Difference between revisions of "C-and-Cpp/C2/If-And-Else-If-statement/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with "{| border=1 || ''Time''' || '''Narration'' |- | 00.02 |'''कन्डिसनल स्टेटमेन्टस इन् C एण्ड C++''' स्पोकन ट्...")
 
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
|| ''Time'''
+
|| '''Time'''
|| '''Narration''
+
|| '''Narration'''
 
|-
 
|-
 
| 00.02
 
| 00.02

Revision as of 10:43, 12 March 2015

Time Narration
00.02 कन्डिसनल स्टेटमेन्टस इन् C एण्ड C++ स्पोकन ट्यूटोरियलमा स्वागत छ
00.08 यो ट्यूटोरियलमा, हामी सिक्ने छौं
00.11 कसरी एउटा स्टेटमेन्ट एक्जिक्युट गर्ने
00.14 कसरी स्टेटमेन्टहरुको समुह एक्जिक्युट गर्ने
00.16 हामी यसो उदाहरणहरुको माध्यमले गर्ने छौं
00.19 हामी केहि साधारण एरर र तिनीहरुको समाधानहरु पनि हेर्ने छौं
00.25 यो ट्यूटोरियल रेकर्ड गर्न, म उबुन्टु अपरेटिंग सिस्टम संस्करण ११.१०
00.31 gccg++ कम्पाईलर संस्करण ४.६.१ प्रयोग गर्दै छुँ
00.38 कन्डिसनल स्टेटमेंट को परिचयसँगै सुरु गरौँ
00.43 प्रोग्राममा एउटा स्टेटमेन्ट ले प्रोग्राम एक्जिक्युसनको बहाव नियन्त्रण गर्दछ
00.49 यसले कुन कोड एक्जिक्युट गर्ने निर्णय लिन मद्दत गर्छ
00.55 हामी कन्डिसनहरू सही छन् कि गलत जाच्न सक्छौं
01.00 हामी एक मात्र स्टेटमेन्ट वा स्टेटमेन्टहरुको समूहलाई एक्जिक्युट गर्न सक्छौं
01.07 इफ स्टेटमेंटले कसरी काम गर्छ हेरौं
01.13 यहाँ, कन्डिसन सही छ भने स्टेटमेन्ट1 एक्जिक्युट हुनेछ
01.20 यदि कन्डिसन गलत छ भने अनि स्टेटमेन्ट2 एक्जिक्युट हुनेछ
01.29 अब हामीले else if स्टेटमेन्ट ले कसरी काम गर्छ हेर्नेछौं
01.32 यहाँ, यदि कन्डिसन1 सही छ भने स्टेटमेन्ट1 एक्जिक्युट हुनेछ
01.41 यदि कन्डिसन1 गलत छ भने यसले अर्को कन्डिसन2 जाँच गर्नेछ
01.49 यदि कन्डिसन2 सही छ भने स्टेटमेन्ट3 एक्जिक्युट हुनेछ
01.54 र यदि कन्डिसन 2 गलत छ अनि स्टेटमेन्ट2 एक्जिक्युट हुनेछ
02.02 अब हाम्रो प्रोग्राममा फर्कौं
02.06 मैले पहिले नै एडिटरमा कोड टाइप गरिसकेको छु
02.09 ल अब यसलाई खोलौ
02.13 हाम्रो फाईलनेम ifstmt.c भएको याद गरौँ
02.18 यो प्रोग्राममा, हामी दुई नम्बरहरुको योगफल गुणन गर्छौं र केहि कन्डिसनहरू जाँच गर्नेछौं
02.26 अब म कोड व्याख्या गर्ने छुँ
02.30 यो हाम्रो हेडर फाईल हो
02.34 यो हाम्रो मेन फंक्सन हो
02.38 यहाँ, हामीले तीनवटा इन्टिजर भेरीएबलहरु a ,b र sum घोषणा गरेको छौं
02.46 यहाँ, हामी युजरसँग इनपुट माग्दै छौं
02.49 युजरले a र b को मानहरु इन्टर गर्ने छन्
02.52 मानहरु भेरिएबल a भेरिएबल b मा भण्डार हुने छन्
02.58 scanf() फंक्सनले कन्सोलबाट डाटा पढ्छ
03.02 अनि यसले नतिजा दिएको भेरिएबल मा भण्डार हुन्छ
03.06 scanf() को फर्म्याट स्पेसीफायर ले डाटाको टाइप बुझ्न मद्दत गर्छ
03.10 जस्तै यहाँ, हामीसँग %d छ र यसले हामी इन्टिजर डाटा टाइप सँग काम गर्दै छौं भन्ने जनाउँछ
03.18 यहाँ हामी a b को मानहरु जोड्छौ
03.22 हामी नतिजा sum मा भण्डार गर्नेछौं
03.25 अब हामी नतिजा प्रिन्ट गर्ने छौं
03.29 यो हाम्रो if statement हो
03.30 यहाँ, हामी sum २० भन्दा ठुलो छ/छैन कन्डिसन जाच्छौं
03.36 यदि कन्डिसन सही छ भने हामी Sum is greater than 20 प्रिन्ट गर्छौ
03.42 अब, यी लाइनहरूलाई कमेन्ट गरौ
03.48 यो हाम्रो रिटर्न स्टेटमेन्ट हो
03.51 अब Saveमा क्लिक गरौ
03.53 पहिले, हामी if स्टेटमेन्टको एक्जिक्युसन हेर्ने छौं
03.58 कृपया, आफ्नो कीबोर्डको Ctrl, Alt र T कीहरू थिचेर टर्मिनल विन्डो खोलौ
04.09 कम्पाइल गर्न टाइप गरौ, gcc स्पेस ifstmt डट c स्पेस -o स्पेस if र इन्टर थिचौं
04.20 एक्जिक्युट गर्न टाइप गरौ, ./if इन्टर थिचौं
04.26 यो यस्तो देखिएको छ
04.27 a र b को मान इन्टर गरौ
04.31 म 10 र 12 को मान दिनेछु
04.38 आउटपुट यस्तो देखाइएको छ: Sum of a and b is 22, Sum is greater than 20
04.45 अब हाम्रो प्रोग्राममा फर्कौ
04.48 हामी अर्को कन्डिसन जाँच गर्नेछौं
04.52 यहाँबाट कमेन्ट हटाऊ
04.56 म यहाँ कमेन्ट दिनेछु
05.00 अब Save क्लिक गरौ
05.03 यो हाम्रो else- if स्टेटमेन्ट हो
05.05 यहाँ, हामी अर्को कन्डिसन, Sum 10 भन्दा ठुलो छ/छैन जाच्छौं
05.11 यदि कन्डिसन सही छ भने हामी Sum is greater than 10 and less than 20 प्रिन्ट गर्छौं
05.18 अब हाम्रो टर्मिनलमा फर्कौ
05.20 पहिले जस्तै कम्पाइल गरौ
05.23 पहिला जस्तै एक्जिक्युट गरौ
05.26 यो यस्तो देखिएको छ
05.28 Enter the value of a and b.
05.30 म मानहरु 10 र 2 इन्टर गर्ने छुँ
05.35 आउटपुट यस्तो देखिन्छ: Sum of a and b is 12
05.38 Sum is greater than 10 and less than 20.
05.42 प्रम्प्ट सफा गरौ
05.44 अब फेरि हाम्रो प्रोग्राममा फर्कौं
05.48 म यहाँ र यहाँबाट कमेन्ट हटाऊने छु, अब सेभमा क्लिक गरौ
05.56 यदि माथिको दुवै कन्डिसन गलत छ भने हामी Sum is less than 10 प्रिन्ट गर्छौं
06.04 यो हाम्रो else स्टेटमेन्ट हो
06.07 अब एक्जिक्युट गरौ अनि हेरौ, हाम्रो टर्मिनलमा फर्कौ
06.11 पहिले जस्तै कम्पाईल गरौ र एक्जिक्युट गरौ
06.18 यहाँ, यो यस्तो देखिन्छ,
06.19 Enter the value of a and b.
06.22 म 3 र 5 मानहरु दिने छु
06.27 आउटपुट यस्तो छ: sum of a and b is 8
06.31 Sum is less than 10.
06.34 अब हामी हामीले पाउन सक्ने केहि साधारण एररहरू हेर्छौं
06.38 हाम्रो टर्मिनलमा फर्कौ
06.41 मानौं, यहाँ म if स्टेटमेन्टको अन्त्यमा सेमिकोलन टाइप गर्नेछु
06.47 अब के हुन्छ हेरौ, 'सेभ मा क्लिक गरौ
06.50 एक्जिक्युट गरौ, हाम्रो टर्मिनलमा फर्कौ
06.53 पहिले जस्तै कम्पाईल गरौ
06.56 हामी एउटा एरर देख्छौं: else without a previous if
07.02 हाम्रो प्रोग्राममा फर्कौ, यो एउटा सिनट्याक्स एरर हो
07.07 if स्टेटमेन्टको अन्त्यमा कहिल्यै पनि सेमिकोलन हुदैन
07.10 र else if स्टेटमेन्टले एउटा if विना कहिल्यै काम गर्दैन
07.16 एरर ठिक गरौ, यहाँको सेमिकोलन मेटौं
07.22 अब सेभ क्लिक गरौ
07.25 एक्जिक्युट गरौ, टर्मिनलमा फर्कौ
07.29 पहिले जस्तै कम्पाईल गरौ, पहिले जस्तै एक्जिक्युट गरौ
07.35 a र b को मान इन्टर गरौ
07.37 म 3 र 6 मानहरु दिने छुँ
07.43 आउटपुट यस्तो देखिन्छ
07.45 Sum of a and b is 9. Sum is less than 10.
07.52 अब हामी सोहि प्रोग्राम c++ मा कसरी एक्जिक्युट गर्ने हेर्ने छौं
07.57 हाम्रो प्रोग्राममा फर्कौ
07.59 म यहाँ केहि कुराहरू परिवर्तन गर्ने छु
08.03 आफ्नो कीबोर्डको Shift, Ctrl र S कीहरू थिच्नुहोस्
08.11 अब डट cpp एक्सटेन्सन सहित फाईल सेभ गरौ र सेभमा क्लिक गरौ
08.20 हामी हेडर फाइल iostream मा परिवर्तन गर्ने छौं
08.26 यहाँ using स्टेटमेन्ट संलग्न गरौ
08.30 अब सर्च फर एण्ड रिप्लेस टेक्स्ट विकल्पमा क्लिक गरौ
08.35 printf स्टेटमेन्टलाई 'cout स्टेटमेन्टले प्रतिस्थापित गरौ
08.40 Replace all क्लिक गरौ र Close मा क्लिक गरौ
08.46 अब यहाँको क्लोजिंग ब्राकेटहरु मेटौं
08.49 scanf स्टेटमेन्टलाई cin स्टेटमेन्टले प्रतिस्थापित गरौ
08.54 'cin र दुई एंगल ब्राकेटहरु >>, टाइप गरौ
09.00 हामी C++ मा एउटा लाइन पढ्न cin >> फंक्सन प्रयोग गर्छौ
09.05 अब 'फर्म्याट स्पेसीफायर मेटौं
09.09 कमाएम्पर्स्यांड' & मेटौं
09.12 यहाँको कमा मेटौं र दुई वटा क्लोजिंग एंगल ब्राकेटहरू टाइप गरौ
09.17 फेरी, एम्पर्स्यांड र क्लोजिंग ब्राकेटहरू मेटौं, अब सेभमा क्लिक गरौ
09.25 यहाँ क्लोजिंग ब्राकेट र कमा मेटौं
09.31 अब 'ब्याकस्ल्याश n' र 'फर्म्याट स्पेसीफायर मेटौं
09.37 अब दुईवटा खुल्ने ब्राकेटहरू टाइप गरौ
09.42 पुन टाइप गरौँ, दुई खुल्ने एंगल ब्राकेटहरू र दोहोरो उद्धरण भित्र ब्याकस्ल्यास n “\n”
09.49 यहाँ पनि हामी बन्द गर्ने ब्राकेट मेट्ने छौं
09.53 अब पुन यहाँ र यहाँबाट बन्द गर्ने ब्राकेट मेटौं
09.59 अब सेभमा क्लिक गरौ
10.02 एक्जिक्युट गरौ
10.04 टर्मिनलमा फर्कौ र प्रम्प्ट सफा गरौ
10.10 कम्पाईल गर्न, टाइप गरौँ, g ++ स्पेस ifstmt.cpp स्पेस -o स्पेस if1
10.20 यहाँ, हामीसँग if1 छ किनभने हामी ifstmt.c को लागि आउटपुट प्यारामिटर if ओभर राइट गर्न चाहदैनौं
10.31 अब इन्टर थिचौ
10.32 एक्जिक्युट गर्न ./if1 टाइप गरौ र इन्टर थिचौ
10.39 Enter the value of a and b, म 20 र 10 मानहरु दिने छु
10.48 आउटपुट यस्तो देखिएको छ, Sum of a and b is 30
10.52 Sum is greater than 20.
10.56 यसरी हामी ट्यूटोरियलको अन्त्यमा आएका छौं
10.59 हाम्रो सलाइडमा फर्कौ
11.02 संक्षेपमा हेरौं
11.04 यो ट्यूटोरियलमा हामीले सिक्यौ, if स्टेटमेन्ट उदाहरण: if(कन्डिसन)
11.11 र else if स्टेटमेन्ट उदाहरण else if(कन्डिसन)
11.17 कार्यको रुपमा
11.18 एउटा a भन्दा b ठूलो छ वा सानो छ जाँच गर्ने प्रोग्राम लेखौ
11.24 हिन्ट: if स्टेटमेन्ट प्रयोग गरौ
11.28 मानहरु a, b वा c कुन ठुलो छ जाँच गर्न अर्को प्रोग्राम लेखौ
11.34 हिन्ट: else-if स्टेटमेन्ट प्रयोग गरौ
11.38 तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
11.41 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
11.44 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस्
11.48 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले
11.50 स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
11.54 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11.57 विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
12.04 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
12.09 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
12.15 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
12.20 म मन्दिरा बिदा हुदैछुँ, सहभागी हुनुभएकोमा धन्यवाद!!

नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble