Blender/C2/Types-of-Windows-Properties-Part-4/Nepali

From Script | Spoken-Tutorial
Revision as of 11:06, 7 August 2013 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Visual Cue Narration
00.04 ब्लेंडर ट्युटोरीअलको शृंखलामा स्वागत छ
00.07 यो ट्युटोरीअल ब्लेंडर २.५९को विन्डोको विशेषताको बारेमा रहेको छ
00.15 यो स्क्रिप्टमा मन्दिरा थापाको योगदान रहेको छ
00.28 यो ट्युटोरीअल हेरेपछि तपाई प्रोपर्टीज विन्डो के हो जान्नुहुनेछ;
00.33 प्रोपर्टीज विन्डोको Material panel के हो?
00.37 प्रोपर्टीज विन्डोको Material panelको बिभिन्न सेटिंग के हुन्?
00.44 म यो मान्दछु कि तपाइलाई ब्लेंडर मा काम गर्ने आधारभूत ज्ञान छ
00.49 यदि छैन भने कृपया हाम्रो पहिलेको - Basic Description of the Blender Interface ट्युटोरीअल हेर्नुहोला
00.57 प्रोपर्टीज विन्डो हाम्रो स्क्रिनको दायाँ पट्टि रहेको छ
01.03 हामीले प्रोपर्टीज विन्डोको पहिलो प्यानलहरू र तिनीहरुका सेटिंग पहिलेको ट्युटोरीअलमा हेरिसकेका छौं
01.10 अब, प्रोपर्टीज विन्डोको अर्को प्यानल हेरौं
01.14 पहिले, हामीले प्रोपर्टीज विन्डोलाई राम्ररी देख्न र बुझ्न ठुलो पार्नुपर्छ
01.20 प्रोपर्टीज विन्डोको बायाँ किनारमा लेफ्ट क्लिक गरि थिची राखी बायाँ तिर तान्नुहोस
01.28 अब, हामी प्रोपर्टीज विन्डोको विकल्पहरु अझ स्पष्टसँग देख्न सक्छौं
01.33 ब्लेंडर विन्डो कसरि ठुलो/सानो पार्ने जान्न हाम्रो - How to Change Window Types in Blender ट्युटोरीअल हेर्नुहोला
01.43 प्रोपर्टीज विन्डोको माथिको पंक्तिमा जानुहोस
01.51 प्रोपर्टीज विन्डोको माथिको पंक्तिको sphere आइकनमा लेफ्ट क्लिक गर्नुहोस
01.58 यो Material panelहो, यहाँ हामी चालु बस्तुको लागि सामग्री थप्न सक्छौं
02.05 डिफल्टमा, सामग्री क्युबमा थपिन्छ
02.10 यो सामग्री निलो रंगमा रंगिन म्याटरियल स्लटको हिस्सा हो
02.15 म्याटरियल स्लट थप्न, म्याटरियल प्यानलको माथिल्लो दायाँ कुनाको प्लस चिन्हमा लेफ्ट क्लिक गर्नुहोस
02.24 एउटा म्याटरियल थप्न, newमा लेफ्ट क्लिक गर्नुहोस, डिफल्टमा सबै बस्तुहरु आधारभूत सेटिंग सहित थपिन्छन
02.34 नयाँ म्याटरियल स्लट मेट्न प्लस चिन्ह मुनिको माइनस चिन्हमा लेफ्ट क्लिक गर्नुहोस
02.41 हामी हाम्रो मूल सामग्री मा फर्किएका छौं
02.46 म्याटरियल स्लट बक्स र प्रिभ्यु विन्डोको बिचको आईडी बारमाMaterialलाई लेफ्ट क्लिक गर्नुहोस
02.55 किबोर्डबाट White टाइप गर्नुहोस र enter कि थिच्नुहोस
03.01 म्याटरियल र म्याटरियल स्लट दुबै सेतोमा परिवर्तन हुन्छन
03.06 हामी नयाँ सामग्रीको स्लट नथपी पनि नयाँ सामग्री थप्न सक्छौं
03.12 म्याटरियल आइडी को नाम बारको दायाँ रहेको प्लस चिन्हमा लेफ्ट क्लिक गर्नुहोस
03.18 सामग्रीको स्लटमा नयाँ बस्तु थपिएको छ, यसलाई फेरी redनाम दिउ, तपाइले अनुमान गर्नुभयो
03.27 हामी यो सामग्रीको रंग सेतोबाट रातोमा बदल्दैछौं
03.31 तर पहिले म्याटरियल आईडी नाम बार मुनिको बटन हरुको पंक्तिमा हेर्नुहोस
03.37 Surface ले चालु बस्तुको सामग्री यसको क्षेत्र मानी रेंडर गर्छ
03.44 यो ब्लेंडरको डिफल्ट रेंडर सामग्री हो
03.48 Wire ले बस्तुलाई तारको संजाल जस्तो गरि रेंडर गर्छ जसमा अब्जेक्ट पोलिगनको धारमात्र देखिन्छ
03.55 यो मोडेलिंग र रेंडरिंगको समय बचाउने उपयोगी साधन हो
04.00 हामी तार सहितको संजाल, धार र पोलिगनको बारेमा पछिको ब्लेंडर ट्युटोरीअलमा बिस्तृत रुपमा हेर्नेछौं
04.09 Volume ले सामग्रीलाई चालु बस्तुको पुरै परिमाण मानी रेंडर गर्छ
04.15 सामग्रीको सेटिंग सर्फेस र वायेर भन्दा फरक छ
04.20 हामी तिनीहरुको बारेमा बिस्तृत रुपमा पछिको भोलुम म्याटरियल ट्युटोरीअलमा हेर्नेछौं
04.26 Halo ले सामग्रीलाई चालु बस्तुको ह्यालो पार्टीकल को रुपमा रेंडर गर्छ
04.32 फेरी, सामग्रीको सेटिंग बदलिएको छ
04.36 हामी ति सेटिंगहरुको बारेमा बिस्तृत रुपमा पछिको ह्यालो म्याटरियल ट्युटोरीअलमा हेर्नेछौं
04.42 याद गर्नुहोस कि यो कुनै बिकल्प पनि 3D भ्युमा देखिदैन
04.47 किनकि तिनीहरु रेंडर डिस्प्ले मा मात्र देखिन्छ
04.52 रेंडर डिस्प्ले को बारेमा जान्न- Types of windows Properties part 1 ट्युटोरीअल हेर्नुहोला
05.02 Surfaceम फर्कनुहोस, हामी सर्फेस सामग्रीको लागि सेटिंग देख्ने छौं
05.05 तल रेंडर प्यानलको प्रिभ्यु देखाउने प्रिभ्यु विन्डो रहेको छ
05.17 दायाँ तिर भिन्न प्रिभ्यु बिकल्प को लागि एउटा बटनहरुको कोलोम रहेको छ
05.22 Plane
05.24 Sphere
05.26 Cube
05.29 Monkey
05.32 Hair
05.34 Sky, अब, हाम्रो सामग्रीको रंग सेतो बाट रातोमा बदलौं
05.42 Diffuseमा जानुहोस,डीफयुज मुनिको सेतो बार मा लेफ्ट क्लिक गर्नुहोस
05.49 एउटा मेनु देखापर्छ, हामी मेनुबाट हामीले चाहेको रंग छान्न सक्छौं, म रातो छान्दैछु
05.59 रंगको बर्गको केन्द्रबिन्दुमा रहेको सेतो डटलाई लेफ्ट क्लिक गरि थिची राख्नुहोस
06.05 तपाइको माउलाई बर्गको रातो क्षेत्र तिर सार्नुहोस
06.11 3D भ्यू र म्याटरियल प्यानलको प्रिभ्यु विन्डोमा क्युबको रंग सेतो बाट रातोमा बदलिन्छ
06.22 अर्को तरिका - डीफयुज बार मुनिको रातो बारमा लेफ्ट क्लिक गर्नुहोस
06.28 तपाईले रंगको बर्ग मुनि तिन नाम R G र B सहितको बार देख्नुभयो?
06.35 Rमा लेफ्ट क्लिक गर्नुहोस, किबोर्डबाट 1 टाइप गरि enter कि थिच्नुहोस
06.43 Gमा लेफ्ट क्लिक गर्नुहोस, किबोर्डबाट 0 टाइप गरि enter कि थिच्नुहोस
06.52 Bमा लेफ्ट क्लिक गर्नुहोस, किबोर्डबाट 0 टाइप गरि enter कि थिच्नुहोस, अब, रंग पुरै रातो भयो
07.05 यसैगरी, specularको मुनिको सेतो बारमा लेफ्ट क्लिक गर्नुहोस, colour menu बाट कुनै पनि रंग छान्नुहोस्
07.14 म हरियो छान्दैछु
07.17 अब हेर्नुहोस, क्युबको रंग सेतोबाट हरियोमा बदलिएको छ
07.22 यदि मैले सेतो सामग्री फेरी प्रयोग गर्न चाहे भने के हुन्छ? म कसरि यसलाई फेरी प्रयोग गर्न सक्छु?
07.29 Material ID name barमा जानुहोस, यहाँ नाम बारको बायाँ पट्टि अर्को आइकन छ
07.37 sphere iconमा लेफ्ट क्लिक गर्नुहोस, यो Material menu हो
07.43 दृश्यमा प्रयोग गरिएको सबै सामग्री यहाँ सुचिकृत छन,अहिले दुई सामग्री देखाईएका छन - Red र White
07.53 Whiteमा लेफ्ट क्लिक गर्नुहोस, फेरी एकचोटी, क्युब रातोबाट सेतोमा बदलिएको छ
08.00 डिफ्युजस्पेकुलरको मुनि इन्टेनसिटि बारहरु रहेका छन
08.05 डिफल्टमा डीफयुजको इन्टेनसिटि 0.8 हुन्छ भने स्पेकुलरको 0.5 हुन्छ
08.15 तिनीहरु तपाइले आफुले चाहेको सामग्रीको प्रारुप अनुसार फेर्न सकिन्छ
08.21 Matt फिनिश को मतलब डीफयुज र स्पेकुलर दुबैको इन्टेनसिटि कम हुन्छ
08.27 उदाहरणको लागि, एउटा प्राकृतिक काठको सामग्रीमा म्याट फिनिश हुन्छ
08.33 Glossy फिनिशमा डीफयुज र स्पेकुलर दुबैको इन्टेनसिटि धेरै हुन्छ
08.39 उदाहरणको लागि, कार रंगाउने सामग्रीमा ग्लसी फिनिश हुन्छ
08.46 Lambert ब्लेंडरमा डिफ्युजको डिफल्ट सेडर हो
08.52 Lambertमा लेफ्ट क्लिक गर्नुहोस, यो डिफ्युज सेडर मेनु हो
08.57 यहाँ हामी सेडर छान्न सक्छौं जस्तै Fresnel, Minnaert, Toon, Oren-Nayar र Lambert
09.08 इन्टेनसिटि जस्तै सेडर पनि सामग्री अनुसार फरक हुन्छ, उदाहरणको लागि,एउटा सिसाको सामग्रीले Fresnel सेडर प्रयोग गर्छ
09.19 यसैगरि, Cooktorr ब्लेंडरमा स्पेकुलर को लागि डिफल्ट सेडर हो
09.25 Cooktorrमा लेफ्ट क्लिक गर्नुहोस, यो स्पेकुलर सेडर मेनुहो
09.32 Blinn र phong , सबैभन्दा बढी ९०% सामग्रीमा प्रयोग हुने स्पेकुलर सेडर हो
09.40 Hardness ले बस्तुको चमक कसरी छरिएको छ भनि दिन्छ
09.48 Hardness 50मा लेफ्ट क्लिक गर्नुहोस, किबोर्डबाट 100 टाइप गरि enter थिच्नुहोस
09.57 प्रिभ्यु गोलार्धमा स्पेकुलर क्षेत्र एउटा सानो बर्गमा घट्छ
10.04 फेरी Hardness 100मा लेफ्ट क्लिक गर्नुहोस, किबोर्डबाट 10 टाइप गरि enter थिच्नुहोस
10.13 अब, स्पेकुलर क्षेत्र ठुलो बन्छ र सबै प्रिभ्युस्फेर भरि देखापर्छ
10.20 ल, यो म्याटरियल प्यानलको आधारभूत सेटिंग रहेको छ
10.25 बाकी सेटिंगहरु पछिको ट्युटोरीअलमा चर्चा गरिनेछ
10.29 अब तपाई एउटा नयाँ फायल बनाउनुहोस;
10.33 क्युबमा नयाँ सामग्री थप्नुहोस र यसको रंग बदलेर, ब्लु नाम दिनुहोस
10.39 यो ट्युटोरीअल प्रोजेकट ओस्कार ले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
10.48 यस सम्बन्धि थप जानकारीको तलका लिंकहरुमा उपलब्ध छन

oscar.iitb.ac.inspoken-tutorial.org/NMEICT-Intro

11.08 स्पोकन ट्युटोरीअल प्रोजेक्ट
10.11 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
11.14 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11.19 बिस्तृत जानकारीको, कृपया हामीलाई contact@spoken-tutorial.orgमा सम्पर्क गर्नुहोस
11.25 सहभागिताको लागि धन्यबाद
11.27 र कारखाना नेपालबाट म मन्दिरा थापा बिदा हुदैछु, नमस्कार!

Contributors and Content Editors

Mandira, Ranjana