Skill-Development--Fitter/C2/Filing-a-workpiece/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:00 | नमस्कार, फाइलिंग अ वर्कपिस स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:07 | यो ट्युटोरियलमा हामी सिक्ने छौं |
00:10 | फाइलिंग के हो? |
00:12 | फाइलिंग मा प्रयोग गरिने विविध टूलहरु |
00:15 | फाइलिंग का प्रकारहरु |
00:17 | एउटा वर्कपिस कसरी फाइल गर्ने |
00:22 | र फाइलिंग गर्दा हुने साधारण गल्तिहरु |
00:24 | यो ट्युटोरियलको लागि हामीलाई चाहिन्छ |
00:27 | एउटा फाइल',फाइल गर्नुपर्ने वर्कपिस |
00:31 | वर्कपिस च्याप्न बेन्च भाइस |
00:34 | मापनको लागि Vernier Calliper |
00:37 | वर्कपिसको चौकुनेपन जाँच गर्न Try Square |
00:42 | वर्कपिस काट्न Hack saw |
00:45 | वर्कपिस मा चिन्ह लगाउन Punch |
00:48 | र एउटा Ball pein hammer |
00:51 | पहिले फाइलिंग के हो हेरौं |
00:54 | फाइलिंग एउटा बस्तु वा एउटा वर्कपिस बाट एउटा फाइल प्रयोग गरी अनावश्यक सामग्री हटाउने कार्य हो |
01:02 | फाइल का प्रकारहरु आवश्यकता अनुसारका हुन्छन् |
01:07 | Flat फाइल, आयताकार क्रस-सेक्सनको लागि |
01:11 | Smooth फाइल : चिल्लो सतह पाउन |
01:15 | Safe edge फाइल: वर्कपिस को राइट एंगल भएको भाग फाइल गर्न |
01:21 | Square फाइल: वर्गाकार कुना र वर्गाकार प्वालहरु बनाउन |
01:27 | Half run फाइल: अर्ध-गोलाकार फाइल गर्न |
01:32 | र Round फाइल: प्वालहरु र गोलो खोंचहरु बनाउन |
01:38 | अब फाइलिंग प्रक्रिया सिकौं |
01:41 | मलाई 5 बाइ 3 इन्च वर्कपिस चाहिएको छ |
01:46 | मसँग भएको बस्तु वा वर्कपिस 5 बाई 4 इन्च को छ |
01:52 | त्यसैले बढि हुने १ इन्च को भाग काटौं |
01:58 | यसको लागि वर्कपिस मा एउटा चिन्ह लगाउने बस्तु प्रयोग गरौँ |
02:03 | तपाई एउटा चक वा मसीलाई एउटा चिन्ह लगाउन प्रयोग गर्न सक्नुहुन्छ |
02:08 | चिन्ह लगाएपछि, वर्कपिस मा एउटा jenny calliper प्रयोग गरी चिन्ह लगाउ |
02:15 | ल, म मेरो आवश्यकता अनुसार १ इन्च भन्दा अलि कम चिन्ह लगाउदै छुँ |
02:21 | चिन्ह लगाएको लाइनमा पन्च गर्न एउटा punch र ball pein hammer प्रयोग गर्नुहोस् |
02:28 | यसपछि, वर्कपिस लाई Vice सँग समानान्तर राखौं |
02:34 | अब वर्कपिस त्यो स्थानमा राख्न यसलाई कसौं |
02:38 | यो हामीले वर्कपिस सजिलै काट्नलाई हो |
02:42 | अर्को, hack saw लिऊ र वर्कपिस बढि भाग काटौं |
02:48 | बढि भाग हटाएपछि, वर्कपिस पुन: मापन गरौँ |
02:54 | अँ, अहिले मापन मिलेको छ, मसँग 5 बाइ 3 इन्च छ |
03:00 | अब, फाइलिंग सुरु गरौँ |
03:02 | पहिले हामीले एउटा उपयुक्त फाइल छान्नुपर्छ |
03:06 | म एउटा छेऊ चिल्लो चाहन्छु त्यसैले म Smooth फाइल छान्छु |
03:11 | फाइल को ह्यान्डल सुरक्षित रुपमा बनाइएको पक्का गरौँ |
03:16 | एउटा सहि ह्यान्डल विनाको फाइल प्रयोग नगरौं |
03:19 | नत्र तपाईको हातमा चोट लाग्न सक्छ |
03:22 | तपाईले फाइलिंग गर्न सुरु गर्नु पहिले फाइल सफा गर्नुहोस् |
03:27 | खिया लागेको फाइल ले वर्कपिस साथै हाम्रो हातमा पनि चोट लाग्न सक्छ |
03:34 | ल, मैले एउटा सहि फाइल छानेको छुँ |
03:38 | अर्को कदम भनेको वर्कपिस लाई सुरक्षित रुपमा बेन्च भाइस मा पुन राख्ने हो |
03:45 | तपाई बेन्च भाइस सँग सिधा ९० डिग्री मा बस्नुहोस् |
03:51 | तपाईको बायाँ खुट्टा अगाडी र दायाँ खुट्टा पछाडी राख्नुहोस् |
03:57 | यो फाइलिंग गर्ने उत्तम स्थान हो |
04:00 | अब तपाईको दायाँ हातमा फाइल को ह्यान्डल राम्रोसँग समाउनुहोस |
04:05 | तपाईको बायाँ हातले देखाए झैँ गरी फाइल को टुप्पो समाउनुहोस् |
04:10 | बायाँ बूढीऔंलाले फाइल को ह्यान्डल बलियोसँग थिच्नुहोस् |
04:15 | अब हामी फाइलिंग सुरु गर्न तयार छौं |
04:18 | फाइलिंग गर्ने तीन प्रकारहरु छन्, ती हुन्: |
04:21 | Straight forward फाइलिंग गर्ने |
04:23 | ड्र फाइलिंग |
04:25 | डायगनल वा क्रस फाइलिंग |
04:28 | अब एकएक गरी तिनीहरु हेरौं |
04:30 | फाइल लाई वर्कपिस सतहमा लम्बाई अनुसार चलाउनुलाई Straight forward फाइलिंग भनिन्छ |
04:38 | यो तरिकामा, फाइलिंग गर्न फाइल बिस्तारै तल र माथि गरिन्छ |
04:44 | तपाई आफ्नो वर्कपिस फाइल भैरहेको देख्न सक्नुहुन्छ र बढि भएको बस्तु हटिरहेको छ |
04:51 | Draw फाइलिंग मा फाइल लाई आफू तिर बराबर बल लगाएर तानिन्छ |
04:58 | Diagonal फाइलिंग तरिकामा, फाइल वर्कपिस मा डायगनल तरिकाले चलाइन्छ |
05:06 | फाइल वर्कपिस को एउटा कुना देखि अर्को कुन्रा सम्म डायगनलमा चलाइन्छ |
05:13 | फाइलिंग गरी सकेपछि हामीले वर्कपिस सतह समतल र वर्गाकार भए नभएको जाच्नु पर्छ |
05:21 | यसको लागि Try-Square र Vernier calliper प्रयोग गरिन्छ |
05:26 | समतल सहि भएको पक्क गर्न देखाए जसरी वर्कपिस मा Try-square प्रयोग गर्नुहोस् |
05:33 | यसो वर्कपिस को ३ भिन्न स्थानहरुमा गर्नुहोस् |
05:38 | यसो गर्दा उज्यालो स्थानमा बस्नुहोस् |
05:41 | यसले प्रष्ट रुपमा समतल भएको जनाउँछ |
05:44 | यदि सतह नमिलेको भएमा तपाई वर्कपिस र Try-square बिचमा प्रकाशका किरणहरु देख्न सक्नुहुन्छ |
05:52 | त्यस्ता अवस्थाहरुं तपाईले पुन: फाइल गर्नुपर्छ |
05:57 | अर्को हामी Try-square प्रयोग गरी वर्कपिस चौकुने भए/नभएको जाच्ने छौं |
06:03 | देखाए जसरि Try-square लाई वर्कपिस को कुनोमा राखौं |
06:07 | अब यसरी, Try-square को धारलाई वर्कपिस को धारमा छोऔं |
06:14 | वर्कपिस का नजिकैका धारहरु एक आपसमा ९० डिग्रीमा रहेको पक्का गरौँ |
06:20 | यदि छैन भने पुन: फाइल गरौँ |
06:23 | अब हामीले वर्कपिस को मोटाई नाप्न अर्को मापन गर्नुपर्छ |
06:29 | यसको लागि, हामीले एउटा Vernier calliper प्रयोग गर्नुपर्छ |
06:33 | देखाए जसरी वर्कपिस लाई Vernier calliper, को दाँतहरु बिच राखौं |
06:38 | वर्कपिस को मोटाई नापौं |
06:41 | अब यो प्रक्रिया वर्कपिस को विभिन्न भागहरुमा कम्तिमा तीनपटक दोहोराउनुहोस् |
06:47 | एकै मापन देखाएमा वर्कपिस को मोटाई बराबर भएको जनाउँछ |
06:53 | अब फाइलिंग गर्दा के नगर्ने सिकौं |
06:57 | एउटा वर्कपिस फाइल गर्दा कुनै कोणमा ढल्काउनु हुदैन |
07:00 | एउटा वर्कपिस को बिच भाग छोडी दुवै धारहरु मात्र फाइल गर्नु हुदैन |
07:05 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
07:08 | संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं |
07:12 | एउटा वर्कपिस मापन गर्न |
07:14 | वर्कपिस बढि भाग हटाउन |
07:17 | एउटा वर्कपिस फाइल गर्न |
07:20 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया यो डाउनलोड गरी हेर्नुहोस् |
07:27 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
07:35 | थप जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस् |
07:38 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
07:45 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
07:51 | यो ट्युटोरियल नेशनल इन्स्ट्रक्टर मिडिया इन्स्टिच्युट, चेन्नईको लागि सिर्जना गरिएको हो |
07:59 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र |
08:03 | म मन्दिरा बिदा हुदैछुँ, |
08:07 | सहभागिताको लागि धन्यवाद, नमस्कार |