Digital-Divide/C2/First-Aid-on-Snake-Bite/Nepali

From Script | Spoken-Tutorial
Revision as of 15:12, 30 January 2015 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 तपाई मध्ये धेरैजना गाउँको यो दृश्यसँग परिचित हुनुहुन्छ- एउटा खुल्ला ठाउँमा केटाकेटीहरु खेलिरहेका छन्
00:09 यो बलको पछि दौडिरहेको केटोलाई हेरौं
00:12 ऊ झाडी नजिक पस्छ
00:16 उसले एउटा सर्प देख्छ
00:18 एकैछिनमा सर्प बाहिर निस्कन्छ
00:21 केटो डराएको अवस्थामा सर्पलाई एउटा ढुंगाले हानी धपाउन खोज्छ
00:26 तर सर्प भाग्दैन
00:29 उल्टो यो केटोतिर अघि बढ्छ र केटोलाई खुट्टामा टोक्छ
00:34 केटो सहायताको लागि चिच्याउँछ
00:36 उसका साथीहरु दगुरेर आइपुग्छन
00:39 उनीहरुले खुट्टामा दुईवटा रातो दागहरु देख्छन
00:42 तिनीहरुले केटोलाई झाडी बाहिर ल्याउछन्
00:45 त्यहाँ एकछिन खलबली नै हुन्छ
00:47 सबै केटाकेटीहरुले प्राथमिक उपाचारको बारेमा बिभिन्न रायहरु दिन्छन
00:52 यहाँ अब सर्पले टोकेको अवस्थामा प्राथमिक उपचारको ज्ञानको महत्व रहेको छ
00:57 First Aid on Snake Bites स्पोकन ट्युटोरियलमा स्वागत छ
01:02 यो ट्युटोरियलमा हामी हेर्नेछौं
01:04 * प्राथमिक उपचारको महत्व र
01:07 * एउटा सर्पले टोकेको अवस्थामा सहि प्राथमिक उपचार कसरी प्रदान गर्ने
01:11 प्राथमिक उपचार निर्देशनहरुमा अघि बढ्नुपूर्व
01:15 हामी केटाहरुको समूहले आफ्नो साथीलाई बचाउन के गर्यो समिक्षा गर्ने छौं
01:20 उनीहरुले केटोलाई पल्टन लगाए
01:22 र तिनीहरुले उसलाई अस्पताल लैजान ठूलाहरुको सहयोग मागे
01:28 अनि उनीहरुले घाउ भएको ठाउँभन्दा माथि कपडा बाँधिदिएँ
01:32 के यो सहि प्राथमिक उपचार थियो?
01:35 हो! एक तरिकाले भन्दा यो सहि थियो
01:39 यो अवस्थामा अस्पताल टाढा थिएन
01:42 त्यसैले केटोले समयमा औषधि उपचार प्राप्त गर्यो
01:46 सर्पले टोकेको अवस्थामा सहि प्राथमिक उपचार दिने तरिका यस्तो छ-
01:51 व्यक्तिलाई एउटा सम्म ठाउँमा सुताएर राखौं
01:55 टोकेको भागमा एउटा कपडा बाध्नुहोस
01:59 यसको प्राथमिक उद्देश्य भनेको बिषलाई पुरै शरीरमा फैलनुबाट रोक्नु हो
02:07 र अब हामीले घाउ वरिपरी कसरी कपडा बाध्नुपर्छ?
02:10 खुट्टाको माथिल्लो भागबाट बाध्न सुरु गरौँ र तलतिर लागौं
02:15 थप उपचारको लागि व्यक्तिलाई तुरुन्त नजिकैको अस्पतालमा पुर्याऊ
02:20 यसरी, समयमा दिएको प्राथमिक उपचारले थप क्षति हुनबाट बचाउँछ
02:26 सम्झौं, गलत प्राथमिक उपचारले स्थिति झन् नाजुक बनाउन सक्छ
02:32 सर्पले टोकेको अवस्थामा गर्नुपर्ने कुराहरु
02:34 पहिले पिडितलाई जमिनमा सुताउने
02:37 कपडा बेर्दा थोरै कस्ने
02:41 र सर्पले टोकेको अवस्थामा गर्न नहुने कुराहरु
02:44 टोकेको स्थान वरपरको छाला वा मासु काट्न
02:49 टोकेको स्थानमा वा वरपर बरफ राख्न
02:52 पिडितलाई बिद्धुतीय तरंग प्रदान गर्न
02:56 टोकेको स्थानबाट रगत चुस्ने प्रयास गर्न र
03:01 कपडा एकदमै कसिने गरी बाध्न, यसले गैन्ग्रिन निम्त्याउन सक्छ
03:07 यो भिडियो स्पोकन ट्युटोरियल प्रोजेक्टको बृज द डिजिटल डिभाइड कार्यक्रमको एक भाग हो
03:13 स्पोकन ट्युटोरियल प्रोजेक्ट सम्बन्धि थप जान्न
03:15 http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial मा हेर्नुहोस्
03:21 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
03:25 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
03:29 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
03:33 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
03:37 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
03:44 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
03:48 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
03:54 यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org\NMEICT-Intro मा उपलब्ध छ
04:01 सहभागिताको लागि धन्यवाद, म मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya