BASH/C2/Conditional-Loops/Nepali

From Script | Spoken-Tutorial
Revision as of 11:55, 2 January 2015 by Mandira (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:01 प्यारा साथीहरु, Loops in BASH स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:09 * for लुप
00:11 * while लुप
केहि उदाहरणहरु सहित
00:15 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ
00:18 * उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम
00:22 * GNU BASH संस्करण ४.१.१०
00:26 कृपया याद गरौँ, अभ्यासको लागि, GNU ब्याश' संस्करण वा माथिको सिफारिस गरिन्छ
00:34 अब लुपहरु को परिचयसँगै सुरु गरौँ
00:37 लुपहरु एउटा स्टेटमेन्टको समूहलाई बारम्बार एक्जिक्युट गर्न प्रयोग गरिन्छ
00:43 सिनट्याक्स हेरौं
00:45 for expression 1, 2, 3
00:49 statement 1, 2, 3
00:51 र यो for लुप को अन्त्य हो
00:55 for लुप को वैकल्पिक सिनट्याक्स:
00:58 for भ्यारीएबल शृंखला/सीमा
01:03 statement 1, 2, 3
01:06 for लुप को अन्त्य
01:09 पहिलो सिनट्याक्स प्रयोग गरि for लुप को एउटा उदाहरण हेरौं
01:14 यो प्रोग्राममा हामी पहिलो n नम्बरहरुको योगफल निकाल्ने छौं
01:20 याद गरौँ हाम्रो फाइलको नाम for.sh
01:25 यो हाम्रो shebang लाइन हो
01:28 भ्यारीएबल number ले युजरले दिएको मान भण्डार गर्ने छ
01:34 यो मान एउटा इन्टिजर छ
01:37 अब भ्यारीएबल sum जिरोमा सुरु गर्ने छौं
01:42 यहाँ हामी for लुप सुरु गर्ने छौं
01:45 पहिले हामी i मा 1 राख्ने छौं
01:48 अनि हामी i number भन्दा सानो वा बराबर छ कि जाच्ने छौं
01:54 अब यहाँ हामी sum लाई sum प्लस i गणना गर्ने छौं
02:00 र अनि हामी यो प्रिन्ट गर्ने छौं
02:03 यो पछि, हामी i को मान 1 ले बढाउने छौं
02:08 र हामी कन्डिसन false नभएसम्म यो कन्डिसन जाच्ने छौं
02:14 for लुप, बाट बाहिर निस्कदा संदेश प्रिन्ट हुनेछ
02:19 प्रोग्राम एक्जिक्युट गरौं र के हुन्छ हेरौं
02:24 टर्मिनल टाइप गरौँ - chmod +x for.sh
02:31 अनि टाइप गरौँ ./for.sh
02:36 म इन्पुट नम्बरमा 5 इन्टर गर्ने छुँ
02:40 प्रत्येक i को मान को लागि गणना गरिएको sum देखिन्छ
02:46 त्यसपछि, आउटपुटको अन्तिम लाइन देखिएको छ
02:50 Sum of first n numbers is 15
02:54 अब प्रोग्रामको बहाव हेरौं
02:57 म विन्डोहरु रिसाइज गर्ने छुँ
03:00 पहिले हामीसँग i को मान 1
03:04 अनि हामी 1 लेस द्यान अर एक्वल टु 5 जाच्ने छौं
03:10 कन्डिसन true, भएकोले हामी sum लाई 0 + 1 को रुपमा गणना गर्ने छौं
03:16 अब हामीसँग sum मा 1
03:20 अनि हामी sum प्रिन्ट गर्छौं मतलब 1
03:24 अर्को, i 1 ले बढाइन्छ र i को नयाँ मान 2
03:31 अनि हामी 2 लेस द्यान अर एक्वल टु 5 जाच्ने छौं
03:36 कन्डिसन true छ र अब योगफल 1 + 2 मतलब 3 हुन्छ
03:44 i फेरि 1 ले बढाइन्छ र i को नयाँ मान 3
03:51 र हामी sum 6 पाउछौं
03:55 स्क्रिप्टले i को नयाँ मान sum को पुरानो मानमा जोड्दै जाने छ
04:02 यो i<=5 false नभएसम्म जारी रहने छ
04:09 for लुप, बाट निस्कदा अन्तिम संदेश प्रिन्ट हुनेछ
04:14 दोस्रो सिनट्याक्स प्रयोग गरि for लुप को अर्को उदाहरण हेरौं
04:20 मैले यो फाइलमा कोड लेखेको छुँ र यसको नाम for-loop.sh
04:27 यो सरल प्रोग्रामले एउटा डिरेक्टरीमा रहेका फाइलहरु सुचिकृत गर्छ
04:32 यो shebang लाइन हो
04:35 अनि हामीसँग for लुप
04:37 ls कमाण्डले डिरेक्टरीमा सामग्री सुचिकृत गर्छ
04:41 -1 (हाइफन वान) ले एउटा लाइनमा एउटा फाइल सुचिकृत गर्छ
04:46 यसले तपाईको होम डिरेक्टरीमा रहेका सम्पूर्ण फाइलहरु सुचिकृत गर्नेछ
04:51 यो हाम्रो for लुप को अन्त्य हो
04:53 स्क्रिप्ट एक्जिक्युट गर्न टर्मिनल मा टाइप गरौँ -
04:58 chmod +x for-loop.sh
05:04 ./for-loop.sh
05:09 यसले Home डिरेक्टरीमा रहेका सम्पूर्ण फाइलहरु देखाउने छ
05:14 अब हामी while लुप को बारेमा जान्ने छौं
05:18 पहिले सिनट्याक्स बारे बुझौं
05:21 while कन्डिसन

statement 1, 2, 3

while लुप को अन्त्य
05:27 यसको मतलब while लुप कन्डिसन true भएसम्म एक्जिक्युट हुनेछ
05:34 while लुप को एउटा उदाहरण हेरौं
05:37 यहाँ मैले यसलाई while.sh नाम दिएको छुँ
05:42 यो प्रोग्राममा, हामी एउटा दिएको शृंखलामा रहेका जोड नम्बरहरुको योगफल गणना गर्ने छौं
05:49 अब कोडमा हेरौं
05:52 यहाँ, हामी युजरबाट एउटा नम्बर लिने छौं र यसलाई भ्यारीएबल number मा भण्डार गर्ने छौं
05:59 अर्को हामी भ्यारीएबलहरु isum घोषणा गर्ने छौं र दुवैमा 0 (जिरो) राख्ने छौं
06:06 अब यो while कन्डिसन हो
06:08 यहाँ हामी i युजरले दिएको number को मान भन्दा सानो वा बराबर छ कि हेर्ने छौं
06:17 अनि हामी sum मा i जोडेर sum गणना गर्ने छौं
06:24 अर्को, हामी i को मान 2 ले बढाउने छौं
06:28 यसले हामीले जोड नम्बरहरु मात्र जोड्ने पक्का गर्छ
06:33 र while लुप i को मान number को मान भन्दा बढि नभएसम दोहोरिने छ
06:40 जब हामी while लुप, बाट निस्कन्छौं, हामी दिएको सीमामा रहेका सम्पूर्ण जोड नम्बरहरुको योगफल प्रिन्ट गर्ने छौं
06:47 प्रोग्राम एक्जिक्युट गरौं
06:50 टर्मिनल मा टाइप गरौँ:
06:52 chmod +x while.sh
06:56 ./while.sh
07:00 म मेरो इन्पुटमा 15 दिन्छु
07:04 आउटपुटको अन्तिम लाइन हो:
07:06 Sum of even numbers within the given range is 56.
07:11 म विन्डो रिसाइज गर्छु र आउटपुट ब्याख्या गर्छु
07:14 पहिले i जुन 0,number, मतलब 15 भन्दा सानो वा बराबर छ वा छैन जाचौं
07:24 कन्डिसन true, छ त्यसैले sum 0+0 मतलब 0 हुन्छ
07:31 अब i 2 ले बढाइन्छ र i को नयाँ मान 2'
07:37 अनि हामी 2 15 भन्दा सानो वा बराबर छ भनी जाच्ने छौं
07:43 कन्डिसन पुन: true; छ त्यसैले हामी 0+2 जोड्ने छौं
07:49 अब sum को मान 2
07:52 पुन: i को मान 2 ले बढाइन्छ
07:56 अब i को मान 2+2मतलब 4 हुनेछ
08:03 sum को अर्को मान 4+2 मतलब 6 हुनेछ
08:09 यसरी, स्क्रिप्टले i को अघिल्लो मान मा यसको मान 15 भन्दा बढि नभएसम्म 2 जोड्ने छ
08:18 र हामी जम्मा sum को मान 56 प्राप्त गर्छौं
08:24 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
08:27 संक्षेपमा हेरौं
08:28 यो ट्युटोरियलमा हामीले for लुप को दुई सिनट्याक्स र while लुप पनि सिक्यौं
08:37 कार्यको रुपमा -
08:38 "n" प्राइम नम्बरहरुको योगफल निकालौं
08:43 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
08:46 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
08:50 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
08:54 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
08:56 स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
09:00 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:04 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
09:11 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
09:14 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
09:22 यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस्
09:28 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
09:34 म मन्दिरा बिदा हुदैछुँ
09:38 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble