BASH/C2/Command-Line-arguments-and-Quoting/Nepali

From Script | Spoken-Tutorial
Revision as of 13:33, 19 December 2014 by Mandira (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:01 कमाण्ड लाइन आर्गुमेंटस् एण्ड क्वोटिग इन् ब्याश स्पोकन ट्युटोरियलमा स्वागत छ
00:08 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:11 * कमाण्ड लाइन आर्गुमेंटहरु
00:13 * क्वोटिंग
00:15 यो ट्युटोरियल अनुसरण गर्न तपाईलाई लिनक्स अपरेटिंग सिस्टम को ज्ञान हुनुपर्छ
00:20 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोस्
00:26 यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ
00:29 * उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम
00:33 * GNU Bash संस्करण ४.१.१०
00:37 अभ्यासको लागि GNU Bash संस्करण वा माथिको सिफारिस गरिन्छ
00:43 * शेलस्क्रिप्ट ले कमाण्ड लाइन बाट आर्गुमेंटहरु लिन सक्छ
00:46 * एउटा आर्गुमेंट कल भैरहेको प्रोग्राम मा पठाइन्छ
00:52 * एउटा प्रोग्राममा कुनै पनि संख्यामा आर्गुमेंट हरु पठाउन सकिन्छ
00:57 किबोर्डको Ctrl Alt र T किहरु थिची टर्मिनल खोलौं
01:06 मैले पहिले नै arg.sh नामक फाइलमा कोड लेखेको छुँ
01:12 फाइल खोल्न टर्मिनल मा टाइप गरौँ
01:16 gedit स्पेस arg.sh स्पेस एम्परस्यांड चिन्ह
01:23 हामी एम्परस्यांड प्रयोग गरी प्रम्प्ट खाली गर्छौं
01:27 अब, ‘‘‘इन्टर’’ थिचौं
01:30 टेक्स्ट एडिटर खुलेको छ
01:33 म अब कोड वर्णन गर्छु
01:36 यो shebang लाइन हो
01:39 यो लाइनले Zeroth आर्गुमेंट प्रिन्ट गर्नेछ
01:43 यहाँ, $0 (डलर जिरोले) शेल स्क्रिप्टको नाम प्रिन्ट गर्ने छ
01:48 यसको मतलब zeroth आर्गुमेंट आफैं प्रोग्राम को नाम हुन्छ
01:55 प्रोग्राम एक्जिक्युट गरौँ र हेरौं
01:59 टर्मिनल मा जाऊ
02:01 पहिले फाइल एक्जिक्युट गर्न मिल्ने बनाउन टाइप गरौँ
02:05 chmod स्पेस प्लस x स्पेस arg.sh
02:12 इन्टर थिचौं
02:14 अब टाइप गरौँ, डट स्ल्याश arg.sh
02:18 इन्टर थिचौं
02:19 आउटपुट यस्तो देखिन्छ: Zeroth argument is arg.sh
02:26 अब हाम्रो एडिटरमा फर्कौं र देखाए जस्तै तीन लाइनहरु टाइप गरौँ
02:33 $1 (डलर one) ले कमाण्ड लाइन बाट प्रोग्राम मा पठाएको पहिलो आर्गुमेंट जनाउँछ
02:40 $2 (डलर two) ले प्रोग्राम मा पठाएको दोस्रो आर्गुमेंट जनाउँछ
02:44 $3 (डलर three) ले तेस्रो आर्गुमेंट जनाउँछ
02:48 अब Save मा क्लिक गरौँ
02:49 प्रोग्राम एक्जिक्युट गरौँ र हेरौं
02:52 अप एरो कि थिचौं र इन्टर थिचौं
02:57 हामी zeroeth आर्गुमेंट प्रिन्ट भएको देख्छौं
03:00 तर पहिलो, दोस्रो र तेस्रो आर्गुमेंटहरु खाली छन्
03:05 यो किनभने कमाण्ड लाइन आर्गुमेंटहरु एक्जिक्युट हुने समयमा दिइएको हो
03:11 त्यसैले अप एरो कि थिचौं र टाइप गरौँ: sunday monday र tuesday
03:18 इन्टर थिचौं
03:21 तपाई देख्न सक्नुहुन्छ पहिलो, दोस्रो र तेस्रो आर्गुमेंटहरु Sunday Monday र Tuesday हुन्
03:28 अब हाम्रो एडिटरमा फर्कौं, इन्टर थिचौं
03:33 अब यहाँ देखाएको लाइन टाइप गरौँ
03:37 $12 (डलर twelve) ले बाह्रौं आर्गुमेंट जनाउँछ
03:41 ९ भन्दा ठूलो आर्गुमेंट लेख्न, हामीले कर्ली ब्राकेटहरु प्रयोग गर्नुपर्छ
03:46 होइन भने bash ले दशौँ स्थानमा इन्टिजरको आर्गुमेंट मात्र लिने छ
03:53 र तपाई अपेक्षित आउटपुट प्राप्त गर्नुहुन्न
03:57 अब Save मा क्लिक गरौँ
03:59 अब प्रोग्राम एक्जिक्युट गरौँ
04:01 टर्मिनल मा जाऊ
04:04 प्रम्प्ट सफा गरौँ
04:07 अब हामीले प्रोग्राममा 12 वा 13 आर्गुमेंटहरु दिनुपर्छ
04:12 त्यसैले टाइप गरौँ, डट स्ल्याश arg.sh स्पेस 1 देखि 13 अब इन्टर थिचौं
04:23 तपाई देख्न सक्नुहुन्छ, बाह्रौं आर्गुमेंट 12 हो
04:27 हाम्रो एडिटरमा फर्कौं
04:30 र यहाँ देखाए जस्तै लाइन टाइप गरौँ
04:34 $# (डलर ह्याश) ले एउटा प्रोग्राममा पठाइएका आर्गुमेंटहरु को जम्मा संख्या दिन्छ
04:40 अब Save मा क्लिक गरौँ
04:43 एक्जिक्युट गरौँ
04:44 टर्मिनलमा जाऊ
04:46 एक्जिक्युट गरौँ, अप एरो कि थिचौं र इन्टर थिचौं
04:52 हामी आर्गुमेंटहरु जम्मा 13 भएको देख्न सक्छौं
04:57 अब एडिटरमा जाऊ
05:00 इन्टर थिचौं र यहाँ देखाए जस्तै लाइन टाइप गरौँ
05:04 $* (डलर एस्टरिस्क) ले सम्पूर्ण आर्गुमेंटहरु एउटा लाइनमा प्रिन्ट गर्नेछ
05:10 हामी यो एउटा सामान्य for लुप प्रयोग गरि जाँच गर्ने छौं
05:14 हामी यो for लुप एक्जिक्युसन को समयमा विश्लेषण गर्ने छौं
05:18 अब Save मा क्लिक गरौँ, टर्मिनल मा जाऊ
05:22 म प्रम्प्ट सफा गर्छु
05:26 अब टाइप गरौँ, डट स्ल्याश arg.sh स्पेस sunday monday र tuesday
05:35 'इन्टर थिचौं
05:38 हामी देख्न सक्छौं हामीले प्रोग्राममा ३ आर्गुमेंटहरु पठाएको हुनाले जम्मा आर्गुमेंटहरु 3
05:46 पहिले भने जस्तै $* ले सम्पूर्ण आर्गुमेंटहरु एउटा लाइनमा प्रिन्ट गर्नेछ
05:54 यो for लुपको आउटपुट हो
05:57 हामी सम्पूर्ण आर्गुमेंटहरु एकै लाइन मा प्रिन्ट भएको देख्छौं
06:02 अब हाम्रो प्रोग्राममा फर्कौ र यहाँ दिएको लाइन टाइप गरौँ
06:09 $@ (डलर एट) ले सम्पूर्ण आर्गुमेंटहरु पनि प्रिन्ट गर्छ
06:13 तथापि, यो पटक प्रत्येक आर्गुमेंट एउटा भिन्न लाइन मा प्रिन्ट हुन्छन्
06:20 यो अर्को for लुप हो जसले प्रत्येक आर्गुमेंट एउटा भिन्न लाइनमा प्रिन्ट गर्छ
06:26 अब कसरी हेरौं, Save मा क्लिक गरौँ
06:29 टर्मिनलमा जाऊ
06:32 अपएरो कि थिचौं
06:34 'इन्टर थिचौं, तपाई अब भिन्नता देख्न सक्नुहुन्छ
06:39 यी $@ ले प्रिन्ट गरेको आर्गुमेंटहरु हरु हुन्
06:43 $@ ले प्रत्येक आर्गुमेंटहरु भिन्न लाइनमा प्रिन्ट गर्छ
06:47 यो दोस्रो for लुप को आउटपुट हो
06:52 अब BASH मा quoting हेरौं
06:55 स्लाइडहरुमा फर्कौं
06:57 हामीसँग तीन प्रकारका क्वोटहरु छन्
06:59 Double quote
07:00 Single quote
07:02 ब्याकस्ल्याश
07:03 * Double quote ले भ्यारीएबलकमाण्डहरु को मान राख्छ
07:09 * उदाहरण echo “Username is $USER”
07:13 * यसले तपाईको सिस्टमको username देखाउँछ
07:17 टर्मिनल मा जाऊ
07:20 प्रम्प्ट सफा गरौँ
07:23 -
07:34 इन्टर थिचौं
07:35 सिस्टमको username प्रिन्ट भएको छ
07:39 आउटपुट तपाईको सिस्टम अनुसार फरक पर्नेछ
07:42 अब हाम्रो स्लाइडमा फर्कौं
07:46 * सिंगल क्वोट ले दिएको स्ट्रिंगको प्रत्येक अक्षरको शाब्दिक अर्थ राख्छ
07:53 * यो सम्पूर्ण अक्षरहरुको बिशेष अर्थ लुकाउन प्रयोग गरिन्छ
07:58 टर्मिनल मा जाऊ
08:01 टाइप गरौँ, echo स्पेस एकल उद्दरणमा Username is डलर USER क्यापिटलमा
08:10 इन्टर थिचौं
08:12 आउटपुट Username is $USER
08:16 यो उदाहरणमा, यसले एकल उद्दरणमा रहेका सम्पूर्ण अक्षरहरु प्रिन्ट गर्नेछ
08:23 यसले भ्यारीएबल $USER को मान बदल्ने छैन
08:28 हाम्रो स्लाइडमा फर्कौं
08:31 *ब्याकस्ल्याश ले एउटा अक्षरको बिशेष अर्थ हटाउने छ
08:37 * यो BASH मा अक्षर छुटाउन प्रयोग गरिन्छ
08:42 टर्मिनलमा जाऊ
08:44 अब टाइप गरौँ, echo स्पेस दोहोरो उद्दरणमा Username is ब्याकस्ल्याश डलर USER (क्यापिटलमा)
08:55 हामीले दोहोरो उद्दरण दिएको हुनाले हामी echo कमाण्डले username देखाउने अपेक्षा गर्छौं
09:02 यो कमाण्ड गरेर हेरौं, त्यसैले इन्टर थिचौं
09:06 आउटपुट Username is $USER
09:10 यो उदाहरणमा ब्याकस्ल्याश ले (डलर) $ चिन्हको बिशेष अर्थ हटाउँछ
09:16 $USER लाई कुनै बिशेष कार्यक्षमता नभएको स्ट्रिंगको रुपमा ब्यबहार गरिन्छ
09:22 यसरी हामी यो ट्युटोरियलको अन्तमा आएका छौं
09:25 हाम्रो स्लाइडमा फर्कौं
09:27 संक्षेपमा हेरौं
09:28 यो ट्युटोरियलमा हामीले सिक्यौं
09:31 * कमाण्ड लाइन आर्गुमेंटहरु
09:33 * डबल उद्दरण, एकल उद्दरण र ब्याकस्ल्याशको कार्यक्षमता
09:39 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
09:42 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09:45 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09:51 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
09:56 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10:00 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
10:07 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
10:10 यसलाई नेश्न मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ

यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा हेर्नुहोस्

10:24 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
10:30 र म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble