Digital-Divide/C2/Model-Village-Hiware-Bazar/Nepali

From Script | Spoken-Tutorial
Revision as of 13:56, 5 February 2015 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 Model Village : हिवरे बजार स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्नेछौं
00:09 १. हिवरे बजार का बासिन्दाले भोगेका समस्याहरु
00:13 २.हिवरे बजार को हालको अवस्था र
00:16 3. त्यहाँ परिवर्तन ल्याउन गरिएका कार्यहरु
00:20 हिवरे बजार का बासिन्दाले भोगेका समस्याहरु
00:24 हिवरे बजार' का बासिन्दाहरु खेतीको लागि आकाशे पानीमा भर पर्थे
00:29 भारी मात्रामा भूक्षय भएका कारण जमिनको गुणस्तरमा ह्रास आएको थियो
00:35 पिउने पानीको हाहाकार थियो
00:40 तिनीहरुसँग घाँसपात पर्याप्त थिएन
00:44 दाउरा पनि उपलब्ध थिएन
00:49 त्यसले गर्दा धेरै सामाजिक समस्याहरु आइपरे जस्तै:-
00:53 बेरोजगारी
00:55 जागिर पाउन एकदमै कठिन थियो
00:58 बसाइँ-सराई
01:00 मानिसहरु गाउँबाट बसाई सर्न थाले
01:03 र अपराधमा वृद्धि
01:06 हिवरे बजार को हालको अवस्था
01:09 प्रति व्यक्ति आय, १९९५ मा रु. ८३० देखि २०१२ मा रु. ३०,०००
01:19 गाउँमा ६० जना लखपतिहरु छन्
01:23 गरिबीको रेखा मुनि रहेका परिवार संख्या १९९५ मा १६८ थियो भने २०१२ मा सो संख्या ३ छ
01:34 सोहि समयमा दैनिक दूध उत्पादन दर १५० लिटर देखि ४००० लि सम्म बढ्यो
01:43 साक्षरता दर ३०% बाट ९५% मा वृद्धि भएको छ
01:51 अपराधमा ह्वात्तै कमी आएको छ
01:54 र रोजगारी बढेको छ
01:57 अवस्था सुधार गर्ने पद्दतिहरु
02:00 पाँच कार्यहरु वा पन्चसुत्री
02:05 १. निशुल्क श्रम वा श्रमदान
02:09 २.चरनमा प्रतिबन्ध वा चराई बन्दी
02:14 ३.रुख काट्न प्रतिबन्ध वा कुरहड बन्दी
02:19 ४.मदिरामा प्रतिबन्ध वा नशा बन्दी
02:25 ५. परिवार नियोजन वा कुटुम्ब नियोजन
02:30 श्रमदान
02:32 मानिसहरु समुदायको हितको लागि एकसाथ काम गर्न थाले
02:38 गाउँलेहरुले काम गर्ने बानी बसाले
02:42 पानीको बहाव नियन्त्रण गर्न पहाड नजिकै चेक बाँध निर्माण गर्न उनीहरु सँगै जुटे
02:50 चेक बाँधहरुले जमिनको पानीको सतह वृद्धि गर्न मद्दत गर्यो र भूक्षय कम भयो
02:58 'चराई बन्दी
03:00 गाईबस्तुहरुको चरन प्रतिबन्धित गरियो
03:05 अति चरनले मरुभूमिकरण र भूक्षय गर्छ
03:12 चरनमा प्रतिबन्ध -
03:14 घाँस उत्पादनमा १९९४-१९९५ को २०० टनबाट वृद्धि भएर २००१-२००२ मा ५०००-६००० टन उत्पादन
03:30 कुरहड बन्दी
03:32 रुख काट्न प्रतिबन्ध गरियो
03:35 रुखले भूक्षय हुनबाट बचाउँछ
03:40 भूक्षयले जमिनको गुणस्तरमा ह्रास ल्याउँछ र उत्पादनमा कमी हुन्छ
03:47 रुखले आकाशे पानी रोक्छ र जमिनको पानीको सतह बढाउन मद्दत गर्छ
03:54 रुखका झारपातहरुले माटो मलिलो बनाउछन्
04:00 नशा बन्दी
04:02 २२ मदिरा पसलहरु बन्द गरियो
04:05 मदिरापान र धुम्रपान पूर्ण रुपमा प्रतिबन्ध भयो
04:10 ग्रामसेवाले बैंकहरुसँग मिली मदिरा पसल धनीहरुलाई ऋण उपलब्ध गराउने व्यबस्था मिलायो
04:17 अपराध दर घट्यो
04:20 मानिसहरु समुदायमा सहयोग पुग्ने थप उत्पादनशील कार्यमा लागेका छन्
04:26 कुटुम्ब नियोजन
04:28 एउटा परिवारमा एउटा बच्चा लागू गरियो
04:33 जन्मदर १००० मा ११ का दरले घट्यो
04:39 यसले महिलामा हुने गर्भवती सम्बन्धित जोखिमहरुबाट बचाउँछ
04:44 परिवार नियोजनले बाल मृत्युदर पनि घटाउँछ
04:49 यसले मानिसलाई सशक्त बनाउन र पारिवारिक शिक्षामा जोड दिन्छ
04:55 परिवार नियोजनले एउटा दिगो समुदाय बनाउन मुख्य भूमिका खेल्छ
05:01 यो ट्युटोरियलबाट हामी यो निष्कर्ष निकाल्न सक्छौं
05:04 सबैजना मिली गरेको कामले गाउँमा ठुलै परिवर्तन ल्याउन सक्छ
05:09 पंचसुत्री पद्दति थप प्रभाबकारी भएको प्रमाणित भएको छ
05:15 यी कुराहरु अवलम्बन गरी हामी अन्य त्यस्ता धेरै नमुना गाउँ सिर्जना गर्न सक्छौं
05:21 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
05:24 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
05:28 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
05:32 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
05:37 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
05:44 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
05:48 बिस्तृत जानकारीको लागि कृपया: contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
05:55 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
06:01 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
06:09 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
06:21 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, साथै चित्रहरुमा सौरभ गाद्गिलको योगदान रहेको छ
06:28 म मन्दिरा थापा बिदा हुदैछुँ,
06:31 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira