C-and-Cpp/C3/Working-With-2D-Arrays/Nepali

From Script | Spoken-Tutorial
Revision as of 16:48, 9 March 2015 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 2 डाइमेंसनल एरेज इन् C एण्ड C++ स्पोकन ट्युटोरियलमा स्वागत छ
00:08 यो ट्युटोरियलमा हामी सिक्ने छौं -
00:10 एउटा 2 डाइमेंसनल एरे के हो
00:13 हामी यसको लागि एउटा उदाहरण प्रयोग गर्ने छौं
00:16 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ
00:18 उबुन्टु अपरेटिंग सिस्टम संस्करण ११.१०
00:22 उबुन्टुमा gccg++ Compiler संस्करण ४.६.१
00:29 2 डाइमेंसनल एरे को परिचयसँगै सुरु गरौँ
00:33 2D एरे एउटा रो कोलम म्याट्रिक्समा भण्डार गरिन्छ
00:38 बायाँ इन्डेक्सले रो जनाउँछ
00:41 दायाँ इन्डेक्स ले कोलम जनाउँछ
00:44 C र C++ मा एउटा म्याट्रिक्स वा एरेको सुरुको इन्डेक्स सधै 0 हुन्छ
00:52 यहाँ, हामी एउटा 2 डाइमेंसनल एरे एउटा रो कोलम म्याट्रिक्समा देख्छौं
00:58 सुरुको इन्डेक्स 0 हुन्छ
01:01 अब, एउटा 2 डाइमेंसनल एरे कसरी घोषणा गर्ने हेरौं
01:04 यसको सिनट्याक्स:
01:07 डाटा-टाइप, एरेको नाम, रो र कोलम
01:13 उदाहरण, यहाँ हामीले एउटा 2 डाइमेंसनल एरे num २ रो र ३ कोलमहरु सहित घोषणा गरेका छौं
01:21 अब एउटा उदाहरण हेरौं
01:23 मैले पहिले नै प्रोग्राम टाइप गरेको छुँ, म यो खोल्ने छुँ
01:28 याद गरौँ, हाम्रो फाइलको नाम 2d हाइफन array डट c
01:33 यो प्रोग्राममा हामी 2 डाइमेंसनल एरेको एलिमेंटहरुको योगफल गणना गर्ने छौं
01:41 अब म कोड वर्णन गर्ने छु
01:44 यो हाम्रो हेडर फाइल हो
01:46 यो हाम्रो main() फंक्सन हो
01:49 यहाँ हामीले भ्यारीएबलहरु i र j घोषणा गरेका छौं
01:53 अनि हामीले ३ रो र ४ कोलमहरु सहितको num1 घोषणा गरेका छौं
01:58 र num2, पुन: ३ रो र ४ कोलमहरु सहित घोषणा गरेका छौं
02:03 num1 र num2 2 डाइमेंसनल एरेहरु हुन्
02:07 यहाँ, हामी म्याट्रिक्स num1 को एलिमेंटहरु युजरबाट इन्पुटको रुपमा लिने छौं
02:13 एलिमेंटहरु पंक्तिमा भण्डार हुन्छन्
02:16 हामीले रोको लागि i र कोलमको लागि j मानेका छौं
02:22 यो for लुपले कन्डिसन i बराबर 0 देखि 2 जाँच गर्ने छ
02:28 यो for लुपले j बराबर 0 देखि 3 जाँच गर्छ
02:33 यसैगरी, यहाँ हामी म्याट्रिक्स num2 को एलिमेंटहरु युजरबाट इन्पुटको रुपमा लिनेछौं
02:40 यहाँ हामी म्याट्रिक्स num1 देखाउने छौं
02:43 यहाँ पर्सेन्ट 3d म्याट्रिक्सलाई टर्मिनलमा एलाइन गर्न प्रयोग गरिन्छ
02:49 अब, यहाँ हामी म्याट्रिक्स num2 देखाउने छौं
02:52 अनि हामी num1 म्याट्रिक्स र num2 म्याट्रिक्स जोड्ने छौं र नतिजा देखाउने छौं
02:59 यो हाम्रो return स्टेटमेन्ट हो
03:01 अब सेभमा क्लिक गरौँ
03:05 अब प्रोग्राम एक्जिक्युट गरौँ
03:07 किबोर्डको Ctrl, AltT कीहरु एकसाथ थिची टर्मिनल विन्डो खोलौं
03:15 कम्पाइल गर्न टाइप गरौँ, gcc स्पेस 2d हाइफन एरे डट c स्पेस हाइफन o स्पेस arrEnter थिचौं
03:28 एक्जिक्युट गर्न टाइप गरौँ, डट slash arr (./arr), अब Enter थिचौं
03:34 यहाँ हामीले देख्छौं, Enter the elements of 3 into 4 array num1
03:39 म अब मानहरु इन्टर गर्नेछुँ
03:52 अब हामी Enter the elements of 3 into 4 एरे num2 देख्छौं
03:57 म मानहरु इन्टर गर्ने छुँ
04:10 आउटपुट देखिन्छ
04:13 यहाँ हामी num1 म्याट्रिक्स देख्न सक्छौं
04:16 यहाँ हामी num2 म्याट्रिक्स देख्न सक्छौं
04:20 र यो num1 र num2 को योगफल हो
04:24 अब हामी सोहि प्रोग्राम C++ मा कसरी एक्जिक्युट गर्ने हेर्ने छौं
04:29 मैले पहिले नै प्रोग्राम बनाईसकेको छु, म यो खोल्ने छु र चर्चा गर्ने छुँ
04:34 यो C++ मा 2 डाइमेंसनल एरेको प्रोग्राम हो
04:38 याद गरौँ, हाम्रो फाइलको नाम 2d हाइफन एरे डट cpp
04:43 एक्सटेन्सन डट cpp (.cpp छ
04:47 अब म कोड ब्याख्या गर्ने छु
04:50 यो हाम्रो हेडर फाइल हो, iostream
04:53 यो हाम्रो using स्टेटमेन्ट हो
04:56 यो हाम्रो main() फंक्सन हो
04:58 यहाँ हामीसँग cout फंक्सन छ किनकि C++ मा आउटपुट प्रिन्ट गर्न cout प्रयोग गरिन्छ
05:06 अनि हामीसँग cin फंक्सन छ, हामी C++ मा एउटा लाइन रिड गर्न cin प्रयोग गर्छौं
05:13 यहाँ, / t जसले तेर्सो ट्याब जनाउँछ जुन ४ स्पेसहरु बराबर हुन्छ
05:21 बाँकी कोड हाम्रो C कोड सरह हुन्छ
05:25 अब सेभमा क्लिक गरौँ
05:27 एक्जिक्युट गरौँ
05:28 टर्मिनलमा फर्कौं
05:31 म प्रम्प्ट सफा गर्नेछुँ
05:33 कम्पाइल गर्न टाइप गरौँ, g++ स्पेस 2d हाइफन एरे डट cpp हाइफन o स्पेस arr1Enter थिचौं
05:47 एक्जिक्युट गर्न टाइप गरौँ, डट slash arr1, अब Enter थिचौं
05:52 यहाँ हामी देख्छौं, Enter the elements of 3 into 4 array num1
05:57 म मानहरु इन्टर गर्ने छुँ
06:07 अब, हामी Enter the elements of 3 into 4 array num2 देख्छौं
06:13 म मानहरु यसरी इन्टर गर्नेछु:
06:24 आउटपुट यस्तो देखिन्छ
06:26 हामी num1 म्याट्रिक्स, num2 म्याट्रिक्स देख्न सक्छौं
06:31 र यो num1 र num2 को योगफल हो
06:36 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
06:39 हाम्रो स्लाइडमा फर्कौं, संक्षेपमा हेरौं
06:43 यो ट्युटोरियलमा हामीले सिक्यौ:
06:45 * एउटा 2D एरेमा एलिमेंटहरु थप्न
06:48 * 2D एरे प्रिन्ट गर्न
06:50 * र 2 डाइमेंसनल एरेको योगफल देखाउन
06:54 कार्यको रुपमा:
06:55 युजरबाट दुई 2 डाइमेंसनल एरेहरु इन्पुट लिने एउटा प्रोग्राम लेख्नुहोस्
07:01 तिनीहरुलाई घटाऊ र नतिजा प्राप्त गरौँ
07:05 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
07:08 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
07:11 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्नुहोस्
07:15 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले:
07:17 स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
07:21 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07:25 बिस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
07:32 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
07:36 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:43 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
07:48 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, म मन्दिरा बिदा हुदैछुँ,
07:54 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble