Blender/C2/Types-of-Windows-File-Browser-Info-Panel/Nepali

From Script | Spoken-Tutorial
Revision as of 15:04, 15 July 2014 by Gaurav (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:01 ब्लेंडर ट्युटोरीअलहरुको शृंखलामा स्वागत छ
00:05 यो ट्युटोरीअल ब्लेंडर २.५९को फायल ब्राउजर र इन्फो प्यानल को बारेमा रहेको छ
00:15 यो स्क्रिप्टमा मन्दिरा थापा को योगदान रहेको छ
00:24 यो ट्युटोरीअल हेरेपछि, तपाई फायल ब्राउजर र इन्फो प्यानल के हो र दुबैमा भएका बिभिन्न विकल्पहरु जान्न सक्नुहुन्छ
00:40 म यो मान्दछु कि तपाइलाई ब्लेंडर इन्टरफेसमा काम गर्ने आधारभूत ज्ञान छ


00:45 यदि छैन भने कृपया हाम्रो पहिलेको - Basic Description of the Blender Interface ट्युटोरीअल ह्र्नुहोला


00:55 3D भ्यूको तल बायाँ कुनाको Editor Type मेनु मा जानुहोस
01:02 खोल्नलाई मेनुमा लेफ्ट क्लिक गर्नुहोस, यसमा ब्लेंडर मा उपलब्ध विभिन्न विन्डोहरुको सुचि छ
01:14 फायल ब्राउजरमा लेफ्ट क्लिक गर्नुहोस
01:18 यो फायल ब्राउजर हो
01:21 यसमा हामी सिस्टम मा भएका सबै ब्लेंड फायल देखाउन सक्छौं
01:29 यो चार बटन सहितको एरोहरुले हाम्रो डाइरेक्टरी भित्र जान दिन्छ
01:37 ब्याक एरोले हामीलाई पहिलेको फोल्डरमा लैजान्छ
01:41 किबोर्ड सर्टकटको लागि, ब्याक स्पेस थिच्नुहोस
01:48 फरवार्ड एरोले हामीलाई अर्को फोल्डर मा लैजान्छ
01:52 किबोर्ड सर्टकट को लागि शिफ्ट र ब्याकस्पेस थिच्नुहोस
01:59 ‘अप एरो’बटन ले तपाइलाई मूल डाइरेक्टरी मा लैजान्छ
02:05 किबोर्ड सर्टकट को लागि P थिच्नुहोस
02:10 Refresh बटनले तपाइको हालको डाइरेक्टरीको फायलहरुलाई रिफ्रेस गर्छ
02:19 Create new directoryले तपाइको हालको डाइरेक्टरि भित्र एउटा नयाँ फोल्डर बनाउछ
02:29 यी बटनहरुले तपाइलाई फायल वा फोल्डरहरु क्रमानुसार मिलाउन दिन्छ
02:39 Filter बटनले तपाइको हालको डाइरेक्टरी भित्रको फायलहरु फिल्टर गर्छ
02:46 खाली फिल्टर ट्याब संगैको active आइकनहरु मात्र डाइरेक्टरि भित्र देखिन्छन
02:57 त्यसो भए ब्लेंडरको File browser विन्डो के भयो
03:03 फायल ब्राउजर को माथिल्लो बायाँ कुनाको editor type मेनुमा जानुहोस
03:10 खोल्नलाई मेनुमा लेफ्ट क्लिक गर्नुहोस
03:15 3D viewमा लेफ्ट क्लिक गर्नुहोस
03:19 हामी डिफल्ट ब्लेंडर कार्यक्षेत्रमा फर्केका छौं
03:24 अब, info प्यानलमा हेरौं
03:30 ब्लेंडर इन्टरफेस को सबैभन्दा मुख्य प्यानल भनेको Info प्यानल हो
03:40 file मा लेफ्ट क्लिक गरौँ
03:42 यहाँ हामीसंग – नयाँ वा भैरहेको फायल खोल्ने,फायल सेभ गर्ने,युजर प्रिफरेंसेस विन्डो र इम्पोर्ट वा एक्सपोर्ट गर्ने विकल्पहरु रहेका छन
03:58 openमा लेफ्ट क्लिक गर्नुहोस
04:02 यसले फायल ब्राउजर जस्तै एउटा ब्राउजर खोल्छ
04:07 तपाई पहिले नै तपाइको सिस्टममा सेभ गर्नु भएको कुनै blend file यहाँबाट खोल्न सक्नुहुन्छ
04:14 फायल खोल्नुभन्दा पहिले load UI एक्टिभेट गरेमा तपाइलाई युजर इन्टरफेसमा सेभ गरेको ब्लेंड फायल खोल्न सहयोग पुग्नेछ
04:26 ओपन फायल विन्डो बन्द गर्न Back to Previousमा लेफ्ट क्लिक गर्नुहोस
04:35 Addमा विभिन्न बस्तुहरु सहितको एक रिपोजिटरी हुन्छ जुन हामी प्रयोग गर्न सक्छौं
04:42 Addमा लेफ्ट क्लिक गर्नुहोस
04:46 यहाँ object repository
04:50 हामी यो मेनु प्रयोग गरि 3D भ्युमा नयाँ बस्तुहरु थप्न सक्छौं
04:56 किबोर्ड सर्टकट को लागि Shift र Aथिच्नुहोस
05:04 अब, 3D भ्युमा एउटा प्लेन थपौं
05:09 3D कर्सर सार्न स्क्रिनको कुनै पनि ठाउमा लेफ्ट क्लिक गर्नुहोस
05:15 म यो स्थान छान्दैछु
05:20 ADD मेनु निकाल्न Shift र A थिच्नुहोस
05:25 Mesh अनि planeमा लेफ्ट क्लिक गर्नुहोस
05:30 एउटा नयाँ प्लेन 3D कर्सर को स्थानमा 3ड भ्युमा देखापर्छ
05:37 3D कर्सरको बारेमा जान्न, कृपया नेभिगेसन- 3D कर्सर ट्युटोरीअल हेर्नुहोस
05:46 यसैगरी, तपाई 3D भ्यूमा बस्तुहरु थप गरि हेर्न सक्नुहुन्छ
05:53 अब, इन्फो प्यानलमा फर्कौं
05:56 रेंडर मेनुमा Renderमा लेफ्ट क्लिक गर्नुहोस
06:00 रेंडरमा इमेज वा भिडियो रेंडर विकल्पहरु जस्तै रेंडर इमेज,रेंडर एनिमेसन, रेंडर भ्यू देखाउने वा लुकाउने आदि
06:14 रेंडर सेटिंगको बारेमा बिस्तृत रुपमा पछिको ट्युटोरीअलमा चर्चा गरिनेछ
06:19 इन्फो प्यानल संगै को square आइकन मा जानुहोस
06:26 यो Choose Screen layout हो
06:31 यसले हामीले काम गरिरहेको डिफल्ट ब्लेंडर इन्टरफेस देखाउछ
06:37 Choose Screen Layout लेफ्ट क्लिक गर्नुहोस
06:41 यो सूचीले तपाइलाई विभिन्न विकल्प हरु दिन्छ
06:48 एनिमेसन, कम्पोजिटिंग, गेम लजिक,भिडियो एडिटिंग
06:55 तपाई आफ्नो आवश्यकता अनुसार कुनै पनि छान्न सक्नुहुन्छ
07:04 Choose Screen Layout ,बाट बाहिर निस्कन, ब्लेंडर स्क्रिनमा कहिँ क्लिक गर्नुहोस वा किबोर्ड को Esc कि थिच्नुहोस
07:15 Scene ले हाल हामीले काम गरिरहेको दृश्य देखाउछ
07:22 ल, यो info प्यानलको बारेमा रहेको छ
07:25 अब, ब्लेंडरमा फायल ब्राउजर प्रयोग गरि तपाइको सिस्टममा एउटा डाइरेक्टरी बनाउनुहोस
07:32 अनि, स्क्रिन लेआउटलाई डिफल्टमाबाट एनिमेसन मा बदल्नुहोस
07:39 यसरी, यो फायल ब्राउजर र इन्फो प्यानल को ट्युटोरीअल सकिन्छ
07:47 यो ट्युटोरीअल प्रोजेक्ट ओस्कारले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
07:55 यो सम्बन्धि थप जानकारी तलका लिंक हरुमा उपलब्ध रहेको छ
08:00 oscar.iitb.ac.in र spoken-tutorial.org/NMEICT-Intro
08:14 स्पोकन ट्युटोरीअल प्रोजेक्ट-
08:16 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
08:20 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
08:25 थप जानकारी को लागि, कृपया

contact@spoken-tutorial.org सम्पर्क गर्नुहोला

08:32 सहभागी हुनुभएको धन्यवाद
08:33 र कारखाना नेपालबाट म मन्दिरा बिदा लिदैछु, नमस्कार!

Contributors and Content Editors

Gaurav, Mandira, PoojaMoolya, Pratik kamble, Ranjana