C-and-C++/C2/First-C-Program/Nepali

From Script | Spoken-Tutorial
Revision as of 15:01, 19 June 2014 by Pratik kamble (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:02 फर्स्ट C प्रोग्रामको स्पोकन ट्युटोरीअलमा स्वागत छ
00:06 यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं
00:08 कसरी एउटा सामान्य C प्रोग्राम लेख्ने
00:11 यसलाई कसरी कम्पायल गर्ने
00:13 र यसलाई कसरी चलाउने
00:14 हामी केहि सामान्य गल्तिहरु र तिनीहरुको समाधानको पनि चर्चा गर्नेछौं
00:19 यो ट्युटोरीअल रेकर्ड गर्न म
00:21 उबुन्टु अपरेटिंग सिस्टम ११.१० संस्करण र यसमा gcc कम्पायलर ४.६.१ संस्करण प्रयोग गर्दैछु
00:31 यो ट्युटोरीअल अभ्यास गर्न,
00:33 तपाई उबुन्टु अपरेटिंग सिस्टम र कुनै एडिटरसंग परिचित हुनुपर्छ
00:39 केहि एडिटरहरु vimgeditहुन्
00:42 म यो ट्युटोरीअलमा gedit प्रयोग गर्नेछु
00:46 सान्दर्भिक ट्युटोरीअल को लागि हाम्रो वेबसाइटमा हेर्नुहोला: [1]
00:51 म तपाइलाई कसरी एउटा C प्रोग्राम लेख्ने उदाहरणबाट बताउदैछु
00:56 किबोर्डबाट एकैचोटी Ctrl, Alt र T किहरु थिची टर्मिनल विन्डो खोल्नुहोस्
01:07 अब, टेक्स्ट एडिटर खोलौं, प्रम्प्टमा यो टाइप गरौँ
01:12 “gedit” स्पेस “talk” डट “c” स्पेस “&”
01:20 हामी प्रम्प्टबाट निस्कन एम्परस्यांड (&) प्रयोग गर्छौं
01:25 कृपया याद गर्नुहोस, सबै C फायलहरुको एक्सटेन्सन डट “c”हुनेछ
01:31 अब, Enterथिच्नुहोस
01:33 टेक्स्ट एडिटर खुलेको छ
01:37 अब एउटा प्रोग्राम लेख्न सुरु गरौँ
01:39 डबल स्ल्याश “//” स्पेस टाइप गर्नुहोस
01:42 “My first C program”
01:48 यहाँ, डबल स्ल्याश लाइन कमेन्ट गर्न प्रयोग गरिन्छ
01:52 कमेन्टहरु प्रोग्राम कसरी लेखिएको छ बुझ्न प्रयोग गरिन्छ
01:56 यो डकुमेन्टेसन् को लागि उपयोगी छ
01:58 यसले प्रोग्रामको बारेमा जानकारी दिन्छ
02:01 डबल स्ल्याशलाई एउटा लाइनको कमेन्ट भनिन्छ
02:07 अब, Enterथिच्नुहोस
02:09 ह्याश “#include” स्पेस ओपनिंग ब्राकेट, क्लोजिंग ब्राकेट टाइप गर्नुहोस
02:17 सधै पहिला ब्राकेट पुरा गरेर, यस भित्र लेख्न थाल्नु राम्रो अभ्यास हुन्छ
02:24 अब,ब्राकेट भित्र,“stdio” डट”.” “h” टाइप गर्नुहोस
02:30 stdio.h हेडर फायल हो
02:33 एउटा program मा इन्पुट/आउटपुट फंक्सनस् प्रयोग गर्दा यो हेडर फायल हुनुपर्छ, अब इन्टर थिच्नुहोस
02:43 “int” स्पेस “main” ओपनिंग ब्राकेट,क्लोजिंग ब्राकेट “()”टाइप गर्नुहोस
02:50 ' main एउटा बिशेष फंक्सन हो
02:52 यसले प्रोग्रामले यहाँबाट कार्य सुरु गर्छ भनी जनाउछ
02:58 ओपनिंग ब्राकेट र क्लोजिंग ब्राकेटलाई प्यारेंथेसिस भनिन्छ
03:04 main संगै आउने प्यारेंथेसिसले युजरलाई main एउटा functionहो भन्ने संकेत दिन्छ
03:11 यहाँ,int main functionले केहि arguments लिदैन
03:15 यसले integer टाइपको मान दिन्छ
03:19 हामी डाटा टाइप को बारेमा अर्को ट्युटोरीअलमा हेर्नेछौं
03:23 अब, main functionको बारेमा अझ जान्न अर्को स्लाइडमा जाऊ
03:30 हरेक प्रोग्राममा एउटा मेन फंक्सन हुनुपर्छ
03:33 त्यहाँ एउटा भन्दा बढी मेन फंक्सन हुनु हुदैन
03:37 नत्र कम्पायलरले प्रोग्रामको सुरुवात भेट्टाउन सक्दैन
03:41 खाली प्यारेंथिस जोडीले मेनमा कुनै arguments छैन भन्ने जनाउछ
03:46 आर्गुमेंटको बारेमा बिस्तृत रुपमा आगामी ट्युटोरीअलमा चर्चा गरिनेछ
03:52 अब, हाम्रो प्रोग्राममा फर्कौं, इन्टर थिच्नुहोस
03:58 कर्ली ब्राकेट “{”खोलेर टाइप गरौँ
04:00 ब्राकेट खोल्नाले main functionको सुरुवात जनाउछ
04:05 त्यसपछि, क्लोजिंग ब्राकेट “}”टाइप गर्नुहोस
04:08 ब्राकेट बन्द गर्नाले main functionको अन्त्य जनाउछ
04:13 अब, ब्राकेट भित्र
04:14 दुइचोटी इन्टर थिची कर्सरलाई एक लाइन माथि सार्नुहोस
04:20 इन्डेन्टेसनले कोड लाई पढ्न सजिलो बनाउछ
04:23 यसले गल्ति छिटो पत्ता लगाउन सघाउछ
04:26 त्यसैले यहाँ तीनवटा स्पेस दिऊ
04:29 “printf” ओपनिंग ब्राकेट ,क्लोजिंग ब्राकेट “()” टाइप गरौँ
04:34 printf स्ट्याण्डर्ड C फंक्सन हो जसले टर्मिनलमा आउटपुट प्रिन्ट गर्छ
04:39 यहाँ, प्रिन्टएफ ब्राकेटको दोहोरो उद्दरण भित्र,
04:44 जुनसुकै कुरा लेखिए पनि टर्मिनलमा प्रिन्ट हुनेछ
04:50 “Talk To a Teacher ब्याकस्ल्याश n”टाइप गरौँ
05:00 ब्याकस्ल्याश n “\n” नयाँलाइन जनाउछ
05:03 नतिजा printf फंक्सन चलाउदा,कर्सर नयाँ लाइनमा सर्छ
05:11 हरेक, C स्टेटमेन्ट अर्धविराम “;”मा टुंगिनुपर्छ
05:15 त्यसैले, यसलाई लाइनको अन्त्यमा टाइप गर्नुहोस
05:19 अर्धविराम ले स्टेटमेन्ट सकिएको जनाउछ
05:24 अब, तिनवटा स्पेस दिन Enter थिच्नुहोस
05:28 “return” स्पेस “0” र एउटाअर्धविराम “;”टाइप गर्नुहोस
05:34 यो स्टेटमेन्ट ले इन्टिजर फर्काउछ
05:38 यो स्टेटमेन्टमा इन्टिजर् फर्काउनु पर्यो किनभने फंक्सन टाइप intहो
05:45 return स्टेटमेन्टले कार्यगर्ने स्टेटमेन्ट सकिएको जनाउछ
05:51 हामी फर्काउने मानको बारेमा अझ अर्को ट्युटोरीअल मा चर्चा गर्नेछौं
05:56 अब,फायल सेभ गर्न "Save" बटनमा क्लिक गर्नुहोस
06:00 बारम्बार फायल सेभ गर्नु राम्रो बनि हो
06:03 यसले तपाइले अकस्मात हुने बिजुलीको समस्याबाट बचाउछ
06:06 यदि एप्लिकेसन काम नगर्ने भए पनि यो उपयोगी हुनेछ
06:10 अब, टर्मिनलमा फर्कन प्रोग्राम कम्पायल गरौँ
06:15 “gcc” स्पेस “talk.c” स्पेस हाईफन “-o” स्पेस “myoutput” टाइप गरौँ
06:24 gcc कम्पायलर हो
06:27 हाम्रो फायलको नाम talk.c हो
06:30 -o myoutput ले एक्जिक्युटेबल myoutputफायल मा जानुपर्छ भन्छ
06:37 अब, Enter थिच्नुहोस
06:39 हामी प्रोग्राम कम्पायल भएको देख्न सक्छौं
06:42 ls -lrtटाइप गरेर हामी अन्तिम बनेएको फायल myoutput देख्न सक्छौं
06:54 प्रोग्राम चलाउन,डट स्ल्याश “./myoutput” टाइप गरि Enterथिच्नुहोस
07:01 यहाँ, आउटपुट “Talk To a Teacher”को रुपमा देखाईएको छ
07:06 मैले पहिले भने जस्तै रिटर्न कार्य गर्ने अन्तिम स्टेटमेन्ट हो
07:10 त्यसैले रिटर्न स्टेटमेन्ट पछी केहि पनि काम हुदैन, यसलाई हेरौं
07:15 हाम्रो प्रोग्राममा जाऊ
07:17 return स्टेटमेन्ट पछी,एउटा थप printf स्टेटमेन्ट राखौं, यहाँ स्पेस दिनुहोस र यो टाइप गर्नुहोस:printf("Welcome \n")र अन्त्यमा अर्धविरामदिनुहोस
07:35 अब, सेभमा क्लिक गरौँ
07:37 अब कम्पायल गरि प्रोग्राम चलाउ, टर्मिनलमा फर्कौं
07:41 तपाइले पहिले प्रयोग गरेका कमाण्डहरु अप एरो कि थिची प्रयोग गर्न सक्नुहुन्छ
07:46 यो मैले अहिले गरेको कार्य हो
07:51 हामी यो देख्छौं कि दोस्रो स्टेटमेन्ट welcome चलेन
07:58 अब, प्रोग्राम मा फर्कौं
08:00 अब, 'Welcome' स्टेटमेन्ट रिटर्न स्टेटमेन्ट भन्दा माथि लेखौं
08:07 सेभमा क्लिक गरौँ
08:09 कम्पायल गरि चलाउ
08:15 हामी देख्न सक्छौं कि दोस्रो printf स्टेटमेन्ट welcome पनि चलेको छ
08:23 अब, प्रोग्राममा आउनसक्ने साधारण गल्तिहरु हेरौं, प्रोग्राममा जाऊ
08:29 मानौं कि यहाँ मैले “stdio.h” मा डट भुल्छु, सेभमा क्लिक गर्नुहोस
08:36 कम्पायल गरि प्रोग्राम चलाउ
08:41 हामीले देख्छौं
08:42 त्यहाँ लाइन नं २ talk.cफायलमा ठुलो गल्ति छ
08:48 कम्पयालरले “stdioh”नाम गरेको header file भेटेन त्यसैले त्यस्तो फायल वा डाइरेक्टरी छैन भनि गल्ति देखाउछ
08:59 अब, कम्पयाल गर्न रोकियो
09:03 अब, प्रोग्राममा गएर गल्ति ठिक गरौँ, डट फेरी हाल्नुहोस “.”, सेभमा क्लिक गर्नुहोस
09:11 कम्पायल गरि प्रोग्राम चलाऊ
09:19 म तपाइलाई अर्को साधारण गल्ति देखाउछु
09:22 अब प्रोग्राममा फर्कौं
09:26 अब, मानौं कि मैले यहाँ लाइनको अन्त्यमा अर्धविराम दिन बिर्से
09:31 सेभमा क्लिक गरौँ र कम्पायल गरि प्रोग्राम चलाऊ
09:41 हामी देख्छौं कि त्यहाँ लाइन नं ६को हाम्रो talk.c फायलमा गल्ति छ, जसले प्रिन्टएफ पहिले अर्धविराम चाहन्छ
09:51 हाम्रो प्रोग्राममा फर्कौं , मैले पहिले भने जस्तै अर्धविराम ले स्टेटमेन्ट टुंग्याउछ
09:59 त्यसैले यसले लाइन नं ५ को अन्त्य र लाइन नं ६ को सुरुवातमा यसलाई खोज्छ
10:07 यो लाइन ६ हो
10:09 यो अन्तिम स्थान हो जहाँ तपाई अर्धविराम राख्न सक्नुहुन्छ
10:13 सम्झनुहोस कि कम्पायलरले लाइन नं ६ मा पनि गल्ति भएको संदेश दिएको थियो
10:18 अब, हेरौ कि यदि हामीले त्यहाँ अर्धविराम राख्यो भने के हुन्छ हेरौं
10:24 सेभ मा क्लिक गरौँ
10:26 कम्पायल गरि प्रोग्राम चलाउ, यसले कम गर्दैछ
10:33 अब हाम्रो प्रोग्राममा फर्कौं, यो लाइनको अन्त्यमा अर्धविराम टाइप गरौँ
10:41 लाइनको अन्त्यमा अर्धविराम टाइप गर्नु चल्दै आएको अभ्यास हो, अब सेभमा क्लिक गरौँ
10:49 कम्पायल गरि प्रोग्राम चलाऊ, यो काम गर्दैछ
10:49 Nअब हाम्रो स्लाइडमा फर्कौं
10:57 एउटा कार्य
10:59 "Welcome to the World of C"प्रिन्ट गर्न एउटा प्रोग्राम लेख्नुहोस
11:03 यदि “\n” , printf स्टेटमेन्टमा राखें भने के हुन्छ हेर्नुहोस
11:09 यसरी हामी यो ट्युटोरीअलको अन्त्यमा आइपुगेका छौं
11:12 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस

http://spokentutorial.org/What\_is\_a\_Spoken\_Tutorial

11:15 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपीकरण गर्छ
11:18 यदि तपाइसंग ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
11:22 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
11:24 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
11:28 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11:32 बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग मा लेख्नुहोला
11:38 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
11:42 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, एम एच आर डी, भारत सरकारको सहायो रहेको छ
11:48 यस मिसन सम्बन्धि अझ जानकारी तलको लिंकमा उपलब्ध छ:
http://spoken-tutorial.org\NMEICT-Intro
11:51 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, साथ दिनुभएकोमा धन्यबाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble