12:39 म मन्दिरा थापा बिदा हुदै छु सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira